कोभिड-१९ संक्रमण रोक्न झापाका सबै स्थानीय तहमा कम्तिमा ५० बेडको आइसोलेसन बनाउने निणर्य
पूणर्पुष्टि,वैशाख १५
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट बच्नका निम्ती प्रदेश १ को झापा जिल्लामा पूर्व तयारी गर्ने निणर्य भएको छ । जिल्लाका सबै स्थानीय तहमा कम्तिमा १ सय बेड क्षमताको क्वारेन्टिन र ५० बेड क्षमताका अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण गरिने निणर्य भएको हो ।
एक साताभित्रै सबै स्थानीय तहले ५० बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन निर्माण गर्ने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी श्रमणकुमार तिम्सिनाले जानकारी दिनुभयो ।
अहिले झापामा १ सय ९३ बेड क्षमताको आइसोलेसन वार्ड सञ्चालनमा छ । प्रजिअ तिम्सिनाका अनुसार रोकथामको प्रयास स्वरूप सीमा नाकामा थप सुरक्षा व्यवस्था कडाइ गर्ने, अत्यावश्यक कामबिना नेपाल भारत आवतजावत बन्द गर्ने काम पनि भइरहेको छ ।
तिम्सिनाकाअनुसार जिल्लामा कोभिड सङ्क्रमण नियन्त्रण र व्यवस्थापनका लागि डीसीसीएमसीको बैठकले काँकरभिट्टा न...







