उदयपुरमा पत्रकारमाथि आक्रमण गरी क्यामेरा तोडफोड
उदयपुर, असोज २३ ।
बजारमा लगिएको खानेपानीको सिलप्याक जारभित्र कुखुराको प्वाँख भेटिएपछि उपभोक्ताको स्वास्थ्यमाथिको सम्बेदनशिलतालाई ख्याल गर्दै आज रिपोर्टिङमा गएका उदयपुरका दुई पत्रकारमाथि आक्रमण तथा क्यामेरा तोडफोड भएको छ ।
पत्रकार बिक्रम राई र सुनिल राईमाथि रौता स्पिङ वाटर प्रा.लि.का सञ्चालक पर्शुराम चौधरी लगायतले आक्रमण गरी क्यामेरा खोसेर फुटाइदिएका हुन् । पत्रकार राईद्वय पूर्णपुष्टि मिडिया र एभिन्युज टेलिभिजनको उदयपुर सम्बाददाता हुन् ।
कोष तथा लेखा नियन्त्रण कार्यालय उदयपुरको चमेनागृहमा लगिएको जारभित्रको पानीमा कुखुराको प्वाँख भेटिएको थियो । उक्त जार स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । सो बारे सोधपुछ गर्न र कम्पनीको भिडियो खिच्न गएका पत्रकारद्वयमाथि सञ्चालक चौधरीले नखिच्न धम्कीमात्र दिएनन् क्यामेर खोसेर फुटाइ दिए । मोवाईल कब्जामा लिए र हेल्मेटले आक्रमण गरेको पत्रकार बिक्रमले बताए ।...








