मुटु रोगको उपचार अब कटारी बाटै हुने
आशिष वस्नेत
२१ फागुन , शुक्रबार
अब मुटुरोगकको सफल उपचार कटारी बटै हुने भएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखा प्रमुख मुटुरोग विभागका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर राजेशकुमार साहले कटारीबाट पनि उपचार सेवा प्रदान गर्ने भएको छ ।
साहाले कटारी मोडल हेल्थ केयर प्रालिबाट सेवा दिने हुनुभएको हो । केयर प्रालिले आज शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै कटारी बाट पनि मुटु रोगको सफल उपचार हुने कुरामा ढुक्क गराउनुभयो । प्रालिका प्रमुख डाक्टर गणेशलाल दासले कटारीबाट मुटुरोगीहरुलाई सहज उपचार गराउने व्यवस्थाका लागि डाक्टर साहले कटारीबाट उपचार गराउने व्यवस्था मिलाएको बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै डा. साहले विरामीहरुलाई काठमाडौं जान आउन गाह्रो हुने भएकाले सरकारले प्रदेशमा पनि शाखा स्थापना गरेको थियो । प्रदेशको रुपमा जनकपुर शाखाबाट उपचार गरिरहेको अवस्थामा विरामीहरुको औष...





