Thursday, August 20News That Matters

स्वास्थ्य

नेपालमा थप २५७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप २५७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २४  नेपालमा आज थप दुई हजार पाँच सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार एक सय ७७ जनाको नमुना परीक्षण भएको हो । त्यस्तै गत २४ घण्टामा एक हजार सात सय ९८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ५९ हजार सात सय २४ पुगेको छ । अब नेपालमा ३६ हजार एक सय ७४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै नौ सय ६७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार एक सय २६ पुगेको छ ।...
उदयपुरका कोरोना संक्रमित १ जनाको उपचारको क्रममा मृत्यु

उदयपुरका कोरोना संक्रमित १ जनाको उपचारको क्रममा मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २४ उदयपुरको कटारीका एक जना कोरोना संक्रमितको उपचारको क्रममा धरानमा मृत्यु भएको छ । कटारी नगरपालिका १४ वर्षिय कोरोना संक्रमित बालकको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । यही कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका बालक प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा १६ गते भर्ना भएको थियो । उनको शुक्रबार बिहान ९ः५० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । क्षयरोग तथा प्लीउरल इफ्यूजनसम्बन्धी रोगबाट ग्रसित रहेको थियो । फोक्सोमा समेत पानी जमेका बालक लामो समयदेखि नोवेल मेडिकल कलेज विराटनगरमा उपचाररत रहेको थियो । नियमानुसार सेनाले बालकको शव व्यवस्थापन गरेको छ ।...
विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ करोड नाघ्यो

विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ करोड नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २३ विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच करोड नाघेको छ । दुई सय १६ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म पाँच करोड तीन लाख ५० हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । सङ्क्रमितमध्ये १२ लाख ५७ हजार चार सय भन्दा धेरैको मृत्यु भईसकेको छ भने तीन करोड ५६ लाख भन्दा धेरै निको भइसकेका छन् । विश्वमा अहिले एक करोड ३४ लाख ९१ हजार भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा एक करोड एक लाख ८५ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा दुई लाख ४३ हजार भन्दा धेरैको मृत्यु भईसकेको छ भने ६४ लाख ४२ हजार भन्दा धेरै निको भएका छन् । विश्वका नौ वटा देशमा १० लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । प्रभावितहरुको दोस्रो सूचीमा रहेको भारतमा ८५ लाख सात हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । भारतमा...
नेपालमा थप २८१२ जना कोरोना संक्रमण मुक्त

नेपालमा थप २८१२ जना कोरोना संक्रमण मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २३ नेपालमा थप दुई हजार आठ सय १२ जना उपचारपछि निको भएर डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या एक लाख ५७ हजार नौ सय २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई हजार आठ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सख्ंया एक लाख ९४ हजार चार सय ५३ पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा ३५ हजार चार सय १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार एक सय ४९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार एक सय आठ पुगेको छ ।...
नेपालमा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २३ नेपालमा आज थप दुई हजार आठ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सख्ंया एक लाख ९४ हजार चार सय ५३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई हजार आठ सय १२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ५७ हजार नौ सय २६ पुगेको छ । अब नेपालमा ३५ हजार चार सय १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार एक सय ४९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार एक सय आठ पुगेको छ ।...
झापामा कोरोनाबाट थप २ जनाको मृत्यु

झापामा कोरोनाबाट थप २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक २३ झापामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–५ का ६२ बर्षीय पुरुष र अर्जुन धारा नगरपालिका–६ की ८१ वर्षीया महिलाको आईतबार मृत्यु भएको हो । ६२ बर्षीय पुरुष पूर्व गाविस सचिव तथा नेपाल जेसिजका पूर्वराष्ट्रिय उपाध्यक्ष हुन् । मृत पुरुषको कार्तिक २१ गते मेची प्रादेशिक अस्पतालमा पीसीआर परीक्षणका लागि स्वाब पठाएको वडा नम्बर ५ का वडाअध्यक्ष बन्धु कार्कीले बताए । उनको रिर्पोट आज बिहान मात्र पोजेटिभ आएको हो । त्यस्तै ८१ वर्षीया वृद्धामा रुघा र ज्वोरो बढ्दै गएपछि विराट मेडिकल कलेज विराटनगरमा भर्ना भएकी उनको पीसीआर परीक्षणको रिर्पोट हिजो पोजिटिभ आएको थियो । नेपाली सेनाको टोलीले नै दुबैको शव व्यावस्थापन गर्ने भएको छ ।...
स्कुटर सिक्ने क्रममा सह–प्राध्यापकको मृत्यु

स्कुटर सिक्ने क्रममा सह–प्राध्यापकको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कार्तिक २३ रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१ मा स्कुटर सिक्ने क्रममा दुर्घटना भई आईतबार सह–प्राध्यापकको मृत्यु भएको छ । लुम्बिनी ट्राफिक प्रहरीका अनुसार स्कुटर दुर्घट्नामा मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१ का अन्दाजी ५० वर्षीय डा. शिव पौडेल रहेका छन् ।  नयाँ स्कुटर किनेर सिक्ने क्रममा आफ्नै घरको कम्पाउण्ड पर्खालमा ठोक्किएर गम्भीर घाइते भएका  पौडेललाई मणिग्रामस्थित क्रिमशन अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।...
उदयपुरमा सेनासहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा सेनासहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २३ नेपाली सेनाको रण शार्दुल गण बोक्से उदयपुरका ५ जना सेनासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ३७, ३६, ३४, ३१, २४, २८, २३, ५४ वर्षिय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । संक्रमितहरु मध्ये ५ जना नेपाल आर्मी हुन, एक जना देउरी प्राथमिक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र दुई जना कटारी नगरपालिकाका सर्वसाधारण रहेको जनाईएको छ ।...
नेपालमा थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २२  नेपालमा आज थप दुई हजार सात सय ५३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ९१ हजार छ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई हजार दुई सय छ जना कोरोना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या एक लाख ५५ हजार एक सय १४ पुगेको छ । अब नेपालमा ३५ हजार चार सय ३५ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै गत २४ घण्टामा १७ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८७ पुगेको छ ।...
कोरोनाबाट धरानमा थप १ महिलाको मृत्यु

कोरोनाबाट धरानमा थप १ महिलाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २२ कोरोना संक्रमणबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत ६७ वर्षीया महिलाको मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएकी महिलाको शुक्रबार साँझ ६ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा यही कात्तिक १८ गते भर्ना भएकी ती महिलामा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा डायबिटिज र मानसिक सम्बन्धी समस्या पनि थियो ।...