सम्भोग लत : कारणदेखि समाधानसम्म
सम्भोग सृष्टिको सिर्जना हो । हरेक मानिस वा पशुपंक्षीमा सम्भोग हुन्छ । सृष्टि सञ्चालन होस् वा यौन सुख, आनन्दका लागि सम्भोग आवश्यक छ । यसकाे सहि सदुपयाेग हुदा संसार सुखमय हुन्छ त दुरूपयाेग वा विकारजन्य अवस्था बनाएमा समस्या हुन्छ ।
सम्भोगलाई रोक्न, छेक्न खोज्यो भने त्यसले मानव स्वास्थ्यमा असर पार्दछ । यसले मानसिक रोगको सिकार बनाउदछ । सम्भोगको तीब्र इच्छालाई रोक्ने कोशिस गर्ने हो भने यसले अरु काममा असर पार्दछ । सम्भोगकै बारेमा सोचेर बस्ने गर्दा अरु कामहरु असर भइरहेका हुन्छन् । कतिपय मानिसहरु सोचेर कल्पनाबाटै पनि यौन उत्तेजनामा परिरहेका हुन्छन् । तर सामान्य नेपाली समाजमा यो कुरालाई स्विकार गरिदैन । सुतिरहेको बेला होस् या एक्लो, एकान्तमा बसिरहेका बेला होस् । यौन गतिविधि र कल्पनाहरुबाटै उ उत्तेजित भइरहेको हुन्छ । उसले उत्तेजनाको महसुस गर्ने गर्दछ । सम्भोगको इच्छालाई सहि ढंगले प्रयोग गर्न स...





