सुरक्षित यात्राको लागि सम्मान तथा शुभकामना
उदयपुर/असोज, १२
गाईघाट, सामुदाय प्रहरी साझेदारी अन्र्तगत जिल्ला प्रहरी कार्यलय उदयपुर र जिल्ला ट्राफिक कार्यलय उदयपुरले नजिकिदै गरेको चाँडपर्व लाई मध्य नजर गर्दै सुरक्षित यात्राको लागि चालक यात्रुलाई सम्मान तथा शुभकामना प्रदान गरेको छ ।
लामो तथा छोटो दुरीका चालकहरुलाई सफल यात्राको लागि आईतबार बस पार्कमा सम्मान तथा शुभकामना व्यक्त गरेको हो । दशैँ, तिहार तथा छैठ पर्वको बेलमा यात्रुहरुको बढी चाप हुने र यात्रा अव्यवस्थित बनी दुर्घटनाको बढी सम्भावना हुने भन्दै यात्रा सफल र सुरक्षित बनाउन यात्रु र चालकहरुलाई सम्मान तथा सफल यात्राको कामना गरेको उदयपुरका प्रहरी प्रमुख बीर बहादुर बुढा मगरले बताए ।
कार्यक्रमा ५ जना लामो तथा छोटो दुरीको चालकहरु सम्मानित भएको छ । उदयलाल खवास, जिसात खड्का, इन्द्र कार्की, भोजराज पोखरेल, कृष्ण खड्का सम्मानित भएको हो । उनिहरुलाई जिल्ला प्रमुख अधिकारी दुर्...





