बढ्दो सम्बन्ध विच्छेदबारे सोचौँ
जिल्ला अदालत उदयपुरले भर्खरै सार्बजनिक गरेको तथ्यांकले श्रीमान र श्रीमतीबीच सम्बन्ध विच्छेदको अवस्था बढ्दो रहेको आकडा देखाएको छ । तीन आर्थिक वर्षको अवस्थालाई हेर्दा क्रमिकरुपले सम्बन्ध विच्छेदको घटना बढ्दो रहेको छ । आथिंक वर्ष ०७३/०७४ मा १३६ वडा सम्बन्ध विच्छेद रहेकोमा ०७४/०७५ मा १५८ वटा हुदै ०७५/०७६ मा २४३ पुगेको छ । सम्बन्ध विच्छेदको यो आकडाले सोच्न बाध्य बनाएको छ । सोचौं कि, समाजमा यसरी सम्बन्ध विच्छेद हुदै जाने हो भने अवस्था कस्तो होला रु पारिवारिक अवस्था र आश्रित वालवालिकाको अवस्था के होला रु
सम्बन्ध विच्छेद बढिरहेको छ किन रु भन्ने अर्को प्रश्न टड्कारो छ । सम्बन्ध विच्छेदको कारणहरु पनि पत्ता लगाउन जरुरी छ । सामाजिक रुपमा चलेको प्रशंगका आधारमा हेर्ने हो भने धेरै जसो बैदेशिक रोगजारका कारण सम्बन्ध विच्छेद बढिरहेको छ । श्रीमान् वा श्रीमती रोजगारीका लागि विदेश गईसकेपछि श्रीमान् र श्रीम...









