Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

काठमाण्डौमा होली खेल्न रोक

काठमाण्डौमा होली खेल्न रोक

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २२ गते । काठमाण्डौमा होलि खेल्न नपाईने भएको छ । कोरोना भाइरसको जोखिमलाई मध्येनजर गर्दै जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले होली खेल्न नपाइने निर्णय गरेको हो । भिडभाड र जमघट हुने ठाउँमा कोरोना भाइरसको संक्रमण हुने खतरा भएकाले होली खेल्न नपाइने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाइएको छ । अर्को निर्णय नभएसम्म विभिन्न प्रकारका उत्सव, मेला, होली लगायतका पर्वमा भेला नहुन र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन दिर्नेशन गरिएको जनाइएको छ । सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चितकालसम्मका लागि स्वीकृति नदिने भएको छ  । सरकारले भिडभाडमा नजान, भेला, सभा सम्मेलन नगर्न यसअघि नै आग्रह गरिसकेको छ ।...
कोरोना भाईरसको संक्रमणबाट अमेरिकामा ११ जनाको मृत्यु

कोरोना भाईरसको संक्रमणबाट अमेरिकामा ११ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, फागुन २२ गते । कोरोना भाईरस (कोभिड–१९) का संक्रमणबाट अमेरिकामा ११ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिकको अस्पतालमा ७१ वर्षीय पुरुषको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ११ पुगेको हो । क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिककैको अस्पतालमा एक जनाको मृत्यु भएपछि राज्यले आपत्काल घोषणा गरेको छ । मृत्यु हुने व्यक्ति जापानको समुद्री तटमा रहेको डायमण्ड प्रिन्सेस क्रुज शिपमा रहेको जनाईएको छ । जहाजमा यात्रा गरिरहेका केही व्यक्तिमा कोरोनाको सङ्क्रमण पाइएपछि जहाजलाई नै क्वारेन्टाइनमा राखिएको थियो । अमेरिकाको १६ राज्यमा करिब एक सय ५० जनामा कोरोनाको संक्रमण देखिएको जनाईएको छ । अमेरिकी राष्ट्रपति निवास तथा मुख्य कार्यालय ह्वाइट हाउसले कोरोनाको संक्रमण बढ्दै गएपछि देशव्यापी रुपमा नै परीक्षणलाई तीव्रता दिने जनाईएको छ । विश्वभरि ९० हजारभन्दा बढीमा कोरोना भ...
कोरोनाको त्रासले दिवस स्थगीत

कोरोनाको त्रासले दिवस स्थगीत

समाचार
पूर्णपुष्टि, फागुन २२ गते ।  कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको त्रासका कारण खोटाङमा अन्र्तराष्ट्रिय महिला श्रमिक दिवस स्थगीत भएको छ । विश्वभर कोरोनाको संक्रमण फैलिरहेको बेला महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको निर्देशन अनुसार खोटाङका १० वटा पालिकाले ११० औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगित गरिएको हो । मन्त्रालयको पत्र अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेँलुखर्क गाउँपालिका लगायतका पालिकाले बुधबार छुट्टा छुट्टै सुचना जारी गर्दै दिवस स्थगित गरेको जानकारी दिएको छ । विश्वका विभिन्न ठाउँमा कोरोनाको सङ्क्रमण फैलिरहेको र हजारौँ नागरिकको ज्यान लिइरहेको सन्दर्भमा सबै प्रकारका भेला, सभा, सम्मेलन, समारोहलगायतका कार्यक्रम स्थगित गर्न मन्त्रालयले गएको मङ्गलबार पत्राचार गरेको थियो ।...
आज मुलुकका विभिन्न ठाउँमा हुरीबतास, चट्याङ र असिना पानी पर्ने सम्भावना

आज मुलुकका विभिन्न ठाउँमा हुरीबतास, चट्याङ र असिना पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, फागुन २२ गते ।  आज देशका विभिन्न ठाउँमा हुरीबतास, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना हरेको छ । पश्चिमसहित मध्य र पूर्वका पहाडी भेगमा हुरीबतास, चट्याङ र असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको हो । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । मध्य र पूर्वमा खण्डबृष्टि हुने सम्भावना रहेको जनाईएको छ ।...
गाउँपालिका उपाध्यक्ष चढेको जिप दुर्घटनामा वडा सचिवको मृत्यु

गाउँपालिका उपाध्यक्ष चढेको जिप दुर्घटनामा वडा सचिवको मृत्यु

समाचार
पूर्णपुष्टि, फागुन २२ गते । गोरखाको मान्बुमा जिप दुर्घटना हुदा वडा सचिवको मृत्यु भएको छ भने गाउँपालिका उपाध्यक्षसहित सात जना घाईते भएका छन् । गतराती भएको दुर्घटनामा धार्चे गाउँपालिका–६ का वडा सचिव लमजु निबासी किरण रिमालको घटना स्थलमै मृत्यु भएको हो । काशी गाउँमा अपाङ्ग परिचयपत्र वितरण गर्नका लागी धार्चे गाउँपालिकाकी उपाध्यक्ष फुलमाया गुरुङ र कर्मचारीसहितको टोली चढेको ग १ ज ५५०५ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा उपाध्यक्ष गुरुङसहित घाईते भएका सातै जनालाई स्थानीय स्वास्थ्य केन्द्रमा प्रथमिक उपचार गरी काठमाण्डौ पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।...
अर्थ मन्त्री खतिवडाद्वारा पदग्रहण

अर्थ मन्त्री खतिवडाद्वारा पदग्रहण

समाचार
पूर्णपुष्टि, फागुन २१ गते ।  अर्थ मन्त्री युवराज खतिवडाले सपथ तथा पदभार ग्रहण गरेकोे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई बुधबार बिहान अर्थ मन्त्रीमा नियुक्त गरेको होे । दिउँसो ४ बजे राष्ट्रपति निवासमा राष्ट्रपति भण्डारीबाट खतिवडाले पद तथा गोपनीयताको सपथ लिएपछि मन्त्रालय पुगेर कार्यभार सम्हालेको थियो । राष्ट्रिय सभा सदस्य रहनु भएका खतिवडाको कार्यकाल मङ्गलबार सकिएपछि उहाँँले मङ्गलबार नै अर्थ मन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो । तर प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले खतिवडालाई अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । सघीय सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ ।...
मिर्गौला प्रत्यारोपणपछि प्रम ओलीको स्वास्थ्य अवस्था स्थिर

मिर्गौला प्रत्यारोपणपछि प्रम ओलीको स्वास्थ्य अवस्था स्थिर

समाचार
पूर्णपुष्टि, फागुन २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण सफलता पूर्वकसम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पतालमा बुधबार ओलीको मिर्गाैला प्रत्यारोपण गरिएको हो । यो ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण हो । १२ वर्ष पहिले भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताए । सबै मुख्य सूचकाङ्कहरु राम्रो अवस्थामा रहेको कार्यकारी निर्देशक डा. खड्गाले बताए । प्रत्यारोपण गरिएको मिर्गाैलाले काम गर्न सुरु गरिसकेकाले उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको उनले बताए । प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण शल्यचिकित्सा टोलीमा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली र अनन्त कुमार लगायतको टोलीको सहभागिता थियो । त्यस्तै म...
आगलागीबाट एक घर जलेर नष्ट

आगलागीबाट एक घर जलेर नष्ट

समाचार
उदयपुर, फागुन २१ गते , उदयपुरको रौतामाईमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । रौतामाई गाउँपालिका–५ धोदे निबासी भुपराज राईको घर जलेर नष्ट भएको हो । घरमा कोही नभएको बेला दिउँसो करिब ४ः४५ बजे एक्कासी घरमा आगलागी हुदा खरको छानो भएको एक तले घर, शौचालय,२० वाटको दुई वटा सोलार, ३/४ बोट सुन्तला, १ बोट नेवुवा करिब २५ सय पैसा, अन्नपात, भाडावर्तन लत्ताकपडा पूर्ण रुपमा जलेर नष्ट भएको स्थानीय सिताराम राईले बताए । हावा चलेको र पानीको समस्याले गर्दा आगो नियन्त्रणमा लिन सकिएन । विकट पहाडी भेग भएकाले कुनै स्रोत साधन पुग्न नसकन्े भएकाले आगो नियन्त्रणमा लिन नसक्दा पूर्ण रुपमा जलेर नष्ट भएको स्थानीय राईले बताए ।...
प्रम ओलीको सफल मिर्गौला प्रत्यारोपण

प्रम ओलीको सफल मिर्गौला प्रत्यारोपण

समाचार
पूर्णपुष्टि, फागुन २१ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । चार घण्टा लगाएर गरिएको प्रत्यारोपण सफल भएको शिक्षण अस्पतालले जनाएको हो । प्रम ओलीको मृर्गौला प्रत्यारोपण विहन १० बजेदेखि शिक्षण अस्पताल महाराजगञ्जमा सुरु भएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको डाक्टरले बताएका छन् । यसबारे ४ बजे पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिइने अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीको सफल मिर्गाैला प्रत्यारोपणको कामना गर्दै अस्पतालबाहिर ठूलै संख्या शुभेच्छुक उपस्थित भएका थिए । विभिन्न देशका प्रमुखले पनि प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका थिए । प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको हो । यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।...
टी–२० मा नेपालको पहिलो जित

टी–२० मा नेपालको पहिलो जित

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २१ गते ।  एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपालले जित हात पारेको छ । नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै जित हात पारेको हो । थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य नेपालले १ मात्र विकेट गुमाएर ५.३ ओभरमा पूरा गर्दा कुशल मल्लले  उत्कृष्ट प्रदर्शन गरेको थियो । पारस खड्कासँग ओपनिङ आएका कुशलले १८ बलमा ५ चौका र २ छक्कासहित ३६ रनको नट आउट पारी खेले । यसैगरी पवन शर्राफ २७ रनमा अविजित रहे । उनले १० बल सामना गर्दै ३ छक्का र २ चौका प्रहार गरे । पारस व्यक्तिगत ९ रन बनाएर आउट भए । ५ बल फेस गरेका पारसले २ चौका प्रहार गरे । टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर ६६ रन बनाएको थियो । थाइल्याण्डका हेनन जोर्डन सर्वाधिक १३ रन बनाएर आउट हुँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । ३ जना खेलाडी रन आउट भए । नेपालका ल...