Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

सुन साढे ८० हजार तोला

सुन साढे ८० हजार तोला

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २१ गते ।  आज सुनको भाउ बढेर तोलको ८० हजार पाँच सय पुगेको छ । एकै दिन सुन तोलामा २२ सय रुपैयाँ बढेर अहिलेसम्मकै महंगो बनेको हो । हिजो सुन तोलाको ७८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने तोलामा २२ सय रुपैयाँ बढेर सुन तोलाको ८० हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको संघले जनाएको छ ।...
आजको विदेशी मुद्राका विनिमय दर

आजको विदेशी मुद्राका विनिमय दर

आर्थिक, समाचार
पूर्णपुिष्ट, फागुन २१ गते ।  आज सवै विदेशी मुद्राको भाउ बढेको छ । बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ कोे खरिददर १ सय १६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ५८ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर १ सय १६ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय १६ रुपैयाँ ६६ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४ पैसा तोकेको थियो । ओमानी रियाल १ को खरिददर ३ सय २ रुपैयाँ ८४ पैसा तोकेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ६० पैसा र बि...
टिफरको ठक्करबाट बाजे नातिनीको मृत्यु

टिफरको ठक्करबाट बाजे नातिनीको मृत्यु

समाचार
मोरङ, फाल्गुन २१ गते । टिफरको ठक्करबाट मोरङमा नातिनी बाजेको मृत्यु भएको छ । टिफरको ठक्करबाट ग्रामथान–२ निबासी ४५ वर्षीय बाबुराम सरदार र उनको नातिनि ६ वर्षीया सबिता सरदारको मृत्यु भएको प्रहरीले जनाएको हो । बिराटनगर–१९ मिलन चोक नजिक  पुर्वबाट पश्चिमतर्फ जादै गरेको  को १ ख २९१७ नम्बरको टिफरले  गतराती सवाँ ९ बजे बिपरित दिसाबाट आउदै गरेको प्रदेश १–००२ ह  ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिदा अटो चालक बाबुराम र सविताको घटना स्थ्लमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिफर र टिफर चालक सुनसरी रामधुनी–५ निबासी ३३ बर्षीय हरेराम चौधरी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  यो पनि पढ्नुस् । भोजपुरमा ट्याक्टर दुर्घटना हुदा सह–चालकको मृत्यु भएको छ । पौवादुम्मा–२ मा ट्याक्टर दुर्घटना हुदा पौवादुम्मा–१ निबासी २६ बर्षीय जनक भुजेलको मृत्यु भएको हो । मध्...
ट्याक्टर दुर्घटनामा सह–चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा सह–चालकको मृत्यु

समाचार
भोजपुर, फाल्गुन २१ गते । भोजपुरमा ट्याक्टर दुर्घटना हुदा सह–चालकको मृत्यु भएको छ । पौवादुम्मा–२ मा ट्याक्टर दुर्घटना हुदा पौवादुम्मा–१ निबासी २६ बर्षीय जनक भुजेलको मृत्यु भएको हो । मध्य पहाडी लोकमार्ग अन्र्तगत पौवादुम्मा–२ मा किराना सामान अनलोट गरी श्यामसिलाबाट तिवारीभञ्याङ  तर्फ फर्कदै गरेको को २ त ५९१९ नम्बरको  ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना हुदा सह–चालक भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका भुजेलको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक भोजपुर अरुण गाउँपालिका–६ निबासी २५ बर्षीय महेन्द्र बिक घाईते भएकाले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...
उदयपुर अदालतमा मुद्दा संख्या बढ्दो

उदयपुर अदालतमा मुद्दा संख्या बढ्दो

समाचार
पूर्णपुष्टि, फागुन २१ । उदयपुर जिल्ला अदालतमा मुद्दाको संख्या बढ्दो देखिएको छ । बुधबार अदालतले एक तथ्यांक सार्बजनिक गर्दै विगत चार आर्थिक वर्षको आँकडाबाट नयाँ दर्ता मुद्दाको संख्या बढ्दो अवस्थामा रहेको जनाएको हो । आर्थिक वर्ष ०७३/०७४ मा ७ सय २१ रहेको मुद्दा आ.व. ०७४/०७५ मा ८ सय ३९, आ.ब. ०७५/०७६ मा ९ सय ४२ र चालु आर्थिकवर्षको हालसम्ममा ६ सय ४५ वटा मुद्दा दर्ता भएका छन् । यो आर्थिक वर्षमा मुद्दा हजार नाघ्ने अनुमान गरिएको न्ययधिश दिपक खनालले बताउनुभयाे । दुईजना न्यायधिस रहेको अदालतमा मुद्दा संख्या बढ्दो रहेपनि न्याय सम्पादन भने छिटो, छरितो र प्रभावकारी देखिएको छ । विगत तीन आर्थिक वर्षदेखि दुईवर्ष बढिका मुद्दा सबै फैसला भई जिरोमा पुगेको छ ।  एकवर्षदेखि दुईवर्ष भित्रका संख्या पनि न्यून छ । वार्षिक पर्छ्यौटको अवस्था ७२ प्रतिशतभन्दा बढि छ । याे प्रतिशतलाइ न्याय सम्पादनकाे हिसावले राम...

बेनपामा हरेक दुई महिनामा मानसिक शिविर

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २० । मानसिक समस्याबाट पालिकाबासी पिडित नबनुन् भन्ने उद्देश्यले दुईदुई महिनाको अन्तरालमा नगरपालिकाले आयोजना गर्दै आएको मानसिक उपचार शिविर आज पनि सम्पन्न भएको छ । बेलका स्वस्थ्य चौकीमा आयोजना भएको शिविरबाट एकसय दुईजनाले परिक्षण गराएका छन् । पालिकाबासीलाई लक्षित गरी गरिने शिविरमा काठमाडौं स्थित टिचिङ हस्पिटलका डाक्टर भीडी शर्माले परिक्षण गर्ने पालिकाले जनाएको छ । परिक्षण पछि निःशुल्क औषधि नगरपालिकाको तर्फबाट उपलब्ध गराईने गरिएको छ । शिविर आयोजनाका लागि नगरपालिकालाई सिएमसी नेपाल संस्थाको सहयोग रहेको बताइएको छ । विगत एकवर्षदेखि हरेक दुईवर्षमा आयोजना हुने शिविर आगामी दिनमा पनि निरन्तर आयोजना हुने बताइएको छ ।...
चैत ५ गते भित्र कक्षा ९ सम्मको परीक्षा सक्न निर्देशन

चैत ५ गते भित्र कक्षा ९ सम्मको परीक्षा सक्न निर्देशन

शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन २० गते ।  आगामी चैत ५ गते भित्र कक्षा १ देखि ९ सम्मको बार्षीक परिक्षा लिई सक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण र त्रास बढ्दै गएकाले देशभरका सवै विद्यालयहरुलाई चैत ५ गते भित्र परीक्षा लिन सक्न मन्त्रालयले निर्देशन दिएको हो । विश्वभर भाईरको प्रकोप तिब्र रुपले पैmलिरहेको बेला मन्त्रालयले सामूहिक भेला, सेमिनार, गोष्ठी लगायत कार्यक्रम नगर्न पनि आग्रह गरेको छ । मन्त्रालयले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर यस्तो निर्देशन दिएको थियो । तर आगामी चैत ६ देखि १५ गतेसम्म संचालन हुने विद्यालय शिक्षा परीक्षा एसईई को कार्यतालिका परिमार्जन नहुने मन्त्रायलले जनाएको छ ।...
बेलकामा पाँचहजार विद्यार्थीकाे आँखा परिक्षण

बेलकामा पाँचहजार विद्यार्थीकाे आँखा परिक्षण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २० । बेलका नगरपालिकाले विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरेको आँखा शिविरमा करिब ५ हजार विद्यार्थीले आँखा परिक्षण गराएका छन् । विद्यार्थी परिक्षणको कार्यक्रम अझै जारी रहेको मेयरका स्वकीय सचिव नुनीराम राईले जानकारी दिनुभयो । पालिका र मेची आँखा अस्पतालसंगको संयुक्त आयोजनामा गत भदौदेखि पालिका अन्तर्गतका विद्यालयहरुमा आँखा शिविर सञ्चालन गरी विद्यार्थीहरुको आँखा परिक्षण गरिएको हो । हालसम्म ११ वटा विद्यालयमा शिविर सञ्चालन गरी उक्त परिणाममा विद्यार्थीको आँखा परिक्षण गरिएको हो । परिक्षण गरिएका मध्ये ५१ जना विद्यार्थीको आँखा अप्रेशनका लागि रेफर गरिएका छन् । ३५ जना विद्यार्थीलाई चस्मा वितरण गरिएका छन् । प्राथमिकदेखि माध्यामिक तहसम्मका विद्यार्थी सबैलाई शविरमा लक्षित गरिएको थियो । आँखाको समस्याका कारण वालवालिकालाई पठन पाठनमा समस्या आउने गरेकाले पालिकाको तहबाट नै परिक्षण...
६ केजी सुनसहित १ भारतीय नागरिक पक्राउ

६ केजी सुनसहित १ भारतीय नागरिक पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २० गते ।  भारतीय एक नागरीकलाई मकवानपुरबाट छ केजी सुनसहित प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसमा सवार भारत कर्नाट निबासी ४२ वर्षीय अब्दुल मजिद अनेकललाई हटौँडा–रातोमाटेबाट पक्राउ गरेको हो । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत रातोमाटेमा बसलाई चेकजाँच गर्ने क्रममा सोही बसमा सवार अनेकलको साथबाट छ केजी सुन बरामद गरेको प्रहरीले जनाएको छ । ठूला उपकरणमा प्रयोग हुने फलामको बेरिङभित्र लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । उक्त बरामद भएको सुन नेपाली बजार मूल्य अनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको भएको प्रहरीले जनाएको छ । पक्राउ परेका अनेकललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।...
टी–२० वरीयतामा नेपाल ३ स्थान तल

टी–२० वरीयतामा नेपाल ३ स्थान तल

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २० गते ।  नेपाल टी–२० वरीयतामा तीन स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १२ औँ स्थानमा रहेको थियो । लगातार हार व्यार्होनाले नेपालको वरीयतामा तल झरेको हो ।  नेपालले पछिल्लो पटक खेलेका खेलमा निराशाजनक नतिजा हात पार्दै आएको छ । नेपालको टी(२० वरीयतामा उच्च स्थान ११ औँ हो । एसोसियट राष्ट्रमा नेपालभन्दा अघि स्कटल्याण्ड १२ औँ र यूएई १४ औँ स्थानमा रहेको छ । नेपाल एकदिवसीय वरीयतामा भने १६ औँ स्थानमा रहेको छ ।...