Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

गाईघाट बाट दिक्तेलको लागि छुटेको अन्तिम बस हलेसीको राजापानीमा भयानक दुर्घटना

गाईघाट बाट दिक्तेलको लागि छुटेको अन्तिम बस हलेसीको राजापानीमा भयानक दुर्घटना

Breaking News 1
खोटाङ/फागुन, २३ गाईघाट बाट दिक्तेलको लागि शुक्रबार ४ बजे छुटेको अन्तिम बस शनिवार खोटाङको हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीमा दुर्घटना भएको छ । प्रदेश २–०१–००१ ख ००२७ नम्वरको खोटाङ यातायातको बस राजापानी रेग्मीटार लुक्लाभीर नजिकै दुर्घटना भएको हो । बस सडक बाट २५० मिटर तल खोलामा खसेको थियो । बस भयानक दुर्घटना भएपनि यात्रुहरु भने सबै शकुसल अवस्थामा रहेको छ । गाईघाटबाट केही यात्रुहरु लिएर छुटेको बस बाटोमा दिक्तेल जाने यात्रुहरुलाई पर्खेर बसेको अवस्थामा दुर्घटना भएको थियो । मान्छे पर्खिन भिरालो ठाउँमा रोकिएको अवस्थामा गाडिभित्र रहेको यात्रुहरु झर्नेक्रममा ओट खुस्कीएर बस भिरमा खसेको थियो । बस खस्दाखस्दै यात्रुहरु भुइमा ओर्लन सफल भएपछि यात्रुहरु भने सबै शकुसल रहेको प्रहरी सहायक निरिक्षक हरि खड्काले जानकारी दिए ।  ...
गणपति थापालाइ विदाइ

गणपति थापालाइ विदाइ

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २२ । उदयपुरका ब्याड्मिन्टन खेलाडीहरुले विहिबार उदयपुरको बोक्सेस्थित रणसार्दुल गणका गणपति भैरव थापालाई विदाई गरेका छन् । सरुवा भई हेर्डक्वाटर जान लाग्नु भएका गणपति थापालाई कवर्डहलमा खेलाडीहरुले विदाई गरेका हुन् । उनीहरुले मायाको चिनो भेष्ट प्रदान गरेका थिए । बसाईको सिलसलामा आप्mनो ठाउँबाट खेलको क्षेत्रमा विशेष योगदान पर्याउनुका भएका थापालाई खेलाडीहरुले थप उन्नती प्रगति, सुस्वास्थ्यको कामना गर्दै विदाइ गरेका थिए । खेलाडी दिपक राई, समाजसेवी हस्तमाया राईले व्यक्तिगतरुपमै पनि मायाको चिनो र खादा ओढाई विदाइ गरेका थिए । विदाइ समारोहमा बोल्दै थापाले उदयपुर र खेलाडी साथीहरुलाई कहिल्यै नभूल्ने बताउनुभयो । उदयपुरको बसाई अबिस्मरणीय रहेको बताउनुभयो । विदाइ समारोहमा जिल्ला अदालत उदयपुरका न्यायधिश दिपक खनाल, अनुसन्धान कार्यालय, उदयपुरको उपनिर्देशक नागेन्द्र दाहाल तथा गण...
कटारी ४ लाई हराउँदै कटारी ३ ले जित्यो मेयर कपको उपाधि

कटारी ४ लाई हराउँदै कटारी ३ ले जित्यो मेयर कपको उपाधि

खेलकुद, समाचार
आशिष वस्नेत/२२ फागुन कटारी रकटारी नगरपालिकामा जारी दोस्रो नगर मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले कब्जा गरेको छ ।आज भएको फाईनलमा वडा नम्बर ४ लाई २ का विरुद्ध ३ गोल गर्दै वडा नम्बर ४ ले उपाधि कब्जा गरेको हो । उपाधिसँगै वडा नम्बर ३ ले नगद  ६३ हजार ७ सय ५का साथमा मेडल,प्रमाण पत्र हात पार्दा उपविजेता वडा नम्बर ४ ले नगद , ३१ हजार २सय ५०का साथमा मेडल र प्रमाण पत्रका साथमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा वडा नम्बर ३ का प्रताप राई घोषित भए । त्यसैगरी उत्कृष्ट गोलरक्षक वडा नम्बर ३ का रोशन राना घोषित भए । फाईनलमा कटारी ३ का प्रताप राई , गोपाल लिम्बु र कृष्ण धामीले गोल गरेका थिए । त्यसैगरी कटारी ४ को तर्पmबाट किरण दनुवार र केशव दनुवारले गोल गरेका थिए । कटारी नगरपालिकाको सहयोग र साथी समूहको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।कटारी नगरका ११ वडाका  टिमले प्रति...
ब्राउन सुगरसहित २ जना पक्राउ

ब्राउन सुगरसहित २ जना पक्राउ

समाचार
झापा, फाल्गुन २२ गते । झापामा लागुऔषध ब्राउन सुगर सहित दुइृ जना पक्राउ परेका छन् । काँकडभिट्टा–६ भन्सार मुलगेट अगाडीबाट ब्राउन सुगरसहित निशान राई र रोशन पोदार पक्राउ परेका हुन् । दिउँसो सवा ३ बजे को ९ प ३६३१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकलमा सवार ईलाम चुलाचुली गाउँपालिका–४ निबासी २७ वर्षीय राई र झापा दमक–१ निबासी २४ वर्षीय पोदारलाई ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । मोटरसाईकलको ट्याङ्की भित्र लुकाई छिपाई राखेको अवस्थामा २६ ग्राम हिरोईन ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ । मोटरसाईकल र पक्राउ परेका दुवै जनलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
आगलागीबाट ७१ लाख बढीको क्षति

आगलागीबाट ७१ लाख बढीको क्षति

समाचार
पूर्णपुष्टि फाल्गुन २२ गते । विभिन्न जिल्लामा आगलागी हुदा करिब ७१ लख बराबरको क्षती भएको छ । विभिन्न स्थानमा लागेको आगलागीबाट घर, अन्नपात तथा धनमाल र नगद जलेर नष्ट हुदा करिब ७१ लाख बराबरको क्षती भएको हो । ईलाम फाकफोकथुम गाउँपालिका–६ फुस्रे मा रहेको तिनजुरे बोर्डिङ स्कुलको छात्राबासमा बुधबार साझँ साढे ६ बजे आगलागी भएको प्रहरीले जनाएको छ । विद्युट सर्ट भई २ तले घर, नगद २ लाख, ५ तोला सुन, टिभी २ थान, ल्यावटव ४ थान, कम्प्युटर २ थान लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त संख्याको सामान जल्दा ४४ लाख ८० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । त्यस्तै झापाको कमल गाउँपालिका–५ मंगलबारे निबासी शेरबहादुर लिम्बुको घरमा ग्यास पड्की आगलागी हुदा घर तथा घर भित्र रहेको लत्ता कपडा ,भाडाकुडा लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । लिम्बुको २० लाख बरा...
ब्राउन सुगरसहित २ जना पक्राउ

ब्राउन सुगरसहित २ जना पक्राउ

समाचार
झापा, फाल्गुन २२ गते । झापाको काँकडभिट्टाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । अर्जुन धरा–११ निबासी २३ बर्षीय समिर माझी र २२ बर्षीय सुरज माझी ब्राउनसुगर सहित पक्राउ परेका हुन् । भारतिय बजार पानीटंकीबाट  काँकडभिट्टा  सिमा एरिया तर्फ आईरहेका दुबै जनालाई बुधबार अपरान्ह पौने ५ बजे नियन्त्रणमा लिई चेकजाचँ गर्दा उनीहरुको साथबाट ४.५ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाइ  ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
जिल्ला ४, कर्मचारी १ : यस्ताे पनि कार्यालय

जिल्ला ४, कर्मचारी १ : यस्ताे पनि कार्यालय

समाचार
पूर्णपुष्टि, फागुन २० । उदयपुरमा एउटा यस्तो कार्यालय रहेको छ । जुन कार्यलयले चार जिल्ला हेर्नुपर्छ तर, कर्मचारी संख्या भने एकजना मात्र रहेको छ । एकजना कर्मचारीले चारवटा जिल्ला हेर्नुपर्ने कार्यालय खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय हो र कर्मचारीमा निमित्त कार्यालय प्रमुख रमेश दाहाल मात्र रहेका छन् । कार्यालय स्थापनायता कार्य सम्पादनका लागि आफु एक्लै खटिरहनु परेको प्रमुख दाहालले बताउनुभयो । छ वटा कोठा भएको दुईतल्ले भाडाको घरमा कार्यालय रहेपनि एक्लो कर्मचारीले सबै काम धान्न पर्दा कार्यसम्पादनमा कठिनाइ पर्ने गरेको छ । “जिम्मा चार जिल्लाको छ, खटिने म एक्लो” उहाँले भन्नुभयो “कार्यसम्पादनमा ज्यादै कठिनाई छ ।” कार्यालय हेर्नेदेखि बाहिरको कामसमेत एक्लोले भ्याउन मुस्किल छ । चारजना दरबन्दी रहेको कार्यालयमा अरु कर्मचारीको व्यवस्था नभएपछि सकेसम्म एक्लै खटिरहेको उहाँले बताउनुभयो । ...
उदयपुरमा होली खेल्न निषेध

उदयपुरमा होली खेल्न निषेध

समाचार
उदयपुर, फागुन २२ गते ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई मध्ये नगर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले होली खेल्न निषेध गरेको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले कोरोना भाईरसको संक्रमणलाई मध्येनजर गर्दै होली खेल्न निषेध गर्ने निर्णय गरेको हो । सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चितकालसम्मका लागि स्वीकृति नदिने सूचना जारी गर्दै भिड भाड जम्मा भएर होली खेल्न निषेध गरेको हो । पूर्वस्वीकृति लिइएका कार्यक्रमहरुलाई पनि रद्द गर्न अनुरोध गरिएको छ । चीनको हुवानबाट सुरु भएका कोरोना भाईरसको नेपाल पनि उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनबाट प्रतिक्रिया व्यक्त भइसकेको छ । यस अघि नै नेपाल सरकारले समेत यसको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेको छ । क...
फेरी सुनको भाउ बढ्यो

फेरी सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २२ गते ।  आज सुनको भाउ दुई सय बढेको छ । विहिबार सुन तोलामा दुई सय रुपैयाँले बढेर तोलाको ८० हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ बढेपनि चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।
आज विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन २२ गते ।  आज विदेशी मुद्राको भाउ घट्बढ भएको छ । विहिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ कोे खरिददर १ सय १६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर १ सय १६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ५८ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा तोकेको थियो । ओमानी रियाल १ को खरिददर ३ सय ४ रुपैयाँ २७ पैसा तोकेको छ । हिजो खरिददर ३ सय २ रुपैयाँ ८४ पैसा तोकिएको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ...