Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

नेपालमा काेराेना संक्रमितकाे संख्य २ सय १७ पुग्याे

नेपालमा काेराेना संक्रमितकाे संख्य २ सय १७ पुग्याे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३० । नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय १७ पुगेकाे छ । अाज राती थप २६ जना काेराेना संक्रमण पुष्टि भएसंगै संक्रमितकाे संख्या २ सय १७ पुगेकाे हाे । अहिले राति पर्साका १८, महात्तरी २, धनुषा २, भक्तपुर २,काठमाडाै १ र सर्लाहीका १ जना पु्ष्टि भएकाे स्वास्थणय तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले पुष्टि गर्नुभयाे । पर्साका महिलाहरु २२, ३२, ४५, ६० र २८ वर्षिया दुईजना छन् भने पुरुषहरु १६, २२, २४, ३२, ५९, ५५ वर्षका छन् । त्यस्तै २५ वर्षका दुई, २८ वर्षका दुई र ६१ वर्षका दुईजना रहेका छन् । महाेत्तरिमा १६ र ३५ वर्षका पुरुष छन् । धनेषाका २० वर्षिया महिला र ४० वर्षिय पुरुष छन् । भक्तपुरका २५ वर्षिया महिला र २७ वर्षिय पुरुष रहेका छन् । काठमाडाैकी ३३ वर्षिया महिला र सर्लाहिका ४५ वर्षिय पुरुष रहेका छन् । सबै संक्रमितकाे अबस्था सामान्य रहेकाे जनाईएकाे छ । ...
कुन जिल्लामा कति संक्रमित

कुन जिल्लामा कति संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ३० गते । आज एकै दिन ५७ जना कोरोना संक्रमित पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या १ सय ९१ पुगेको छ । नेपालको १८ जिल्लामा फेला परेको कोरोना संक्रमित मध्ये सवै भन्दा बढी संक्रमित पर्सा जिल्लामा रहेको छ । आज ३९ जना नयाँ क्रमित थपिएपछि पर्सामा ६४ जनामा संक्रमण पुष्टि भईसकेको छ । त्यस्तै दोस्रो बढी संक्रमित उदयपुर रहेको छ । नेपालमै पहिलो पटक ठूलोसंख्यामा कोरोना संक्रमित फेला परेको उदयपुरमा अहिलेसम्म ३२ जनामा संक्रमण पुष्टि भईसकेको छ भने १४ जना निको भएका छन् । त्यस्तै कपिलवस्तुमा २९ जना, बाँकेमा २४ जना, रुपन्देहीमा १६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै काठमाण्डौमा ५ जनामा संक्रमण पुष्टि भएकोमा ५ जना नै उपचारपछि निको भएका छन् भने कैलालीमा संक्रमण देखिएका चारै जना उपचारपछि निको भएका छन् । बारामा ३ जनामा संक्रमण पुष्टि भएको छ भने रौतहटमा ३ जनामा संक्रमण देखिएकोम...
४ जना पत्रकारलाई कोरोना संक्रमण

४ जना पत्रकारलाई कोरोना संक्रमण

समाचार
पूर्णपुष्टि, बैशाख ३० गते ।  पर्साका चार जना पत्रकारमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला टेकुमा परिक्षण गर्दा आज पर्साको ३९ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएकामध्ये चार जना पत्रकार रहेको पाएको जनाईएको छ । नेपालको १८ जिल्लाका एक सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । अहिलेसम्म सवै भन्दा धेरै पर्सा जिल्लामा ६४ जनामा संक्रमण पुष्टि भईसकेको छ ।...
ईलाममा आगलागी हुदा ६५ लाख बराबरको क्षति

ईलाममा आगलागी हुदा ६५ लाख बराबरको क्षति

समाचार
पूर्णपुष्टि, बैशाख ३० गते ।  ईलामको शुक्रबारे बजारमा आगलागी हुदा करिब ६५ हजार बराबरको क्षती भएको छ । माईजोगमाई गाउँपालिका–३ को शुक्रबारे बजारमा गतराती आगलागी हुदाँ उक्त रकम बराबरको क्षती भएको हो । कोही नभएको घरमा आगलागी हुँदा घरसँगै जोडिएका अरु दुई घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । राति करिब ९ः५० बजे बेद कैयाको घरबाट आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । बेद कैयाको घरबाट सुरु भएको आगो छत्रकुमारी लावर र रुकमेणा प्रधानको दुई तले घरमा आगलागी भई जलेर नष्ट भएको थियो । प्रधानको घर र किराना पसल, लावरको घर तथा कैयाको जुत्ता र कपडा पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दमकलको अभावमा प्रहरी र स्थानीयको सहयोगमा पानी ओसारेर विहान सवा ५ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।...
कोरोना अस्पतालमा आगलागी हुदा करिब ५ जनाको मृत्यु

कोरोना अस्पतालमा आगलागी हुदा करिब ५ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, बैशाख ३० गते ।  रुसको एक कोरोना भाईरस (कोभिड–१९) अस्पतालमा आगलागी हुदा करिब पाँच जनाको मृत्यु भएको छ । सेन्ट पिटर्सबर्ग शहरमा अवस्थित कोभिड–१९ अस्पतालमा आगलागी हुँदा करिब पाँच जनाको मृत्यु भएको हो । अस्पतालबाट अहिलेसम्म करिब एक सय ५० जनालाई सुरक्षित निकालेको जनाईएको छ । घटनामा कति जना घाइते भएका छन् भन्नेबारेमा एकिन भईनसकेको जनाईएको छ । भेन्टिलेटरमा शर्ट सर्किट हुँदा आगलागी भएको संचारमाध्यमहरुले जनाएको छ । मृत्यु हुनेहरु सवै भेन्टिलेटरमा राखिएका बिरामी भएको जनाईएको छ । कोरोना भाइरस संक्रमणको महामारीको विचमा अर्काे दुःखद घटना घटेको हो ।...
आज ५७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १९१ पुग्यो

आज ५७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १९१ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ३० गते ।  काठमाण्डौको टेकु स्थित राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा आज ५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यो रिपोर्टपछि नेपालमा कोरोना संक्रमितको संख्या एक सय ९१ पुगेको हो । कपिलवस्तुको ८, रुपन्देही ९, पर्सा ३९ र बाराहा जिल्लाको १ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका संक्रमित सबै पुरुष रहेको मन्त्रालयले जनाएको छ ।...
बाबुको कुटाइबाट ९ बर्षिय छोरा घाइते, कानुनी कार्वाहीको लागि बाबु प्रहरी हिरासतमा

बाबुको कुटाइबाट ९ बर्षिय छोरा घाइते, कानुनी कार्वाहीको लागि बाबु प्रहरी हिरासतमा

समाचार
खोटाङ/बैशाख, ३० खोटाङमा आफ्नै बाबुको पिटाइबाट छोरा घाइते भएकाछन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–वडा नं ६ नेर्पाका ९ बर्षिय बालक पवन तामाङ आफ्नै बाबु संकर तामाङको निर्घात कुटपिट बाट घाइते भएको हो । गरिब परिवारमा जन्मिएको पवनको २ दाजु र १ जना भाई छ । आमा २ बर्ष अघिनै अर्कै संग बिबाह गरेर पोइला गएकीछीन् । आमा पोइला जानुभन्दा अघि विद्यालय जाँदै गरेको ४ बालकहरु अहिले विद्यालयबाट पनि बञ्चित भएको छ । ज्याला मजदुरी बाट जिजिको पार्जन गर्दै आएको पवनको परिवारमा गरिबिकै कारण झगडा भइरहने छिमेकीहरुले बताए । मादक पदार्थ सेवन गरी छोरोलाई निर्घात कुटिएको छिमेकीहरुको भनाइ छ । आफ्नै ३५ वर्षीय बुबा शङ्कर तामाङको कुटाइबाट रगताम्मे भएका पवनको टाउको, पिठ्यूँ, ढाड तथा शरीरका विभिन्न अङ्गमा लौरोको नीलडाम बसेको छ । बुबाको कुटाइबाट घाइते बनेका बालकलाई टाउको फुटेर रक्ताम्मे भएपछि रोइरहेको अवस्थामा स...
शेयरबजारमा २ घन्टा कारोबार हुने

शेयरबजारमा २ घन्टा कारोबार हुने

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख ३० गते ।  लकडाउनले बन्द रहेको शेयरबजार अव २ घण्टा कारोबार हुने गरी खुलेको छ । सरकारले लकडाउन केही खुकुलो बनाउने निर्णय गरेपछि केही शर्तसहित शेयरबजार विहान ११ बजेदेखि १ बजेसम्म कारोबार हुने गरी खुलेको हो । लकडाउनले बन्द रहेको शेयरबजार ५० दिनपछि खुलेको नयामक निकाय धितोपत्र बोर्डले जनाएको छ । अब शेयर कारोबारमा २ प्रतिशतको वृद्धि आउने बित्तिकै सर्किट ब्रेक लाग्नेछ । प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने छ । कारोबार आदेश प्रविष्ट गर्दा २ प्रतिशतसम्म परिवर्तन हुनसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी पविर्तन हुन नदिने व्यवस्था गरिएको बोर्डले जनाएको छ । चैत ९ गतेसम्मको कारोबारमा नेप्से १२ सय ५१ दशमलव ४५ विन्दुमा रहेको छ ।...
पेस्तोलसहित सम्पर्क विहिन प्रहरी जवान मृत फेला

पेस्तोलसहित सम्पर्क विहिन प्रहरी जवान मृत फेला

समाचार
पूर्णपुष्टि, बैशाख ३० गते ।  सुर्खेतमा पेस्तोलसहित सम्र्कविहिन प्रहरी जवान मृत फेला परेको छ । सिम्ता गाउँपालिका–३ मा रहेको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का मंगलबार बिहान  मृत अवस्थामा फेला परेको हो । राति दुई बजेदेखि सम्पर्कविहीन भएकोर बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । एक थान पेस्तोलसहित सम्पर्कविहीन खड्काको शव बिहान नौ बजेतिर चौकीदेखि करिब पाँच सय मिटरको दुरीमा कन्चटमा गोली लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । खड्काको आत्महत्या वा हत्या के हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
विश्व नर्सिङ दिवसमा विपदमा खटिरहेका नर्सलाई सम्मान

विश्व नर्सिङ दिवसमा विपदमा खटिरहेका नर्सलाई सम्मान

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,बैशाख ३० गते ।  आज मे १२ तारिख अर्थात् विश्व नर्स दिवस हो । नेपालमा पनि कोरोनाविरुद्ध चेतनामूलक कार्यक्रम गरी दिवस मनाइँदैछ । विश्वव्यापी महामारीको बेला नर्स तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन दिवस केन्द्रित गरिएको हो । शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ । आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिन्छ । ‘लेडी विद् दि ल्याम्प’को उपनामले परिचित नाइटिङ्गेल सन् १८२० मा ब्रिटेनमा जन्मिएको थियो । नाइटिङ्गेलले सन् १८६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिंङ कलेज संचालन गरेको थियो । अन्तराष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउन थालिएको हो ।...