Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

लकडाउनको ५१ औं दिन आज, कोरोना संक्रमण घट्ने भन्दा बढ्दे संकेत

लकडाउनको ५१ औं दिन आज, कोरोना संक्रमण घट्ने भन्दा बढ्दे संकेत

बिचार, समाचार
सरकारले नेपालमा पहिलोपटक चैत ११ गते एकसाता अवधीको लकडाउन घोषणा गर्यो । कोरोना संक्रमिणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन लम्बिदै आज ५१ औं दिन पुगेको छ । सरकारले चैत ११ देखि १८ गते विहानसम्म भनेकोमा संक्रमणको अवस्था जटिल नै देखिएपछि पहिलोपटक २५ गतेसम्म्लाई थप्यो । दोस्रो पटक २५ देखि वैशाख ३ गतेसम्म थप्यो । ३ देखि १५ गतेसम्म थप्यो, १५ गतेदेखि २५ गतेसम्म थप्यो र २५ गतेदेखि पनि अवको जेठ ५ गतेसम्मलाई पाँचौ पटक थप गरेको छ । यसबीचमा आज ५१ दिन पुगेको हो । लकडाउन यति लम्बिदा पनि सरकारको कोरोना संक्रमण नियन्त्रणको प्रयास भने नियन्त्रण होइन, नियन्त्रण बाहिर होला कि भन्ने अवस्थामा पुगेको छ । दिनप्रतिदिन संक्रमित तिब्ररुपले बृढि हुदै गएको छ । धमाधम विभिन्न जिल्लाहरुमा परिक्षणको क्रम चलेसंगै संक्रमितहरु भेटिदै गएका छन् । आज यो सम्पादकीय तयार पारिन्जेलसम्ममा नेपालमा २ सय १९ जन...
थप २ जना कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २१९ पुग्यो

थप २ जना कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २१९ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ३१ गते । आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या दुई सय १९ पुगेको छ । बाँकेको नेपालगञ्ज र कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा कपिलवस्तु नपा–५ का २२ वर्षीय पुरुष र धुलिखेल अस्पताल धुलिखेलको प्रयोगशालामा गरिएको परिक्षणमा नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
त्रिनपालाइ २ हजार जनाका लागि रोगसंग लड्ने क्षमता बढाउने औषधी प्राप्त

त्रिनपालाइ २ हजार जनाका लागि रोगसंग लड्ने क्षमता बढाउने औषधी प्राप्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३१ । उदयपुरको त्रियुगा नगरपालिकालाई प्रदेश सरकारको स्वास्थ्य कार्यालयले दुई हजार जनाका लागि शरीरमा रोगसंग लड्ने क्षमता बढाउने औषधि हिजो प्रदान गरेको छ । अल नेपाल होमियोप्याथीक एशोसियसनको सहयोगमा १ नंं प्रदेश सरकारको स्वास्थ्य कार्यालयले नगरपालिकालाई औषधि प्रदान गरेको हो । “आरसेनिकम एलबम ३०” नामक औषधी एक कार्यक्रमकाबीच प्रदान गरिएको हो । प्रदेश सरकारको तर्फबाट मेयर बलदेव चौधरीलाई औषधि हस्तान्तरण भयो । उक्त औषधीले मानिसको शरीरमा रोगसंग लड्ने क्षमता बढाउने भएकाले कारोना रोकथाममा विशेष टेवा पुर्याउने बताइएको छ । देशकै सबैभन्दा पहिले सबैभन्दा बढि संक्रमित भेटिएको जिल्ला भएका कारण नगरपालिकालाई सो औषधि प्रदान गरिएको बताइएको छ । सो औषधि प्रभावित क्षेत्र र केही अन्य ठाउँमा प्रयोगका लागि प्रदान गरिएको हो । सानो प्लाष्टिकको सुक्खा बोटलभित्र राखिएको साना आकारका १२ वटा दानाल...
प्रहरी हिरासतमा रहेका वडाध्यक्ष अढाई लाख धरौटीमा रिहा

प्रहरी हिरासतमा रहेका वडाध्यक्ष अढाई लाख धरौटीमा रिहा

समाचार
पूर्णपुष्टि, बैशाख ३१ गते । हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका म्याग्दीको एक वडाध्यक्ष धरौटीमा रिहा भएको छ । रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजा दुई लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएको हो । मंगलबार जिल्ला अदालत म्याग्दीका न्यायाधीश माधवेन्द्रराज रेग्मीको एकल इजलासले शेरपुजालाई धरौटीमा छाड्न आदेश दिएको थियो । शेरपुजाले सामाजिक सञ्जाल फेसबुकमा आफूसँग गोली रहेको स्टाटस लेखेपछि गत चैत्र ३० गते प्रहरीले घर खानतलासी गर्दा एक थान बाह्रबोरको गाली बरामद गरेको थियो । हातहतियार राख्ने अनुमति नलिएका शेरपुजाको साथमा रहेको गोली अवैध भएको पुष्टि भएपछि प्रहरीले हातहतियार तथा खरखजना मुद्दा चलाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले शेरपुजाविरुद्ध सात वर्ष कैद र ७० हजार जरिबानाको माग दावी गरेको थियो । शेरपुजा विसं २०७४ वैशाखमा भएको स्थानीय तह...
जुगुमा ५.३ रेक्टर स्केलको पराकम्प

जुगुमा ५.३ रेक्टर स्केलको पराकम्प

समाचार
पूर्णपुष्टि, बैशाख ३१ गते । गतराती दोलखाको जुगु केन्द्रविन्दु भएर परकम्प गएको छ । जुगु केन्द्रविन्दु भएर राति ११ः५३ बजे ५.३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ । यसको धक्का छिमेकी जिल्लाहरु र उपत्यकामा पनि महसुस गरिएको थियो ।...
भोजपुरमा राई मृत फेला

भोजपुरमा राई मृत फेला

समाचार
भोजपुर, बैशाख ३१ गते । भोजपुरको टेम्केमैयुम गाउँपालिका–५ बनापालाका ३१ बर्षीय ममत राई  बाटोमा मृत फेला परेको छ ।  रुमला भन्ने ठाउँमा मंगलवार दिउँसो ४ बजे राई मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको हो । घटनाको जानकारी पाउना साथ तत्काल जिल्ला प्रहरी कार्यालय भोजपुरबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...
टिपरको ठक्करबाट १ साईकल यात्रीको मृत्यु

टिपरको ठक्करबाट १ साईकल यात्रीको मृत्यु

समाचार
झापा, बैशाख ३१ गते । झापाको दमकमा टिपरको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । दमक नगरपालिका–५ हरिओम कोलिनीको भित्री सडकखण्डमा टिपरको ठक्करबाट साईकल यात्री शोभित दर्जीको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै को १ ख ५५२४ नम्बरको टिपरले बिपरीत दिशाबाट आऊँदै गरेको साईकललाई आज बिहान साँढे ८ बजे ठक्कर दिंदा साईकल यात्री दमक १ का १६ बर्षीय दर्जीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले साईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
लागुऔषध सहित १ जना भारतिय नागरीक पक्राउ

लागुऔषध सहित १ जना भारतिय नागरीक पक्राउ

समाचार
सुनसरी, बैशाख ३१ गते ।  सुनसरीको कोशी गाउँपालिका–१ यादव टोलबाट लागूऔषध सहित एक जना भारतिय नागरीक पक्राउ परेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटेका प्रहरी टोलीले मंगलवार राती साँढे ११ बजे  भारतबाट नेपाल तर्फ आउँदै गरेको भारतीय नागरीक शंकर यादवलाई लागुऔषधसहित पक्राउ गरेको हो । भारतको अररिया बेलग्राम पंचायत–७ का २७ बर्षीय यादवको साथबाट स्पास्मोप्रोक्सिवन ५ सय २७ ट्याव्लेट, डाईलक्स डि.सी. एक सय एमएलको २८ बोतल र गाँजा ३० ग्राम बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।...
नेपालमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मी मै काेराेना देखियाे

नेपालमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मी मै काेराेना देखियाे

समाचार, स्वास्थ्य
पूर्णपुष्टिि, वैशाख ३१ । काेराेना नियन्त्रणमा अग्रपंतीमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी तीनै अंगमा काेराेना संक्रमण देखिएकाे छ ।भक्तपुरमा भेटिएकाे संक्रमित सशस्त्र प्रहरी रहेका छन् । कपिलबस्तुमा एक नर्शलाई संक्रमित देखिएकाे छ भने पर्शामा ४ पत्रकारमा काेराेना संक्रमण देखिएकाे हाे । अहिले अग्रपंतीमा खटिनेहरुकाे संक्रमणकाे याे संख्याा कम छ, बढ्न नदिन विशेष सतर्कता अपनाउन जरुरी दृखिएकाे छ । नागरिकहरसलाई थप सतर्क र सचेत हुन प्रशासनले अाव्हान गरेकाे छ ।...
उदयपुर कडाईमा फेरी उत्रियाे प्रशासन

उदयपुर कडाईमा फेरी उत्रियाे प्रशासन

समाचार
पूर्णपुष्टि, वैशाख ३१ । पर्सा लगायत देशका विभिन्न जिल्लामा काेराेना  संक्रमण तिब्ररुपले बढ्न थालेपछि उदयपुर प्रशासन फेरि लकडाउन कडाईमा उत्रेकाे छ । हिजाेदेखि नै गृह प्रशासनकाे निर्देशन बमाेजिम एक जिल्लाबाट अर्काे जिल्लाकाे पासहरु रद्द गरेकाे जिल्ला प्रशासन कडाईमा उत्रेकाे हाे । विहानदेखि नै प्रहरी बजारमा कडाईमा उत्रेका छन् । नेपाल प्रहरि, सशस्त्र प्रहरि खटिएर बजारमा खुलेका केहि पसल र मानविय गतिविधि बन्द गराउदै हिडेका छन् । बीचमा भुल्के लगायत देशमा संक्रमित नदेखिएकाे पाएपछि सर्वसाधारणले लकडाउन अबज्ञा व्यापक गरेका थिए । सरकारले पछिल्लाे समय परिक्षण बढाए पछि संक्रमित तिब्ररुपले बढेकाे देखिएकाे छ । संक्रमित सबैभन्दा बढि पर्सामा ८२ र दाेस्राेमा उदयपुर ३२ छन् । एकदिन अगाडिसम्म उदयपुर पहिलाे स्थानमा थियाे । हिजाे पर्सामा ह्वात्तै बढेपछि उदयपुर दाेस्राे बनेकाे छ ।...