Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

कोरोना संक्रमितमध्ये साढे १६ लाख भन्दा बढी उपचारपछि निको भए

कोरोना संक्रमितमध्ये साढे १६ लाख भन्दा बढी उपचारपछि निको भए

समाचार, संसार, स्वास्थ्य
 पूर्णपुष्टि जेठ १ गते ।  विश्वका कोरोना संक्रमितमध्ये १६ लाख ५४ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । विश्वमा ४४ लाख २२ हजार भन्दा बढी संक्रमित भएकामध्ये अहिलेसम्म १६ लाख ५४ हजार ८ सय १९ जना उपचारपछि निको भएका हुन् । उक्त संक्रमितमध्ये २ लाख ९७ हजार ५ सय ५२ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ८५ हजार नाघेको छ । अमेरिका अहिलेसम्म संक्रमितको संख्या १४ लाख २७ हजार पुगेको छ । यस्तै भारतमा संक्रमितको संख्या ७८ हजार नाघेको छ भने भारतमा २५ सय ५१ जनाले मृत्यु भईसकेको छ ।...
सिराहामा सेनाकाे टाेलीले पत्रकारमाथि कुटपिट

सिराहामा सेनाकाे टाेलीले पत्रकारमाथि कुटपिट

समाचार
पूर्णपुष्टि, वैशाख ३१ । नेपाल पत्रकार महासंघ सिरहाले प्रेस विज्ञप्ति जारि गर्दै सेनाकाे टाेलीले पत्रकार माथि कुटपिट गरेकाे घटनाकाे निन्दा गरेकाे छ । पत्रकार महासंघ सिरहाका सदस्य तथा नवजागृती साप्ताहिकका पत्रकार बद्रि नारायण यादवमाथि सेनाले कुटपिट गरेकाे भन्दै दाषिमाथि कारवाहिकाे माग गरिएकाे छ । सिरहा गरपालिका १ स्थित चन्द्र मा.बि. काे दक्षिण सडकमा सेनाले लकडाउन प्रभावकारि बनाउन खटिरहेकाे समाचार संकलन गर्दै फाेटाे खिचिरहेका पत्रकार  सेनाकाे कमाण्डरले संकेत गरेपछि कुटपिट भएकाे विज्ञप्तिमा उल्लेख छ । सेनाकाे कुटाईबाट पत्रकार यादब घाईते भएका छन् । उनकाे पिठ्युभरि निलडाम लागेकाे विज्ञप्तिमा उल्लेख छ । पत्रकारकाे परिचयपत्र देखाउदा देखाउदै सेनाकाे फाेटाे किन खिचेकाे भन्दै पाईपले कुटपिट गरेकाे घाईते पत्रकारलाई उदृत  महासंघले जनाएकाे छ । महासंघ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताद्व...
फेरी २४ जना थपियाे, नेपालमा संक्रमितकाे संख्या २ सय ४३ पुग्याे

फेरी २४ जना थपियाे, नेपालमा संक्रमितकाे संख्या २ सय ४३ पुग्याे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३१ । बेलुका नेपालमा थप २४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे संगै देशमा संक्रमितकाे संख्या  २ सय ४३ पुगेकाे छ । रुपन्देहिमा १२, कपिलबस्तुमा ८, पर्सामा ३ र नवलपरासिमा १ जनामा काेराेनम पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । दिउसाे २ जनामा संक्रमण पुष्टि भएकाे थियाे । कपिलबस्तुु र नेपालगञ्जकाे एक/एक जनामा दिउसाे देखिएकाे हाे । साे सहित अाज २६ जनामा संक्रमण पुष्टि भएकाे हाे ।...
उदयपुरमा लकडाउन खकुलो बनाउने निर्णय नभएको समन्वयको स्पष्टिकरण

उदयपुरमा लकडाउन खकुलो बनाउने निर्णय नभएको समन्वयको स्पष्टिकरण

समाचार
उदयपुर/बैशाख, ३१  जिल्ला समन्वय समिति उदयपुरले बिभिन्न संञ्चार माध्यमहरुमा उदयपुरलाइ लकडाउन खकुलो बनाउने कुरा आएको भन्दै जिल्ला समन्वय समिति उदयपपुरले बुधबार पत्रकार संम्मेलन गरी स्पष्ट पारेको छ । जिल्लालाई लकडाउन खकुलो बनाउन नभइ मावदण्ड अनुरुप सामाजिक दुरी कायम गरी दैनिक आवश्यकताको लागि मानिस जिवनयापनलाई सहज बनाउने निर्णय भएको जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियारले बताए । उनले बैशाख २४ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय अनुरुप कृषि तथा पशुजन्य, स्वास्थ्य सेवा, ढुवानी सेवा, विकास आयोजना, सार्वजानिक सेवा, उद्योगिक उत्पादन, राजमार्गका होटल तथा रेष्टुरेन्ट र व्यवस्थापकीय कार्य सँग सम्बनिधत क्रियाकलाप संञ्चालन गर्ने अनुरुपकै जिल्लामा बैठक गरी निर्णय गरेको बताए । बैशाख २८ गते जिल्ला समन्वय समितिले राखेको बैठकमा प्रदेश सांम्सदहरु, पालिकाका प्रमुख तथा उप–प्रमुखहरु...
उदयपुरका पत्रकारहरुलाई प्रदेशबाट स्वास्थ्य सामाग्री

उदयपुरका पत्रकारहरुलाई प्रदेशबाट स्वास्थ्य सामाग्री

समाचार
उदयपुर/बैशाख, ३१ नेपाल पत्रकार महासंघ प्रदेश नं १ ले उदयपुरका पत्रकारहरुलाई स्वास्थ्य समाग्रि प्रदान गरेको छ । प्रदेश नं १ का महा–सचिव बिवेक गौतम स्वास्थ्य सामाग्री सहित बुधबार उदयपुर आइपुगेका थिए । यो बेला निकै जोखिम परिस्थितिमा रहेर पनि संञ्चारकर्मिहरुले अग्रपंक्तिमा रहेर काम गर्नु पर्ने बाध्यता सँगै उदयपुर १ नं प्रदेशकै जोखिम क्षेत्र रहेको भन्दै स्वास्थ्य सामाग्री सहित प्रदेशले उदपुरलाई सहयोगी माध्यम बाट नियाली रहेको महा–सचिव गौतमले बताए । उनले यो बेला संचारकर्मिहरुमा पर्न गएको समस्याहरुलाई जति सक्दो प्रदेशले सहजीकरण गर्ने प्रयासमा लागि रहेको बताए । बिषेश गरी उदयपुरका पत्रकारहरुलाई प्रदेशले उच्च मुल्याङकन र सहजीकरणको लागि पहल खेल्ने गौतमले बताए । गौतमले उदयपुरको समस्याको मागलाई प्रदेशले समधान गर्न तर्फ बिषेश निर्णयहरु गर्ने बताए । उनले यो बेला सके सम्म बाहिर ननिस्कि भित्रबाटै स...
फिल्डमा खट्ने उदयपुरका २७ पत्रकारहरुकाे स्वाव नमुना संकलन

फिल्डमा खट्ने उदयपुरका २७ पत्रकारहरुकाे स्वाव नमुना संकलन

समाचार, स्वास्थ्य
उदयपुर/बैशाख, ३१ लकडाउनदेखि यता फिल्डमा खटेर सूचना समाचार संप्रेक्षण गरिरहेका उदयपुरका २७ पत्रकारहरुको बुधबार स्वाव नमुना संकलन गरिएकाे छ । फिल्डमा खट्ने २७ जना पत्रकारहरुको जनस्वास्थ्य कार्यलय उदयपुरले स्वाव नमुना संकलन गरेकाे हाे । पहिले देखिनै जनस्वास्थ्य कार्यलयलाई पत्रकारहरुले स्वाव परिक्षणको माग गर्दै आइरहेको थियो । प्रत्यक्ष रुपमा बाहिर फिल्डमा खटिरहने पत्रकारहरुले सुरुबाटै स्वाव परिक्षणको माग राखेको हुदा सोहि अनुरुप स्वाव परिक्षण गरेको जस्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयाे । सुवेदीले पत्रकार सहित अन्य व्यक्तिहरुको पनि स्वाव परिक्षण गरिएको बताएको छ । २७ जना पत्रकार बाहेक अन्य मुस्लिम समुदायका ७ जना, राष्ट्रिय अनुसन्धानको ३ जना, सशस्त्र प्रहरीको ५ जना, नेपाल प्रहरीको १६ जना, जनस्वास्थ्यको १ जना र निर्वाचन आयोगको १ जना गरी जम्मा ६० जनाको स्वाव नमुना लिईए...
कालापानी नजिकै छाङरुमा बीओपी

कालापानी नजिकै छाङरुमा बीओपी

समाचार
पूर्णपुष्टि, बैशाख ३१ गते । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) सेवा सुरु गरिएको छ । व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै छाङरुमा बीओपीको सेवा सुरु भएको हो । काठमाण्डौबाट गएको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा, गृहमन्त्रिको सल्लाहका प्रध्यापक ईन्द्रजित राई र दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसहितको टोलीले छाङरुमा बीओपीमार्फत सेवा सुरु गरेको हो । दार्चुलाको खलङ्गाबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी छाङरु गएको थियो । नेपाली सेनाको हेलिकप्टरले सशस्त्र प्रहरी र बन्दोबस्तीका सामानसहित तीन पटक छाङरुमा उडान गरेको थियो । १०/१० जनाले पूर्व र पश्चिमको ड्युटी गर्ने र पाँच जना कार्यालयमा रहने गरी तालिका मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयोे । अहिलेलाई घर भाडामा लिएर बीओपी सञ्चालन भएको छ । के...
नेपालको कुन जिल्लामा कति कोरोना संक्रमित

नेपालको कुन जिल्लामा कति कोरोना संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ३१ गते । नेपालमा अहिलेसम्म २ सय १९ जनामा कोरोना भाईरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । जसमध्ये सवै भन्दा बढी संक्रमित पर्सा जिल्लामा देखा परेको हो । पर्सामा ८२ जना, धनुषा ३ जना, बारा ३ जना, रौतहटमा ३ जना, महोत्तरीमा २ जना, सर्लाहीमा २ जना र सप्तरीमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै उदयपुरमा ३२ जना, झापामा २ जना, भोजपुरमा १ जना, कपिलवस्तुमा ३० जना, बाँके २५ जना, रुपन्देही १६ जना, बर्दीयामा १ जना, काठमाण्डौ ४ जना, भक्तपुरमा २ जना चितवनमा २ जना, धादिङ १ जना, कैलालीमा ४ जना, कन्चनपुरमा १ जना र बाग्लुङमा २ जना गरी २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । अहिलेसम्म संक्रमित भएका मध्ये ३५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भईसकेको मन्त्रालयले जनाएको छ ।...
आरोग्य र निदान अस्पताल सिल

आरोग्य र निदान अस्पताल सिल

समाचार
पूर्णपुष्टि, बैशाख ३१ गते । ललितपुरको पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठान र निदान अस्पताल अस्थायी रुपमा शिल गरिएको छ ।  एउटै भवनमा संचालमा रहेको प्रतिष्ठान र अस्पताल अस्थायी रुपमा सिल गरिएको हो । आरोग्य प्रतिष्ठानमा कार्यरत एक नर्समा हिजो कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका लागि एकै भवनमा रहेका प्रतिष्ठान र निदान अस्पताल अस्थायी रुपमा सिल गरिएको प्रहरीले जनाएको छ । भक्तपुरमा बस्दै आएकी नर्स बिरामी भएपछि अस्पतालको एम्बुलेन्सले भक्तपुरदेखि टेकु अस्पताल र्पुयाएर आरोग्य प्रतिष्ठान फर्किएकाले अस्पतालमा रहेकाहरुको परीक्षण गर्न सिल गरिएको जनाईएको छ । एम्बुलेन्स चालक र सहयोगीको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिसकिएको प्रहरीले जनाएको छ ।...