Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

कालोबजारी गर्ने ३ जना पक्राउ

कालोबजारी गर्ने ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेठ १ गते । स्याङ्जामा लकडाउनको मौका छोपी खाद्यान्नको कालोबजारी गर्ने तीन जना पक्राउ परेका छन् ।  कालोबजारी गर्ने विरुवा गाउँपालिका–५ का सोम बहादुर थापा, इन्द्रबिर थापा र राजेन्द्र ्रसाद वाग्लेलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । पक्राउ परेकाहरुले दैनिक उपभोग्य सामग्री खाद्यान्न, मदिरा लगायतका सामग्रीहरु बढी मूल्यमा बेचेको जनाईएको छ । पक्राउ परेका तीनै जनालाई कालो बजार तथा केही सामाजिक अपराध नियन्त्रण ऐन २०३२ अनुसार मुद्दा दर्ता गरिएको जनाईएको छ ।...
प्रधानमन्त्रि लगायतको फोटो विगार्ने १ जना पक्राउ

प्रधानमन्त्रि लगायतको फोटो विगार्ने १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेठ १ गते ।  राजनीतिक दलका नेताहरुको फोटो विगारेर सामाजिक सञ्जालमा राख्ने सिन्धुलीका एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । नेताहरुको कार्टुन बनाइ सामाजिक सञ्जालमा राख्ने सिन्धुली तीनपाटन गाउँपालिका–१ बेल्घारेका २१ वर्षीय मधु भनिने तोरणराज पौडेललाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पौडेललाई विद्युतीय कारोबार कसुर अन्तर्गत पक्राउ गरेको हो । पक्राउ परेका पौडेललाई महानगरीय प्रहरी बिट दरबारमार्गले कारोबार कसुर अन्तर्गत काठमाण्ठौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । अदालतले वैशाख २८ गते पौडेलको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । विद्युतीय कारोबारमा मुद्दा चलाइएका पौडेललाई समाएर पठाइ दिनु भनेकोले पक्राउ गरी काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पक्राउ परेका पौडेललाई प्रधानमन्त्री, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वाम...
अनलाइन तेक्वान्दो च्याम्पियनशिपमा कमलले जित्यो स्वर्ण

अनलाइन तेक्वान्दो च्याम्पियनशिपमा कमलले जित्यो स्वर्ण

खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ १ गते । विश्व अनलाई तेक्वान्दो च्याम्पियनशिपमा नेपालका खेलाडी कमल श्रेष्ठले स्वर्ण जित्न सफल भएको छ । फ्रान्समा जारी विश्व अनलाइन तेक्वान्दोमा ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जित्न सफल भएको हो । सागका स्वर्ण पदक विजेता कमलले ७.६७ अंक ल्याएर अनलाई तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण जितेका हो । कमलले स्वर्ण जितेका छन् भने दोस्रो र तेस्रो स्थान पनि नेपाली खेलाडी नै जितेका छन् । जितबहादुर बोटे दोस्रो र पे्रमबहादुर लिम्बु तेस्रो भएको छ । महिला तर्फका नेपाली खेलाडी पार्वती गुरुङले ३० वर्ष मुनि समूहमा रजत जितेकी छन् ।...
१–३ कक्षाका लागी रमाइलो मोबाइल एप सञ्चालनमा

१–३ कक्षाका लागी रमाइलो मोबाइल एप सञ्चालनमा

शिक्षा, समाचार
पूर्णपुष्टि, जेठ १ गते ।  राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा थप सहयोग पु¥याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले ‘रमाइलो मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । गुगल प्ले स्टोरमा उपलब्ध सो सामग्रीबारे केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई जानकारी गराई प्रयोगमा ल्याउन आग्रह गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को आर्थिक सहयोग र केन्द्रको संयोजकत्वमा बनाइएको सो सामग्री शिक्षक र अभिभावकले सजिलै प्रयोग गर्न सक्ने जनाएको छ । पाठ्यक्रम विकास केन्द्रद्वारा विकास र प्रकाशन गरिएको ५६ वटा रोचक कथा र कवितालाई नेपाली भाषामा रेकर्ड गरी तिनका चित्र पुस्तक पनि समावेश गरिएको छ । नेपाली भाषालगायत १० स्थानीय भाषामा रेकर्ड गरिएका विभिन्न चेतनामूलक रेडियो सन्देश तथा र...
भिसा सकिएकाहरुलाई यूएईले जरिवाना माफ दिने

भिसा सकिएकाहरुलाई यूएईले जरिवाना माफ दिने

समाचार, संसार
पूर्णपुष्टि, जेठ १ गते ।  यूएई सरकाले भिसाको म्याद सकिएकाहरुलाई जरिवाना माफि दिने भएको छ । भिसा म्याद सकिएको र भिसा सम्बन्धी नियम उल्लंघन गरेका नेपालीसहित विदेशी नागरिकलाई जरिवाना माफ गरिदिने भएको हो । यसअघि मार्च १ पछि भिसाको अवधि सकिएकालाई लाग्ने जरिवाना माफी गर्ने भनिएकोमा बुधबार अर्को निर्णय गर्दै यूएईले मार्च १ अघि नै भिसा सकिएकालाई लाग्ने जरिवाना माफ गर्ने जनाएको छ । तर स्वदेश फर्कन चाहनेहरुले मे १८ देखि तीन महिनाभित्र यूएई छाडिसक्नु पर्ने छ । यूएईको आईडीको म्याद सकिएको र श्रम अनुमति (वर्क परमिट)मा सकिएकाको जरिवाना माफ हुने छ । यस अवसरमा स्वदेश फर्केकाहरु पछि पनि युएई जान पाउने छ ।...
११ देशको सवै कोरोना संक्रमित निको भए

११ देशको सवै कोरोना संक्रमित निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १ गते ।  कोरोनाको संक्रमण फैलिएको १ सय १३ देशमध्ये ११ देशमा सबै कोरोना संक्रमित निको भएका छन् । उक्त देशमा कोरोना संक्रणमबाट कसैको पनि मृत्यु भएको छैन । अहिले यि देश ग्रीन जोनमा रहेको छ । फेरो आइल्याण्ड्समा १ सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । न्यू क्यालिडोनिया र सेन्ट लुसियामा १८/१८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा सबैजना निको भएर घर फर्किएका छन् । फल्कल्याण्ड आइल्याण्ड्समा १३ जना, ग्रीनल्याण्डका ११ जना, पपुवा न्यूगिनी, क्यारिबियन नेदरल्याण्ड्सका ६, सेन्ट बार्थका ६, वेस्टर्न सहाराका ६, अङगिलाका ३, सेन्ट पिएरे मिकेलनका १ जना पनि निको भएर घर फर्किएका छन् ।...
थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४६ पुग्यो

थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४६ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १ गते । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला, भरपुरमा गरिएको परिक्षणमा थप एक जना संक्रमण पुष्टि भएको हो । नवलपरासी देवचुली नगरपालिका–१२ को ४९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।...
शेयर कारोबार फेरि बन्द

शेयर कारोबार फेरि बन्द

समाचार
पूर्णपुष्टि, जेठ १ गते ।  आजदेखि फेरि शेयर कारोबार बन्द भएको छ । धितोपत्र बोर्डले लकडाउन नखुलेसम्मका लागि कारोबार बन्द गर्न निर्देशन दिएको हो । नेपालमा कोरोना संक्रमित बढिरहेकाले र अवस्था जटिल हुने खतरा बढेकोले बजार बन्द गर्न निर्देशन दिईएको बोर्डले जनाएको छ । केही दिन अगाडी सरकाले लकडाउन खुकुलो पार्ने निर्णय गरेसँगै कारोबार सुरु भएको थियो ।...
स्वास्थ्य मन्त्रालयले त्रुटि सच्यायो, कोरोना संक्रमितको २४५

स्वास्थ्य मन्त्रालयले त्रुटि सच्यायो, कोरोना संक्रमितको २४५

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १ गते । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ मात्रै भएको स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ । यसअघि संक्रमितको संख्या २ सय ५० भनेको मन्त्रालयले पहिले नै पुष्टि भएका ५ जनाको नाम परेको भन्दै त्रुटि सच्याएको हो । बिहान सर्लाही, धनुषा र महोत्तरीका गरी ५ जना थप भएको विवरण सार्वजनिक भएको थियो । संख्या यसअघि नै अद्यावधिक भैसकेको छ । आज काठमाण्डौ चन्द्रागिरीका ३२ वर्षका पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका गरी दुई जनामा मात्रै संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँग नेपालमा संक्रमितको संख्या २ सय ४५ पुगेको मन्त्रायले जनाएको छ ।...
थप २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ४५ पुग्यो

थप २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ४५ पुग्यो

समाचार
पूर्णपुष्टि, जेठ १ गते ।  थप २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २ सय ४५ पुगेको छ । काठमाण्डौ चन्द्रागिरीका ३२ वर्षका पुरुष र कपिलवस्तुकी ६ वर्षीय बालिकामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।