Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

सांसद विकास कोष खारेज गर्न शर्माको माग

सांसद विकास कोष खारेज गर्न शर्माको माग

समाचार
पूर्णपुष्टि, जेठ २ गते ।  सांसद विकास कोष खारेज गर्न नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले माग गरेको छ । सांसद विकास कोष भनेर चिनिने स्थानिय पूर्वाधार विकास कार्यक्रम खारेज गर्न प्रभाकरले माग गरेको हो । यस कार्यक्रम खारेज गरेर हरेक निर्वाचन क्षेत्रमा जाने ६ करोड रुपैयाँ अन्य क्षेत्रमा लगाउन माग भइरहेका बेला सांसद शर्माले यस्तो माग गरेको छ । राष्ट्रको समग्र विकासको मूल रणनीति भित्र सबै समेटीने गरी काम गरौं । छुट्टै सांसद क्षेत्र बिकास कोष चाहिँदैन भन्दै शर्माले ट्वीट समेत गरेको छ ।...
कोरोना रोकथाम र नियन्त्रणमा नगरले गरेको प्रयास

कोरोना रोकथाम र नियन्त्रणमा नगरले गरेको प्रयास

समाचार
गाईघाट/जेष्ठ, २ कोरोनाले विश्व आक्रन्त पारिरहेको अवस्था नेपाल पनि यसको भागेदार बनेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केमा पनि केहि समय एता नेपालकै ठुलो सँख्यामा कोरोना संक्रमण फैलिएपछि देशमा तहल्कै मच्यायो । यो अवस्थामा स्थानीय सरकारले चुनौतीको रुपमा रहेर काम गरेको छ । त्रियुगा नगरपालिकाले तत्काल यसको रोकथाम र नियन्त्रण सहित मानिसको बैज्ञानिक सन्त्रासलाई नियन्त्रण गर्न विभिन्न कार्यहरु अघि बढाएको त्रियुगा नगरपालिकाको मेयर वलदेव चौधरीले जनाएको छ । उदयपुरमाको भुल्केमा ठुलो संख्यामा कोरोना फैलिएपछि नगरले तत्काल प्रदेश र संघको समन्वयमा नेपाली सेनाको टोलीबाट तत्काल भुल्केबासीहरुको स्वाव परिक्षण गराउने काम भएको चौधरीले बताए । चौधरीले अहिले नगरले यसको रोकथाम र नियन्त्रणमा पूर्ण रुपले लागि परिरहेको र यो अवधिमा स्वास्थ्य सेवा, राहत वितरण, र पूर्नस्थापनको कार्यलाई प्राथामिकत...
कोरोनाले गर्दा बेलायतमा हुने टुर अफ ब्रिटिस साइक्लिङ प्रतियोगिता रद्द

कोरोनाले गर्दा बेलायतमा हुने टुर अफ ब्रिटिस साइक्लिङ प्रतियोगिता रद्द

खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ २ गते ।  कोरोना भाइरस (कोभिड–१९) संक्रमण कम नभएकाले बेलायतमा हुने टुर अफ ब्रिटिस साइक्लिङ प्रतियोगिता रद्द भएको छ । कोरोनाको कारण सेप्टेम्बर ६ देखि १३ ताखिरसम्म हुने भनिएको प्रतियोगिता रद्द भएको हो । बेलायतमा कोरोनाको संक्रमण कम नभएपछि आयोजकले प्रतियोगिता रद्द भएको जनाएको छ । यसका साथै महिलातर्फ हुने टुर अफ योर्कसायर पनि रद्द भएको छ । आयोजकले २०२१ को टुर अफ ब्रिटिस सेप्टेम्बर ५ देखि १२ सम्म हुनेछ । प्रतियोगिता रद्द हुनुको अर्थ यो बर्ष बेलायतमा साइक्लिङका कुनैपनि खेल हुनेछैनन् । २०१९ मा भएको यो रेसमा १.५ मिलियन दर्शकले हेरेका थिए । यसपटक पनि समर्थक उपस्थित गराउन उचित नहुने भएपछि रेस नै स्थगित गरिएको जनाईएको छ । आयोजकले आगामी सिजनमा हुने प्रतियोगीताको लागी तयारी गर्न टिमहरुलाई आग्रह गरेको छ ।...
भुल्केको थप १ जना जमाती उपचारपछि डिस्चार्ज

भुल्केको थप १ जना जमाती उपचारपछि डिस्चार्ज

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २ गते । उदयपुरको भुल्केमा फेला परेको कोरोना संक्रमित थप एक जना डिस्चार्ज भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारार्थ २५ वर्षीय पुरुष डिस्चार्ज भएको हो । त्रियुगा नगरपालिका–३ भुल्केको नुरी मस्जिदमा गत वैशाख ५ गते स्वाब संकलनपछि गरिएको परीक्षणमा कोरोना संक्रमण देखा परेको भारतीय नागरिक उपचारपछि बिहीबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ । डिस्चार्ज भएका पुरुषलाई विराटनगरको रानीस्थित मरकजको क्वारेन्टाइनमा राखिएको छ । १ न. प्रदेशमा डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ ।...
सिमा क्षेत्रमा अलपत्र परेका ७ सय नेपाली नेपाल भित्रिए

सिमा क्षेत्रमा अलपत्र परेका ७ सय नेपाली नेपाल भित्रिए

समाचार
पूर्णपुष्टि, जेठ २ गते ।  मध्य रातमा भारतीय सीमावर्ती क्षेत्रमा रोकिएका करिब सात सय नेपाली नेपाल प्रवेश गरेका छन् । सिमावर्ती क्षेत्र भारतको नानपारा लगायतका ठाँउमा रोकिएका करिब  सात सय नेपाली बिहीबार मध्यरातमा जमुनाह नाकाबाट नेपाल प्रवेश गरेका हुन् । भारतबाट नेपाल प्रवेश गरेका नागरिकको नाकामा आरडीटी जाँच सुरु गरिएको प्रहरीले जनाएको छ । जाँचपछि बाहिरी जिल्लाकालाई सम्बद्ध जिल्ला पठाउने र बाँकेकालाई यहीँ क्वरेन्टीनमा राखिने जनाईएको छ । अन्य नाकाबाट पनि डेढ सय नागरिक भित्रिएको छ भने नाकामा रहेका नेपालीको व्यवस्थापनको काम भइरहेको जनाईएको छ । त्यस्तै विभिन्न स्थानमा रहेको क्वरेन्टीन र बाँकेका विभिन्न ठाउँको क्वरेन्टीनमा रहेका इँटा उद्योगमा कार्यरत र अन्य कामले यहाँ फसेका एक हजार चार सय भारतीय नागरिकलाई पनि बिहीबार राति उनीहरुको देश पठाइएको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।...
डिजेलमा पानी मिसाउने सिद्धार्थलाई २ लाख जरिबाना

डिजेलमा पानी मिसाउने सिद्धार्थलाई २ लाख जरिबाना

समाचार
पूर्णपुष्टि, जेठ २ गते । डिजेलमा पानी मिसाउने भक्तपुरको सिद्धार्थ फ्यूल सेन्टरलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । गुणस्तर तथा नापतौल विभागले डिजेलमा पानी मिसाउने मध्यपुरथिमि नगरपालिका १, लोकन्थलीमा रहेको फ्युल सेन्टरलाई दुई लाख रुपैयाँ जरिबाना गरेको हो । गत वैशाख १८ गते फ्यूलले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त टोलीले अनुगमन गरी फ्यूल बन्द गरेको थियो । अनुगमन गरी परिक्षणको लागी गुणस्तर विभागमा पठाइएको थियो । नमुना परीक्षणमा पानी मिसिएको भेटिएपछि फ्यूललाई बिहीबार उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही स्वरुप दुई लाख रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ ।...
विश्वभारका कोरोना संक्रमितमध्ये १७ लाखभन्दा बढी उपचारपछि निको भए

विश्वभारका कोरोना संक्रमितमध्ये १७ लाखभन्दा बढी उपचारपछि निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २ गते । विश्वको विभिन्न देशका कोरोना संक्रमितमध्ये १७ लाख भन्दा बढी उपचारपछि निको भएका छन् । विश्वमा अहिलेसम्म ४५ लाख २० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएका माध्ये १७ लाख १ सय ७४ जना उपचारपछि निको भएको वर्ल्डओमिटरले जनाएको छ । अहिलेसम्म कोरोनाबाट ३ लाख ३ हजार जनाको मृत्यु भएको जनाएको छ । सबैभन्दा बढी अमेरिकामा मात्रै साढे ८६ हजार भन्दा बढीको मृत्यु भएको छ भने साढे १४ लाख भन्दा बढी संक्रमित भएको जनाएको छ । अहिले भारतमा संक्रमितको संख्या ८२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा बरिब ४ हजार नयाँ बिरामी थपिएको थियो । साढे २ हजारभन्दा बढीको मृत्यु भईसकेको छ ।...
थप ९ जनामा कोरोना सक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

थप ९ जनामा कोरोना सक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २ गते । आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँके नैनापुर–१, ३ र ५ का २५, २५, १८, २०, २२, २७, ३२ र ३६ वर्षीय पुरुष र मकवानपुरका ३७ वर्षीय पुरुष गरी थप नौ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको हो । हिजो बेलुकी विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका एक जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या ३६ पुगेको मन्त्रालयले जनाएको छ ।...
नेपालगन्जको नाकामा  ठुलो घुइचो

नेपालगन्जको नाकामा ठुलो घुइचो

समाचार
पूर्णपुष्टि, जेष्ठ, १ नेपाल आउन पाइने हल्ला सुनेपाछि नेपालीहरु भारतबाट नेपालगन्जको नाकामा घुइचो लागेको छ । लकडाउनमै नेपाल फर्कनु पाउने हल्ला चलेपछि उनिहरु नाका स्थित नेपाल आउने प्रयासमा घुइचो लागेको हो । भारतका विभिन्न सहरबाट घर फर्किने क्रममा क्वारेन्टाईनमा राखिएका करिब पाँच सय नेपालीहरुलाई नेपालगन्ज ल्याउने भनिएको थियो । कोहलपुर नगरपालिकालगायतका क्वारेन्टाइनमा रहेका दुई सय बढी भारतीय नागरिकहरुलाई पनि भारतीय सुरक्षा अधिकारीहरुलाई बुझाईने तयारी थियो । तर, हल्लैहल्लाले भिड बढेपछि सुरक्षाकर्मीहरुलाई भिड सम्हालन धौधौ भएको छ । दुवै मुलुकका सुरक्षा अधिकारीबीच एकअर्काका देशमा क्वारेन्टाइन पूरा गरेका नागरिकलाई पठाउने र लैजाने सहमति भएको थियो । तर, घर फिर्तीको हल्लाले भारतका विभिन्न सहरबाट सर्वसाधारण सीमामा जम्मा भएका छन् । नेपालतर्फ आएका नागरिकको आरडीटी जाँच र क्वारेन्टाईनमा नाम अभिले...
सनिवार बाट जिल्लाभरि चलाउने सावारीको पनि पास ख्यारेज गरिने

सनिवार बाट जिल्लाभरि चलाउने सावारीको पनि पास ख्यारेज गरिने

समाचार
उदयपुर/जेष्ठ, १ दिनदिनै नेपालमा संक्रमणको संख्या बढ्न थालेपछि गृहमन्त्रालयले अझै लकडाउन कडाइ गर्न निर्देशन दिएको छ । मन्त्रालयले लकडाउनलाई थप व्यवस्थित गराउन बजारमा आवत जावत सवारी र मान्छेहरुलाई कडाइ गर्ने निर्णय सँगै सवारीको आवत जावतलाई नियन्त्रण गर्ने भएको छ । गृहमा बिहिबार बसेको बैठकले जिल्ला भरी चलाउने सवारीहरुको पनि पास ख्यारेज गराउने निर्णय गरेको छ । बैठकमा जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले ‘शनिबारबाट लागू हुने गरी यो निर्णय गरेका बताएको छ । बिहिबार बाट मन्त्रालयले एक जिल्ला देखि अर्को जिल्ला जाने पास भने ख्यारेज गरिसकेको छ ।  ...