Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

उदयपुरमा एक समुदायबाट बाहिरियाे कोरोना संक्रमण

उदयपुरमा एक समुदायबाट बाहिरियाे कोरोना संक्रमण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २ । उदयपुरको त्रियुगा नगरपालिका ३, भुल्केमा कोरोना संक्रमण सिमित रहेको अवस्थामा आज पहिलोपटक समुदाय बाहिर एकजनामा देखिएको छ । भुल्केको नुरि मस्जिद रहेको बस्तिमा ३२ जना भेटिएकोमा आज सो समुदाय बाहिर गाईघाट बजारको एक २५ वर्षिय युवामा संक्रमण पुष्टि भएको हो । याे संगै उदयपुरमा अव संक्रमितकाे संख्या ३३ पुगेकाे छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुष्टि गरेको संक्रमित युवा सञ्चारकर्मी रहेको बुझिएको छ । उनी उदयपुरको एउटा बस्तीमा सिमित रहेको अवस्थामा समुदाय बाहिर देखिने उदयपुरको पहिलो ब्यक्ति हुन् । गत वैशाख ३१ गते २६ जना जिल्लाका पत्रकारहरुसंगै स्वाव नमुना संकलन गरी परिक्षण गर्दा उनी एकजनाको रिपोर्ट पोजेटिभ आएको हो । उनी कसरी संक्रमित भए भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । यो संक्रमित घटनासंगै एक समुदायबाट नियन्त्रण बाहिर गएको छ । यसले...
उदयपुरको एक सञ्चारकर्मीमा पनि काेरोना संक्रमण, उदयपुरमा संक्रमितकाे संख्या ३३ पुग्याे

उदयपुरको एक सञ्चारकर्मीमा पनि काेरोना संक्रमण, उदयपुरमा संक्रमितकाे संख्या ३३ पुग्याे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २ गते । उदयपुरमा एक सञ्चारकर्मीलाई कारोना संक्रमण देखिएको छ । आज स्वास्थ्य तथा जनसंख्या मञ्त्रालयले सार्बजनिक गरेको २५ वर्षिया पुरुष सञ्चारकर्मी हुन् । उनलाई विराटनगरस्थित कोरोना हस्पिटल लगिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताउनुभयो । उनको स्वास्थ्य अवस्था समान्य रहको जनाइएको छ । गत वैशाख ३१ गते जिल्ला स्वास्थ्य कार्यालयमा जिल्लाका २६ जना पत्रकारहरुको स्वाव नमुना संकलन गरि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा परिक्षण गरिएको थियो । परिक्षणको रिपोर्ट आउदा २६ मध्ये एक जनाको रिपोर्ट पाेजेटिभ आएको हो । पत्रकारहरुसंगै अन्य सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सर्बसाधारणसहित ६० जनाको स्वाव परिक्षण संकलन भएको थियो । अन्य सबैको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । यो संगै उदयपुरमा ३३ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरमा २ सय...
उदयपुरको सहित आज ९ जना संक्रमण थपियो, देशभर संक्रमणको संख्या २६७ पुग्यो

उदयपुरको सहित आज ९ जना संक्रमण थपियो, देशभर संक्रमणको संख्या २६७ पुग्यो

समाचार
पूर्णपुष्टि/जेष्ठ, २ आज फेरी थप ९ जना संक्रमण नेपालमा थपिएको छ । जस्मा १ जना उदयपुरको पनि रहेका छन् । राष्ट्रिय जनसंख्या प्रयोगशाला काठमाण्डौँ, विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षण अनुसार नेपालमा संक्रमित ९ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालको प्रेस विज्ञाप्तीमा उल्लेख छ ।  विज्ञाप्तीमा यो सँगै नेपालमा २६७ जना पुगेको समेत उल्लेख गरिएको छ । संक्रमितहरु पर्साका विरगन्जनिवासी ९, र १० बर्षिय बालक  सहित २३ र ४७ बर्षिया महिला, उदयपुरको त्रियुगा नगरपालिका २५ बर्षिय पुरुष, दाङको गडवा ४, ५ र तुलसीपुर ७ निवासी २३, ३४, ३६ बर्षिया पुरुष र काठमाण्डौँ सतंगल निवासी ७ बर्षिया बालक कोरोना पुष्टि रहेको मन्त्रालयले जनाएका छन् । मन्त्रालयको अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ ।    ...
राइद्धारा एक घर एक परिक्षणको माग

राइद्धारा एक घर एक परिक्षणको माग

समाचार
पूर्णपुष्टि/जेष्ठ, २ नेकपाका युवा नेता तथा एन्फा प्रवक्ता किरण राईले यो समय कुनै आफ्नो स्वार्थको लागि मात्र उपयुक्त नभएको बताउनु भएको छ । एतिवेला मानवताको ब्यबाहरमुखि सहयोगको समय रहेको उहाँले  बताउनुभयो । कोरोना भाइरसका कारण नेपाल पूर्ण लकडाउन भएसँगै धेरै ठाउँहरुमा दुखि गरिबहरु भोकमरीमा परेको अवस्थालाई स्मरण गर्दै राइले राहत वितरण गर्दा मानविय हिसावले वितरण कार्यलाई अघि सार्न स्थानीय सरकार तथा सम्बन्धित निकायहरुलाई आग्रह गर्नुभएको छ । राईले राहत वितरणमा कुनै पनि स्वार्थ हुनु नहुने बताउनुभयो । राजनितक स्वार्थ, भौगोलिक स्वार्थ, सामाजिक स्वार्थ  र जातिय आदि स्वार्थमा राहत वितरण गर्दा बास्ताविक पिडितहरु भने ओझेलमा पर्ने उहाँको भनाइ छ । उहाँले पूर्णपुष्टि लाइभ संम्वादमा आफ्नो विचार प्रस्तुत गर्दै राहत वितरण शैली पनि अलिक नमिलेको विश्लेषण गर्नु भएको छ । राहत वितरण  भन्ने बित्तिकै सबै...
विपन्न परिवारलाई समाजसेवीद्वारा सहयोग

विपन्न परिवारलाई समाजसेवीद्वारा सहयोग

समाचार
पूर्णपुष्टि, जेठ २ गते । उदयपुरका समाजसेवीहरुले गरिब ७१ घर परिवारलाई सहयोग स्वरुप खाद्यान्न वितरण गरेको छ । लकडाउनले निम्त्याएको खाद्यान्न संकटलाई हाल गर्ने उद्देश्यले त्रियुगा नगरपालिका भित्रका ७१ घर परिवारलाई शुक्रबार खाद्यान्न वितरण गरेको हो । समाजसेवी भक्तबहादुर राई, विष्णुकुमार राई र गंगाप्रसाद राईले करिब एक लाख २५ हजार बराबरको खाद्यान्न सहयोग स्वरुप वितरण गरेकोे हो । साकेला टोल, साधना टोल, बोटे टोल, त्रियुगा पुल मुनि लगायतका दलित परिवार, कोठा भाडामा बस्ने, दैनिक ज्यालामजदुरी गरि खाने ७१ घरपरिवारलाई परिवार सदस्य संख्याको आधारमा खाद्यान्न वितरण गरेको समाजसेवी विष्णुकुमार राईले बताउनुभयो । दुईदेखि चार जनाको परिवारलाई २० केजी चामल, पाँच जनाको परिवारलाई २५ केजी चामल र छदेखि सात जनाको परिवारलाई ३० केजी चालमसँगै पाँच केजी चिउरा, दुई केजी दाल, दुई केजी नुन र एक लिटर खाने तेल वितर...
नेपालको दोस्रो कोरोना संक्रमित प्रसिद्धी श्रेष्ठको अनुभव र शन्देश ः दोषारोपण अन्त्य गरौँ

नेपालको दोस्रो कोरोना संक्रमित प्रसिद्धी श्रेष्ठको अनुभव र शन्देश ः दोषारोपण अन्त्य गरौँ

समाचार
पूर्णपुष्टि/जेष्ठ, २ नेपालको दोस्रो कोरोना संक्रमित प्रसिद्ध श्रेष्ठले आफ्नो अनुवभ  सहित कोरोना नियन्त्रण र रोकथामको लागि सबैमा शन्देश फैलाएकी छिन् । आफुमा संक्रमित भएपछि नेपालमा पनि कोरोना भाइरस सुरु भएको भन्ने अझ ठुलो संवाभना थपिएको र देशमा लकडाउन सुरु भएको उनी बताउँछिन् । उनि संक्रमित पुष्टि भएपछि २७ दिन हस्पिटलमा रहेर उपचार पछि घर पर्किन् । आफु हस्पिटलमा रहदा धेरै समस्याहरु समेत खेपेकी उनि बताउँछिन् । संक्रमितकै कारण धेरै दोषारोपनहरु आउने गरेको उनीको अनुभव छ । आफुले त्यहाँ रहँदा धेरै घृणा, नकरात्मक कुरा, दोषरोपणको कुराहरु सुन्नु परेको र संञ्चार माध्यमहरुमा पनि आफ्नो बिभिन्न टिका टिप्पणीहरु आएको उनी बताउँछिन् । उनिले यस्तो गर्नु भन्दा पनि सबैले यसबारे सकरात्मक हिसाबले बुझेर ब्यबाहर गर्नु पर्नेमा जोड गर्छिन् । यो अवस्थामा सुरक्षित अपनाउने र ब्यबाहारिक बुझाइले हेर्ने हो भने...
उत्तर कोरियालाई रुसले पठायो खाद्यान्न

उत्तर कोरियालाई रुसले पठायो खाद्यान्न

समाचार, संसार
पूर्णपुष्टि, जेठ २ गते । उत्तर कोरियालाई रुसले मानवीय सहायताको रुपमा २५ हजार टन गहुँ पठाएको छ । प्योंङ्गयाङ्गमा रहेको रुसी दूतावासाले एक फेसबुक पोस्टमार्फत जानकारी दिएको हो । बन्दरगाहको एक अलग क्षेत्रमा सबै गहुँ अनलोड गरिसकिएको छ भने जहाजका चालक दललाई क्वरेण्टीनमा राखिएको छ । गत अप्रिलमा संयुक्त राष्ट्र सङ्घले प्रकाशित गरेको रिपोर्टमा करिब एक करोड उत्तर कोरियाली नागरिक खानाको कमीसँग सामना गरिरहेको भन्दै चेतावनी दिएको थियो । कोरोना भाईरसको प्रकोपले हो या अन्य कुनै कारणले खाद्य आपूर्ति भएको हो भन्नेबारेमा स्पष्ट भएको छैन । तर उत्तर कोरियाले आफ्नो एक जना नागरिकमा पनि कोरोना पुष्टि नभएको दाबी गरेको छ ।...
कोरोना भाइरस खोपमा सफलता चुम्दै अक्सफोर्ड विश्वविद्यालय

कोरोना भाइरस खोपमा सफलता चुम्दै अक्सफोर्ड विश्वविद्यालय

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २ गते ।  अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाईरस (कोभिड–१९) को खोपको बारेमा भईरहेको काम आशाजनक भएको जनाईएको छ । अमेरिका र बेलायतका केही शोधकर्ताहरुले ६ वटा बाँदरको समुहमा यो खोपको प्रयोग गरेको थियो र अहिले खोपले काम गरिहेकाले सुरुवाती निष्कर्ष आशाजनक भएको हो । अब यो खोप मानिसमा पनि परीक्षण हुने र केही अन्य वैज्ञानिकहरुमार्फत् आउँदा दिनमा यो खोपको जाँच गरिने जनाईएको छ । उक्त बाँदरको समुहलाई भारी डोज दिनुअघि यो खोप लगाइएको थियो । यस खोपबाट केही बाँदरको शरीरमा एन्टिबडी १४ दिनमा विकसित भयो भने केहिमा २८ दिन लागेको सोधकर्ताहरुले रिपोर्टमा उल्लेख गरेको छ । कोरोना लागेको बाँदरको यो खोपले फोक्सो क्षती हुनबाट बचाउनुका साथै शरिरमा भाईरस फैलिनबाट रोक्यो । तर नाकमा भाईरस सक्रिय देखिएको जनाईएको छ । बाँदरमा गरिएको अनुसन्धानपछि आएको नतिजा एक राम्रो खबर हो । यो अक्सफोर्ड भ्य...
चट्याङले लागेर १ जनाको मृत्यु

चट्याङले लागेर १ जनाको मृत्यु

समाचार
उदयपुर, जेठ २ गते । उदयपुरको कटारी नगरपालिका–३ राजावास निबासी ६१ बर्षीय लिलबहादुर सुनुवारको चट्याङले लागेर मृत्यु भएको छ । बिहिवार दिउँसो तावा खोलामा गाईवस्तु चराउने क्रममा करिब दिउँसो ४ बजे अबिरल पानीसंगै परेको चट्याङ लागेर सुनसवारको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।...
सांसद राईको पहलमा कोरोना अस्पतालाई स्वास्थ्य सामाग्री

सांसद राईको पहलमा कोरोना अस्पतालाई स्वास्थ्य सामाग्री

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २ गते । उदयपुरको प्रतिनिधि सभा सदस्य सांसद सुरेशकुमार राई ‘हिमाल’को पहलमा कोरोना अस्पतालहरु र जिल्ला अस्पताल उदयपुरलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र न. २ का सांसद तथा नेकपा १ नं प्रदेश सचिव राईको पहलमा कोशि अस्पताल कोभिड–१९ अस्पताल विराटनगर, विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा, धरान र कोरोना संक्रमणको उच्च जोखिममा रहेको क्षेत्र उदयपुरको जिल्ला अस्पतालको लागी एक हजार पि.पि.ई सेट लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र उद्योग बाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोती दुगडले सांसद राईलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो । यस महामारीको बेला अग्रभागमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई यस स्वास्थ्य सामाग्रीले थप सुरक्षित बनाउने अपेक्षा लिएको...