Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

कृषकलाई पालिका जमानी बसेर ऋण प्रदान

कृषकलाई पालिका जमानी बसेर ऋण प्रदान

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ ३ गते । कृषकहरुलाई स्याङजाको वालिङ नगरपालिकाले जमानी बसेर ऋण दिन सुरु गरेको छ । लकडाउन तथा महामारीको असर र अन्य विपद्का कारणले पेसा, व्यवसायबाट विस्थापित हुन नदिने उद्देश्ये बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी नगरले ऋण दिन सुरु गरेको हो । आर्थिक अभावका कारण व्यवसायबाट विस्थापित हुन नदिन जमानी बसेर ऋण उपलब्ध गराउन थालेको नगरले जनाएको छ । पशु विकास तथा कृषि विकास शाखामा निवेदन दिनुपर्ने र सिफारिसका आधारमा निश्चित समयका लागि ऋण उपलब्ध गराउने जनाएको छ । कृषकहरुले नगरपालिकाको सिफारिसमा ६ महिनाका लागि विना धितो १० लाख रुपैयाँ ऋण प्राप्त गर्न सक्ने नगरले जनाएको छ । तरकारी खेती गर्ने किसानका लागि ६ महिनादेखि एक वर्ष, पशुपालनका लागि एक/एक र फलफुल खेतीका लागि दुई वर्षको अवधि रहने गरी विना ब्याज बीउ पुँजीसमेत उपलब्ध गराउने गरेको नगरले जनाएको छ ।...
रामबहादुर लागुऔषधसहित पक्राउ

रामबहादुर लागुऔषधसहित पक्राउ

समाचार
झापा, जेठ ३ गते । झापाको गौरिगंजबाट रामबहादुर विक लागुऔषधसहित पक्राउ परेको छ । शिवसताक्षी–४ बुलुचौक निबासी ३५ बर्षीय बिकलाई लागुऔषध सहित पक्राउ परेको हो । गौरिगंज–११ रंगेथान स्थितमा हिजो राती करिब ९ बजे हिडिरहेको अवस्थामा विकलाई चेकजाँच गर्दा उनको साथबाट ७० ग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका विकलाई माथी थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।...
लागुऔषधसहित एक युवा पक्राउ

लागुऔषधसहित एक युवा पक्राउ

समाचार
सुनसरी, जेठ ३ गते । सुनसरीको कोशी गाँउपालिका–६ श्रीपुरजव्दीका २६ बर्षीय रुपेश झा लागुऔषधसहित पक्राउ परेको छ । को १३ प ७६५४ नम्बरको मोटरसाईकलमा सवार झालाई चेकजाँच गर्ने क्रममा हिजो बेलुका साढे ७ बजे उनको साथबाट २५ बोतल डाईलेक्स डि.सि. बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका झा माथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
नदीमा डुबेर १ बालकको मृत्यु

नदीमा डुबेर १ बालकको मृत्यु

समाचार
ताप्लेजुङ ,जेष्ठ ३ गते । तमोर नदिमा डुबेर ताप्लेजुङको एक बालकको मृत्यु भएको छ । फुङ्लिङ–३ सिटेनी निबासी १७ बर्षीय रोशन न्यौपानेको नदीमा डुबेर मृत्यु भएको हो । हिजो दिउँसो ३ बजे घरबाट बाख्रा चराउन गएको बालक नजिकै रहेको तमोर नदीमा पौडी खेल्ने क्रममा अचानक डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीलाई स्थानीयले घटनाको जानकारी गराएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बालकको शव करिब २ सय मिटर तल नदि किरानमा फेला पारेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
थप ३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७६ पुग्यो

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७६ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३ गते ।  आज फेरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ७६ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा आजै बिहान ६ जनामा संक्रमण पुष्टि भएको थियो ।...
ब्राजिलको स्वास्थ्यमन्त्री तेइचले राजीनामा दिए

ब्राजिलको स्वास्थ्यमन्त्री तेइचले राजीनामा दिए

समाचार, संसार
पूर्णपुष्टि, जेठ ३ गते ।  कोरोना भाईरसको महामारी विरुद्ध सरकरले गरेको काम प्रति असन्तुष्टि जनाउदै ब्राजिलका स्वास्थ्य मन्त्री नेल्सन तेइचले पदबाट राजीनामा दिनुभएको छ । कोरोना नियन्त्रणमा भइरहेका काममा चित्त नबुझेपछि स्वास्थ्यमन्त्री तेइचले जिम्मेवारी सम्हालेको झण्डै एक महिनामा नै राजीनामा दिएको जनाईएको छ । कोरोनाको महामारीकाबीच राष्ट्रपति जायर बोल्सोनारोले जिम र ब्यूटीपार्लर खुलाउने निर्णय गरेपछि मन्त्रि तेईचले असन्तुष्टि जनाउनु भएको थियो । तर उहाँले पत्रकार सम्मेलनमा आफ्नो राजीनामाबारे केही पनि खुलाउनु भएको छैन । राष्ट्रपति जायर लकडाउनको विपक्षमा हुनुहुन्छ भने मन्त्री तेईच त्यसको विपक्षमा रहेको संचारमाध्महरुले जनाएको छ । गत मार्च १५ मा राष्ट्रपति जायर बोल्सोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिके मान्देतालाई बर्खास्त गरी नेल्सनलाई स्वास्थ्यमन्त्री बनाउनु भएको थियो । ब्राजिलमा अहि...
उदयपुरमा फेला परेको संक्रमित युवालाई आज विराटनगर लगियो

उदयपुरमा फेला परेको संक्रमित युवालाई आज विराटनगर लगियो

समाचार
 उदयपुर/जेष्ठ, ३ हिजो उदयपुरमा फेला परेको २५ बर्षिय युवालाई आज बिराटनगर एम्वुलेन्समा लगिएको छ । उनलाई विराटनगरको कोशी कोरोना हस्पिटलमा लगिएको हो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको विज्ञाप्तीमा उदयपुरको पनि १ जनामा कोरोना पोजेटिभ देखिएको उल्लेख गरिएको थियो । बुधबार जनस्वास्थ्य कार्यलय उदयपुरमा ६० जनाको स्वाव संकलन गरिएको मध्य बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरानले गरेको परिक्षणबाट १ जनाको भने पोजेटिभ रिपोर्ट देखिएको थियो । जसमा २६ जना संञ्चारकर्मी, सहित सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरु र मुस्लिम सुदायहरु गरी ६० जनाको कोरोना परिक्षण गरिएको जनस्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । संक्रमित युवा संञ्चारकर्मी हुन् । मन्त्रालयको अनुसार संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा रहेको जनाएको छ ।...
कोरियामा १०४ वर्षीया जेष्ठनागरिक उपचारपछि निको भए

कोरियामा १०४ वर्षीया जेष्ठनागरिक उपचारपछि निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३ गते ।  दक्षिण कोरियाका एक सय चार वर्षीया जेष्ठनागरिक कोरोना संक्रमित उपचारपछि निको भएको छ । जेष्ठनागरिकको ६७ दिनको उपचारपछि  पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट डिस्चार्ज भएको हो । एक हप्ता अघि कोरोना संक्रमणको पुष्टि भएको जेष्ठनागरिकलाई पोहाङ अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो । उनलाई सुरुमा सुख्खा खोकी लाग्ने तथा घाँटी दुख्ने लक्षण देखिएको थियो र सेतो रक्त कोष समेत घटेको थियो । उनको १२ पटकसम्म कोरोना परीक्षण गरिएको थियो । ९ औँ पटकबाट कोरोना संक्रमणको नतिजा नेगेटिभ आएको थियो । त्यसपछिका सबै नतिजा नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।...
सिराहामा पहिलो पटक कोरोना संक्रमित फेला

सिराहामा पहिलो पटक कोरोना संक्रमित फेला

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३ गते । सिराहामा पहिलो पटक कोरोना भाईरस (कोभिड–१९)को संक्रमित फेला परेको छ । राष्ट्रिय जनवास्थ्य प्रयोगशाला, काठमाण्डौ टेकमा गरिएको परिक्षणमा सिराहाको एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि २ नं प्रदेशको ७ वटै जिल्लामा कोरोना संक्रमित फेला परिसकेको थियो । तर सिराहा जिल्लामा भने देखा परेको थिएन । नेपालमा पछिल्लो पटक थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्र संक्रमितमध्ये सिराहा सखुवा–१९ का ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै वीरगन्ज नगरपालिका–१२ का २८ र २९ वर्षका पुरुष, बर्दिया नार्खु–११ की २८ वर्षकी महिला, सर्लाही रामनगर–४ का १८ वर्षकी युवती र चितवन गढौली–१ की २५ वर्षकी युवतीमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्य...
कोरोना संक्रमणमा भारत विश्वको ११ औँ स्थानमा पुग्यो, एक दिनमै ३ हजार ५ सय ४९ जना संक्रमित

कोरोना संक्रमणमा भारत विश्वको ११ औँ स्थानमा पुग्यो, एक दिनमै ३ हजार ५ सय ४९ जना संक्रमित

समाचार
पूर्णपुष्टि/जेष्ठ, ३ विश्वभर फैलिएको कोरोना अहिले भारतमा हजारौँको संख्यामा दिन प्रतिदिन बढ्दै गइरहेको छ । हिजो शुक्रबार एक दिनमै भारतमा ३,५४९ जनामा संक्रमण फेला परेको थियो । यो भारतको अहिलेसम्मकै उच्च दर पनि हो । शुक्रबार राति १० बजेसम्मको तथ्यांकअनुसार भारतमा ८५,५४६ जनामा संक्रमण पुष्टि भएको छ । भारतले चिनलाइ पनि पछि पार्दै संक्रमणको स्थानलाई उच्च बनाइसकेको छ । चीनमा पनि अहिलेसम्म ८२,९३३ जना मात्र संक्रमित छन् । भारतमा पछिल्लो समय दिनकै हजार(दुई हजारका दरले संक्रमित बढ्दै गएको पाइन्छ । चीनमा भने दैनिक चार–पाँच जना मात्र नयाँ बिरामी फेला परेका छन् । यस आधारमा भारतमा संक्रमित संख्या अझ बढ्दै जाने देखिन्छ । चीनको वुहानमा गत वर्ष डिसेम्बर अन्त्यमा कोरोना भाइरसको पहिलो बिरामी फेला परेको थियो । नयाँ वर्षको सुरूआतसँगै यो भाइरसले पूरै चीनलाई आफ्नो चपेटामा लियो । त्यसपछि दक्षिणपूर्वी ए...