Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

क्वरेण्टीनमा बसेका युवकको मृत्यु

क्वरेण्टीनमा बसेका युवकको मृत्यु

समाचार
पूर्णपुष्टि, जेठ ४ गते ।  बाँकेको एक क्वारेण्टाईनमा बसेका एक युवाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिकाको दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वरेण्टीनमा बसेका युवाको आइतबार बिहान मृत्यु भएको गाउँपालिकाले जनाएको छ । मृतक युवाको मृत्यु हुनको कारण खुल्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ । मृतक युवा केही दिनअघि मात्रै भारतबाट नेपाल आएको थियो । शनिबार रातिदेखि बिसन्चो भएर बिहान मृत्यु भएको जनाईएको छ । ती युवाको कोरोना परीक्षणका लागि नमुना सकलन गरी भेरी अस्पतालमा पठाइएको छ । आज रिपोर्ट आएपछि मात्र मृत्यु हुनुको कारण खुल्ने जनाईएको छ ।...
विश्वका १९ देशमा रहेका नेपालीमा कोरोना संक्रमण

विश्वका १९ देशमा रहेका नेपालीमा कोरोना संक्रमण

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ४ गते । विश्वका १९ देशमा रहेका नेपालीमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण देखा परेको छ । उक्त देशमा करिब ६ हजार ७ सय ८१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । स्वास्थ्य समितिका अनुसार  नेपाली श्रमिकका मुख्य श्रम गन्तव्य कतारमा २ हजार ५ सय, बहराइनमा ३ सय ११, यूएईमा २ सय, कुवेतमा ८४, साउदी अरबमा ६ सय ७४, मलेसियामा ५४ र माल्दिभ्समा १० जनामा संक्रमण देखिएको छ । त्यस्तै अमेरिकामा १ हजार ६ सय, यूकेमा १ हजार २ सय २१, पोर्चुगलमा २९, आयरल्याण्ड २२, स्पेनमा १३, क्यानाडामा १३, अष्ट्रेलियामा १२, जापानमा १०, बेल्जियम ६, स्वीजरल्याण्ड ५, जर्मनीमा ४, फिनल्याण्डमा ४, साईप्रसमा ३, न्युजिल्याण्डमा ३, माल्टामा २, हङ्गकंङ्गमा २, पोल्याण्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएक...
विश्वमा करिब ६ हजार ८ सय नेपालीमा कोरोना संक्रमण पुष्टि

विश्वमा करिब ६ हजार ८ सय नेपालीमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ४ गते । विश्वभर छरिएर रहेका करिब ६ हजार ८ सय नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार साँझसम्म विभिन्न देशमा रहेका ६ हजार ७ सय ८१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । विश्वका १९ देशमध्ये सबैभन्दा बढी कतारमा रहेका २५ सय नेपालीमा कोरोना संक्रमण पुष्टि भएको समितिले संकलन गरेको तथ्यांकले देखाएको छ । सबैभन्दा बढी मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोप १९ र एशियामा ५ प्रतिशतमा संक्रमणमा देखिएको छ ।  संक्रमितमध्ये ३५ प्रतिशतभन्दा धेरै निको भएको स्वास्थ्य समितिको तथ्याँक देखाएको छ ।...
जुन महिनादेखि इटलीले यात्रा अनुमति दिने

जुन महिनादेखि इटलीले यात्रा अनुमति दिने

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ४ गते । इटली सरकारले जुन महिनादेखि विदेश जान र आउनका लागी अनुमति दिने घोषणा गरेको छ । इटली भित्रको यात्रामा पनि प्रतिबन्ध हटाउने इटालीको मन्त्रिपरिषद्को निर्णयले गरेको जनाईएको छ । बासिन्दालाई फेरि एकपटक स्वतन्त्र रुपमा एक क्षेत्रबाट अर्को स्थानमा जान पाउने अनुमति दिइने पनि जनाईएको छ । मे १८ मा अन्त्य हुनेगरी ईटालीले अवागमनमा प्रतिबन्ध लगाइएको छ । युरोपमा फैलिएको कोरोना भाइरसको प्रकोपको केन्द्रबिन्दु ईटाली बनेको थियो । संक्रमण नियन्त्रणका लागि युरोपमा सबैभन्दा कडा अनावश्यक यात्रामा प्रतिबन्ध लगाउँदै आन्तरिक तथा बाह्य सिमाना बन्द गरेको थियो । सुरूमा यस निर्णय प्रति यूरोपेली देशहरूले आलोचना गरेपनि इटलीले लकडाउन नै संक्रमण रोक्ने उत्तम उपाय रहेको ठहर गर्दै लामो समयसम्म आवागमन तथा व्यापारिक गतिविधिमा समेत रोक लगाएको थियो । इटालीले पहिलो पटक मार्च १० मा लागू भएको ...
भारतमा थप २ हप्ता लकडाउन थप्ने तयारी

भारतमा थप २ हप्ता लकडाउन थप्ने तयारी

समाचार, संसार
पूर्णपुष्टि, जेठ ४ गते । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्ने क्रम नरोकिएकाले भारत सरकारले लकडाउनको अवधि थप दुई हप्ता लम्ब्याउने तयारी गरेको छ । कोरोनाको संक्रमितको संख्या बढ्ने क्रम जारी रहेकाले शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच भिडियो सम्मेलनमार्फत गरिएको छलफलबाट निकालिउको निर्णयलाई औपचारिक रूपमा घोषणा भने नगरेको संचारमाध्यमहरुले जनाएको छ । बैठकले लकडाउन बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेको थियो । पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३१ मे सम्म लकडाउन बढाउने निर्णय गरिसकेका छन् । बाँकी राज्यले पनि मोदीलाई दुई हप्ता लकडाउन बढाउन सुझाव दिएका छन् ।...
थप १० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २९१ पुग्यो

थप १० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २९१ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ४ गते ।  नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप १० जनाको रिपोर्ट पोजेटिभ आएको हो । रौतहट राजपुर नगरपालिका फरहदवा–९ का ७ जना र इशनाथ नगरपालिका–३ का तीन जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको छ भने ३६ जना उपचारपछि निको भएको छ । कोरोना भाईरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...
नेपालमा यसरि भयाे काेराेनाका कारण मृत्यु हुनेकाे अन्त्यष्टि

नेपालमा यसरि भयाे काेराेनाका कारण मृत्यु हुनेकाे अन्त्यष्टि

समाचार
पूर्णपुष्टि, जेठ ३ | अाज काेराेनाकाे कारण मृत्यु भएकि महिलाकाे छुट्टै कार्यविधिका साथ  शव व्यवस्थापन भयाे । मृतकको शव धुलिखेल अस्पतालबाट नेपाली सेनाको टोलीले काठमाडौं लग्याेे । सुरुमा एम्बुलेन्समा परिवारको सदस्यलाई राखिएको थियो । त्यसपछि प्रहरीको स्कटिङ र शव बाहनमा मृतकको शव राखिएको थियो । त्यसपछि फेरि सेनाले स्कटिङ गरेको थियो । मृृतकको शनिबार नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियाे । कार्यविधिअनुसार अन्त्येष्टिमा सहभागीहरुले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई लगाए । मृतकका आफन्तले शव छुन समेत पाएनन् । आफन्तले कम्तिमा एक मिटर टाढाबाट एकएक जनालाई पालैपालो हेर्न दिइयाे । आफ्नो परम्पराअनुसार शव नछोई जल छर्कने, पाठ गर्ने तथा फूलमाला चलाउने जस्ता क्रियाकलाप भयाे । काेराेनासंग सम्बन्धित नेपाल सरकारले बनाएकाे याे छुट्टै कारयविधिबाट नै काेराेनाबाट मृत्यु हुनेकाे अन्...
नेपालमा काेराेनाले मृत्यकाे पहिलाे घटना

नेपालमा काेराेनाले मृत्यकाे पहिलाे घटना

समाचार
पूर्णपुष्टि, जेठ ३ । नेपालमा अाज काेराेना संक्रमणबाट मृत्युकाे पहिलाे घटना भएकाे छ ।  पहिलाे पटक अाज नेपालमा काेराेनाकाे कारण एक नागरिककाे कृत्यु भएकाे नेपाल सरकार, स्वास्थ्य तथा वातावरण मन्त्रालयले जनाएकाे छ । सिन्धुपाल्चाैक निवासि २९ वर्षिय महिला कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी पछि आमाछोरा दुबैको स्वास्थ्य सामान्य अबस्थामा २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए । तर उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएर धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा निधन भएको हाे । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ अाएकाे हाे । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिए...
सुत्केरीको मृत्यु बोरे मन्त्रालयले अध्ययन गर्दै

सुत्केरीको मृत्यु बोरे मन्त्रालयले अध्ययन गर्दै

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३ गते । सिन्धुपाल्चोक बाह्रविसेकी सुत्केरी महिलाको मृत्यु कोरोना भाईरस (कोभिड–१९)को संक्रमणले भए नभएको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन सुरु गरेको छ । धुलिखेल अस्पतालमा उपचारको क्रममा बाह्रविसेकी २९ वर्षीया महिलाको विहिबार मृत्यु भएको  थियो । गत बैशाख २३ त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर २५ गते घर फर्किएकी महिलालाई ज्वरो आउने, खोकी लाग्ने र स्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा भर्ना भएकी थिईन् । अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको श्रोतले जनाईएको छ । तर महिलाको कोभिड–१९ का कारण मृत्यु भए नभएको भन्ने बारे अध्ययन सुरु भईसकेको मन्त्रालयले जनाएको छ । धुलिखेल अस्पतालको कोभिड–१९ टाक्स फोर्सको स्काईपमा भएको बैठकले मृतक महिलाको उपचारमा संलग्न चिकित्सक टोलीलाई क्वारेन्टाइनमा राख्ने र शिल गरिएको आकस्मिक कक्षलाई...
थप २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको सख्या २७८ पुग्यो

थप २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको सख्या २७८ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३ गते ।  थप २ जनामा कोरोना भाइरस संक्रमण पुटि भएको छ । महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि आज नै ९ जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या २ सय ७८ पुगेको छ । कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिलेसम्म कोरोना संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् ।...