Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ३०४ पुग्यो

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ३०४ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ५ गते ।  आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाण्डौँमा गरिएको परिक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो । रौतहटको इशनाथ नगरपालिकाका २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष, रौतहटकै माधबनारायण नगरपालिकाकी २८ वर्षीया महिला र बाराको करैयामाइका ३८ वर्षीय पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाालमा कोरोना संक्रमितको सख्या ३ सय ४ पुगेको मन्त्रालयले जनाएको छ ।...
१५ दिन लम्बियो लकडाउन

१५ दिन लम्बियो लकडाउन

समाचार
पूर्णपुष्टि, जेठ ५ गते ।   लकडाउन आगामी जेठ २० गतेसम्म लम्बिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उच्चस्तरीय समन्वय समितिको सिफारिसको आधारमा लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो । कोरोना संक्रमणको कारण दुई संक्रमितको मृत्यु भएसँगै संक्रमितको संख्या बढ्ने क्रम नरोकिएकाले संक्रमण रोक्न लकडाउनलाई निरन्तरता दिनुपर्ने समितिको सुझाव थियो । आइतबार नै बसेको समितिको बैठकले लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस गरेको थियो । सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि दोस्रो पटक चैत २५ गतेसम्म, तेस्रो पटक वैशाख ३ गतेसम्म, चौथो पटक वैशाख १५, पाँचौ पटक वैशाख २५ गतेसम्म र छैटौँ पटक जेठ ५ गतेसम्म लकडाउन थपेको थियो । नेपालमा अहिलेसम्म ३ सय ४ जनामा संक्रमण पुष्टि भईसकेको छ भने ३६ जना उपचारपछि निको भएका छन...
माेरङ र धनकुटामा पहिलाे पटक काेराेना संक्रमित पुष्टि, देशभर २ सय ९५ पुग्याे

माेरङ र धनकुटामा पहिलाे पटक काेराेना संक्रमित पुष्टि, देशभर २ सय ९५ पुग्याे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ४ । प्रदेश १ अन्तरगतकाे माेरङमा अाज पहिलाे पटक काेराेना संक्रमित देखिएकाे छ । माेरङकाे विराटनगरमा दुई जनामा काेराेना संक्रमण देखिएकाे हाे । त्यस्तै धनकुटाका एक जनामा कोरोना देखिएको छ । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार विराटनगरका २९ र ३६ वर्षका व्यक्तिहरु र धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको हाे । योसँगै अब १ नं. प्रदेशमा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । साे प्रदेशमा उपचारपछि १७ जना निको भएका छन् । अाजकाे १ नं. प्रदेशमा पुष्टि भएका तीनसंगै नेपालभर संक्रमितको संख्या २९५ पुगेको छ । जसमा दुई जनाको मृत्यु भएको छ ।...
अझै १५ दिन लकडाउन थप्न र कडाई गर्न उच्चस्तरीय समितिको सिफारिस

अझै १५ दिन लकडाउन थप्न र कडाई गर्न उच्चस्तरीय समितिको सिफारिस

समाचार
पूर्णपुष्टि, जेठ ४ गते । लकडाउन थप्दै थप कडाइ गर्न कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई सिफारिस गरेको छ । आज बसेका समितिको बैठकले जेठ ५ गतेपछि लकडाउन थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको हो । लकडाउन थप्ने बारेमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । नेपालमा कोरोना संक्रमणको अवस्था हेरेर १५ दिनसम्म लकडाउनको अवधि थपिन सक्ने जनाईएको छ । बजेट छुट्याएरै भए पनि पालिकाहरुमा स्थापना भएका क्वरेण्टीनहरुलाई व्यवस्थित गर्नुपर्ने निर्णय बैठकले गरेको छ । संक्रमितको सख्या बढ्दो क्रम रहेको र दुई जनाको निधन भएकाले कलकडाउन नभएको भए अझ अवस्था भयावह हुन्थ्यो भन्ने बैठकको निष्कर्ष रहेको जनाईएको छ । लकडाउन अझ कडाइ गर्दै लैजाने र पालिकाहरुमा स्थापना भएका क्वरेण्टीनहरुलाई व्यवस्थित गर्दै लैजाने बैठकको निष्कर्ष छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठकले सुरक्षा व्...
हात्तीको आक्रमणबाट १ वृद्धको मृत्यु

हात्तीको आक्रमणबाट १ वृद्धको मृत्यु

समाचार
झापा,जेष्ठ ४ गते । जंगली हात्तिको क्रमणबाट झापामा एक जेष्ठनागरिकको मृत्यु भएको छ । कचनकवल–७ बस्ने ८५ बर्षीय बिर्ख राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । दिपज्वोती सामुदायिक वनमा निगुरो टिपिरहेका राईलाई हिजो साझँ ५ बजे एक्कासी हात्ती आई आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या २ पुग्यो

थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या २ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ४ गते ।  नेपालमा कोरोना भाइरस (कोभिड(१९)को संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । बाँके नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ । क्वारेन्टाइनमा बस्ने क्रममा स्वास प्रश्वासमा समस्या भएको थियो । उनको आज विहान करिब ६ः४० बजे मृत्यु भएको जनाईएको छ । मृतकको स्वाव परिक्षणको रिपोर्ट पोजटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
कीटाणुनाशक स्प्रेले कोरोना संक्रमण नरोक्ने : डब्ल्यूएचओ

कीटाणुनाशक स्प्रेले कोरोना संक्रमण नरोक्ने : डब्ल्यूएचओ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ४ गते । विश्वभर महामारीको रुपमो कोरोना भाईरस (कोभिड–१९)को संक्रमण फैलिरहेको छ । विश्वका विभिन्न देशमा सडकलाई कोरोना भाइरसको संक्रमणबाट मुक्त गर्ने नाममा कीटाणुनाशकको प्रयोग भइरहेको बेला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसले कोरोना भाईरस समाप्त नहुने बताएको छ । उक्त कदमप्रति चेतावनी दिँदै कीटाणुनाशक स्प्रेले कोरोना भाइरस समाप्त नहुने र स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने डब्ल्यूएचओले जनाएको छ । कोरोना महामारीलाई मध्य नजर गर्दै डब्ल्यूएचओले स्वच्छता र सतहलाई कीटाणुमुक्त गर्नका लागि एक निर्देशिका सार्वजनिक गरेको छ । सडक वा बजारमा कोरोना भाइरस वा अन्य रोगको कीटाणु समाप्त गर्न ग्यासको रुपमा कीटाणुनाशक स्प्रेको प्रयोग नगर्न डब्ल्यूएचओले सल्लाह दिएको छ । धुलो र ग्यासले कोरोना भाईरसको कीटाणुलाई कुनै असर नगर्ने पनि बताएका छन् । सडक र फुटपाथ कोरोना भाइरसको आश्रयस्...
मलेसियामा १३ जना कोरोना संक्रमित नेपाली निको भए

मलेसियामा १३ जना कोरोना संक्रमित नेपाली निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ४ गते ।  मलेसियामा कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित १३ जना नेपाली उपचारपछि निको भएका छन् । अहिलेसम्म ५५ जना नेपालीमा कोरोना संक्रमण देखिएकोमा १३ जना उपचारपछि निको भएको हो । ५५ जनामध्ये १३ जना उपचारपछि निको भएपनि बाँकी ४२ जना पनि निको हुने चरणमा रहेको मलेसियाका लागि नेपाली राजदूतसले जनाएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाईएको छ । दूतावासले नियमित सेवा सुरु गरेको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै बन्द गरेको कन्सुलर सेवा अहिले दूतावासले नियमित कन्सुलर सेवा सुरु गरेको छ । पासपोर्ट बनाउने, बनेको पासपोर्ट दिने लगायतका काम सुरु भएको छ । मलेसियन सरकारले लकडाउन खुकुलो बनाउँदै उद्योग तथा कार्यालयहरु खुलाएकाले दूतावासले पनि आफ्नो नियमित काम सुरु गरेको जनाएको छ । मलेसियामा ६ हजार नेपालीले दूतावासमा आफ्नो विवरण टिपाएका छन् । जसमध्ये आधी जतिले स्वदेश फ...
स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्ने १ युवा पक्राउ

स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्ने १ युवा पक्राउ

समाचार
पूर्णपुष्टि, जेठ ४ गते । नागढुङ्गामा वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई दुव्र्यवहार गर्ने एक युवा पक्राउ परेको छ । स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्ने चन्द्रगिरी घर भएका उत्तम कार्कीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । शुक्रबार हेटौँडाबाट काठमाण्डौं आउँदै गरेका वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक कार्कीलाई उत्तम कार्कीले गाडीबाट झर्न लगाएर उहाँको झोला र गाडी जाँच गर्दै दुव्र्यवहार गरेको थियो । त्यसको चौतर्फी विरोध भइरहेको बेला प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका कार्कीलाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।...
कोरोनाबाट मृत्यु भएकी महिलाको सम्पर्कमा रहेका व्यक्तिको स्वाव संकलन सुरु

कोरोनाबाट मृत्यु भएकी महिलाको सम्पर्कमा रहेका व्यक्तिको स्वाव संकलन सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ४ गते । कोरोना भाईरस (कोभिड – १९) को संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको सम्पर्कमा रहेका व्यक्तिको स्वाब संकलन सुरु गरिएको छ । गत विहिबार बेलुकी काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको कोरोनाको कारण मृत्यु भएको  पुष्टि भएपछि उनको सम्पर्कमा रहेका व्यक्तिको नमुना संकलन थालिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । अस्पतालसहित सिन्धुपाल्चोकको बाह्रबिसे– ९ र बलेफी गाउँपालिका– ७ र ८ सिल गरेर महिलाको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्न टोली परिचालन गरिसकिएको जनाईएको छ । आज धुलिखेल अस्पतालबाट विज्ञसहितको टोली बाह्रवबसे जाने स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ । त्रिवि शिक्षण अस्पताल काठमाण्डौमा सुत्केरी भइ गत बैशाख २५ गते सिन्धुपाल्चोक फर्किएकी महिलाको गत बिहीबार मृत्य भए पनि मृत्यु हुनको कारण खुलेको थिएन । हिजो गरिएको परीक्...