Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

संक्रमित संचारकर्मीसँगै बस्ने युवाको ट्रेसिङ रिपोर्ट ‘नेगेटिभ’

संक्रमित संचारकर्मीसँगै बस्ने युवाको ट्रेसिङ रिपोर्ट ‘नेगेटिभ’

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ५ गते । उदयपुरका कोरोना संक्रमित एक संचारकर्मीसँगै कोठामा भान्सा रहेको एक युवाको स्वाव परिक्षणको रिपोर्ट नेगेटिभ आएको बुझिएको छ । गत जेठ २ गते उदयपुरमा एक संचारकर्मीमा कोरोना पुष्टि भएपछि उनीसँगै भान्सा रहेका एक युवाको ३ गते स्वाव नुमना लिई विराटनरको प्रदेश प्रयोगशालामा पठाईएको थियो । सो रिपोर्ट आज नेगेटिभ आएको बुझिएको हो । उनीसँगै वस्ने अर्का एक युवा संक्रमितसँगै परिक्षण भएकोमा रिपोर्ट नेगेटिभ आएको छ । हाल उनी होम क्वारेन्टाईनमा छन् । संक्रमित संचारकर्मी वस्ने घर र छेउछाउका घरहरुमा आउजाउ, भेटघाटको आधारमा छिमेकीहरुको पनि स्वव संकलन गरि परिक्षण गरेकोमा उनीहरुको रिपार्ट नेगेटिभ आएको बुझिएको छ । साथै जिल्ला स्थित नागरिक समाज, आधिकारकर्मीहरुको पनि स्वाव रिपोर्ट नेगेटिभ आएको छ । ३ गते स्वास्थ्य कार्यालयले संक्रमित संचारकर्मीको सम्पर्कमा आएका र अन्य गरी २८ जनाको स्व...
भुल्केमा संगम पुस्तकालयद्वारा राहत वितरण

भुल्केमा संगम पुस्तकालयद्वारा राहत वितरण

समाचार
पूर्णपुष्टि, जेठ ५ गते । उदयपुरको कोरोना संक्रमित क्षेत्र भुल्केका ३ सय १५ घरलाई संगम सामुदायीक पुस्तकालयले राहत वितरण गरेको छ । पुस्तालकालयको आयोजनामा रिड नेपालको सहयोग र नगरपालिकाको समन्वयमा त्रियुगा नगरपालिका–३ भुल्केका ३ सय १५ घर परिवारलाई सोमबार राहत वितरण गरेको हो । प्रत्येक घरलाई गहूँको पिठो ५ केजी (१ प्याकेट), चना १ केजी, मटर १ केजी, चिनी १ केजी, तेल १ पोका, नुन १ केजी, चियापत्ती २० ग्राम (१ पोका), हातधुने सावुन ३ वटा र नुहाउने सावुन १ वटा वितरण गरेको संगम सामुदायकी पुस्तकालयको अध्यक्ष भरत खड्काले बताए । लकडाउने निम्तिएको खाद्य संकटबाट बचाउनको निम्ति ३ लाख ३३ हजार ९ सय रुपैयाँको राहत वितरण गरेको अध्यक्ष खड्काले बताए ।...
आज एकै दिन ६२ जना नयाँ कोरोना संक्रमित थपियो, नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो

आज एकै दिन ६२ जना नयाँ कोरोना संक्रमित थपियो, नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ५ गते ।  विभिन्न स्थानको प्रयोगशालामा गरिएको परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एकै दिन ६२ जना नयाँ संक्रमित फेला परेसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको हो । विराटनगरको कोशी अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा मोरङका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भैरहवाको प्रयोगशालामा गरिएको परिक्षणमा गुल्मिको ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा धनुष, रौतहट, दाङ र धादिङको १/१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु १८ देखि ४६ वर्ष उमेर समुहका रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै भेरि अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा बाँकेका ४६ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाए...
फेरी थप ४७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ३५१ पुग्यो

फेरी थप ४७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ३५१ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ५ गते ।  बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ४७ जनाको रिर्पोट पोजेटिभ आएको हो । हिजो मृत्यु भएको युवाको सम्र्पकमा आएका र अन्य एक सय ९० जनाको स्वाव संकलन गरी परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाईरस संक्रमितको संख्या ३ सय ५१ पुगेको छ ।...
१३ औँ सागका प्रशिक्षकलाई पुुरस्कार प्रदान

१३ औँ सागका प्रशिक्षकलाई पुुरस्कार प्रदान

खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ ५ गते ।  १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकधारी प्रशिक्षकलाई पुस्कार प्रदान गरिएको छ । सागका विभिन्न प्रतिस्पर्धामा पदक जिताउने मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई युवा तथा खेलकुद मन्त्रालयले नगद पुरस्कार प्रदान गरेको हो । स्वर्ण पदक विजेता मुख्य प्रशिक्षकले पाँच लाख, रजतले तीन लाख र कास्यले दुई लाख रुपैयाँ प्राप्त गरेका छन् । स्वर्ण जित्ने सहायक प्रशिक्षकले तीन लाख, रजतले दुई लाख र कास्यले एक लाख रुपैयाँ प्राप्त गरेका छन् । पदक विजेता ६८ जना प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई एक करोड ८६ लाख रुपैयाँ सम्बन्धितको खातामा राखिएको मन्त्रालयले जनाएको छ ।...
भोलिदेखि पूर्वी क्षेत्रमा लगातार वर्षा हुने

भोलिदेखि पूर्वी क्षेत्रमा लगातार वर्षा हुने

समाचार
पूर्णपुष्टि, जेठ ५ गत ।  स्थानीय वायुको प्रभावले गर्दा आज देशको धेरै ठाउँको मौसम आंशिक बदली भएको छ । तर बङ्गालको खाडीमा बनेको अम्पोन नामक चक्रवातको प्रभावका कारण भोलिदेखि नेपालको पूर्वी क्षेत्र र मध्यपूर्वी क्षेत्रमा लगातार वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुनको समयमा बङ्गालमा यस्ता खालका चक्रवात बन्नु कुनै नौलो भने होईन । मङ्गलबार बेलुकादेखि नेपालको पूर्वी क्षेत्रमा यो चक्रावतको असर पर्ने र लगातार ठूलो वर्षाको सम्भावना रहे पनि पश्चिमी क्षेत्रमा भने असर नगर्ने महाशाखाले जनाएको छ । यसले गर्दा बाढी र पहिरोको जोखिम हुन सक्छ । अहिले अम्पोन नाम चक्रवातको दिशा नेपालतर्फ सरिरहेको महाशाखाले जनाएको छ ।...
कोरोना भाईरसबाट भारतमा ३ हजार भन्दा बढीको मृत्यु

कोरोना भाईरसबाट भारतमा ३ हजार भन्दा बढीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ५ गते ।  भारतमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट तीन हजार भन्दा बढीको मृत्यु भएको छ  । अहिलेसम्म तीन हजार २९ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म ९६ हजार एक सय ६९ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्र पाँच हजार दुई सय ४२ जना नयाँ संक्रमित फेला परेका छन् । सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म ३३ हजार ५३ कोरोना संक्रमित भईसकेको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म एक हजार एक सय ९८ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ । गुजरातमा ११ हजार तीन सय ७९ जना संक्रमितमध्ये ६ सय ५९ जनाको मृत्ुय भएको छ । त्यस्तै तमिलनाडुमा ११ हजार दुई सय २४ जना मध्ये ७८ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा संक्रमितको संख्या चार हजार नौ सय ७७ जना मध्ये दुई सय ४८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै पश्चिम बंगालमा ...
मृतक महिलाका बच्चा र परिवारका सदस्यको रिपोर्ट नेगेटिभ

मृतक महिलाका बच्चा र परिवारका सदस्यको रिपोर्ट नेगेटिभ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ५ गते । कोराना भाईरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु भएकी सुत्केरी महिलाको बच्चा र परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९, राम्च घर भएकी सुत्केरीको गत बिहीबार मृत्यु भएको थियो । सरकारले शनिबार कोरोना संक्रमणको कारण मृत्यु भएको पुष्टि गरेको थियो । मृतक महिलालाई संक्रमण भएको पुिष्ट भएपछि गाउँ नै शिल गरेर ५५ जनाको स्वाव संकलन गरिएको थियो । बाँकी रहेकाहरुको आज स्वाब संकलन भईरहेको वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।...
हतियारसहित २ जना पक्राउ

हतियारसहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेठ ५ गते ।  धनुषाको शहिदनगरबाट हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शहीदनगर नगरपालिका–३ झण्डा चोकबाट कटुवा पेस्तोलसति अक्षय पासवान र सुलिनकुमार साहलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा सादा पोशाकमा खटेका प्रहरी टोलीले झण्डा चोकमा ज १२ प ५१६५ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा १ थान कटुवा पेस्तोल र त्यसमा लाग्ने ३ थान गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिने निबासी १८ वर्षीय पासवान र त्यसै ठाउँका २० वर्षीय साह रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई हतियार र मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
विश्वका कोरोना संक्रमित मध्ये साढे १८ लाख भन्दा बढी उपचारपछि निको भए

विश्वका कोरोना संक्रमित मध्ये साढे १८ लाख भन्दा बढी उपचारपछि निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ५ गते ।  विश्वका विभिन्न देशमा कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित भएका मध्ये साढे १८ लाख भन्दा बढी उपचारपछि निको भएका छन् । अहिलेसम्म १८ लाख ५५ हजार भन्दा बढी उपचारपछि निको भएका हुन् । विश्वमा अहिलेसम्म ४७ लाख ९८ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । उक्त संक्रमितमध्ये अहलेसम्म ३ लाख १६ हजार ५ सय १४ जनाको मृत्यु भएको छ । विश्वमा सवै भन्दा बढी संक्रमित भएको देश अमेरिकामा मत्रै १५ लाख २७ हजार भन्दा बढीमा संक्रमण पुष्टि भईसकेको छ । अमेरिकामा ३ लाख ४६ हजार भन्दा बढी उपचारपछि निको भएका छन् भने करिब ९१ हजार जनाको मृत्यु भएको छ ।...