Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

बुबाको हत्या आरोपमा छोरी पक्राउ

बुबाको हत्या आरोपमा छोरी पक्राउ

समाचार
ईलाम, जेठ ६ गते । ईलाम देउमाई–६ शान्तीडाँडा बस्ने २५ बर्षीया शुष्मा राई आफ्नै बुबाको हत्या आरोपमा पक्राउ परेकी छिन् । हिजो बेलुका ८ बजे खाना आएर घरमा बुबासंग गफ गरेर बसिरहेको अवस्थामा एक्कासी घरायसी बिषयमा बादबिवाद हुनथालेपछी राती ११ बजे शुष्माले बुबा ५१ बर्षीय फुलबहादुर राईलाई बन्चरोले टाउँकोमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । फुलबहादुर आफ्नै घर भित्र मृत अवस्थामा फेला परेको आफन्तले बिहान ६ बजे ईलाका प्रहरी कार्यालय मंगलवारेमा खबर गरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट समेत खटेका प्रहरी टोलीले मृतक राईको हत्या भएको पुष्ठी गरे संगै हत्यामा संलग्न शुष्मालाई जंगलमा लुकिछिपि बसेको अवस्थामा घटनामा प्रयोग भएको बन्चरो सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी का...
झापा, सुनसरी र कपिलवस्तुमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

झापा, सुनसरी र कपिलवस्तुमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ६ गते । १ नं प्रदेशमा एकै दिन ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज कोरोना पुष्टि भएका ११ मध्ये २ जना सुनसरीको र बाँकी ९ जना झापाको केचना गाउँपालिका छन् । जुन सोमबार कोरोना पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी छ । त्यस्तै कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।...
छिटै लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता आउँछ

छिटै लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता आउँछ

समाचार
पूर्णपुष्टि, जेठ ६ गते ।  लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएकाले छिटै फिर्ता ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । प्रतिनिधिसभामा ओलीले नेपाली भूमि भएकाले नै मन्त्रीपरिषद्ले त्यो भूमि समेटेर नयाँ नक्सा ल्याउने निर्णय गरेको जानकारी दिनुभयो । अब लिम्पियाधुर र लिपुलेक र कालापानीको विषय ओझेलमा पार्न नदिने उहाँले बताउनुभयो । हाम्रो भूमि भारतले ओगटेर विवाद सृजना गर्न खोजेको प्रधानमन्त्रि ओलीले बताउनुभयो । यसको लागि कुटनीतिक छलफल हुने उहाँले बताउनुभयो । यो कार्य कुनै राष्ट्रवाद देखाउन नगरिएको र आफ्नै भूमि फिर्ता लिने निर्णय भएको उहाँले बताउनुभयो । योे कुनै तमासा गर्न र देखाउनका लागि गरिएको हाईन । यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको प्रधानमन्त्रि ओलीले बताउनुभयो । संविधानको अनुसूची ३ मा भएको नक्सा र निशान छाप पनि सुधार गर्नुपर्ने भएकाले  संविधान संशोधन गर...
विदेशबाट आउने नागरिककै कारण नेपाल कोरोनाको जोखिममा

विदेशबाट आउने नागरिककै कारण नेपाल कोरोनाको जोखिममा

समाचार
 पूर्णपुष्टि, जेठ ६ गते । विदेशबाट आउने नागरिकहरुकै कारण नेपाल कोरोनाको जोखिममा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेटको लागि संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उठेका प्रश्नको उत्तर दिँदै विदेशबाट आउनेहरु नै कोरोनाको स्रोत रहेको प्रधानमन्त्रि ओलीले  बताउनुभयो । चीन, युरोप, अमेरिका, खाडी लगायतबाट आएकाहरुबाट सरेको भन्दा भारतबाट  संक्रमित भएका र सारेका बढि जोखिमपुर्ण रहेको पनि बताउनुभयो । देशभरी रहेका क्वरेन्टीन र आइसोलेन विस्तार र सुधार भइरहेको पनि प्रधानमन्त्रीले बताउनुभयो ।...
भारतमा कोरोेना संक्रमितको संख्या १ लाख नाघ्यो

भारतमा कोरोेना संक्रमितको संख्या १ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ६ गते । भारतमा कोरोेना भाईरस (कोभिड–१९)को संक्रमित एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार भन्दा बढी नयाँ संक्रमित थपिएसँगै १ लाख ३ सय २८ जना पुगेको हो । उक्त संत्रमितमध्ये पछिल्लो २४ घण्टामा १ सय ३१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३ हजार १ सय ५६ जनाको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । तर अहिलेसम्म ९६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको र ३ हजार २९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको भारत सरकारले पुष्टि गरेको छ । विश्वमा अहिलेसम्म ४८ लाख ९१ हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएकोमा १९ लाख ७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । उक्त संक्रमितमध्ये ३ लाख २० हजार जनाको मृत्यु भएको जनाईएको छ ।...
गडीको ठक्करबाट १ बालकको मृत्यु

गडीको ठक्करबाट १ बालकको मृत्यु

समाचार
झापा, जेठ ६ गते । झापाको बिर्तामोडमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ । विर्तामोड नगरपालिका–१० का धिरेन राईको ४ बर्षीय छोरा सुदेन राईको गाडीको ठक्करबाट मृत्यु भएको हो । सैनिक मोडबाट बजार तर्फ जाँदै गरेको मे १ च ५६०२ नम्बरको गाडीले बिहान ८ बजे बालकलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट घाईते भएका बालकलाई उपचारको लागी झापाको बि.एण्ड.सि. अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । बालकलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।  ...
ट्याक्टरको ठक्करबाट १ बालकको मृत्यु

ट्याक्टरको ठक्करबाट १ बालकको मृत्यु

समाचार
मोरङ, जेठ ६ गते । मोरङ ग्रामथानमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४ मोतिपुर बस्ने पंकज झाको २ वर्षीय छोरा लिखिल झाको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो । मोतिपुर स्थित भित्रि सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ४ ख ६३७४ नम्बरको ट्याक्टरले सोमबार दिउँसो करिब ४ बजे बालकलाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट घाईते भएको बालकको नोबेल अस्पतालमा उपचारको क्रममा ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बालकलाई ठक्कर दिने ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
खाेटाङ र सुनसरीमा पनि पहिलाेपटक काेराेना संक्रमित पुष्टि, रातिसम्ममा देशभर ३ सय ७५ पुग्याे

खाेटाङ र सुनसरीमा पनि पहिलाेपटक काेराेना संक्रमित पुष्टि, रातिसम्ममा देशभर ३ सय ७५ पुग्याे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ५ । प्रदेश १ काे खाेटाङ र सुनसरिमा पनि पहिलाेपटक अाज काेराेना संक्रमित पुष्टि भएकाे छ । खाेटाङकाे १ पुरुष र सुनसरीमा १ जना पुरुष पुष्टि भएका हुन् । ती दुई जिल्लासहित अाज बेलुका थप १८ जनामा काेरना संक्रमण पुष्टि भएकाे छ । धनुषामा २ जना पुरुष, बाँकेमा १२ पुरुष, दैलेखमा १ पुरुष र झापामा १ पुरुषमा संक्रमण पुष्टि भएकाे हाे । याे संगै नेपालमा संक्रमितकाे संख्या ३ सय ७५ पुगेकाे छ ।...
लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्ले पास ग¥यो

लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्ले पास ग¥यो

समाचार
पूर्णपुष्टि, जेठ ५ गते । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा सरकारले पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नक्सा पारित गरेको जनाईएको छ । भारतले नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा पारेपछि नेपालमा चर्को विरोधसँगै संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो । नेपाल सरकारले कूटनीतिक नोट पठायो र सीमा विवादबारे परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न दुई पटक मिति प्रस्ताव ग¥यो । नेपालले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्ने बताएपनि भारतले सचिवस्तरीय संयन्त्रको बैठक टार्दै आएको छ । पछिल्लो समयमा कोरोनाको कहरमा फेरि भारतले तिब्बतको मानसरोवर जान लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै बनाएको सडक उद्घाटन ग¥यो । त्यसपछि फेरि दुई देशको सीमा विवाद सतहमा आएक...
दाङको अतिक्रमित वन क्षेत्र खाली गराइ तारबार

दाङको अतिक्रमित वन क्षेत्र खाली गराइ तारबार

समाचार
पूर्णपुष्टि, जेठ ५ गते ।  दाङको जनता सामुदायीक वनमा अतिक्रमण गरिएको करिब ४ हेक्टर वन क्षेत्र डिभिजन वन कार्यालय दाङले खाली गराई तारबार गरेको छ । तुलसीपुर उपमहानगरपालिका–१ को सामुदायिक वनमा करिब ३÷४ वर्षदेखि अतिक्रमण भइरहेको करिब ४ हेक्टर वन क्षेत्र खाली गराई तारबार गरेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । डिभिजन वन कार्यालय दाङ र सबडिभिजन वन कार्यालय तुलसीपुरबाट गएको टोलीले अतिक्रमण भएको करिब ४ हेक्टर जग्गामा खाली गराई १ हजार रनिङ्ग मिटर काँडेतारले तारबार गरेको जनाएको छ । सामुदायिक वनका केहि उपभोक्ताहरुले खेतीपाती गर्ने उद्देश्यले वन क्षेत्र अतिक्रमण गरेको भन्ने सूचनाका आधारमा टोलीले अतिक्रमित वन क्षेत्र खाली गराएको हो । यस क्षेत्रमा खेतीपाती गर्न सुरु गरिएको थियो । वन क्षेत्र कसले अतिक्रमण गरेको भन्ने किटानी नभए पनि ३÷४ घरधुरी उपभोक्ताहरूको मिलेमतोमा अतिक्रमण भएको भन्ने कु...