Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

राहत बाँडन खोज्दा सडेको चामल भेटिएपछि गोदाम सिल

राहत बाँडन खोज्दा सडेको चामल भेटिएपछि गोदाम सिल

समाचार
पूर्णपुष्टि, जेठ ७ गते । दाङको एक सामुदायिक वनले राहत बाँड्न लगेको चामल खानै नमिलने गरी कुहिएको पाईएपछि गोदाम सिल गरेको छ । गाउँमा बाँडि सकेका चालम  पनि फर्ता गरेको हो । लमहीको आर.के. सप्लायर्सले बिक्री गरेको पहेँलो बोरामा चन्दन लेखिएको चामल गुणस्तरहीन भेटिएको हो । त्यस सप्लायर्सबाट राजपुर–७ को भयरथान सामुदायिक वनले आफ्ना उपभोत्तालाई राहत वितरण गर्नको लागि १ सय ६४ बोरा चामल लगेकोमा १ सय ३२ बोरा चामल कुहिएको फेला पारेपछि फिर्ता गर्न  लमही ल्याइएको सामुदायिक वनले जनाएको छ । सेतो बोराको चामल देखाएर पहेलो बेराको चामल पनि मिसाएर दिएको जनाईएको छ । १ हजार १ सय २५ रुपैयाँ प्रतिबोरा मूल्य परेको चामल कालो सडेको र धुलैधुलो पाइएको छ । अहिले त्यस सप्लायर्सको चन्दन जातको चामल राखिएको गोदाम सिल गरिएको छ । थप अनुसन्धानपछि कारबाही गर्ने देउखुरी उद्योग बाणिज्य संघले जनाएको छ । सप्लायर्स संचाल...
आज नेपालको नयाँ नक्सा सार्वजनिक हुने

आज नेपालको नयाँ नक्सा सार्वजनिक हुने

समाचार
पूर्णपुष्टि, जेठ ७ गते ।  आज नेपालको नयाँ नक्सा सार्वजनिक हुँदैछ । भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भू–भाग समेटेर तयार पारिएको नक्सा आज भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले  सार्वजनिक गर्ने भएको हो । नेपालको नयाँ नक्सा नेपाल टेलिभिजन मार्फत लाइभ गरेर सार्वजनिक गरिने जनाईएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएकाले नेपालको नक्सामा राख्ने भन्दै नक्सा स्विृकती गरेको थियो । मन्त्रीपरिषद्ले स्विकृत गरेको नयाँ नक्सा सरकारले प्रमाणीकरण गरिसकेको र आज सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ अब सबै कार्यालय, दस्तावेज, पाठ्यपुस्तक, कुटनितिक नियोग लगायतमा नेपालको नयाँ नक्सा चलनमा आउनेछ । नेपालको निशान छापमा पनि नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको छ ।...
आज मेघगर्जनसहित पानी हुने सम्भावना

आज मेघगर्जनसहित पानी हुने सम्भावना

समाचार
पूर्णपुष्टि, जेठ ७ गते । आज मेघगर्जनसहित पानी हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । अंपुन चक्रवातको प्रभावका कारण पूर्वी र मध्य क्षेत्रका सबैजसो ठाउँ र पश्चिमका केही ठाउँमा मेघगर्जन सहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । दिउँसोपख चक्रवातले नेपाली जमिन छुने र त्यसपछि मेघगर्जन, वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुने महाशाखाले जनाएको छ । बेलुकीपख चक्रवातको प्रभाव बढि पर्ने र रातिबाट प्रभाव कम हुँदै भोलि बिहीबार दिउँसोबाट मौसममा सुधार आउन थाल्ने महाशाखाले जनाएको छ । चक्रवातको प्रभाव ३/४ दिन रहने भएकोले अबका केही दिन मौसम केहीबेर खुले पनि बादल तथा सामान्य वर्षा पनि हुने महाशाखाले जनाएको छ । अंपुन चक्रवातको अप्रत्यक्ष प्रभावले मेघगर्जन, चट्याङ र हावाहुरी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।...
भारतीय विस्तारबादी विरुद्ध बत्ति निभाएर विरोध

भारतीय विस्तारबादी विरुद्ध बत्ति निभाएर विरोध

समाचार
पूर्णपुष्टि, जेठ ६ गते । उदयपुरका नागरिकसमाजले ५ मिनट बत्ति निभाएर भारतीय विस्तारबादी विरुद्ध सांकेतिक विरोध जनाउदै आएको छ । भारतले मिचेका नेपाली भुमि र भारतीय सेनापतिको अभिव्यक्ति प्रति बेलुका ८ बजेदेखि ८ः५ बजेसम्म बत्ति निभाएर सांकेतिक विरोध जनाउँदै आएको हो । नेपाली भु–भाग कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भुमि भारतले मिचेको छ । त्यो तत्काल फिर्ता हुनु पर्नेमा उल्टै भारतीय सेनापतिले धम्क्याउने शैलिमा अभिव्यक्ति दिएको प्रति सांकेतिक विरोध जनाएको सामाजिक अभियान्ताहरुले बताएका छन् । गत जेठ ४ गतेदेखि १० गतेसम्म साँझ बत्ति निभाएर सांकेतिक विरोध जनाउने कार्यक्रम रहेको छ । स–साना देश जस्तो नेपाली भुमी भारतले मिचेकाले तत्काल बत्ति निभाएर सांकेतिक विरोध जनाउँदै आएको सामाजिक अभियान्ता भारत चाम्लिङ राईले बताउनुभयो । सरकारले पारित गरेको कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नय...
गाईघाटमा डेरी सञ्चालकलाई कोरोना लागेको गलत हल्लाले समाज आतंकित, व्यवसाय र कृषकमा असर

गाईघाटमा डेरी सञ्चालकलाई कोरोना लागेको गलत हल्लाले समाज आतंकित, व्यवसाय र कृषकमा असर

समाचार
पूर्णपुष्टि, जेष्ठ ६ । कोरोना संक्रमणको सन्त्रास फैलिरहेको अवस्थामा गलत हल्ला र भ्रम फैलाउने काम पनि भइरहेको छ । केहि समय अघि उदयपुरमा संघार खनेर कोरोनाको औषधि भेटिन्छ भन्ने भ्रम फैलिएको थियो । अहिले भने गाईघाटस्थित पाथिभरा दुग्ध डेरी उद्योगका सञ्चालकलाई कोरोना लागेको भन्ने गलत हल्लाले डेरीको व्यवसायमा असर परेको छ । गएको जेठ ३ गते एक्कासी बजार हल्ला चलेपछि डेरीमा नियमित आउने ग्राहक घटेको सञ्चालक अशोक लिम्बुले बताउनुभयो । आफु, आप्mनो कामदार र परिवारका सदस्यहरु कसैलाई कोरोना त हैन, सामान्य विमारसम्म नभएको स्पष्ट पार्दै सञ्चालक लिम्बुले गलत हल्लाले व्यवसायमा असर परेको गुनासो गर्नुभयो । आफुहरु जोखिमपूर्ण क्षेत्रमा पनि नगएको र ग्राहकसंग पनि सामाजिक दुरी कायम गरेर, सतर्कताका साथ व्यवहार गरिरहेको उहाँले बताउनुभयो । जिल्लाको विभिन्न ठाउँमा दुध संकलन केन्द्र राखेर दैनिक १ हजार दुई सयदेखि १ हज...
लकडाउनमा बस रिजर्भ गरेर काफल खान गएका युवा पक्राउ

लकडाउनमा बस रिजर्भ गरेर काफल खान गएका युवा पक्राउ

समाचार
पूर्णपुष्टि, जेठ ६ गते ।  लकडाउनको उल्लंघन गर्दै बस रिजर्भ गरेर काफल खान गएका ३० जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरानचोक गाउँपालिका–४ छोप्राकको मैदानबाट गाडी लिएर वडानम्बर २ नयाँबजार नजिकैको जंगलमा गएका युवाहरुलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हर्मीर्बाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बस लिएर काफल खान जंगल गएका युवाहरुले प्रहरी आएको देखेपछि गाडी लिएर भाग्न खोज्दा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाइ नियन्त्रणमा लिएको उनले बताए । बस लिएर काफल खान जाने अधिकांश यातायात मजदुर रहेको उनले जानकारी दिए । युवाहरुले प्रयोग गरेको ना ५ ख ४७६ नम्वरको बस पनि प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लघंन गरेकाले उनीहरुलाई आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ ।...
नक्कली मदिरासहित १ जना पक्राउ

नक्कली मदिरासहित १ जना पक्राउ

समाचार
मोरङ, जेष्ठ ६ गते । मोरङको बिराटनगर महानगरपालिका–११ बसपार्कबाट ठुलो परिणाममा नक्कली मदिरा सहित १ जनालाई पक्राउ गरिएको छ । बसपार्क छेउमा रहेको एक घरमा कोठा भाडामा लिएर बसोबास गर्दै आएका विराटनगर महानगरपालिका–६ बस्ने श्रवण मुखियालाई विभिन्न ब्राण्डको बोतलमा नक्कली लेवल टाँसी नक्कली मदिरासहित पक्राउ गरेको हो । मुखियाले संचालन गर्दै आएको न्यू.डि.एन ट्रेडर्सको पसल भित्र विभिन्न ब्राण्डको बोतलमा नक्कली लेवल टाँस गरी नक्कली मदिरा बनाउने गरेको  भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटेका प्रहरी टोलीले दिउँसो साँढे २ बजे बिभिन्न ब्रान्डका ५ सय ३० बोतल नक्कली मदिरा बरामद गरेको प्रहरीले जनाएको छ । मुखीयाको पसलबाट प्रहरीले पास पास मदिरा १५ बोतल, सिक्नेचर २ सय १० बोतल, गोल्डेन वाक २२ बोतल, गोल्डेन गोल्व १२ बोतल, नेटवर्क १७ बोतल, पुर्वाञ्चल स्पेसियल ३९ बोतल, रोयल ट्रेअसुर विस्क...
लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

समाचार
सुनसरी, जेठ ६ गते । सुनसरीको देवानगञ्जबाट लागुऔषध सहित एक जना पक्राउ परेको छ । देवानगञ्जबाट गाउँपालिका–१ बाट बिहान साँढे ४ बजे लागुऔषध सहित नरेशकुमार यादव पक्राउ परेको हो । ईलाका प्रहरी कार्यालय हरिनगराबाट खटेको प्रहरी टोलीले हरिनगरा गाउँपालिका—१ लब्टोलियाबाट सोही नगरपालिका–७ का २१ बर्षीय भोला भनिने यादवलाई लागुऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवको साथबाट लागुऔषध नुफिन ५ सय ८० एम्पुल, डाईजेल्याब ५ सय ६० एम्पुल र फेनारगन ५ सय ६० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवको सम्बन्धम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
थप २७ जनामा कोरोना संक्रमण पुष्टि

थप २७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुुिष्ट, जेठ ६ गते । थप २७ जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आज थप २७ संक्रमित मध्ये २४ जना पुरुष र ३ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै नेपालमा संक्रमितको सङ्ख्या ४ सय २ पुगेको मन्त्रालयले जनाएको छ । काठमाडौँमा ३, भक्तपुर १ र ललितपुरमा पहिलो पटक १ जनालाई संक्रमण पुष्टि भएको छ । त्यसैगरी झापामा ९, कपिलवस्तुमा ४, सर्लाहीमा २, मोरङमा १, सुनसरीमा १, रामेछापमा १, मकवानपुरमा १, सिन्धुलीमा १, लमजुङ १ र नवलपरासीमा १ संक्रमित पुष्टि भएका मन्त्रालयले जनाएको छ । अहिलसेम्म ३६ वटा जिल्लामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।...
सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित

सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित

समाचार
पूर्णपुष्टि, जेठ ६ गते ।  गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सदनमा प्रस्तुत गर्नुभएको आगामी वर्षको लागि नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । केहि सांसदहरुले नीति तथा कार्यक्रम संशोधन गर्न माग गरे पनि मंगलबार बहुमतले पारित भएको हो । बहुमतले नीति तथा कार्यक्रम पारित भएकाले यसमा भएका व्यवस्था संशोधन हुने छैनन् । यसकै आधारमा अर्थ मन्त्रालयले बजेट बनाइरहेको छ । सरकारको नीति तथा कार्यक्रम प्रभावकारी नभएको भन्दै केहि राजनीतिक दल र नेताहरुले आलोचना गर्दै आईरहेका थिए ।...