नेपालमा मृत्यु संक्रमित र निको भएको संख्या
पूर्णपुष्टि, जेष्ठ, ८
नेपालमा पनि कोरोनाले २ जनाको ज्यान लिसकेको छ । विश्वभर फैलिएको कोरोना सँग नेपाल पनि अहिले युद्ध गरिरहेको छ । विश्वको अन्य देशमा हाहाकारकै बेला नेपालमा पनि यसको सतर्कता अपनाउन सुरु भएको थियो ।
यसको सतर्कताका लागि नेपालले केहि ढिला कदम चालेको पनि टिप्पणीहरु आउँछ । अन्य देशहरुमा धमाधम संक्रमण र मुत्युहरु बढ्दो अवस्थामा रहँदा नेपालमा यसको त्रास र जोखिम उच्च अवस्थामा पुगिसकेको थियो ।
संक्रमण नभएको अवस्थामै पनि नेपालमा ठुलो त्रास फैलिनुका साथै उच्च सतर्कताको लागि तयारीमा जुट्दा जुट्दै संक्रमणको अवस्थालाई नेपालले बहोर्नु पर्यो र संक्रमण रोक्न खोज्दा खोज्दै पनि यसको गति भने अझै तिव्र हुन पुग्यो हाल संक्रमित संख्या नेपालमा पनि ४ सय ४४ पुगेको छ ।
संक्रमण गति सँगै मृत्युलाई रोक्ने प्रयासमा रहेको नेपालले अहिले मृत्युको अवस्थालाई पनि बेहोरि सकेको अवस्था छ । अब नेपालको...








