Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

थप ४ जना कोरोना संक्रमित उपचारपछि निको भए

थप ४ जना कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ८ गते । नेपालमा थप ४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । टेकुमा उपचाररत ४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपचारपछि निको भएर घर फर्कनेमा २३, २५ वर्षीया महिला र २७, ३७ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा उपचारपछि निको हुनेको संख्या ४९ पुगेको हो । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ भने ३ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ ।...
थप १ जना कोरोना संक्रमितको मृत्यु

थप १ जना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ८ गते । गुल्मीको एक कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ । रुपन्देहीको मणिग्राममा उपचाररत गुल्मीका कोरोना संक्रमित विहान मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका गुल्मीको मदाने गाउँपालिकाको ४१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । टाइफाइड कमलपित्त र मिर्गाैला रोगबाट ग्रस्त थियो । गत जेठ १ गते अस्पताल भर्ना भएका उनको २ गते स्वाब परीक्षणपछि कोरोना पुष्टि भएको थियो ।  ...
थप ९ जनामा कोरोना संक्रमण पुष्टि

थप ९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ८ गते । नेपालमा थप ९ जना कोरोना संक्रमण पुष्टि भएको छ । झापामा ८ जना र रुपन्देहीमा १ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापाको १७, १८, १८, २०,२०, २३, ५२ र ५५ वर्षीय पुरुष र रुपन्देहीका २७ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । उक्त संक्रमित मध्ये ४९ जना उपचारपछि निको भएका छन् भने ३ जनाको मृत्यु भईसकेको मन्त्रालले जनाएको छ । नेपालको ३८ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।...
भारतले मिचेको नेपाली भु–भाग फिर्ता गर्न कलाकारहरु जुर्मुराए

भारतले मिचेको नेपाली भु–भाग फिर्ता गर्न कलाकारहरु जुर्मुराए

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, जेठ ८ गते । भारतले मिचेको नेपाली भु–भाग फिर्ता ल्याउन कलाकारहरु जुर्मुराएका छन् । कलाकारहरु नेपाली भु–भाग फिर्ता ल्याउनुपर्छ भन्दै गीत मार्फत जुर्मुराएका हुन् । चर्चित कलाकार बिक्रम शाह, अमृत खाती, राजा राजेन्द्र पोखरेल, गायिकाहरु सिर्जु अधिकारी, अनु अधिकारी लगायतले “हाम्रो माटो“ बोलको गीत सार्वजनिक गर्दै भारतले मिचेको नेपाली भु–भाग फिर्ता गर्न आम नेपालीलाई एक हुन आग्रह गरेका छन् । कालाकारहरुले कोरोना भाईरस (कोभिड–१९) संक्रमणको त्रासपूर्ण समयमा भारतले मिचेको नेपाली भुमी फिर्ता ल्याउन  “हाम्रो माटो” बोलको देश भक्ति भावको गीत सार्बजनिक गरेको छ । यस्तो महामारीको बेलामा समेत भारतले नेपाली भुमि मिच्दै भारतले सडक निर्माण गरे नेपाली माथि गरेको प्रहारलाई गीत मार्फत पोखिएको छ । गीत मार्फत भारतलाई केहि दबाब दिदै नेपालीहरुलाई आफ्नो भु–भाग फिर्ता गर्न आग्रह स्वरुप गीत निर्माण ...
साइप्रसबाट नेपाल आएकाहरु लकडाउन खुलेपछि फर्कन पाउने

साइप्रसबाट नेपाल आएकाहरु लकडाउन खुलेपछि फर्कन पाउने

समाचार, संसार
पूर्णपुष्टि, जेठ ८ गते ।  साइप्रसबाट बिदामा नेपाल आएरका तर लकडाउनले फर्कन नपाएकाहरुले कुनै औपचारिक प्रक्रिया नगरि कनै लकडाउन खुलेपछि साईप्रस फर्कन पाउने भएका छन् । मार्च १५ भन्दा पछि साईप्रसको भिसा सकिएका तर अन्तर्राष्ट्रिय उडान र लकडाउनले फर्कन नपाएकाहरुलाई साइप्रस सरकारले सहजै फर्कन दिने भएको हो । यो अवधिमा म्याद सकिएका भिसाहरु स्वतः नवीकरण हुनेछन् ।...
घुस दिन खोजेको अभियोगमा जलस्रोतका कर्मचारी पक्राउ

घुस दिन खोजेको अभियोगमा जलस्रोतका कर्मचारी पक्राउ

समाचार
पूर्णपुष्टि, जेठ ८ गते ।  १ न. प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस दिन खोजेको अभियोगमा जलस्रोतका हाकिम पक्राउ परेको छ । मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रुपैयाँ घुस दिन खोजेको अभियोग जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । डिभिजन प्रमुख झाले १० हजार रुपैयाँ रकम खाममा राखेर आफ्नो कार्यकक्षको टेबलको घर्रामा राखिदिएको र त्यसबारे सोध्दा झाले केही नभनेको पौडेलले भनेका छन् । १० हजार रुपैया खाममा राखेर पौडेलको टेबलमा राखिदिएको तर पौडेलले अस्वीकार गरेको झाले स्विकारेका छन् । घटनापछि शाखा अधिकृत पौडेलले भ्रष्टाचारजन्य कसुरमा सजाय गराइपाऊँ भनी निवेदन दिएको थियो । घटनाको सामान्य जानकारीपछि १ न. प्रदेशका मुख्य...
भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टरको पराकम्प

भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टरको पराकम्प

समाचार
पूर्णपुष्टि, जेठ ८ गते ।  विहान भक्तपुर केन्द्रविन्दु बनाएर ३.४ रेक्टर स्केलको पराकम्प गरएको छ । बिहान करिब सवा ८ बजे अनन्तलिंगेश्वर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।...
नदीले बगाएर १ जनाको मृत्यु

नदीले बगाएर १ जनाको मृत्यु

समाचार
भोजपुर, जेष्ठ ८ गते । भोजपुरको आमचोक गाउँपालिका–९ माझखानी निबासी २१ बर्षीय अशोक श्रेष्ठको दुधकोशी नदीले बगाएर मृत्यु भएको छ । दुधकोशी नदीमा बुधवार बिहान ११ बजे पौडी खेल्न गएका श्रेष्ठ साँझ साढे ५ बजे गोजेपाथर बगरमा मृत फेला परेको भनी स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी बालाङखाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
थप १७ जनामा कोरोना संक्रमण पुष्टि

थप १७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ८ गते ।  आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापा कचनकवल गाउँपालिका–३, ६ र ८ का १८, १८, १९, १९, २२, २३, २३, २५, २६,२६, २८, ३०, ३२, ३७ र ४६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै धनकुटाका ३४ वर्षीय पुरुष र सुनसरी धरानका ५१ वर्षीया महिलामा  संक्रमण देखिएको  मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । अहिलेसम्म ४५ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भईसकेको छ ।...
नयाँ नक्सा बारे भारतको आपत्ति

नयाँ नक्सा बारे भारतको आपत्ति

समाचार
पूर्णपुष्टि, जेष्ठ, ८ नेपालले सार्वजानिक गरेको नयाँ नक्साबारे छिमेकी राष्ट्र भारतले आपत्ति जनाएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालले बुधबार जारी गरेको नयाँ नक्साप्रति छिमेकीले यस्तो प्रतिक्रिया दिएको हो । ’नेपालको यो एक पक्षीय कदम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको प्रतिक्रिया सहित आपत्ति जनाएको हो । भारतले दुई देशबीचको सीमा विवाद वार्ताका माध्यमबाट समाधान गर्ने समझदारीको विरूद्ध रहेको आरोप नेपाललाई लगाएको छ ,’ बनावटी रूपमा गरिएको भू(भाग बढोत्तरीको दाबी भारतलाई मान्य नभएको पनि भारतले बताएका छन् ।’बुधबार नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नक्सामा भारतीय भूमि समेटिएको दाबी गरेका छन् । उनले नेपाल यो विषयमा भारतले निरन्तर रूपमा राखिरहेको अडानबारे जानकार भएकाले नेपाल सरकारलाई अनुचित रूपमा ...