Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

काेराेना जाेखिममा प्रेस संगठन उदयपुरले गरयाे जिल्लाका ३४ पत्रकारकाे विमा

काेराेना जाेखिममा प्रेस संगठन उदयपुरले गरयाे जिल्लाका ३४ पत्रकारकाे विमा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ९ । काेराेना (काेभिड १९) काे उच्चजाेखिममा रहेका पत्रकारहरुकाे स्वास्थ्य सुरक्षामा सरकार गम्भिर नदेखिएकाे अबस्थामा प्रेस संगठन नेपाल, उदयपुरले जिल्लामा सक्रिय संगठन अन्तरगतका पत्रकारहरुकाे विमा गरेकाे छ । संगठनले जिल्लाका ३४ जना संगठन अन्तरगतका पत्रकारहरुकाे अाई एम ई जेनेरल ईन्स्याेरेन्समा विमा गरेकाे हाे । नेपालकाे पहिलाे काेराेना इपिसेन्टर उदयपुरमा खटिएका पत्रकारहरुकाे उच्चजाेखिमलाई मध्यनजर गर्दै संगठनले विमा गरेकाे जिल्ला संयाेजक गणेश उप्रेतीले बताउनुभयाे । काेराेना भाईरसकाे संक्रमणकाे जाेखिमलाई मध्यनजर गर्दै संगठनले म्यादि विमा गरेकाे जनाएकाे छ । एक वर्षे अवधिमा विमित पत्रकारलाई संक्रमण पुष्टि भएमा विमा कम्पनिले एकलाख दिने जनाईएकाे छ । विमा गर्ने कार्यमा संगठन अन्तरगत जिल्लामा रहेका केन्द्रिय, प्रदेश सदस्यदेखि जिल्लाका सदस्यहरु समेटिएका छन् ।...
थप २१ जना कोरोना संक्रमित उपचारपछि निको भए

थप २१ जना कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ९ गते ।  आज थप २१ जना नेपालगञ्जका कोरोना संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका छन् । बाँकेको खजुरामा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत १२ पुरुष र ९ जना महिला उपचारपछि निको भएर घर फिर्किएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमण उपचारपछि निको हुने ७० पुगेको छ । नेपालगञ्ज उपमहानगरपालिका– ७ मा पहिलो संक्रमण फेला परेको ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २१ जनालाई कोरोना संक्रमित उपचारपछि निको भएपछि घर पठाइएको भेरी अस्पतालले जनाएको छ । अहिले अस्पतालमा बाँकी ६ जनाको उपचार भइरहेको जनाईएको छ ।...
अम्पुन आँधीले भारत र बंगलादेशमा ८४ जनाको मृत्यु

अम्पुन आँधीले भारत र बंगलादेशमा ८४ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, जेठ ९ गते । शक्तिशाली अम्पुनको कारण भारत र बंगलादेशमा आएको  बाढी र पहिरोबाट ८४ जनाको मृत्यु भएको छ । अम्पुन आँधीसँगै परेको वर्षाको कारण ८४ जनाको मृत्यु भएको संचारमाध्यमहरुले जनाएको छ । आँधीसँगै परेको वर्षाले गर्दा हजारौं रुख ढलेको छ भने विद्यतु र टेलिफोन सेवा अवरुद्ध भएको छ । भारतको कोलकोत्तामा मात्रै एक करोड ४० लाख मानिसमा विद्युत आपूर्ति रोकिएको जईएको छ । बंगालको खाडीबाट आएको यो चक्रवात सन् १९९९ यताकै शक्तिशाली मानिएको छ । अहिले अम्पुनको प्रभाव विस्तारै कम हुँदै गएको जनाईएको छ ।...
श्रीमानलाई खुकुरी प्रहार गर्ने श्रीमती पक्राउ

श्रीमानलाई खुकुरी प्रहार गर्ने श्रीमती पक्राउ

समाचार
सोलु, जेठ ९ गते । सोलुखुम्बु सोताङमा श्रीमानलाई खुकुरी प्रहार गर्ने श्रीमति पक्राउ परेको छ । आफ्नै श्रीमानलाई खुकुरी प्रहार गर्ने सोताङ निबासी ४६ बर्षीया परीमाया राईले पक्राउ परेको हो । घरमा बसिरहेका ४५ बर्षीय प्रतापसिंह राईलाई हिजो दिउसो साढे ३ बजे परीमायाले टाउँकोमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाईते भएका प्रतापको स्थानीय प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ । मादक पदार्थ  सेवन गरी घरमा आएकी परीमायाले एक्कासी श्रीमानालाई खुकुरी प्रहार गरी फरार भएकी थिईन । प्रहरीमा खबर हुन साथ तत्काल ईलाका प्रहरी कार्यालय सोताङबाट खटेका प्रहरी टोलीले परीमायालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।...
त्रियुगा नगर क्षेत्रका बैँकहरुको संचालन तालिका सार्वजनिक, दैनिक कम्तिमा पाँचवटा संचालन हुने

त्रियुगा नगर क्षेत्रका बैँकहरुको संचालन तालिका सार्वजनिक, दैनिक कम्तिमा पाँचवटा संचालन हुने

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ ९ गते ।  त्रियुगा नगरपाकिला क्षेत्रमा रहेका २० वटा बैँक तथा वित्तिय सस्थाहरुको शाखा संचालन समय तोकिएको छ । बैँक तथा वितिय संस्थाहरुको समन्वयमा त्रियुगा नगरपालिकाले आज सुचना सार्वजनिक गर्दै संचालन समय तोकेको हो । शनिबार बाहेका सवै बार कम्तिमा पाँच वटा बैँक, विहान १० बेजेदेखि दिउँसो १ बजेसम्म खुल्ने गरी समय तालिका सार्वजनिक गरिएको राष्ट्रिय बाणिज्य बैँक शाखा गाईघाटका प्रबन्धक शिव पौडेलले जानकारी दिनु भयो । पौडेलका अनुसार, नेपाल सरकार तथा विश्व स्वस्थ्य संगठनले सुझाएका सर्तकतासहित सेवा प्रदान गर्ने गरी वैँकहरुको संचालन समय तोकिएको हो । सर्वासाधरणका सेवाको हितलाई ध्यानमा राखी त्रियुगा नगर क्षेत्रमा रहेका बैँक तथा वित्तिय क्षेत्रहरुसँगको समन्वयमा नगरपालिकाले समय तालिका तोकेर आज सार्वजनिक गरेको मेयर बलदेव चौधरीले बताउनुभयो । समय तालिका नतोकिदा सर्वसाधरणहरु अनावश्यक द...
भिरबाट लडेर शेर्पाको मृत्यु

भिरबाट लडेर शेर्पाको मृत्यु

समाचार
ओखलढुंगा,जेठ ९ गते । ओखलढुंगामा भिरबाट लडेर पासाङ फुरी शेर्पाको मृत्यु भएको छ । च्याउ खोज्न गएका  सिद्धिचरण–७  दोल्पु बस्ने ४५ बर्षीय शेर्पाको लडेर मृत्यु भएको हो । घरबाट हिजो दिउँसो ५ बजे जंगलमा च्याउ खोज्न गएका शेर्पा खर पाखाबाट लडेर घटनास्थलमै  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । च्याउन खोज्न गएका शेर्पा अबेर सम्म पनी घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारी प्रहरीमा खबर गरेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
नेपालमा संक्रमित ४ सय ८७ पुग्याे

नेपालमा संक्रमित ४ सय ८७ पुग्याे

समाचार
पूर्णपुष्टि, जेठ ९ । नेपालमा शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितकाे संख्या ४ सय ८७ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार नेपालमा संक्रमितकाे संख्या ४ सय ८७ पुगेकाे हाे । नेपालमा दिनप्रतिदिन संक्रमितकाे  संख्या तिब्ररुपले बढ्दै गएकाे छ । पछिल्लाे समय सर्लाहिमा संक्रमितकाे संख्या बढेकाे बुझिएकाे छ ।...
नेरुडे उपशाखाद्वारा कोरोना जोखिम व्यवस्थापन कोषलाई सहयोग

नेरुडे उपशाखाद्वारा कोरोना जोखिम व्यवस्थापन कोषलाई सहयोग

समाचार
पूर्णपुष्टि, जेठ ८ । नेरूडे लघूबित्त बित्तीय संस्था लिमिटेड उपशाखा कार्यालय गाइघाटले आज त्रियुगा नगरपालिकालाई कोरोना ९कोभिड १९० जोखिम व्यवस्थापन कोषका लागि सहयोग रकम प्रदान गरेको छ । संस्थाले उपशाखाको तर्फबाट १० हजार रुपैया सहयोग प्रदान गरेको हो । उपशाखाका प्रवन्धक इश्वरी प्रसाद दाहालले मेयर बलदेव चौधरीलाई सो रकम वरावरको चेक हस्तान्तरण गर्नुभयो । प्रवन्धक दाहालका अनुसार सो वित्तिय संस्थाले देशैभर उपशाखा रहेको गाउपालिका वा नगरपालिकालाई १० हजारको दरले सहयोग प्रदान गरेको छ भने केन्द्रिय कोषमा पाँच लाख रुपैया जम्मा गरिसकेको छ ।...
लागुऔषधसहित २ जना पक्राउ

लागुऔषधसहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेठ ८ गते । उदयपुरको बेलकाबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । बेलका नगरपालिका–२ बानडाँडाबाट लागुऔषधसहित विष्णु भन्ने मातृका सापकोटा लागुऔषधसहित पक्राउ परेको हो । भागलपुरबाट रामपुर तर्फ आउँदै गरेको प्र १ –०२–०४१ प ११८ नम्बरको मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय रामपुरबाट खटेका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लुपिजेसिक ६ एम्पुल, फेनागन ६ एम्पुल, डाजेल्याब ४ एम्पुल, डाजेल्याब २ (फुटेको) एम्पुल र १० ग्राम गाँजा फेला बरामद गरेको प्रहरीले जनाएको छ । सोही मोटरसाईकालमा सवार बेनपा–९ निबासी २३ वर्षीय सापकोटा र उक्त स्थान निबासी २५ वर्षीय सविन खड्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले प्रयोग गरको मोटरसाईकल पनि नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
एक नेपालीलाई कतारमा मृत्युदण्डको सजाए

एक नेपालीलाई कतारमा मृत्युदण्डको सजाए

समाचार
 पूर्णपुष्टि,जेष्ठ, ८ कतारमा एक जना नेपालीलाई मृत्युदण्ड दिइएको छ । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गर्दै महोत्तरीका अनिल चौधरीलाई मृत्युदण्डको सजाए दिइएकको हो । चौधरीले कतारी नागरिक अल नुएमीलाई खुकुरी प्रहार गरी हत्या गरिएको आरोपमा मृत्युदण्डको सजाए दिइएको जनाइएको छ । उनले नुएमीमाथि दर्जनौं पटक खुकुरी प्रहार गरेको अदालतको फैसलामा उल्लेख छ । हत्या गरेको अभियोगमा उनलाई सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए । तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो । उनलाई माफी दिनको लागि पीडित परिवारले अस्वीकार गरेको थियो । मृत्युदण्डको कार्यान्वयन गर्नु एकदिन अगाडि मात्रै कतारले नेपाली दूतावासलाई यसबारे जानकारी दिइएको थियो । सूचना पाएलगत्तै दूतावासले परराष्ट्र मन्त्रालयलाई मृत्युदण्...