Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

पश्चिमी वायुको प्रभावले धेरै ठाउँमा पानी पर्ने सम्भावना

पश्चिमी वायुको प्रभावले धेरै ठाउँमा पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, जेठ १० गते । आज देशको धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी बायुको प्रभाले गर्दा देशको धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले पश्चिम र पूर्वका केही ठाउँको मौसम सामान्य बदली भएको महाशाखाले जनाएको छ । विशेषगरी पूर्व र पश्चिमका क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने महाशाखाले जनाएको छ । अहिले चक्रवातको प्रभाव नेपालबाट हटिसकेको छ । तर पश्चिमी वायुको प्रभाव बढेकाले देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने जनाएको छ ।...
विश्वमा ५३ लाखभन्दा बढी कोरोना संक्रमित

विश्वमा ५३ लाखभन्दा बढी कोरोना संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १० गते ।  विश्वको विभिन्न देशमा ५३ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ५३ लाख ३ हजार ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ । उक्त संक्रमतिमध्ये अहिलेसम्म साढे २१ लाखभन्दा बढी उपचार पछि निको भएका छन् भने ३ लाख ३९  हजार ९ सय ९२ जनाको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी १६ लाख ४५ हजारभन्दा धेरैमा कोरोनाको संक्रमण पुष्टि भएको मध्ये ९७ हजारभन्दा बढीको मृत्यु भएको छ ।...
थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १० गते ।  आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा  संक्रमित पुष्टि भएकको हो । संक्रमितहरुमा कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षका पुरुष र २७ वर्षकी महिला, सर्लाहीको गोडैता, कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षका पुरुष रहेका छन् । त्यस्तै  बारको करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिला, काठमाण्डौका ३५ वर्षीय पुरुष, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षका पुरुष र चितवनको भरपुर–६ का ५२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रनलयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको छ भने ७० जन...
नाैजना थपियाे, नेपालमा काेराेना संक्रमित ५ सय १६ पुग्याे

नाैजना थपियाे, नेपालमा काेराेना संक्रमित ५ सय १६ पुग्याे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ९ । अाज राति थप ९ जनामा काेराेना पुष्टि भएसंगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५ सय १६ पुगेकाे छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मञ्त्रालयका अनुसार बारामा ६ पुरुष, सप्तरिमा १ पुरुष, भक्तपुर र मकवानवुरमा एक/एक महिलामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । हाल उनिहरुकाे स्वास्थ्य अबस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ ।...
जहाज दुर्घटनामा ९० जना यात्रुको मृत्यु

जहाज दुर्घटनामा ९० जना यात्रुको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, जेठ ९ गते । पाकिस्तानमा जहाज दुघर्टना हुदा ९० जना यात्रुको मृत्यु भएको छ । लाहोरबाट कराँचीका लागि उडेको पाकिस्तान इन्टरनेशनल एअरलाइन्स पीआईएको जहाज कराँची विमानस्थल नजिकै दुघर्टना हुदा ९० जना यात्रुको मृत्यु भएको हो । अहिले उद्धार सुरु भइसकेको संचामाध्यमहरुले जनाएको छ । विस्तृत रुपमा जानकारी नआई सकेको जनाईएको छ ।...
बालिका जबरजस्ती करणी गर्न खोज्ने १ युवा पक्राउ

बालिका जबरजस्ती करणी गर्न खोज्ने १ युवा पक्राउ

समाचार
पूर्णपुष्टि,  जेठ ९ गते । लिम्चुङ्बुङको बालिकालाई जबर जस्ति करणी गर्न खोज्ने एक युवा पक्राउ परेको छ । लिम्चुङ्बुङ गाउँपालिका–२ का १३ वर्षीया बालिकालाई गत बैशाख ३१ गते जंगलमा बाख्रा चराउन गएको मौका छोपी जबरजस्ति करणी गर्न खोज्ने स्थानीय १८ वर्षीय अभिषेक खत्री पक्राउ परेको प्रहरीले जनाएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा खत्रीले जबरजस्ती करणी गर्न खोजेको भन्दै पिडितको अभिभावकले जहेरी दिएपछि तत्काल प्रहरी टोली खटी गई उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । खत्रीलाइ जिप्रकामा ल्याई आवश्यक थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।...
थप २० जनामा कोरोना संक्रमण पुष्टि

थप २० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ९ गते । आजको पछिल्लो परिक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशीक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २० जनाको परिक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । कैलालीको सरस्वती मावि क्वारेन्टाईमा रहेका १९, २३ र २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै  डढेलधुरा पर्शुराम–१० का २८ वर्षीय पुरुष, बैतडी शिवनाथ–१ का २२ वर्षीय पुरुष, मोरङ रतुवामाईका ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । बाँकेको १४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये राप्तीसोनारीका १८ वर्षीय पुरुष र बाँकी १३ जना नरैनपुरकाको १ देखि ६१ वर्ष उमेर समुहको पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ भने निको हुनेको संख्या ७० पुगेको छ । अहिलेसम्म नेपालमा क...
हेल्प डेक्सद्वारा अवैध मदिरा नियन्त्रण

हेल्प डेक्सद्वारा अवैध मदिरा नियन्त्रण

समाचार
पूर्णपुष्टि, जेठ ९ गते । त्रियुगा नगरपालिका–६ माटिखोप सुनौलो टोल बोजेको हेल्प डेक्सले अवैध घरेलु मदिरासहित एक महिलालाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ । लकडाउनको बेला अनावश्यक आवतजावत रोक्न र स्वास्थ्य काउन्सिलिङ गर्ने क्रममा मदिरा सहित स्थानीय दलमाया जोगीलाई प्रहरीको जिम्मा लगाएको हो । गत बैशाख ६ गतेदेखि नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजनामा स्थानीय युवाहरुको समन्वयमा हेल्प डेक्स संचालन भएको हो । हेल्प डेक्सले स्वास्थ्य सम्बन्धि काउन्सिलिङ र अनावश्यक आवतजावतको मात्रै काम नगरी लकडाउनको समयमा धुम्रपान तथा मादक पदार्थ सेवन गरी गाउँमा हो हल्ला गर्ने ९ जनालाई यस अघि पनि नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाई सकेको नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले जानकारी दिनुभयो । हिजो जलजलेबाट गाउँ लैजादै गरेको १० लिटर मादिरासहित स्थानीय जोगीला...
सरकारले ५७ अर्व ऋण ति¥यो

सरकारले ५७ अर्व ऋण ति¥यो

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ ९ गते ।  चालु आर्थिक वर्षको पहिलो ९ महिनामा नेपाल सरकारले करिब ५७ अर्ब रुपैयाँ ऋण तिरेको छ । ९ महिनामा आन्तरिक ऋणतर्फ २६ अर्ब ५५ करोड रुपैयाँ साँवा र १४ अर्ब ४९ करोड ब्याज गरी ४१ अर्ब चार करोड रुपैयाँ भुक्तानी गरेको अर्थ मन्त्रालयले जनाएको छ । त्यस्तै बाह्य ऋणतर्फ साँवा १२ अर्ब ९८ करोड रुपैयाँ र ब्याज २ अर्ब ८० करोड गरी १५ अर्ब ७८ करोड रुपैयाँ  भुक्तानी गरेको मन्त्रालयले जनाएको छ । योसँगै नौ महिनामा सरकारले ५६ अर्ब ८२ करोड रुपैयाँ ऋण तिरेको हो । अव कुल ऋण ११ खर्ब ९५ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यसमध्ये आन्तरिक ऋण ४ खर्ब ८१ अर्ब ५२ करोड रुपैयाँ र वैदेशिक ऋण ७ खर्ब १४ अर्ब सात करोड रुपैयाँ रहेको छ ।...
संविधान संशोधन गर्न प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय

संविधान संशोधन गर्न प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय

समाचार
पूर्णपुष्टि, जेठ ९ गते । नेपालको संविधान संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्ने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको हो । भर्खरै सरकारले सार्वजनिक गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेको नेपालका नयाँ नक्सा अनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छापसम्बन्धी व्यवस्था संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो । गत सोमबार मन्त्रिपरिषदबाट पारित भएको नयाँ नक्सा गत बुधबार सार्वजनिक गरिएको थियो ।...