कोरोना स्कोरमा ‘उदयपुर’ पहिलोदेखि छैटौँ स्थानसम्म
भोेटराज राई
जेठ १० गते ।
गत बैशाख ५गते १ न. प्रदेशकै पहिलो घटनाको रुपमा कोरोना संक्रमित उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा देशकै सवै भन्दा ठूलो संख्यामा १२ जना पुष्टि हुदा देशभरको संख्या ३० थियो ।
२०७६ माघ १० गते कोरियाबाट आएका एक नागरिकमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको नेपालमा कोरोना संक्रमितको संख्या आज ६ सय पुग्न ९ अंक मात्र बाँकी छ । देशमा बैशाख महिनाको तेस्रो हप्तादेखि तिब्र रुपमा बृद्धि देखिएको छ । बैशाख २१ गते नेपालमा संक्रमितको संख्या ७५ मात्रै थियो । १७ दिनकै अन्तरालमा ५ सय बढी संख्या थपिएको देखिन्छ । यस हिसावले दिन दुई गुणा रात चौगुणा संक्रमित थपिएको अवस्था छ । लामो समय संक्रमितको संख्या स्थिर देखिएर पछिल्लो समय तिब्र देखिनुमा विगतमा परिक्षणको दायरा अगाडी नबढाउनु प्रमुख कम्जोरी देखिएको छ ।
पछिल्लो समय स्वास्थ्य सामाग्रीहरुको उपलब्धताका साथै परिक्षणका दायरा बढ...









