Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

चीनबाट काठमाडौंसम्मको कार्गो सेवा सुरु

चीनबाट काठमाडौंसम्मको कार्गो सेवा सुरु

समाचार
पूर्णपुष्टि, जेठ ११ गते ।  चीनबाट नेपालको राजधानी काठमाण्डौँसम्म कार्गो सेवा सुरु भएको छ । उत्तरपश्चिम प्रान्त शाङ्सीको राजधानी सहरबाट नेपालका लागि कार्गो सेवा सुरु भएको हो । शुक्रबार सियानबाट पीभीसी पाइप, ग्राउटिङ पाइप, कपडा, जुत्ता र प्रिन्टरहरू बोकेको कार्गो सहितको रेल तिब्बत स्वायत्त प्रान्तको सिगात्से प्रस्थान गरेको छ । सिगात्सेबाट कार्गोका सामानहरू ट्रकमा हालेर काठमाण्डौं ल्याइने द चाइना रेलवे सियान ग्रुप कम्पनी लिमिटेडले जनाएको छ । यस रेल शाङसीबाट नेपालमात्र नभई समग्र दक्षिण एसियाको लागि नै पहिलो सडक रेल कार्गो ट्रान्सपोर्ट सेवा हो । रेल सेवा सञ्चालन र संयोजन द चाइना रेल–वे सियान ग्रुप कम्पनी लिमिटेड र चाइना रेल–वे कन्टेनर ट्रान्सपोर्ट कम्पनी लिमिटेडले संयुक्त रुपमा गरेको छ । यो कार्गो काठमाण्डौं आइपुग्न ८ दिन लाग्ने छ । अहिले पनि सिगात्सेसम्म नेपालका लागि चीनका अन्य केह...
अस्पतालको झ्याल फोडेर कोरोना संक्रमित फरार

अस्पतालको झ्याल फोडेर कोरोना संक्रमित फरार

समाचार
पूर्णपुष्टि, जेष्ठ, ११ जनकपुर अस्पतालबाट एक जना कोरोना संक्रमित झ्याल फोडेर फरार भएका छन् ।  प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनबाट आइतबार ४० बर्षिय कोरोना संक्रमित फरार भएको हो । संक्रमित अस्पतालबाट भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ । आइसोलेसन कक्षबाट भागेका संक्रमित सर्लाहीका पुरुष हुन् । उनको खोजी कार्य भइरहेको २ नं प्रदेश प्रहरीले जनाएको छ । ’संक्रमितको मानसिक स्थिति ठिक नभएकाले उनले पटक(पटक भाग्ने प्रयास गरिरहेको अस्पतालले जनाएको छ । यही क्रममा शनिबार मात्रै उनले अस्पतालको सीसीटीभी क्यामेरा नै फुटाएका थिए । आज बिहान भने उनी झ्याल फोडेरै भागेका भागेको अस्पतालले बताए । अस्पतालका अनुसार यसअघि पनि उनले पटक(पटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेका थिए ।...
कुवेतमा ३ महिना भिसाको म्याद थप्न सकिने

कुवेतमा ३ महिना भिसाको म्याद थप्न सकिने

समाचार, संसार
पूर्णपुष्टि, जेठ ११ गते ।  कुवेतमा थप तीन महिना अस्थायी आवासीय भिसाको म्याद बढाउन सकिने भएको छ । मे ३१ तारिखसम्म अस्थायी आवासीय भिसाको म्याद भएका नेपालीसहित विदेशी नागरिकले  आफ्नो स्पोन्सरमार्फत तीन कुवेती दिनार शुल्क तिरेर भिसाको म्याद थप गर्न सकिने जनाईएको छ । यस भन्दा पहिले कुवेत भित्र रहेका र फेब्रअरी २९ सम्म आवासीय भिसा सकिएकाहरुको मे ३१ अर्थात तीन महिनाको लागि भिसाको म्याद स्वतः थप हुने निर्णय भएको थियो । मे ३१ मा यो समय सकिने भएकाले अब ३ कुवेती दिनार शुल्क तिरेर भिसाको म्याद थप्न सकिने भएको हो । कुवेतमा रहेको नेपाली दूतावासका अनुसार म्याद थप गर्नको लागि आफ्नो स्पोन्सर (रोजगारदाता) सँग सम्पर्क गर्ने र https://eres.moi.gov.kw/individual/ar/auth/login  यस वेबसाइटमा गइ  रजिष्टर नगरेका स्पोन्सरले रजिष्टर गर्नुपर्ने हुन्छ । पहिले रजिष्टर भइसकेका स्पोन्सरले लगइन मात्र गरे पुग्छ । ...
प्रहरी बिटमा सुतेको असई मृत फेला

प्रहरी बिटमा सुतेको असई मृत फेला

समाचार
पूर्णपुष्टि, जेठ ११ गते ।  काठमाण्डौको एक प्रहरी विटमा कर्यारत प्रहरी निरिक्षक (असई) मृत फेला परेको छ । प्रहरी बिट, स्वयम्भूमा कार्यरत असई विष्णु कार्कीको शव कन्चटमा गोली लागेको अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्तले जनाएको छ । कार्की प्रहरी बिटमै सुत्ने गरेको र गोली लागेर ज्यान गएको अवस्थामा आज बिहान उनलाई भेटिएको प्रहरीले जनाएको छ ।...
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, जेठ ११ गते ।  काठमाण्डौको टोखामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा टोखा नगरपालिका–१ झोरका २४ वर्षीय मनोज दुलाल र २० वर्षीय पासाङ तामाङको मृत्यु भएको हो भने तीन जना घाइते भएका छन् । टोखाको पन्चेटारमा एकआपसमा दुई वटा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बा ९१ प ११८८ र बा ८५ प ५६६ नम्बरको मोटरसाइकल ठोक्किएर उछिट्टिदा प्रदेश ३ ०२ ००१ प २२०० नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको ग्रीनसिटी अस्पताल टोखामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।...
कतारमा करिब ७ हजार नेपाली संक्रमित

कतारमा करिब ७ हजार नेपाली संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ११ गते ।  कोरोना भाईरसबाट कतारमा करिब ७ हजार नेपाली संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकले कतारमा मात्रै ६ हजार ९ सय ११ जना नेपाली संक्रमित भएको देखाएको हो । अघिल्लो हप्ता २ हजार ५ सय नेपाली संक्रमित भएकोमा कतारमा थप ४४ सय ११ जनामा संक्रमण देखिएको एनआरएनएको स्वास्थ्य समितिको तथ्याङ्कले देखाएको छ । त्यस्तै नेपालीका मुख्य श्रम गन्तव्यमध्येका अर्को देश यूएईमा ५ सय नेपाली संक्रमित भएका छन् । यस्तै साउदीमा १३ सय ६४, बहराइनमा ३ सय ३१, कुवेतमा ८४, मलेसियामा ५५ जना नेपालीमा संक्रमण देखिएको तथ्याङ्कले देखाएको छ । अहिलेसम्म यूएईमा कोरोनाको कारण १८ नजा नेपालीको मृत्यु भएको छ । यस्तै साउदीमा ७, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको मृत्यु भएको समितिले जनाएको छ ।...
गाउँलेको कुटाइबाट विकको मृत्यु

गाउँलेको कुटाइबाट विकको मृत्यु

समाचार
पूर्णपुष्टि, जेठ ११ गते ।  रुकुमपश्चिम चौरजहारीमा गाउँलेको कुटाईबाट नवराज विकको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–८ सोतीमा गाउँलेहरुको कुटाइबाट जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको हो । मृतक विकसँगै गएका ६ जना युवा अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । १२ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक विक र सोतीकी एक युवतीबीच प्रेम रहेको थियो । उनी प्रेमिकाको आग्रहमा नवराजले १९ जना युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए । केटाहरु आएको जनाकारी युवतीकी आमाले थाहा पाएर गाउँमा हल्ला गरेपछि गाउँहरुले युवालाई कुटपिट गर्दा विकको मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँहरुले लखेट्दा अन्य ६ युवा बेपत्ता रहेको प्रहरीले जनाएको छ । विकसँग प्रेम रहेको थाहा पाएपछि युवतीका आफन्तले विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको थियो । ...
विश्वमा कोरोना संक्रमितको ५४ लाख भन्दा बढी

विश्वमा कोरोना संक्रमितको ५४ लाख भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ११ गते ।  विश्वका विभिन्न देशमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमित ५४ लाख नाघेको छ । अहिलेसम्म विश्वमा ५४ लाख ४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएईसकेको छ । उक्त संक्रमितमध्ये २२ लाख ४७ हजार २ सय ३४ जना उपचारपछि निको भएको वल्डओमिटरले जनाएको छ । अहिलेसम्म संक्रमणका कारण ३ लाख ४३ हजारभन्दा बढी मृत्यु भएको जनाईएको छ । अमेरिकामा मात्रै १६ लाख ६६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने साढे ९८ हजार भन्दा बढीको मृत्यु भईसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा साढे  ६ हजारभन्दा बढी थप नयाँ कोरोना संक्रमित थपिएसँगै १ लाख ३१ हजार ४ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म भारतमा ३ हजार ८ सय ६८ जनाको मृत्यु भईसकेको छ ।...
जंगली च्याउ खाँदा १ जेष्ठनागरिक बिरामी

जंगली च्याउ खाँदा १ जेष्ठनागरिक बिरामी

समाचार
संखुवासभा, जेष्ठ ११ गते । संखुवासभाको खाँदवारीमा जंगली च्याउ खाँदा एक जेष्ठनागरिक विरामी परेको छ । खाँदबारी नगरपालिका–२ खोरियाटोल निबासी ७२ बर्षीया निरमया विक जंगली च्याउ खाएर बिरामी भएकी हुन्् । आफ्नै बारीमा उम्रिएको च्याउ शनिवार दिउँसो पकाएर  खाँदा जेष्ठनागरिक बि.क. बिरामी भएकी प्रहरीले जनाएको छ । विकको जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको जनाईएको छ ।...
लागुऔषध विक्रि गर्ने १ महिलासहित ३ जना पक्राउ

लागुऔषध विक्रि गर्ने १ महिलासहित ३ जना पक्राउ

समाचार
सुनसरी, जेष्ठ ११ गते । सुनसरीको धरानबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । धरान उप–महानगरपालिका–१३ बाट  ब्राउनसुगर र लागुऔषध ट्याब्लेट सहित समिया लिम्बु, मन्दिम मगर र घनश्याम राई पक्राउ परेका हुन् । धरान–१३ को एक घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१३ की २६ बर्षीया लिम्बु, धरान–१३ का२९ बर्षीय मगर र धरान–१५ का ४३ बर्षीय राईलाई ३ ग्राम ब्राउनसुगर, १ सय ५० ट्याबलेट नाईट्रोजन र ८३ हजार रुपैयाँ सहित शनिवार राती करिब ९ बजे पक्राउ गरेको प्रहरीले जनाएको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईप्रका धरानले जनाएको छ ।...