Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

लकडाउनको आज ६३ औं दिन, लकडाउनको अवज्ञा बढ्दो

लकडाउनको आज ६३ औं दिन, लकडाउनको अवज्ञा बढ्दो

समाचार
पूर्णपुष्टि, जेठ १२ । नेपालमा पहिलोपटक भएको लकडाउन सुरुका दिनमा छोटो समयमै टुंगिएला भन्ने लागेता पनि कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा लकडाउन पनि लम्बिएको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले गरेको लकडाउनको आज ६३ औं दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी भएको लक डाउन पाँचपटकसम्म थप गरी जेठ २० गतेसम्म लम्ब्याइएको छ । आज दिउसोसम्ममा नेपालमा ६ सय ७५ जना कोरोना संक्रमित पुष्टि भएको छ । पछिल्लो समय संक्रमित तिब्ररुपले थपिदै गएपनि लकडाउन लम्बिदै गएको छ । सुरुको अवस्थामा लकडाउन कडाईका साथ लागु भएको उदयपुरमा पछिल्लो समय केही खुकुलो देखिएको छ । सर्बसाधारणहरुले पालना गर्ने कुरामा कमजोरी देखिएको छ । सदरमुकाम गाईघाट बजार र जिल्लाका मुख्य बजारहरुमा मानिसहरुको चहल पहल निकै देखिएको छ । भिडभाड र गतिविधी विगतको तुलनामा अहिले बढेको स्थानीय बताउछन् । जिल्लामा ३३ जना संक्रमित भेटि...
दाहसस्कारपछि आयो रिर्पोट, कोरोना ‘पोजेटिभ’

दाहसस्कारपछि आयो रिर्पोट, कोरोना ‘पोजेटिभ’

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १२ गते ।  वीरगञ्जमा उपचाररत एक व्यक्तिको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । मृत्यु भएका व्यक्तिको परीक्षणको रिपोर्ट पोजेटिभ आएको मेकिडल कलेज शिक्षण अस्पतालले जनाएको हो । बाराको कलैया उपमहानगरपालिका–७ का ७० वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समसया आएपछि गत जेठ २ गते उपचारका लागि बीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा गत जेठ ४ गते मृत्यु भएको थियो । उनको मृत्यु हुनु पहिला नै परिक्षणका लागी स्वाव लिएको थियो । तर रिपोर्ट आउनु अगाडी नै मृत्यु भएको थियो । मृत्यु भएका व्यक्तिको आफ्नो जातिय परम्परा अनुसार अन्तिम संस्कार भइसकेको  छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।...
ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

समाचार
मोरङ, जेष्ठ १२ गते । मोरङको कानेपोखरीमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–५ मा ट्याक्टरबाट लडेर प्रविण राईको मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्ग अन्र्तरगत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को २ त २४५९ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय २७ बर्षीय राई आज बिहान सवा ९ बजे अचानक ट्याक्टरबाट लडेर घाईते भएको थियो । घाईते भएका राईलाई उपचारको लागी मंगलवारे अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।...
श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतिको हत्या

श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतिको हत्या

समाचार
पुर्णपुष्टि, जेठ १२ गते । रौतामाई गाउँपालिका–८ झिरुडाँडाको ५२ वर्षीय विष्णु तामाङले मादक पर्दाथ सेवन गरी गत राती ४३ वर्षीय श्रीमती नेप्टिमाया भन्ने दिलमाया तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । राती करिब २ बजे नेप्टिामायाको हत्या गरेको प्रहरीले जनाएको छ । विष्णुले आफ्नै श्रीमतीलाई धारीलो हतियार प्रहार गरी हत्या गरेको जानकारी पाए लगतै प्रहरी चौकी सुकौरा र ईलाका प्रहरी कार्यालय रौतामाई गाउँपालिकाबाट खटेका प्रहरी टोलीले विष्णुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान टोली खटेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १२ गते । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ जना पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँ, टेकुमा गरिएको परिक्षणमा धनुष नगराईन नगरपालिका–३ का ३०, ३१, ४५, कपिलवस्तु शिवराज नगरपालिका–४, ५, ६ का १९, २०, २३, काठमाण्डाँै टोखा नगरपालिका–३, ६ र बुढानिलकण्ठ नगरपालिका–३ का २७, ३७, ४१, बारा कलैया नगरपालिका–१ का २५ र ३२ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै रौतहट फरहदवा–२, ६, ८ र ईशानथ–२ का १८, १९, २२, २७, ३०, ३१, ३३, ३५, ३५, ३५, ३६, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८, ४८, ४८, ४९, ५०, ५१ र ५३ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको छ । विपी कोईराला स्...
डढेलो गाउँ पस्दा २ घर जलेर नष्ट

डढेलो गाउँ पस्दा २ घर जलेर नष्ट

समाचार
पूर्णपुष्टि, जेठ १२ गते ।  रोल्पाको वनमा लागेको डढेलो गाउँ पस्दा दुई घर जलेर नष्ट भएको छ भने एक जना जेष्ठनागरिक घाईते भएका छन् । रोल्पा नगरपालिका–१ हरीगातिनाको सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेर स्थानीय जितबहादुर बुढा र उनको छोरा नेत्रबहादुर बुढाको घर जलेको प्रहरीले जनाएको छ । वनमा लागेको डढेलो नियन्त्रण गर्न छोराहरु वनमा गएका बेला घरमा सल्केको आगोले आँखा नदेख्ने ६५ वर्षीय जेष्ठनागरिक जितबहादुर बुढा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते बुढाको अहिले रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको छ । घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने जितबहादुरको २ वटा गोरु र १ वटा बाख्रा पनि जलेर मरेको छ । सोमबार बिहानदेखि वनमा लागेको आगो स्थानीय, प्रहरी र नेपाली सेनाको सहयोगमा नियन्त्रणको प्रयास गरिरहेको छ ।...
थप १८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज

थप १८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १२ गते ।  नेपालमा थप १८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप १८ जनालाई अस्पताले डिस्चार्ज गरेको हो । उपचारछि निको भएका २ महिने शिशु र १० जना बालबालिकासहित १८ जनालाई डिस्चार्ज गरेको अस्पतालले जनाएको छ । वीरगन्ज–३, छपकैयाको एकै परिवारका २ महिने शिशु, ३ देखि १३ वर्ष उमेर समूहका ३ बालिका, ३ देखि १५ वर्ष उमेर समुहका ६ जना बालक, ३२ देखि ६२ वर्ष उमेर समुहका ४ जना महिला र ३७ देखि ६६ वर्ष उमेर समुहका ४ जना पुरुष डिस्चार्ज भएको असप्ताले जनाएको छ । यस परिवारमा सवै भन्दा पहिला गत बैशाख २१ गते ३७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा वैशाख २४ गते परिवारका थप १७ जना सदस्यमा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १ सय ५ पुगेको छ ।...
नेपालमा अहिलेसम्म ८७ जना कोरोना संक्रमित उपचारपछि निको भए

नेपालमा अहिलेसम्म ८७ जना कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ११ गते ।  अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ । उक्त संक्रमितमध्ये ८७ जना उपचारछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जसंखया मन्त्रालयले जनाएको छ । उपचारपछि निको हुनेमा उदयपुरमा फेला परेको  ३३ जनामा संक्रमित मध्ये २३ जना निको भएका छन् । त्यस्तै बाँकेमा अहिलेसम्म १ सय ४२ जनामा संक्रमण पुष्टि भएकोमध्ये २१ जना उपचारपछि निको भएका छन् । त्यस्तै कपिलवस्तुमा ८० जनामा संक्रमण पुष्टि भएको मध्ये १० जना उपचारपछि निको भएका छन् । र्सामा ९४ जनामा संक्रमण पुष्टि भएकोमध्ये ७ जना निको भएका छन् । त्यस्तै रुपन्देहीमा १, झापामा २, रौतहटमा ३, बारामा २, काठमाण्डौमा ४, धनुषामा १, कैलालीमा ४, चितवनमा २, भक्तपुरमा २, धादिङमा १, बागलुङमा २, भोजपुरमा १ र कञ्चनपुरमा १ जना उपचारपछि निको भएका छन् । अहिलेसम्म नेपालको ४२ वटा जिल्लामा संक्रमण देखिएको छ भने ३ जनाको मृत्...
थप १२ जनामा कोरोना संक्रमण पुष्टि

थप १२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, ११ गते । नेपालमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाण्डौँ, टेक, प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको रिक्षणमा नयाँ संक्रमित पुष्टि भएको हो । मोरङ वारदसी–३ का ४५ वर्षीय पुरुषमो कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै बारा कलैयाका ३२ वर्षीय, पर्सा विरगञ्जका २५ वर्षीय, पर्सा घर भई हाल बारामा कार्यरत ३४ वर्षीय, पर्सा नागवाका ६० वर्षीय,  रौतहट स्थायी घर भई हाल कलैयामा कार्यरत ३२ वर्षीय, सर्लाही हरीपुर–६ का ४८ वर्षीय, रुपन्देही सम्मारीमाई–५ का ४० र ५० वर्षीय, रुपन्देहीकै ३२ वर्षीय, काठमाण्डौँ सोह्रखुट्टेका ६९ वर्षीय र नुवाकोट ककनीका ३९ वर्षीय पुरुहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा ६ सय ३ जना संक्रमित पुगेको छ भने ८७ जना उपचारपछि डिस्चार्ज भएका छन् । अहिलेस...
क्वरेन्टीनमा बसेकालाई रक्सि पु¥याउने दण्डित

क्वरेन्टीनमा बसेकालाई रक्सि पु¥याउने दण्डित

समाचार
पूर्णपुष्टि, जेठ ११ गते ।  क्वारेन्टाईनमा बसेका आफन्तलाई रक्सि पु¥याउनेलाई स्थानीय प्रशासनले जरिवाना गरेको छ । क्वारेन्टाईनमा बसेकालाई घरेलु मदिरा र्पुयाउने कुमार थपलियालाई स्थानीय प्रशासनले ५ हजार रुपैयाँ जरिबाना गरेको हो । राप्ती नगरपालिका–३ का २५ वर्षीय थपलियालाई जरिबाना गराएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । बुद्धशान्ति माविमा रहेको क्वरेन्टीनमा बसेका आफन्तलाई घरेलु रक्सी र्पुयाउन जाने क्रममा थपलियालाई गत जेठ ८ गते प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको थियो । उनको बयानपछि जरिवाना तोक्दै अबदेखि यस्तो नगर्न सचेत गराएर छाडेको जनाईएको छ ।...