Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

टिपरको ठक्करबाट प्रहरी घाइते

टिपरको ठक्करबाट प्रहरी घाइते

समाचार
पूर्णपुष्टि, जेठ १३ गते ।  टिपरको ठक्करबाट भक्तपुरको नयाँ ठिमी चोकमा ड्युटीमा खटिएका प्रहरी घाइते भएको छ । सोमबार राति बा ४ ख ४७०१ नम्बरको टिपरले ठक्कर दिँदा ड्युटीमा खटिएका दाङको रामपुर घर भइ महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत प्रहरी नायब निरीक्षक निमबहादुर घर्ती घाइते हुनुभएको प्रहरीले जनाएको छ । घाईते प्रहरीको नर्भिक अस्पताल थापाथलीमा उपचार भैरहेको छ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
थप १२ जनामा कोरोना संक्रमण पुिष्ट

थप १२ जनामा कोरोना संक्रमण पुिष्ट

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १३ गते ।  आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ८ जना, भेरीगङ्गा नगरपालिका र सिम्ता गाउँपालिकाका २÷२ जना रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरु केही दिनअघि भारतबाट आएको जनाईएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय पुगेको छ ।...
नक्कली पेस्टोल र लागुऔषधसहित ३ जना पक्राउ

नक्कली पेस्टोल र लागुऔषधसहित ३ जना पक्राउ

समाचार
सुनसरी, जेठ १३ गते ।  सुनसरीको कोशी गाउँपालिका–१ बाट लागुऔषध सहित ३ जना पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–१ लौकहीका २२ बर्षीय सोशिल साह, ३० बर्षीय अमन कुमार साह र १९ बर्षीय गणेश कुमार साहलाई बिहान साँढे ५ बजे पक्राउ गरेको हो । पक्राउहरुको साथबाट डाईलक्स डि.सी. १ सय एमएलको ४७ वटा बोतल, नाईट्रोसन ९० वटा ट्याब्लेट , स्पास्मोप्रोक्सिवन २३ वटा ट्याब्लेट, खेलौना प्लास्टिकको पेस्तोल १ थान, कौडा २१ थान र मोवायल २ थान सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
खोलामा डुबेर १ बालकको मृत्यु

खोलामा डुबेर १ बालकको मृत्यु

समाचार
ईलाम, जेठ १३ गते ।  ईलामको माङसेबुङको दोउमाई खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–१ बस्ने कविराज बस्नेतको १२ बर्षीय छोरा सुवी बस्नेत देउमाई खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । स्थानीय देउमाई खोलामा पौडी खेल्ने क्रममा सोमवार दिउँसो १२ बजे अचानक डुबेर घाईते भएका बालकलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल ईलाम लाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मंगलवारेले जनाएको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान कार्य भईरहेको ईप्रकाले जनाएको छ ।...
सवारी दुर्घटना २ जनाको मृत्यु

सवारी दुर्घटना २ जनाको मृत्यु

समाचार
मोरङ, जेठ १३ गते ।  मोरङको सुन्दरहरेचा र केराबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–९ झरना पुलमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ३ प ९७६२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक सुन्दरहरैचा नगरपालिका–११ का ३१ बर्षीय गोबिन्द बजगाई घाईते भएको प्रहरीले जनाएको छ । घाईते बजागाईलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै केरावारी गाउँपालिका–९ को भित्री सडक खण्डमा को ३८ प १०७१ नम्बरको मोटरसाईकल बाटोमा ढली राखेको रुखको हांगामा ठोक्किएर सोमवार राती १० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक स्थानीय ३० बर्षीय बिकास गुरुङ उपचारको क्रममा बिराटनर्सिङ होम बिराटनगरमा राती ११ बजे मृत्यु भएको प्रहरीले...
हात्तीको आक्रमणमा भारतीय युवकको मृत्यु

हात्तीको आक्रमणमा भारतीय युवकको मृत्यु

समाचार
झापा जेठ १३ गते ।  झापाको गौरिगञ्जमा जंगली हात्तिको आक्रमणबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका साईलो मुर्मु भारतीय नागरिकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको हो । बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय मुर्मुको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । हात्तीलाई नेपाली र भारतीय नागरिकले मिलेर धपाउने प्रयास गर्दागर्दै हात्तीले एक्कासी भारतीय युवकलाई झम्टेको थियो । हात्ती खेद्न सीमा नाघेर आएका ती भारतीय युवकको शव दशगजाको मकैबारीमा भेटिएको छ । घटनाको खबर पाएलगत्तै कोरोबारी प्रहरी चौकीबाट थप सुरक्षाकर्मी घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
डब्ल्यूएचओद्वारा औलो उपचारमा प्रयोग भईरहेको औषधी कोरोना उपचारमा रोक

डब्ल्यूएचओद्वारा औलो उपचारमा प्रयोग भईरहेको औषधी कोरोना उपचारमा रोक

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १३ गते ।  औलो रोगको उपचारमा प्रयोग भैरहेको औषधि कोरोना संक्रमण भएका बिरामीमा प्रयोग गर्न विश्व स्वास्थ्य संगठन डब्लूएचओले रोक लगाएको छ । कोरोना भाइरस विरुद्धको सम्भावित परीक्षणको लागि प्रयोग भैरहेको औलो रोग विरुद्धको औषधि हाइड्रो साइक्लोरोक्विन प्रयोगमा संगठनले सुरक्षाको कारण देखाउँदै अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको हो । एक अध्ययनले औलो विरुद्धको औषधि कोरोना संक्रमितमा प्रयोग गर्दा ज्यान गुमाउने जोखिम बढेको देखाएपछि संगठनको यस्तो निर्णय गरेको जनाईएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट बच्न यो औषधि प्रयोग गरिरहेको बताउँदै आएको छ । अहिलेसम्म विश्वका विभिन्न देशमा गरी साढे २३ लाख भन्दा धेरै कोरोना संक्रमित उपचारपछि निको भएका छन् । ५५ लाख ८२ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा २३ लाख ६१ हजार भन्दा धेरै निको भएका छन् भने ३ लाख ४७ हजार...
नेपालमा डिस्चार्ज हुनेको संख्या १११ पुग्यो

नेपालमा डिस्चार्ज हुनेको संख्या १११ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १२ गते । अज थप २४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् यो सँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १ सय ११ पुगेको हो । पाटन अस्पतालमा उपचार गराईरहेका मध्ये ५ जना कोरोना संक्रमित ९–१० दिनको विचमा निको भएर घर फर्किका छन् । डिस्चार्ज हुनेहरुमा धनुषा, काठमाण्डौँ, धादिङ, दाङ र वर्दियाका १÷१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै टेकु अस्पतालमा उपचार गराईरहेका मध्ये सलाहीका एक जना डिस्चार्ज भएको जनाईएको छ । नारायणी अस्पतालमा उपचार गराईरहेकामध्ये वीरगन्ज–३, छपकैया एक शिशु, ३ देखि १३ वर्ष उमेर समूहका ३ बालिका, ३ देखि १५ वर्ष उमेर समुहका ६ जना बालक, ३२ देखि ६२ वर्ष उमेर समुहका ४ जना महिला र ३७ देखि ६६ वर्ष उमेर समुहका ४ जना पुरुष डिस्चार्ज भएको जनाएको छ ।...
फेरी थप ७ जनामा कोरोना संक्रमण पुष्टि

फेरी थप ७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १२ गते । आज फेरी थप ७ जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ६ सय ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो सेती अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा अछाम मेल्लेकका ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बर्दिया गुलरिया–१० का २२ र २४ वर्षीय पुरुष र गुलरिया–२ का १८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले जनाएको छ । त्यस्तै नारायणी अस्पतालमा गरिएको परिक्षणमा पर्सा जिराभवानी गाउँपालिका–४ का १८ वर्षीय पुरुष, काठमाण्डौँ महानगरपालिका–१५ घरभएका हाल कलैयामा कार्यरत २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उपचारको क्रममा गत जेठ ४ गते मृत्यु भएका बाराको कलैया उपमहानगरपालिका–७ का ७० वर्षीय पुरुषमा कोरो...
नेपालको नयाँ नक्सा पाठ्यपुस्तकमा

नेपालको नयाँ नक्सा पाठ्यपुस्तकमा

शिक्षा, समाचार
पूर्णपुष्टि, जेठ १२ गते । सरकारले सार्वजनिक गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा सहित नेपालको अद्यावधिक नक्सा विद्यार्थीले यसै शैक्षिक सत्रदेखि आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन् । यस शैक्षिक सत्रको कक्षा सुरु भएको दिन सबै विद्यार्थीलाई नेपालको नयाँ नक्सा पु¥याउने गरी अहिले गृहकार्य थालिएको छ । यस शैक्षिक सत्रका लागि अधिकांश पुस्तकको छपाइ प्रक्रिया सकिन लागे पनि विभिन्न विकल्प प्रयोग गरेर नक्सा पुस्तकमा समेटिने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । पाठ्यक्रम विकास केन्द्रको लिखित अनुमतिपछि मात्र जनक शिक्षाले नयाँ नक्साको छपाइ गर्न पाउने कानुनी प्रावधान छ । यसको लागी आधिकारिक निर्देशन आउन बाँकी रहेको विकास केन्द्रले जनाएको छ । निर्देशन आएमा विद्यार्थीलाई नयाँ नक्सा उपलब्ध गराउने योजना पूरा गर्न सकिने जनाईएको छ । छपाइ हुन बाँकी रहेको पुस्तकमा स्वीकृति दिन सकिने छ । ...