रुकुम घटनामा संलग्न २० जनाविरुद्ध किटानी जाहेरी
पूर्णपुष्टि, जेठ १४ गते ।
रुकुम घटनाका पिडित परिवारले घटनामा संलग्न २० जना विरुद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दिएका छन् पश्चिमको चौरजहारी–८ सोतीमा भएको घटनाका पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका हुन् ।
वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुन मगर लगायतका २० जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
घटनाबारे निष्पक्ष छानबिन हुनु पर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनु पर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनु पर्ने, बेपत्ताको तत्काल खोजी गर्नु पर्ने लगायतका माग राखेर दलित अधिकारकर्मी र पीडित परिवारले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
पीडितको माग सम्बोधन गर्ने ...









