Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

थप  २८ जना कोरोना संक्रमित उपचारपिछि निको भए

थप २८ जना कोरोना संक्रमित उपचारपिछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १४ गते । आज थप २८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा उपचारपछि निको हुनेको संख्या १ सय ८३ पुगेको हो । अहिलेसम्म उपचारपछि निको हुनेमा १ नं प्रदेशमा ३० जना, २ नं प्रदेशमा ९० जना, बागमती प्रदेशमा ११ जना, गण्डकी प्रदेशमा २ जना, ५ नं प्रदेशमा ३८ जना र सूदुरपश्चिम प्रदेशमा ५ जना गरी १ सय ८३ जना उपचारपछि निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८६ पुगेको छ भने अहिलेसम्म संक्रमणबाट ४ जनाको मृत्यु भईसकेको छ...
थप १ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप १ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १४ गते । आज थप १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप १ सय १४ जनामा संक्रमण पुष्ट भएको हो । विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा  गरिएको परिक्षणमा सप्तरीको ११ जनामा संक्रमा पुष्टि भएको छ । त्यस्तै विराटनगरको कोशी अस्पतालमा गरिएको परिक्षणमा झापाको १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हेटौडा किटजन्य प्रयोगशालामा गरिएको परिक्षणमा मकवानपुरको १ जना, रौताहटका ७ जनामा संक्रमण पुष्टि  भएको छ । त्यस्तै पोखरा प्रादेशीक प्रयोगशालामा गरिएको परिक्षणमा बागलुङको ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा रुकुम पूर्वका ३ जना, दाङको १५ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै...
तत्काल स्वदेश फर्कनु पर्ने श्रमिकलाई सम्पर्कमा आउन दूतावासको आग्रह

तत्काल स्वदेश फर्कनु पर्ने श्रमिकलाई सम्पर्कमा आउन दूतावासको आग्रह

समाचार, संसार
पूर्णपुष्टि, जेठ १४ गते । बहराइनबाट तत्काल स्वदेश फर्कनु पर्ने अवस्था भएका नेपालीलाई बहर्राइनमा रहेको नेपाली दूतावासले सम्पर्कमा आउन आग्रह गरेको छ । यस अघि नेपालीहरुको समस्या सम्बोधन गर्न र सहजिकरण गर्नको लागि अनलाइन फारम भर्न दुताबासले लगाएको थियो । अनलाइन फारम मार्फत प्राप्त भएका विवरणको आधारमा तत्काल नेपाल फर्कनुपर्ने बताएका तर त्यहाँ उल्लेख भएको मोबाइल नम्बरमा सम्पर्क गर्दा उपलब्ध हुन नसकेको भन्दै समस्यामा परेकाहरुलाई तुरुन्तै सम्पर्क गर्न दूतावासले आग्रह गरेको जनाएको छ । यस्तो समस्या भएकालाई दूतावासको टेलिफोन नम्बर १७७२५५८३ र फ्याक्स नम्बर १७७२०७८७ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । यस्तै श्रम सहचारी दामोदर दाहल, शकिल अहमद शेख र गोपी बिक्रम भट्टराईलाई मोबाइल नम्बर ३२०९५०४१, ३५४२७७१७, ३५५४७९५१ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।...
हावाहुरीले घुर्मीमा साढे ३ लाख भन्दा बढीको क्षती

हावाहुरीले घुर्मीमा साढे ३ लाख भन्दा बढीको क्षती

समाचार
पूर्णपुष्टि, जेठ १४ गते । उदयपुरको घुर्मी बजारमा हावाहुरीले साढे तीन लाख भन्दा बढीको क्षती गरेको छ । मंगलबार साँझ आएको हावाहुरीले कटारी नगरपालिका–१४ घुर्मी बजारमा रहेको घर टहरा उडाउँदा तीन लाख ६२ हजार भन्दा बढीको क्षती भएको हो । साँझँ ६ः३० बजे आएको हावाहुरीले घुर्मी बजारका श्याम शकरको घरको टिनको छाना, कैलाश साह, श्याम साह, विकास पटेलको टाटीको बेरा र त्रिपालले बनाएको घर र त्रिपाल, भाँडा वर्तन, डिस होम, सोला प्यानल र देवराज परियारको किचन कोठाको छानो उडाएर क्षती गरेको प्रहरीले जनाएको छ ।...
लकडउनमा घर बस्दै ड्रागनको नर्सरी उत्पादन

लकडउनमा घर बस्दै ड्रागनको नर्सरी उत्पादन

आर्थिक, समाचार
उदयपुर, जेठ १४ गते । उदयपुरका एक कृषकले लकडाउनको सदुपयोग गर्दै ड्रागन फलको नर्सरी घरमै उतपादन गरेका छन् । त्रियुगा नगरपालिका–५ श्रीपुरका दिपक वान्तावा राईले नेपालमा नौलो फलको रुपमा चिनिएको ड्रागन फलको नर्सरी घरमै उत्पादन गरेको हो । मेक्सिकोमा उत्पत्ति भएको ड्रागन फल एक सिउँडी प्रकाजतीको फल हो । मानव स्वास्थ्यका लागी  औषधीय गुणले भरीपूर्ण फल भएकाले गाउँ घरका गरिब परिवारसम्म यस फलको पहुच पु¥याउने उद्देश्यले लकडाउनको समयलाई सदुपयोग गर्दै घरमा भएका माउ बोटबाट नर्सरी उत्पादन गरेको कृषक राईले बताउनुभयो । केहि वर्ष पहिला हिमाल पत्रिकामा पढेको र काठमाण्डौँको केहि ठाउँमा नयाँ फल देखिपछि नेपालमै पहिलो पटक सन् २००२ मा भेत्नामबाट ड्रागन फल भित्र्याउने डा. जगन्नाथ राईकोमा पुगेको कृषक राईले बताउनुभयो । राईलाई भेटेर यस फलको र खेती प्रविधि बारे जानकारी लिई केहि विरुवा ल्याएर रोपेको उहाँले बताउ...
कोशी अस्पतालबाट थप ४ जना कोरोना संक्रमित डिस्चार्ज

कोशी अस्पतालबाट थप ४ जना कोरोना संक्रमित डिस्चार्ज

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १४ गते । विराटनगरको कोशी कोभिड–१९ अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने चारै जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । उनीहरु चारै जना उदयपुरको भुल्केका भएको जनाईएको छ । कोरोना निको हुनेमा ३ महिला र १ पुरुष छन् । यो सँगै १ न. प्रदेशमा कोरोना संक्रमित उपचारपछि निको हुनेको संख्या ३० पुगेको छ । अहिलेसम्म १ न. प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ रहेको छ ।...
भारतमा कोरोना संक्रमित साढे १ लाख भन्दा बढी

भारतमा कोरोना संक्रमित साढे १ लाख भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १४ गते ।  भारतमा कोरोना संक्रमितको संख्या साढे एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार तीन सय ८७ जना नयाँ कोरोना संक्रमित थपिएसँगै १ लाख ५१ हजार ७ सय ६७ पुगेको हो । अहिलेसम्म भारतमा कोरोना संक्रमितमध्ये ८३ हजार भन्दा बढी उपचारपछि निको भएर घर फर्किका छन् भने ४ हाजर ३ सय ३७ को मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
चट्याङ लागेर १ जनाको मृत्यु

चट्याङ लागेर १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, जेठ १४ गते ।  सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका–४ देउराली बस्ने बासु सापकोटाको चट्याङ लागेर मृत्यु भएको हो । कमलामाई नगरपालिका–६ रातमाटामा घर ढलान गर्ने क्रममा चट्याङ लागेर घाइते भएका सापकोटालाई उपचारको लागि अस्पताल लैजाँने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल लगिएको प्रहरीले जनाएको छ ।...
आईसोलेसनमा राखिएका १ जनाको मृत्यु

आईसोलेसनमा राखिएका १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, जेठ १४ गते ।  सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक जनाको मृत्यु भएको छ । कैलालीका गौरीगंगा नगरपालिका–७ का ५५ वर्षीय पुरुषको आइसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ । मंगलबार नै भारतको महाराष्ट्रबाट फर्किएपछि क्वरेन्टीनमा रहेका ती पुरुष मंगलबार साँझ मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ । मृतकको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको जनाईएको छ । अस्प्तालको अनुसार ती व्यक्तिको  बिहान ६ बजे मृत्यु भएको हो । मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।...
क्वरेन्टीनमा बसेका १ जनाको मृत्यु

क्वरेन्टीनमा बसेका १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, जेठ १४ गते ।  बर्दियाको गुलरिया नगरपालिकाको क्वरेन्टीनमा बसेको एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिकाको बबई क्याम्पसको क्वरेन्टीनमा बसेका ५५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । उनको मृत्यु हृदयाघातका कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जनाईएको छ । अहिले मृतकको स्वाब परीक्षण गर्ने तयारी भैरहेको जाईएको छ ।  उनी दुई दिन अघि अछाम जिल्लाबाट बर्दिया आएको बुझिएको छ ।...