Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

झापामा २५ संक्रमित थपियो, नेपालमा संक्रमितको संख्या हजार कट्यो

झापामा २५ संक्रमित थपियो, नेपालमा संक्रमितको संख्या हजार कट्यो

समाचार
पूणर्पुष्टि, जेष्ठ, १५ झापामा फेरी २५ जना संक्रमित थपिएको छ । कोशी अस्पतालमा गरिएको परीक्षणमा कचनाकवलका २५ जनामा कोरोना संक्रमण पुष्टिभएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको सख्ंया एक हजार नाघेको छ । नेपालमा बिहिबार आज सम्मकै सबै भन्दा बढी १ सय ५६ जनामा कोरोना पुष्टि भए सँगै संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिनुभयो । नेपालमा पहिलो पटक ठुलो मात्रामा कोरोना संक्रमित फेला परेको छ । मंगलबार पनि १ सय १४ जना संक्रमित फेला परेको थियो । आज १ सय ५६ जनामा कोरोना देखिए मन्त्रालयले जनाएको छ । आज धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७, सप्तरीका १४ जना...
कस्तो अवस्थामा बेसार खान हुन्न ?

कस्तो अवस्थामा बेसार खान हुन्न ?

स्वास्थ्य
धेरै हिसावले स्वास्थ्यकाे लागि फाइदाजनक बेसार केही कुराका लागि हानिकारक पनि छ । के कस्तामा हानिकारक हुन्छ, त्यसबारे जानकारी यस प्रकार छ । १. गर्भावस्था : गर्भावस्थ या शिशु जन्मिसकेपछिको अवस्थामा बेसारको प्रयोग महिलाका लागि हानिकारक हुनसक्छ । यस्तो अवस्थामा बेसार खाँदा मासिक धर्म रोकिने तथा अन्य समस्या निम्तिन सक्छ । बेसारले गर्भाशयलाई उत्तेजित या सक्रिय पार्न भूमिका खेल्छ । बेसारले टेस्टोस्टेरोन हर्मोन कम गर्न पनि सहायक भूमिका खेल्छ । २. पत्थरी : पत्थरी भएका मानिसले बेसार सेवन गर्न हानिकारक हुन्छ । पित्ताशयमा पत्थरी भएका वेला बेसार सेवन गर्दा पीडा हुन्छ । पित्ताशयको पत्थरी भएकाले खानामा बेसार कम गर्दा पीडा कम गर्न सकिन्छ । ३. शुक्रकिट : खानामा अधिक बेसार प्रयोग गर्दा पुरुषको शुक्रकिटमा ह्रास आउँछ । परिवारको योजना बनाइरहेकाहरूले खानाका परिकारमा बेसारको प्रयोग धेरै नगर्नु नै राम्रो ...
पत्रकारहरुलाई वल्र्डभिजनको स्वास्थ्य सामाग्री सहयोग

पत्रकारहरुलाई वल्र्डभिजनको स्वास्थ्य सामाग्री सहयोग

समाचार
पूणर्पुष्टि, जेष्ठ, १५ वल्र्डभिजन इन्टरनेशनल उदयपुरले पत्रकारहलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । साझेदारी संस्था जाल्पा एकिकृत विकास समाजको माताहत मार्फत सामाग्री प्रदान गरिएको हो । कोरोना भाइरसको माहामारीमा पनि जनताहरुलाई सुचना समचारको लागि अग्रपंङतिमा रहेर खट्नु पर्ने भन्दै सुरक्षाका निम्ति स्वास्थ्य सामाग्री वितरण गरेको जाल्पा एकिकृत विकास समाजका लेखा अधिकृत दिलिम चौधरीले बताउनुभयो । केहि समय अघि मात्रै उदयपुरको भुल्केमा ह्वात्तै संक्रमण फैलिएपछि यसको जोखिममा रहेर पनि पत्रकारहरुले समाचार संम्प्रेषण गरे सँगै पत्रकारहरुमा उच्च जोखिम रहेको थियो । एक जना संञ्चारकर्मीलाई समेत संक्रमण फैलिएपछि पत्रकाहरु स्थलगत रिपोर्टका लागि समस्यामा परेका थिए । अहिले भुल्केका संक्रमितहरु लकभग सबै निको हुने अवस्था र त्याहाँको अवस्था समान्य वने पनि पत्रकारहरुमा भने यसको जोखिम नै रहेको भन्दै सा...
१३ नं वडाले आर्थिक बर्ष ०७७/०७८ को बजेट पास गर्यो

१३ नं वडाले आर्थिक बर्ष ०७७/०७८ को बजेट पास गर्यो

समाचार
पूणर्पुष्टि, जेष्ठ, १५ १३ नं वडाको वडा भेला मंगलबार सम्पन्न भएको छ । वडा भेला सँगै वडाले यो आर्थिक बर्ष ०७७/०७८ का लागि ५० लाखको सिलिङ बजेट पास गरेको छ । यो आर्थिक बर्ष वडामा बिभिन्न सम्बन्धित निकायहरु सँगको उपस्थितिमा बजेट पास गर्न सफल भएको वडा नं १३ की वडा अध्यक्ष पशुपति चौधरीले बताउनुभयो । वडाले यो बर्षको बजेट पासका लागि प्रत्येक १८ ओटै टोल विकास संस्थाहरुलाई परिचालन गरी बस्ति स्थर योजना छनोटको आधारमा बजेट पास गरेको अध्यक्ष चौधरीले बताउनुभयो । प्रत्येक टोल विकास संस्था, सर्वदलिय समन्वय समिति, महिला, बालक्लब, र ४ ओटा विद्यालयका प्र.अ सहितको उपस्थितिमा मंगलबार बजेट पास गरेको चौधरीले बताउनुभयो । १ करोड बजेट पास हुने वाडामा गत आर्थिक बर्ष ७५ लाख मात्र बजेट पास भएको थियो । यो बर्ष लकडाउनका कारण ५० लाख मात्र पास भएको वडाले जनाएको छ । यो बर्षको बजेटले विकास, शिक्षा, स्वास्थ्य, कृषि...
नेपालमा कोरोना संक्रमणको संख्यामा उच्च बृद्धि, आज थप ७६ जना थपियो

नेपालमा कोरोना संक्रमणको संख्यामा उच्च बृद्धि, आज थप ७६ जना थपियो

समाचार
पूणर्पुष्टि, जेष्ठ, १५ नेपालमा पनि कोरोनो संक्रमणको संख्या दिनानु बढ्दै गइरहेको छ । आज मात्रै २ नं प्रदेशमा थप ७६ जनामा संक्रमण पुष्टि भएको हो । २ नं प्रदेश स्थित धनुषामा सबै भन्दा बढी २९ जनामा संक्रमण देखिएको छ , भने महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४  र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको सँगै ७६ जनामा आज विहान संक्रमित पुष्टि भएको हो । प्रदेश नं २ मा मात्रै कोरोना संक्रमितहरुको संख्या ४ सय भन्दा बढी पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता विजय झाले जानकारी दिनुभयो । हिजो मंगलबार मात्रै देशभर बाट गरिएको परिक्षणमा ११४ जना संक्रमित फेला परेको थियो । यस्ले नेपालमा पनि संक्रमितको संख्य...
गणतन्त्र दिवस १३ औँ बर्षमा

गणतन्त्र दिवस १३ औँ बर्षमा

समाचार
पूणर्पुष्टि, जेष्ठ, १५ आज गणतन्त्र दिवस, राजतन्त्र लाई हटाएर जनताको शासनलाई प्राथामिकता दिन यो दिन निकै ऐतिहाँसिक र महत्वपूणर् दिनको रुपमा स्थापित भयो । जेष्ठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन नेपालको राजनीतिक इतिहासको एक अविस्मरणीय दिन हो । यही दिन जनता र राजाबीचको लडाइँमा अन्ततः जित जनताकै हुन्छ भन्ने यथार्थले मूर्तरूप लिएको थियो । आज गणतन्त्र दिवस मनाइरहँदा जनताहरुले गणतन्त्रको फाइदा र यसको अनुभुति गर्न नपाइराखेको गुणसोहरु प्रसस्तै हामिले सुन्ने गर्छौँ । गणतन्त्र पछि पनि जनताहरु उत्तिकै समस्यामा परेको र यसको बदलामा जनताहरुले झनै दुख कष्ट, हत्या हिंसा, हेपाइ, जस्तो क्रियाकलापले जनताहरु अझै पनि गणतन्त्रको अनुभुति गर्न सकेन । सक्यो होला त्यो पावर पहुँचमा हुनेहरुले तर गरिब निमुखाहरुले यसको कुनै फाइदा लिन सकेन । विगतको राणा शासन, राजा शासण बाट वाक्क भएका जनताहरु जनत...
भुल्केका सबै संक्रमितहरु कोरोना जितेर घर फर्किए

भुल्केका सबै संक्रमितहरु कोरोना जितेर घर फर्किए

समाचार
पूर्णपुष्टि, जेष्ठ, १४ उदयपुर भुल्केका सबै कोरोना संक्रमित हस्पिटल बाट डिस्चार्ज भइसकेका छन् । कोरोना हस्पिटल बिराटनगरमा उपचारमा रहेका सबै संक्रमितहरु कोरोनालाई जितेर आज मंगलबार पर्किसकेका छन् । चरणबद्ध रुपमा निको हुदै फर्किएका संक्रमितहरु ३ चोटी गरी फर्किसकेकाछन् । उनिहरुलाई ३ चोटी सम्म पटक पटक परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उदयपुरको संक्रमित मध्य बाँकी १ जना भने भुल्के समुदाय बाहिर बाट फेला परेका संक्रमित संञ्चारकर्मीको उपचार भइरहेको छ । उनको पनि स्वास्थ्य अवस्था सामान्य रहेको हस्पिटलले जनाएको छ ।  ...
मोतिगडा क्वारेन्टाईनबाट २७ जना घर पठाईयो

मोतिगडा क्वारेन्टाईनबाट २७ जना घर पठाईयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १४ गते । त्रियुगा नगरपालिकाले मोतिगडामा संचालन गरेको क्वारन्टाईनबाट आज २७ जनालाई घर पठाईएको छ । क्वारेन्टाईनमा बसेको १४ दिन पुरा गरी पिसिआर परिक्षणबाट रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको हो । क्वारेन्टाईनबाट घर पठाईएकामध्ये ८ जना कोरोना संक्रमित उपचारपछि निको भएर आएका हुन् । उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेपछि क्वारेन्टाईनमा राखिएको त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । क्वारेन्टाईनमा संक्रमितहरुको परिवार सदस्यलाई राखिएको थियो । उनीहरुलाई अजा विहान त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, उप–मेयर देवीकुमारी चौधरी र जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले विदाई गरेका थिए । आज कोशी अस्पतालबाट डिस्चार्ज भएका ४ जनालाई होम क्वारेन्टाईनमा बस्ने गरी घर पठाएको त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक अवधनारायण चौधरीले बताए । आज भारतको पञ्जाव...
भुल्केको शिल्ड आज बाट खकुलो पारियो

भुल्केको शिल्ड आज बाट खकुलो पारियो

समाचार
पूर्णपुष्टि, जेष्ट, १४ शिल्ड गरिएको उदयपुरको भुल्के बुधबार बाट सामान्य बनाइएको छ । बैशाख ५ गते भुल्के स्थित नुरी मस्जित बाट एकै पटक १२ जना संक्रमण फेला परेपछि भुल्केलाई शिल्ड गरिएको थियो । सो ठाउँलाई १ महिना ९ दिन पछि सामान्य अवस्थामा ल्याइएको छ । संक्रमितहरुको बाराम्बार परिक्षण र स्वास्थ्य अवस्थालाई मध्यनजर गरी त्यस ठाउँलाई सामान्य बनाइएको हो । भुल्केका संकास्पद व्यक्ति वस्ति, संक्रमित बाट उच्च जोखिममा रहेको व्यक्ति र उनिहरुको कन्ट्राकमा रहेकोहरुलाई बाराम्बार परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आए सँगै स्थिति सामान्य बनाइएको जिल्ला प्रशासन कार्यलय उदयपुरले जनाएको छ । बैशाख ५ देखि घेरा बन्दिका कारण कष्टकर जनजिवन भोगिरहेको भुल्केका स्थानीयहरुको जनजिवन आज बाट केहि सहज भएको छ । त्यहाँ संक्रमित फेला परेकै दिन देखि उच्च सतर्कता र सुरक्षाकर्मीहरु खटाइएको थियो । अहिले सुरक्षाकर्मीहरु हटाइएक...
पोखरीमा डुबेको अवस्थामा एक महिला मृत फेला

पोखरीमा डुबेको अवस्थामा एक महिला मृत फेला

समाचार
उदयपुर, जेष्ठ १४ गते । उदयपुरको त्रियुगा नगरपालिका–१ की ६९ बर्षीया मधुमाया खत्री माछा पोखरीमा मृत फेला परेकी छन्  । त्रिनपा–१ जोगीदहमा रहेको माछा पोखरीमा खत्री डुबेर मृत अवस्था बिहान ८ बजे फेला पारेको प्रहरीले जनाएको हो । घटनाको जानकारी पाउनासाथ तत्काल खटेका प्रहरी टोलीले शव परिक्षणको लागी जिल्ला अस्पताल उदयपुर पठाएको छ भने घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...