Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

तेस्रो मुलुकका अलपत्र नेपालीहरुलाई ल्याउने सरकारको निणर्य

तेस्रो मुलुकका अलपत्र नेपालीहरुलाई ल्याउने सरकारको निणर्य

समाचार
पूणर्पुष्टि, जेष्ठ, १६ सरकारले भारत बाहेक अन्य देशमा रहेका नेपालीहरुलाई नेपाल भित्र्याउने निणर्य गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा शुक्रवार बसेको बैठकले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको हो । बैठकमा कुन कुन चरणमा कस्तो अवस्थाका नागरिकलाई फर्काउने भन्ने विस्तृत कार्ययोजना प्रस्तुत सँगै यस्तो निणर्य गरेको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निणर्य गरेको हो । भारतसहित विभिन्न देशबाट करीव १३ लाख नागरिक स्वदेश फर्किने आकलन सरकारले गरेको छ । कतिपय श्रम गन्तव्य मुलुकले नेपाली नागरिकलाई आफैंले विमान चार्टर्ड गरेर फिर्ता पठाउने प्रस्तावसमेत पठाएका छन् । विभिन्न देशमा रहेका नागरिकहरु जो स्वदेश फर्किन चाहन्छन् उनीहरुको विवरण परराष्ट्र मन्त्रालयले बढीमा...
आज थप १ सय ७० जनामा कोरोना संक्रमाण पुष्टि

आज थप १ सय ७० जनामा कोरोना संक्रमाण पुष्टि

समाचार
पूणर्पुष्टि, जेष्ठ, १६ नेपालमा आज थप १७० जनामा कोरोना संक्रमाण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार २१२ पुगेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रौतहटमा २ जना बालबालिका सहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने २२ देखि ७० वर्ष उमेरका ५४ जना पुरुष छन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गरिएको थियो । यस्तै कपिलवस्तुमा ५१ जना संक्रमित थपिएका छन् । टेकुमा गरिएको परीक्षणमा भृकुटी माविको क्वारेन्टाइनमा रहेका २३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ७ वर्षीय बालकदेखि ५२ वर्षका पुरुषसम्म छन् । यस्तै गौतमबुद्ध मावि क्वारेन्टाइनमा रहेका १५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको रुपन्देहीस्थि...
रुकुम घटना : ५ जनाको पोस्टमार्टम रिपोर्ट आयो, रिपाेर्टले हत्या भएकाे इंगित गरयाे

रुकुम घटना : ५ जनाको पोस्टमार्टम रिपोर्ट आयो, रिपाेर्टले हत्या भएकाे इंगित गरयाे

समाचार
  पश्चिम रुकुममा जातिय विबाहको निउँमा मारिएका ५ जना युवाहरुको जाजरकोट अस्पतालले पोस्टमार्टम गरेको छ । ५ जानै युवाहरुको पोस्टमार्टम रिपोर्ट आइसकेको छ । रिपोर्टले कुटपिट पछि युवाहरुको मृत्यु भएको देखाएको छ । मृतक ५ जनाकै टाउको, अनुहारलगायत अन्य अंगमा चोट देखिएको पोस्टमार्टममा संलग्न एक चिकित्सकले बताएको छ । ‘मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ,’ ती चिकित्सकले भने, ‘नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन ।’ उनका अनुसार नदीमा डुबेर मृत्यु भएका मानिसले पानी खाएर पेट फुल्नुपर्ने हुन्छ । तर, यो अवस्था देखिएको छैन । यसको अर्थ उनीहरुको मृत्यु पानीमा डुबेर नभएको देखिने पनि उनले बताए । अस्पतालले मृतकको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको बताएको छ ।...
थप १ जना कोरोना संक्रमित बाट मृत्यु नेपालमा मेर्नेको संख्या ६ पग्यो

थप १ जना कोरोना संक्रमित बाट मृत्यु नेपालमा मेर्नेको संख्या ६ पग्यो

Breaking News 1
पूणर्पुष्टि, जेष्ठ, १६ कोरोना संक्रमणबाट थप १ जनाको नेपालमा मृत्यु भएको छ । यो सहित नेपालमा संक्रमण बाट मेर्नेको संख्या ६ पुगेको छ ।  भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो । यी युवा कोरोना बाट नेपालमा मर्ने छैँटौ व्यक्ति हो ।  बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ । घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्क्स्थित गच्चे भन्ने स्थानमा गाडेका थिए । यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका (९ का एक युवकको बाटोमै  मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।...
उदयपुरमा पनि रुकुम हत्याकाण्डको विरोध, दोषिहरुलाई कडा कार्वाहिको माग गर्दै प्रशासन मार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र

उदयपुरमा पनि रुकुम हत्याकाण्डको विरोध, दोषिहरुलाई कडा कार्वाहिको माग गर्दै प्रशासन मार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र

समाचार
पूणर्पुष्टि, जेष्ठ, १६ पश्चिम रुकुममा जातिय बिवाहको नाउँमा भएको सामुहिक हत्याको आरोपमा उदयपुरमा पनि विरोध जनाइएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतिमा भएको जातिय हिंसा घटनाको विरोध गर्दै उदयपुरमा यसको विरोध गरिएको हो । जाजरकोटको भेरी नगरपालका ४ का नवराज विक सहित उनका साथिहरुको सामुहिक हत्यामा संलग्न सबैलाई कडा कार्वाहिको माग राख्दै दलित अधिकार संञ्जाल उदयपुर र संयुक्त राजनैतिक दलित संघर्ष समिति उदयपुरले विरोध जनाएको हो । रुकुम हत्याकाण्डका पिडितलाई न्याय दे, अन्र्तजातिय बिबाहको कारण दलितको हत्या कहिले सम्म, दलित माथी हुने सबै प्रकारको भेदभाव विरुद्द हाम्रो आन्दोलन जारी छ, रुकुम घटनाको निष्पक्ष छानविन गर, दलित मैत्री संविधान र कानुनको कार्यन्वयन गर, मानव अधिकारको रक्षा गर, रुकुम हत्याकाण्ड घाइतहरुको उपचार गर, पश्चिम रुकुमको चौरजहारी घटनाको दोषीलाई हदै सम्मको कार्वाही गर र...
कर्मचारीबाट वडाअध्यक्ष कुटपिट

कर्मचारीबाट वडाअध्यक्ष कुटपिट

समाचार
पूणर्पुष्टि, जेष्ठ, १६ डडेल्धुरामा एक वडा अध्यक्ष सरकारी कर्मचारी बाट कुटिएका छन् ।  भारतबाट आएका व्यक्तिहरूलाई रेडक्रसको भवनमा क्वारेन्टाइनको व्यवस्था मिलाइरहेको समयमा वडाअध्यक्ष माथि हातपात भएको हो । बिहीबार राति डडेल्धुराको अमरगढी नगरपालिका-१० का वडाध्यक्ष विष्णु भट्टमाथि कर्मचारी बाट हातपात भएको हो । बुडाली घर भएका भइ हाल घरेलु विकास कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले मदिरा खाएर वडाध्यक्ष भट्टमाथि हातपात गरेको प्रहरीले जनाएको छ । भारतबाट आएका ७२ जना बस्ने ठाउँ नभएर बाहिर बसिरहेपछि रेडक्रसको भवनमा क्वारेन्टाइन व्यवस्थापन गरिरहेको समयमा मदिरा सेवन गरि आएका ऐरले गालीगलौचसहित हातपात गरेको वडाअध्यक्ष भट्टको दावी छ ।...
कपिलवस्तु र रुपन्देहिमा थप १६ जना संक्रमित फेला पर्यो

कपिलवस्तु र रुपन्देहिमा थप १६ जना संक्रमित फेला पर्यो

समाचार
पूणर्पुष्टि, जेष्ठ, १५ कपिलवस्तु र रुपन्देहीमा थप १६ जना कोरोना संक्रमित थपिएको छ । कपिलवस्तुमा १५ जना र रुपन्देहीमा १ जना गरी १६ जना थपिएको हो ।  प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको आरटी पीसीआर परीक्षणमा कपिलवस्तुको मायादेवी गाउँपालिकाका १५ जना र रुपन्देहीको सैनामैना नगरपालिकाको क्वारेन्टिनमा बसेका एक जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित सबै जना भारतका विभिन्न शहरबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरू हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।...
नेपाल फर्कने क्रममा बाटोमा मृत्यु भएका युवाको कोरोना पुष्टि

नेपाल फर्कने क्रममा बाटोमा मृत्यु भएका युवाको कोरोना पुष्टि

समाचार
पूणर्पुष्टि, जेष्ठ, १५ भारत बाट नेपाल फर्कने क्रममा बाटैमा मृत्यु भएको अर्घाखाँचीको भुमकिास्थान नगरपालकिा(९ का युवामा कोरोना संक्रमण पुष्टि भएको छ । ती युवाको जेठ १० गते राति लखनउ आसपास मृत्यु भएको थियो । उनको शव अर्घाखाँची लगेर सदगद गरिएको थियो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बिहीबार गरिएको पिसिआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो । आइतबार दिउसो उनीहरु सिर्सिहवा नाका हुँदै नेपाल भित्रिएका थिए । उनले लखनउबाट बस हिँड्दा आफूलाई छटपटी भएको साथीलाई बताएका थिए । त्यसपछि छाति दुख्यो भन्दै वान्ता गरेका उनी बसमै ढलेको उनका भतिजको भनाई छ । उनि भारतको गुजरातबाट नेपाल फर्कदै गरेको क्रममा बाटोमा मृत्यु भएको थियो । उनको शवसँग हेलमेल भएका ९ जनाको स्वाबको रिपोर्ट भने अझै नआए सकेको पौडेलले बताउनुभयो ।...
दाङ र कपिलवस्तुमा फेरी थप ११ जना संक्रमित थपियो

दाङ र कपिलवस्तुमा फेरी थप ११ जना संक्रमित थपियो

समाचार
पूणर्पुष्टि, जेष्ठ, १५ दाङ र कपिल वस्तुमा थप ११ जना कोरोना संक्रमित पुष्टि भएको छ । कपिलवस्तुमा ९ जना र दाङमा २ जना गरी ११ जना बिहिबार बेलुका कोरोना पुष्टि भएको हो । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार गरिएको पिसिआर परीक्षणमा ११ जनामा रिपोर्ट पोजेटिभ देखिएको उपकुलपति डा. संगीता भण्डारीले जानकारी दिनुभयो । उनीहरू छिमेकी देश भारतबाट आएपछि स्थानीय क्वारेन्टिनमा बसेका थिए । संक्रमितमध्ये दाङको गढवा गाउँपालिका वडा नं. १ का २८ वर्षीय पुरूष र गढवा २ मा ४१ वर्षीय अर्का एक पुरूषमा कोरोना संक्रमण देखिएको छ । प्रतिष्ठानको रिपोर्ट अनुसार कपिलस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ३ का २३ र ३० वर्षका पुरूष, वडा नं. ५ का २६ वर्षीय एक पुरूष र वडा नं. ७ का १७, ३७,३९,४०,४३ र ५२ वर्षीय पुरूषमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बिहिबार बिहान मात्रै नेपालमा १५६ जना संक्रमित फेला पर...
१३ नं वडामा विकास निर्माण र कृषि कार्यले पूणर्ता पायो

१३ नं वडामा विकास निर्माण र कृषि कार्यले पूणर्ता पायो

समाचार
पूाणर्पुष्टि, जेष्ठ, १५ त्रियुगा नगरपालि वडा नं १३ ले विकास कार्य र कृषिलाइ पुन प्राथामिकता दिएको छ । लामो समयको लकडाउनले गर्दा यहि आर्थिक बर्षमा तयार परिएका केहि कामहरु बाँकी रहेको अवस्था थियो । सरकारले उच्च सतर्कताका साथ विकास निर्माण कृषि लगाएतलाई प्राथामिकता दिन सहज गरेपछि विकास निर्माण कार्यहरुले प्राथामिकता पाउन थालेको हो । जिल्ला प्रशासन कार्यलय उदयपुर, सुरक्षाकर्मी, जिल्ला समन्वय समिति र स्थानीय सरकार लगाएत सम्बन्धित निकायहरुले लकडाउनको उच्च पालना र कोरोना भाइरसको सतर्कतालाई ध्यान राख्दै विकास, कृषि जस्ता कार्यलाई सहज वनाउने निणर्य गरेको थियो । सोहि अनुरुप त्रियुगा नगरपालिका वडा नं १३ मा पनि लकडाउनको कारण समयमै गर्न नपाएका विबिभिन्न विकास निर्माण तथा कृषि कार्यलाई कोरोना भाइरसको उच्च सर्तता अपनाएर सुरु गरिएको वडा नं १३ की वडा अध्यक्ष पशुपति चोधरील बताउनुभयो । चौधरीका अनुसा...