Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

उदयपुरको भुल्केमा आज १४३ जनाको स्वाव संकलन

उदयपुरको भुल्केमा आज १४३ जनाको स्वाव संकलन

समाचार
उदयपुर/बैशाख, २७ नेपालको सबै भन्दा बढी कोरसोना संक्रमण रहेको उदयपुरको भुल्केमा १४३ जना स्थानीयहरुको आज स्वाव संकलन गरिएको छ । जनस्वास्थ्य कार्यलय उदयपुरले आज स्थानीयहरुको स्वाव संकलन गरेको हो । भुल्केमा बुधवार मात्रै ३ सय ३४ जनाको पून परिक्षणको रिपोर्ट बाट ३ जनामा कोरोना पुष्टि भए सँगै आज स्थानीयहरुको तत्काल परिक्षण गरिएको जनस्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहान सुवेदीले जानकारी दिनुभयो । आज समेत को ३ जना गरी भुल्केमा मात्रै कोरोना संक्रमणको संख्या ३१ पुगेको छ । उदयपुर नेपालको सबै भन्दा बढी संक्रमण रहेको जिल्ला हो । संक्रमित ३१ मध्येबाट  १४ जना भने निको भएको छ । त्यसमा १ जना महिला मोतिगडाको क्वारेन्टाइन छ भने अरु हाल विराट नगरकै क्वारेन्टाइनमा रहेको छ । नेपालमा अहिले १ सय ९ जना कोरोना संक्रमण रहेको छ भने, नेपालभरी उपचार पछि ३१ जना निको भएर फिर्किएका छन् । अहिले सम्म मृत्यु भन...
घुस लिएको अभियोगमा वन कार्यालय प्रमुख पक्राउ

घुस लिएको अभियोगमा वन कार्यालय प्रमुख पक्राउ

समाचार
पूर्णपुष्टि, बैशाख २७ गते ।  डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमङ्गल प्रसादलाई घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदै गर्दा कार्यालयबाटै पक्राउ गरिएको आयोगको टोलीले जनाएको छ । सूर्यगढी गाउँपालिका–५ नयाँपुलमा रहेको ढुङ्गा खानी सञ्चालन गर्न दिन एक लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ । कार्यालय प्रमुख जयमङ्गललाई आवश्यक कारबाहीको लागि काठमाण्डौ लगिएको जनाईएको छ । दुई दिनअघि स्थानीयवासीले उद्धार गरी बुझाएको घोरल कार्यालय परिसरबाटै बेपत्ता भएपछि डिभिजन वन कार्यालय विवादमा तानिएको थियो । गत वैशाख २४ गते पञ्चकन्या गाउँपालिका–५ त्रिवेणीधाम क्षेत्रमा आएको घोरल स्थानीयवासीले समातेर वन कार्यालयमा बुझाएको थियो । तर त्यही राती घोरलले खोर भत्काएर भागेको कार्यालयले जनाएको छ ।...
भारतले दशगजा क्षेत्रमा अवैध बाँध विस्तार गर्दै

भारतले दशगजा क्षेत्रमा अवैध बाँध विस्तार गर्दै

समाचार, संसार
पूर्णपुष्टि, बैशाख २७ गते ।  भारतले लकडाउनको मौका छोपेर दशगजा क्षेत्रमा अवैध बाँध विस्तार गरेको छ । रौतहटको ईशनाथ नगरपालिकासँग जोडिएको नेपाल–भारत दशगजा क्षेत्रमा भारतीय पक्षले अवैध पाँच फिटभन्दा अग्लो माटो थपेर बाँध लगाएको हो । जंगे पिलर संख्या ३४७ को पूर्व, मझौला पिलर ३४६–५ हुुँदै बन्जरहासम्म भारतले एक दशक अघि बाँध बनाएको थियो । अहिले त्यसलाई अग्लो बनाउँदैछ । दशगजा क्षेत्रमा पक्की वा अस्थायी कुनै किसिमका संरचना बनाउन पाइँदैन । तर भारतले निरन्तर अवैध रुपमा बाँध बनाउँदै आएको छ । बाँधले नेपाली भूभाग डुबानमा पर्दै आएको छ । त्यस्ता संरचना भत्काउनु पर्नेमा उल्टै भारतले सिमेन्टका बोराहरूमा माटो ढुङ्गा भरेर बाँधको चौडाइसँगै उचाइ बढाईरहेको छ । दुई किलोमिटरभन्दा लामो, फेद चौडा करिब १० मिटर भएको १५ फिटभन्दा अग्लो बाँध भारतले बनाएको र पानी निकासका लागि एउटा पनि ढोका नराखेको स्थानीयहरुले ब...
कुवेतमा तीन हप्ता लकडाउन

कुवेतमा तीन हप्ता लकडाउन

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २७ गते । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेपछि कुवेतमा आइतबारदेखि तीन हप्तासम्म पूर्ण रुपमा लकडाउन हुने भएको छ । कुवेत मन्त्रिपरिषदले आईतबार अर्थात मे १० देखि मे ३० सम्म पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको सञ्चारमाध्यमहरुले जनाएको छ । यो निर्णय आइतबार दिउँसो चार बजेदेखि लागू हुने जनाईएको छ । निजी क्षेत्रको काम र अत्यावश्यकबाहेक सामान ओसारपसारको कामसमेत रोक्ने निर्णय गरेको जनाईएको छ । तर दिउँसोको साढे चार बजेदेखि साढे ६ बजेसम्म मानिसलाई हिँड्न दिएपनि गाडी चलाउन नदिने जनाएको छ । कुवेतमा अहिलेसम्म ७ हजार २ सय ८ जनामा कोरोना संक्रतिमण फेला परेकोे छ । २ हजार ४ सय ६६ जना निको भएर घर फर्केका छन् भने ४ हजार ६ सय ९५ जनाको अस्पतालमा उपचार भइरहेको छ । कुवतेमा अहिलेसम्म ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ । कुवेतमा रहेको ८४ जा नेपाली श्रमिकलाई कोरोना संक्रण देखिएको ...
नेपाली भुमिमा भारतीय गतिविधिको विरोध गर्ने ३३ विद्यार्थी पक्राउ

नेपाली भुमिमा भारतीय गतिविधिको विरोध गर्ने ३३ विद्यार्थी पक्राउ

समाचार
पूर्णपुष्टि, बैशाख २७ गते ।  नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको प्रति त्यसको विरोधमा उत्रेका ३३ जना विद्यार्थी पक्राउ परेका छन् । लिपुलेकमा भारतले सडक बनाएको प्रति विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको हो । विरोधमा उत्रेका विद्यार्थीहरुलाई लकडाउनको उल्लंघन गरेकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थीले राष्ट्रिय झण्डासहित प्लेकार्ड बोकेर दूतावास अगाडि प्रदर्शन गर्न पुगेका थिए । त्यही क्रममा विद्यार्थी नेता सुदेश पराजुली, यशु लामा, महेश श्रेष्ठ, मेघनाथ चापागाईंँ, अशोक थापा लगायत पक्राउ परेका हुन् । नेपालको भूगोलमा रहेको लिपुलेक, कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको शुक्रबार उद्घाटन गरेको समाचार भारतका संघीय रक्...
लिपुलेक बारे सरकराले बोल्यो

लिपुलेक बारे सरकराले बोल्यो

समाचार, संसार
पूर्णपुष्टि, बैशाख २७ गते ।  नेपाली भूमि लिपुलेकबाट भारतले सडक खनेर उद्घाटन गरेको विषयमा सरकारले आधिकारीक धारना जनाएको छ । लिपुलेक हुदै भारतले सडक खनेर चीनको सीमासम्म र्पुयाएको विषयमा सरकारले प्रेस विज्ञप्ति जारी  गर्दै आधिकारिक धारणा जनाएको हो । भारतले नेपाली भूमि हुँदै सडक खनेको प्रती परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सन् १८१६ को सुगौली सन्धि अनुसार काली पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालमै पर्ने दाबी गर्दै सरकारले यो विषयमा नेपालले कुटनीतिक नोट पठाउँदा पठाउँदै पनि भारतले सडक बनाउनु दुःखद भएको जनाएको छ । यस विषयमा दुई देशबीच छलफल हुनुपर्ने र ऐतिहासिक सन्धि, कागजात र नक्साको आधारमा सीमा विवाद समाधान गर्नुपर्ने विषयलाई भारतले एकलौटी रुपमा प्रयोग गर्न नपाउने भन्दै सरकारले भारतको पछिल्लो कदम तत्काल फिर्ता गर्न माग ग...
कतारले डिपोर्ट गरेर नेपाल पठाएका श्रमिकको तलब पठायो

कतारले डिपोर्ट गरेर नेपाल पठाएका श्रमिकको तलब पठायो

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख २७ गते ।  गत मार्चमा कतार सरकराले डिर्पोट गरेर नेपाल पठाएका नेपाली श्रमिकले तलब पाउने भएको छ । अल ब्याण्डरी इन्जिनियरीङ ट्रेडिङ एण्ड कन्ट्र्याक्टिङ कम्पनीमा कार्यरत ८४ जना र अलुमुनियम गल्फ रे कम्पनीमा कार्यरत १० जना नेपाली श्रमिकले तलब लगायत नियमानुसार पाउन बाँकी रकम पाउने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । सबैको तलब ३ लाख ४६ हजार ३ सय २० कतारी रियाल र काम गरेबापतको उपदान (ग्राचुइटी) २६ हजार ८ सय १ रियाल हुन गएको र उक्त रकम नेपाल पठाइसकेको दूतावासले जनाएको छ । दूतावासको समन्वयमा ती कम्पनीबाट पाउनु पर्ने रकम प्राप्त गरी गएको अप्रिल २२ गते नै टीटी गरी कन्सुलर सेवा विभाग काठमाण्डौमा पठाइसकेको दूतावासले जनाएको छ । त्याहाका प्रहरीले नेपालीलाई कोरोना जाँच गर्ने भनेर एक हप्तासम्म हिरासतमा लिएका थिए । पछि तलब र पाउनुपर्ने सेवासुविधा केही नदिएर डिपोर्ट गरेर न...
म्याग्दीमा थप २ जनामा डेङ्गी संक्रमिण

म्याग्दीमा थप २ जनामा डेङ्गी संक्रमिण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २७ गते ।  म्याग्दीमा थप दई जनामा डेङ्गीको संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–५ भिरमुनि र बेनी नगरपालिका–६ छापाका दुई युवामा डेङ्गी पोजेटिभ देखिएको अस्पतालले जनाएको हो । शुक्रबार थप दुई जनामा डेङ्गीको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ९ पुगेको छ । कोरोना भाईरस संक्रमणको महामारी फैलि रहेको बेला डेङ्गीको संक्रमित फैलिन थालेपछि झनै जनजीवन प्रभावित बन्दै गएको छ ।  यसवर्ष निकै डेङ्गीले सताउने सङ्केत देखिएको चिकित्सकहरु बताउँछन् ।...
प्रहरीलाई हातपात गर्ने ४ चिनियाँलाई मुद्दा चलाउने तयारी

प्रहरीलाई हातपात गर्ने ४ चिनियाँलाई मुद्दा चलाउने तयारी

समाचार
पूर्णपुष्टि, बैशाख २७ गते ।  काठमाण्डौमा प्रहरीमाथी हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई मुद्दा चलाउने तयारी भएको छ । उनीहरु विरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ । हिजो सिंहदरबारको मूल गेट अगाडि निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि रोक्ने क्रममा चिनियाँ नागरिकहरुले हातपात गर्दा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतसहित चार जना प्रहरी घाइते भएका थिए । शुक्रबार पक्राउ परेका ४७ जनामध्ये दुई जनालाई दरबारमार्ग र दुई जनालाई सिंहदरबार वृत्तमा राखिएको छ भने बाँकी ४३ जनालाई छाडिएको प्रहरीले जनाएको छ ।...
काँग्रेस केन्द्रीय सदस्य बैठक पुस्तिका लिएर घर घरमा

काँग्रेस केन्द्रीय सदस्य बैठक पुस्तिका लिएर घर घरमा

समाचार
पूर्णपुष्टि, बैशाख २७ गते । पश्चिम नवलपरासीमा नेपाली काँग्रेसको राजनितिमा हरेक पटक विवाद सगैं चर्चामा आउने प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल एक पटक फेरि विवादमा तानीएका छन । नेपाली काग्रेस पश्चिम नवलपरासी जिल्ला सदस्य हरिकला गिरीले एक विज्ञप्ति जारी गर्दै झुक्याएर हस्ताक्षर गराई अवैधानिक व्यक्तिको अध्यक्षयताको बैठक पुस्तिकामा सम्मिलित गराएको जानकारी गराएकी छन । केन्द्रीय सभापती शेरबहादुर देउवाको पत्रको आधारमा विष्णुप्रसाद पौडेललाई जिल्ला सभापतिको चिठ्ठि प्राप्त भए पश्चात् एक समुहले विष्णुप्रसाद पौडेललाई सभापती मान्दै आएको छ । तथापी पश्चिम नवलपरासी नेपाली काँग्रेसका आधिकारीक तथा पार्टीका निर्णयहरु जिल्ला सदस्य सहितको बैठकमा कार्यवाहक सभापति अर्जुनकुमार पोखरेलको अध्यक्षतामा हुने गरेको छ । यहि अवस्थामा नयाँ बैठक पुस्तिकामा विषयवस्तुको प्र...