Wednesday, August 5News That Matters

Month: ६ वर्ष अगाडि

थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २० गते । नेपालमा थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ सय ७० जना पुरूष र १८ जना महिला गरेर २ सय ८८ जना नयाँ संक्रमित थपिएको हो । यो सँगै नेपालमा संक्रमित संख्या २ हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रौतहट ३८, स्याङ्जा ५, पर्वत ५, सप्तरी १, बर्दिया ३, बाँके १७, सुर्खेत २७, दैलेख ९, सल्यान १८, अछाम १०, बारा १, दाङ १७, प्युठान १, कन्चनपुर ८, कैलाली १०, धनुषा ६, महोत्तरी २ जनामा संक्रमण भेटिएको छ । त्यस्तै भक्तपुर १, धादिङ १, कपिलवस्तु १६, काठमाडौं ४, नवलपरासी पूर्व १, नवलपरासी पश्चिम १, नुवाकोट २, रुपन्देही १० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालको ६१ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलि सकेको छ । आजसम्म २ सय ६६ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ ।...
थप २९ जनामा कोरोना संक्रमण पुष्टि

थप २९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २० गते ।  कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको  छ । प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको सख्या २ सय ६२ पुगेको छ । सुर्खेतकामा ११ जना, सल्यानमा ९ जना, अछाममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णालीमा प्रदेशमा अहिलेसम्म ५ वटा जिल्लामा कोराना संक्रमण देखिएको छ । कर्णालीमा अहिलेसम्म कोरोनाको कारण दैलेखका एक जना युवकको मृत्य भएको छ ।...
१ न. प्रदेशमा थप १८ जना कोरोना संक्रमित डिस्चार्ज

१ न. प्रदेशमा थप १८ जना कोरोना संक्रमित डिस्चार्ज

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २० गते ।  आज १ नं प्रदेशमा थप १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानबाट थप १८ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्् । झापाका १७ जना पुरुष र सुनसरीकी एक महिला गरी १८ जना उपचारपछि निको भएर डिस्चार्ज भएको जनाईएको छ । डिस्चार्ज भएकाहरु १७ देखि ५२ वर्ष उमेर समूहका हुन् । उनीहरु सबैको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ । योसँगै १ न. प्रदेशमा कोरोनाबाट मुक्त हुनेको संख्या ४८ पुगेको छ । विराटनगर कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट ३० जना डिस्चार्ज भईसकेका छन् ।...
क्वरेन्टीनमा बसेको १ महिलाको मृत्यु

क्वरेन्टीनमा बसेको १ महिलाको मृत्यु

समाचार
पूर्णपुष्टि, जेठ २० गते ।  बैतडीको एक क्वरेन्टीनमा बसेकी महिलाको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–४ भटनाको मालिका माध्यमिक विद्यालयको क्वरेन्टीनमा बसेकी स्थानीय २२ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको हो । मृतक महिला मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्य चौकीले जनाएको छ । मृतक महिला जेठ १६ गते गौरिफण्टा नाका हुँदै स्वदेश फर्किएर जेठ १८ गतेदेखि श्रीमान र १८ महिने बच्चाक सहित क्वरेन्टीनमा बस्दै आएको थियो । भारतको पञ्जावबाट मुटुरोगको उपचार गराएर फर्किएपनि आर्थीक अभावका कारण करिब १२ दिनसम्म औषधी सेवन गर्न नपाएको मृतकको परिवारले जनाएको छ । मृतको महिलाको स्वाब संकलन गर्ने तयारी भइरहेको छ स्वास्थ्य कार्यालयले जनाएको छ ।...
पर्वतमा पहिलोपटक ५ जनामा कोरोना संक्रमण पुष्टि

पर्वतमा पहिलोपटक ५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २० गते । पर्वतमा पहिलो पटक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको कुश्मामा क्वरेन्टीनमा बस्दै आएका १९, २०, २१ र ४० वर्षको पुरुषमा कोरोना समंक्रा पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै स्याङ्जाको चापाकोट नगरपालिकाको क्वरेन्टीनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षका पुरुषमा र स्याङजाकै बिरुवा गाउँपालिकाको २० वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको जनाईएको छ । संक्रमण पुष्टि भएकाहरु सवै सबै भारतबाट आएका हुन् ।...
हत्याको आरोपमा ३ जना पक्राउ

हत्याको आरोपमा ३ जना पक्राउ

समाचार
सुनसरी, जेठ २० गते ।  सुनसरीको रादन राईको हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् । सुनसरीको ईटहरी उप–महानगरपालिका–२० का २८ बर्षीय रादन राईको हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका–५ का २० बर्षीय प्रज्वल तामाङ, ईटहरी उप–महानगरपालिका–२० का १९ बर्षीय अभिषेक के.सी. (गिरी) र २३ बर्षीय अभिषेक पौडेल रहेको प्रहरीले जनाएको छ । गत जेष्ठ १८ गते राती करिव सवा ९ बजे छिमेकी खीले भनिने अमित घिमिरेको घरमा प्रज्वल राई र रादन राई बिच सामन्य बादबिबाद भएपछि मृतक राई आफ्नो घर फर्कने क्रममा बाटोमा ढुकेर बसेकोे समुहले बाँसको लाठीले अन्धाधुन्द  कुटपिट र धारिलो हतियार छुराले कोखा तथा छातीमा घोपेर घाईते बनाएर फरार रहेको प्रहरीले जनाएको छ । मृतक राई घाईते भएको उनका साथीहरुले थाहापाएपछि तत्काल उद्धार गरी उपचारको लागीे बि.पी.कोईरा...
मनसुन भारतको केरला आइपुग्यो

मनसुन भारतको केरला आइपुग्यो

समाचार
पूर्णपुष्टि, जेठ २० गते ।  यस वर्षको मनसुन जुन १० आसपासमा नेपाल भित्रने पूर्वानुमान महाशााले अनुमान गरेको छ । अहिले अरब सागरमा न्यूनचापीय प्रणाली विकास भएकाले जुन १० तारिखकै आसपासमा मनसुन भित्रिने अनुमान गरिएको महाशाखाले जनाएको छ । अहिले भारतको केरलासम्म मनसुन भित्रिसकेकाले यस वर्ष बेलैमा मनसुन भित्रने अनुमान गरिएको छ । दक्षिण पूर्वी अरब सागरमा रहेको न्यूनचापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र चक्रवात बन्ने सम्भावना रहेको जनाइएको छ ।...
२ न. प्रदेशमा ६ सय बढी कोरोना संक्रमित

२ न. प्रदेशमा ६ सय बढी कोरोना संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २० गते ।  कोरोना भाईरस (कोभिड–१९)बाट २ न. प्रदेशमा ६ सय ९५ संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा सप्तरीमा १२ जना, महोत्तरीमा २ जना, सिरहामा ५जना, सर्लाहीमा ३८ जना, धनुषामा ७ जना र रौतहटमा १८ जना गरी ८२ जना थपिएको हो । यस थपिएका सबै जना केही दिनअघि भारतबाट आएका हुन् ।
अहिले सम्म कोरोना नदेखिएका जिल्लाहरु

अहिले सम्म कोरोना नदेखिएका जिल्लाहरु

समाचार
पूणर्पुष्टि, जेष्ठ, १९ नेपालमा पछिल्लो समय कोरोना संक्रमण तिव्र रुपमा बढेको अवस्था छ । नेपलको सबै प्रदेशहरुमा संक्रमण फैलि सकेको भएपनि केहि जिल्लाहरु भने सुरक्षित अवस्थामै छ । हाल देशभर ५९ ओटा जिल्लामा कोरोना संक्रमण फैलि सकेको अवस्ता छ, भने बाँकी १८ ओटा जिल्ला भने कोरोना संक्रमण नभएको जिल्लाहरु पर्छ । पश्चिममाका रसुवा, गोरखा, मनाङ, मुस्ताङ, कास्की, डोल्पा, रुकुम पश्चमि, जाजरकोट, पर्वत, रोल्पा, प्युठान, मुगु र हुम्लामा कोरोना संक्रमति देखएिको अवस्था छैन, यता पूर्वको ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुङगामा पनि अहिले सम्म कोरोना फैली नसकेको अवस्था छ । नेपालमा प्रत्येक दिन कोरोनाको संक्रमणले द्रुत गति लिरहेको अवस्था रहेपनि यो जिल्लाहरुमा भने अहिले सम्म संक्रमण फैलिन पाएको खबर छैन् । आज मात्रै २३९ जना नेपालको बिभिन्न जिल्लाहरुबाट संक्रमण फेला परेको अवस्था रहेपनि यी १८ जिल्लाहरु बाट भने सं...
थप १३ जना संक्रमित थपियो, नेपालमा आज सम्मकै ठुलो संख्या २३९ जनामा संक्रमण पुष्टि

थप १३ जना संक्रमित थपियो, नेपालमा आज सम्मकै ठुलो संख्या २३९ जनामा संक्रमण पुष्टि

समाचार
पूणर्पुष्टि, जेष्ठ, १९ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएको छ । मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । आधिकारीले पाल्पाका २, नवलपरासी (पश्चिम) का १, गुल्मीका १, कपिलवस्तुका ७ र रुपन्देहीका २ जनामा कारोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सहित नेपालमा संक्रमाणको संख्या १८११ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा आज सम्मकै ठुलो संख्यामा कोरोना संक्रमण फेला परेको छ । देशको बिभिन्न ठाउँबाट आज मात्रै नेपालमा २३९ संक्रमण फैलिए सँगै नेपालमाको कुल संक्रमित संख्या १८११ हुनु पुगेको हो । यस अघि मात्रै २२६ जना संक्रमाण् फैलिसकेका थिए फेरी थप १३ जना संक्रमित फेला परेका छन् । संक्रमण मध्ये कन्ञनपुरका ११ महिने शिशु पनि रहेको जनसंख्या मन्त्रालयले जनाएको...