Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

वेस्ट ईण्डिज र इङ्ग्ल्याण्ड विचको टेस्ट जुलाई ८ तारिखदेखि

वेस्ट ईण्डिज र इङ्ग्ल्याण्ड विचको टेस्ट जुलाई ८ तारिखदेखि

खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ २१ गते ।  इङ्ग्ल्याण्डले वेस्ट इण्डिजसँग खेल्ने ३ खेलको टेस्ट सिरिजको मिति टुङ्गो लागेको छ । आगामी जुलाई ८ देखि बन्द रङ्गशालामा खेल्ने गरी इङ्ग्ल्याण्डले वेस्ट इण्डिजसँगको तालिका टुङ्गो लगाएको हो । यो सिरिजसँगै कोरोना भाइरसको कारण गएको मार्च १३ तारिखदेखि बन्द भएका अन्तर्राष्ट्रिय क्रिकेट सुरु हुनेछन् । पहिलो टेस्ट ८ देखि १२ जुलाईसम्म ह्याम्पसायरमा हुनेछ, दोस्रो टेस्ट १६ देखि २० जुलाईसम्म ओल्ड ट्राफोड र तेस्रो २४ देखि २८ जुलाईसम्म ओल्ड ट्राफोडमा नै हुनेछ ।...
नेपालमा अभिनेत्री मनीषा कोइराला

नेपालमा अभिनेत्री मनीषा कोइराला

समाचार
पूर्णपुष्टि, जेठ २१ गते । रुपन्देहीको सीमा नाका भैरहवाको बेलहियाबाट मङ्गलबार अभिनेत्री मनीषा कोइराला नेपाल प्रवेश गरेकी छिन् । परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गरेपछि उनी काठमाण्डौ प्रस्थान गर्ने जनाईएको छ । उनीसँगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ । भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उनका परिवारको स्वास्थ्य परीक्षण गरेको थियो । अभिनेत्री कोईराला जिल्ला प्रशासन रुपन्देहीले जनाएको छ । नेपाल भारत सीमा विवाद चलेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा कोइरालाको प्रशंसा भइरहेको छ । कोइरालाले भारत र नेपाली चलचित्रमा दशकौँदेखि अभिनय गर्दै आएकी छिन् ।...
भोलिदेखि ३ दिनसम्म ठूलो वर्षा हुने सम्भावना

भोलिदेखि ३ दिनसम्म ठूलो वर्षा हुने सम्भावना

समाचार
पूर्णपुष्टि, जेठ २१ गते । अरब सागरबाट उत्पन्न भएको निसर्ग नामको चक्रवातको प्रभावले नेपालमा बिहीबारदेखि ठूलो वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवातको प्रभाव आज दिउँसोबाटै नेपालमा देखिने र भोलिदेखी तीन दिनसम्म ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र यसको अप्रत्यक्ष प्रभावले नेपालमा पनि वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । नेपालमा भोलि मध्यम खालको वर्षा हुने र शुक्रबार र शनिबार ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । मनसुन भारतको केरला प्रवेश गरिसकेकोले जेठ मसान्तअघि नै नेपालमा मनसुन सुरु भइसक्ने जनाएको छ । आज कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेश र प्रदेश १ को पहाडी भूभागमा सामान्य ...
सरकारको कर बुझाउने सुचना प्रति चेम्बर अफ् कमर्सको आपत्ति

सरकारको कर बुझाउने सुचना प्रति चेम्बर अफ् कमर्सको आपत्ति

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ २१ गते । आगामी जेठ २५ गते भित्र कर तिर्न सरकारले म्याद तोकेकोमा नेपाल चेम्बर अफ् कमर्सले आपत्ति जनाएको छ । कोरोना भाइरसको प्रकोपको कारण ७१ दिनदेखि देश लकडाउनमा रहेकोले समग्र आर्थिक एवम् व्यावसायिक कारोबार ठप्प रहेकोे अवस्थामा सरकारले जेठ २५ गतेभित्र कर बुझाउन म्याद तोकेकोमा ध्यानाकर्षण भएको चेम्बरले जनाएको छ । तरलताको अभावले कर्मचारी र मजदुरको पारिश्रमिक लगायत अन्य बैंकको ब्याज, किस्ता तथा अन्य विविध खर्चहरुसमेत धान्न नसकेको पनि चेम्बरले जनाएको छ । चेम्बरले स्वास्थ सुरक्षाको प्रत्याभूतिको साथ लकडाउनको अवधिमा अविलम्ब आर्थिक क्रियाकलाप चलायमान बनाउन व्यवसायिक वातावरण सिर्जना गर्न पनि अनुरोध गरेको छ । विद्यमान सूचना खारेज गरी व्यवसायीको माग अनुसार नयाँ सूचना जारी गर्न चेम्बरको अनुरोध छ ।...
कोरोना सचेतना सन्देशबारे भ्रम छरियो

कोरोना सचेतना सन्देशबारे भ्रम छरियो

समाचार
पूर्णपुष्टि, जेठ २० गते ।  प्रदेश सरकारले सञ्चार माध्यमलाई दिएको कोरोना सचेतना सन्देशको गत प्रचार भएको भन्दै नेपाल पत्रकार महासंघसहित पत्रकार संगठनहरुले आपत्ती जनाएको छ । प्रदेश सरकारले स्वरोजगारमूलक सञ्चार माध्यमलाई कोरोना महामारीबाट उत्पन्न संकटको अवस्थामा सन्देशमुलक सूचना दिई सहयोग गरेको विषयलाई लिएर भ्रम छरिएको भन्दै महासंघ र संगठनहरुले मंगरबार विज्ञप्ति जारी गर्दै आपत्ती जनाइएको हो । प्रदेश सरकारले कोरोना जन सुरक्षा कोषको कार्यबिधि अनुसार कोरोना विरुद्ध सचेतना फैलाउने सन्देश महासंघमार्फत प्रदेशका सञ्चार माध्यमलाई उपलब्ध गराएको नेपाल पत्रकार महासंघ १ नं प्रदेश समितिले जनाएको छ । महासंघका अध्यक्ष बिक्रम लुईटेल र महासचिब विवेक गौतमद्वारा जारी विज्ञप्तिमा अहिलेसम्म १ सय १६ सञ्चार माध्यमले सो रकम प्राप्त गरेको र अन्य प्रक्रियामा रहेको स्पष्ट पार्दै तोकिएको मापदण्ड अनुसार पारदर्शी ...
दैनिक उपभोग्य सामानको पसल ३ घण्टा खुल्ने

दैनिक उपभोग्य सामानको पसल ३ घण्टा खुल्ने

समाचार
पूर्णपुष्टि, जेठ २० गते ।  अत्यावश्यक वस्तुका पसल दैनिक तीन घण्टा खुल्न पाउने भएको छ । खाद्य वस्तु, तरकारी तथा दैनिक उपभोगका अत्यावश्यक किराना पसल विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने भएको हो । जिल्ला प्रशासन कार्यालय उदयपुरले मंगलबार सुचना प्रकाशन गर्दै लामो समयदेखिको लकडाउनले पारेको समस्यालाई दैनिक जिवन यापनमा सहज बनाउने उद्देश्यले अत्यावश्यक वस्तुको पसल दैनिक तीन घण्टा खेल्ने सुचान जारी गरेको छ ।...
कोरोना त्रास बाट समान्य बन्दै उदयपुरको भुल्के

कोरोना त्रास बाट समान्य बन्दै उदयपुरको भुल्के

Breaking News 1, समाचार
पूणर्पुष्टि, जेष्ठ, २० उदयपुरको त्रियुगा नगरपालिका भुल्के अहिले समान्य अवस्थामा आएको छ । केहि समय अघि कारोना संक्रमणको त्रासले त्यहाँको जनजिवन निकै कष्ठकर बनेको अवस्था थियो ।१ नं प्रदेशको पहिलो र नेपालकै सबै भन्दा पहिले ठुलो संख्यामा संक्रमण फैलिएपछि उदयपुर नै उच्च जोखिम र त्रासमय रहेको थियो । भुल्के स्थित नुरी मस्जिदबाट १२ जना संक्रमण फेला परेपछि भुल्केलाई पूणर् सिल्ड गरेको थियो । लामो समयसम्म भुल्केका स्थानीयहरु सिल्ड तोडेर वस्ति भन्दा बाहिर जान नपाउने र नसक्ने अवस्थाले त्यहाँको जनजिवनमा ठुलो समस्या थियो । खाद्यन्न लगाएत अन्य कार्यहरुमा समस्या आउनुका साथै उत्पादनहरु पनि विक्रि वितरण गर्न नपाएइको अवस्था थियो । अझै त्यो वस्तिको पैसा सम्म नचल्ले अवस्थामा त्याहाँको स्थानीयहरुले जिवन विताइरहेको अवस्था थियो । पछिल्लो समय परिक्षणको दायरा बढाए सँगै संक्रमितहरु पनि लगभग सबै ठिक भएर फर...
आज एकै दिन ४५ जना कोरोना संक्रमण बाट डिस्चार्ज, निको हुनेको संख्या नेपालमा २६६

आज एकै दिन ४५ जना कोरोना संक्रमण बाट डिस्चार्ज, निको हुनेको संख्या नेपालमा २६६

समाचार
पूणर्पुष्टि, जेष्ठ, २० नेपालमा आज कोरोना संक्रमणबाट ४५ जना निको भएका छन् । उनिहरु निको भएर घर फर्कि सकेका छन् । आजको ४५ जना सहित नेपालमा कोरोनाबा मुक्त हुनेको संख्या २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्म प्रदेश १ बाट ४८, प्रदेश २ बाट १०४, बागमतीबाट ३०, गण्डकीबाट ३, प्रदेश ५ बाट ७४ र सुदूरपश्चिमबाट ७ जना निको भई घर फर्किएका छन् अहिलेसम्म कोरोना निको भएर डिस्चार्ज हुनेमा २ सय १२ जना पुरुष र ५४ जना महिला रहेका छन् ।...
नेपालमा थप ४५ जना कोरोना संक्रमित डिस्चार्ज

नेपालमा थप ४५ जना कोरोना संक्रमित डिस्चार्ज

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २० गते ।  नेपालमा थप ४५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । मकवानपुर १, गुल्मी १, स्पन्देही १६, कपिलबस्तु ९, सुनसरी १, झापा १७ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा उपचारपछि निको हुनेको संख्या २ सय ६६ पुगेको छ । पछिल्लो सयममा भारतबाट आउनेको संख्या बढेसँगै संक्रमितको संख्या तिब्र रुपले बढ्दै गएको छ । आज एकै दिन २ सय ८८ जना नयाँ संक्रमित थपिएर नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको छ भने ८ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ ।...
ब्यपारीहरुले पसल खोल्न पाउनु पर्ने माग राख्न थाले

ब्यपारीहरुले पसल खोल्न पाउनु पर्ने माग राख्न थाले

समाचार
 पूणर्पुष्टि, जेष्ठ, २० कोरोनो भाईरसका कारण लामो समय सम्मको लकडाउनका कारण व्यपार व्यवसाय चौपट भएको भन्दै देशभरका व्यवसायीहरुले व्यवसायलाई सहज गर्नु पर्ने माग राख्न थालेको छ । यहि शिलशिलामा काठमाण्डौ स्थित जोरपाटीको व्यवसायीहरुले मंगलबार प्रदर्शन समेत गरेका छन् ।  कोरोना भाइरस नियन्त्रणका लागि सरकारले नेपालमा लकडाउनको घोषणा गरेको ७१ दिन भइसकेको छ । यो अवधिसम्म आइपुग्दा लकडाउनले जिउन समेत मुस्किल हुन थालेको भन्दै लकडाउन खुकुलो पार्न जनस्तरबाट माग हुँदै आएको छ । सरकारले भने लकडाउनलाई ३२ जेठसम्म बढाउने निणर्य गरिसकेको छ । यद्यपि, सरकारले निणर्यलाई थप व्याख्या गरेर केही स्थानमा लकडाउन खुकुलो बनाउन सकिने बारे छलफल गरिरहेको छ । व्यवारीहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । उनिहरुलाई प्रहरीले भिँडभाँड भएको भन्दै प्रदर्शनबाट खेदेका थिए ।...