Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

चलचित्र बोर्ड अध्यक्षको लागि भुवन केसि सहित ३ जनाको नाम सिफारीस

चलचित्र बोर्ड अध्यक्षको लागि भुवन केसि सहित ३ जनाको नाम सिफारीस

मनोरञ्जन, समाचार
पूणर्पुष्टि, जेष्ठ, २१ चलचित्र बोर्डका तत्कालीन अध्यक्ष केशब भट्राइको निधन भएपछि बोर्डमा अध्यक्षको पद रिक्त छ । भट्राईको मंसिर २९ गते निधन भए पश्चात अध्यक्ष पद खालि छ । अध्यक्ष विहिन बोर्डलाई प्रक्रियागत हिसावले संञ्चालनका लागि बोर्डले यसको प्रक्रिया अघि सारेको छ । पून ः बोर्ड सञ्चलनका निम्ति अध्यक्ष पदमा ३ जनाको नाम सिफारिस भएको छ । १० जनाको आवेदन रहेका मध्ये बाट नायक भुवन केसि सहित निर्देशक दयाराम दाहाल र संस्कृतिकर्मी राजेश थापाको नाम सिफारिस भएर आएको संञ्चार सूचना तथा  प्रवित्रि मन्त्रालयले जनाएको छ । १० जनाको आवेदन परेपछि सूचना प्रविधि मन्त्रालयकी सह-सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । समितिले तीन चलचित्रकर्मीको नाम सिफारिस गरेर पठाएको छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष चयन गर्नेछ ।  समितिले सिफारिस गरेका तीन जना व्यक...
नेपाललाई विश्वबैंकले १ सय मिलियन डलर ऋण दिने

नेपाललाई विश्वबैंकले १ सय मिलियन डलर ऋण दिने

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ २१ गते । नेपाललाई विश्वबैंकले १ सय मिलियन अमेरिकी डलर अर्थात करिब १२ अर्ब रुपैयाँ  ऋण स्वीकृत गरेको छ । डेभलपमेन्ट इन्भेष्टमेन्ट क्रेडिट योजना अन्तरगत नेपालले यो ऋण पाएको हो । नेपालको विद्युत विकास र कोरोना भाइरसविरुद्धको क्रियाकलापको लागि ऋण रकम स्वीकृत गरेको विश्वबैंकले जनाएको छ । यस ऋण सहायताबाट नेपालको विद्युत सेवा भरपर्दो र सुरक्षित बनाउने तथा क्षेत्रीय व्यापारमा सहयोग पुग्ने विश्व बैंकको दावी छ । स्थानीय सरकारलाई भरपर्दो बिजुली वितरणको लागि सक्षम बनाउने कार्यक्रम पनि सञ्चालन हुनेछ । संकटको बेलामा पनि नेपालको बिजुली प्रवाहको अवस्था सुधार हुँदै गएको र यसलाई थप भरपर्दो र दीगो बनाउनको लागि विश्वबैंकले ऋण लगानी गरेको विश्वबैंकले जनाएको छ । नेपालको ८८ प्रतिशत जनसंख्यामा बिजुली पुगेको र बिजुलीको उत्पादन बढ्दै गएकाले क्षेत्रीय व्यापारका लागि अन्तरदेशीय प्रशारण...
विश्वभरका  ३० लाखभन्दा बढी कोरोना संक्रमित उपचारपछि निको भए

विश्वभरका ३० लाखभन्दा बढी कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २१ गते । विश्वका विभिन्न देशका ३० लाख भन्दा बढी कोरोना संक्रमित उपचारपछि निको भएका छन् । विश्वको २ सय १३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना संक्रमण फैलिदा ६४ लाख ५२ हजार भन्दा बढी मानिस संक्रति भएको मध्ये ३० लाख ६६ हजार भन्दा बढी उपचारपछि निको भएका हुन् । उक्त कोरोना संक्रमित मध्ये ३ लाख ८२ हजार ५ सय भन्दा बढीको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । कोरोनाको संक्रमण भएका देश मध्ये १४ देशका शत प्रतिशत उपचारपछि निको भएका छन् ।...
बालिका जबरजस्ति कराणीको आरोपमा उदयपुरमा १ जना पक्राउ

बालिका जबरजस्ति कराणीको आरोपमा उदयपुरमा १ जना पक्राउ

समाचार
पूणर्पुष्टि, जेष्ठ, २१ बालिकालाई जबरजस्ति करणी गर्न खोजेको आरोपमा उदयपुरमा १ जना पक्राउ परेका छन् । ४५ बर्षिय पर्वत अधिकारीलाई बेल्टार प्रहरीले जबरजस्ति करणीको आरोपमा पक्राउ गरेको हो । अधीकारी चौदण्डीगढी नगरपालिका वडा नं १० खैडाझोडाका रहेको बेल्टारका प्रहरी प्रमुख निरिक्षक उत्तम चौलागाई बताउनुभयो । जबरजस्ति करणी गर्न खोजेको आरोपमा पडितिको आफन्तले उजुरी दएिपछी आरोपति अधकिारीलाइ इलाका प्रहरी कार्यालय बेल्टारबाट खटीगएको प्रहरीले पक्राउ गरेको निरिक्षक चौलागाइले बताउनुभयो । जेठ २० गते मंगलबारका दिन बिहान ८ बजेको समयमा १० बर्षिय बालिकालाइ निजकै घरमा लागी जबरजस्ति गर्न खोजिएको कुरा उजुरीमा उल्लेख गरिएको छ । सोहि अनुसार प्रहरीले अधिकारीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको चौलागाईले जानकारी दिनुभयो ।...
वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकीमा आक्रमण

वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकीमा आक्रमण

समाचार
पूर्णपुष्टि, जेठ २१ गते । रुकुम पश्चिमको एक प्रहरी पोष्टमा वडा अध्यक्षको नेतृत्वमा हिजो बेलुका आक्रमण भएको छ । मुसिकोट नगरपालिका– १३ का वडाध्यक्ष दिपक केसी लगायतको समूहले मंगलबार बेलुका ९ बजे १४ न. वडाको छिवाङ्ग ज्युलाको अस्थायी प्रहरी पोष्टमा आक्रमण गरेको हो । वडाध्यक्षले करिब २०/२५ जना युवाहरु लिएर प्रहरी पोष्टमा आक्रमण गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जाँडरक्सी खाएर आएका अध्यक्ष केसीको टोलीले प्रहरीको इन्ट्रिपोस्ट, प्रहरी र प्रहरी भाडामा बसेको घर माथी ढुङ्गामुढाले आक्रमण गरेको प्रहरीले जनाएको छ । पोष्टमा एक्कासी आक्रमण गरेका उनीहरुले प्रहरी इन्चार्जको पेस्तोल खोसेर पछि प्रहरीले बल प्रयोग गरेर हतियार फिर्ता लिएको प्रत्यक्षदर्शीले जनाएको छ । वडाध्यक्षको टोलीले प्रहरी ईन्ट्री पोष्ट भत्काउनुका साथै इन्चार्जको बर्दिसमेत च्यातेको छ भने दुई जना प्रहरी...
बलत्कृत बालिका गर्भवती, १७ बर्षिय किशोर पक्राउ

बलत्कृत बालिका गर्भवती, १७ बर्षिय किशोर पक्राउ

समाचार
पूणर्पुष्टि, जेष्ठ, २१ उदयपुरमा १२ बर्षिया बालिका बलतकृत गरी गर्भवती बनाएको आरोपमा कटारी क्षेत्रका १७ बर्षिय १ किसोर पक्राउ परेको छ । पक्राउ पर्ने युवा कटारी नगरपालिका आसपासका रहेका छन् । किशोरीमा स्वास्थ्य समस्या आएपछि परिवारले स्वास्थ्य परिक्षणका लागि कटारी अस्पताल पुराएका थिए । अस्पतालले पटक पटक परिक्षण गर्दा किशोरीको पेटमा गर्भ रहेको रिपोर्ट आएको कटारी अस्पतालले जनाएको छ । कटारी अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेट डाक्टर मुकलेस माधवीले ४ पटक सम्म पिसाब बाट परिक्षण गरिने युरिन प्रिभिन्टी गर्दा ४ पटकै पोजेटिभ आएको बताउनुभयो । पछि थप अल्ट्रसाउण्ड गरेर हेर्दा बालिकामा ८ हप्ताको गर्भ रहेको पत्ता लागेको उहाँले बताउनुभयो ।...
खाद्यन्न, दुधजन्य पदार्थ र मासु पसलहरुका लागि समय तोकियो

खाद्यन्न, दुधजन्य पदार्थ र मासु पसलहरुका लागि समय तोकियो

आर्थिक, समाचार
पूणर्पुष्टि, जेष्ठ, २१ लकडाउन लाई निरन्तर दिदै मानविय जिवनलाई सहज बनाउन सरकारले लकडाउनको स्वरुप फेर्दै आएको छ । सो अनुसार उदयपुरमा पनि जिल्ला प्रशासन कार्यलय उदयपुरले मासु, खाद्यन्न र दुध जन्य पदार्थलाई समय तालिकामा संञ्चालन गर्न अनुरोध गरेको छ । संक्रमण फैलिरहेको अवस्थामा लकडाउन खोल्नु नहुने प्रतिक्रिया दिँदै सरकारले यसलाई पुणर्ता दिइएको हो । सरकारले उच्च जोखिम क्षेत्रहरुलाई कडाइको यथावत राख्ने र सामान्य क्षेत्रहरुलाई भने खुकुलो बनाउँदै जाने समेत प्रतिकृया दिएका थिए । यता लकडाउनका कारण जनताहरु भने थप समस्यामा पनि रहेको अवस्थामा छ । लामो समयको लकडाउनेले गर्दा बिभिन्न पेशामा रहेका जनताहरु अहिले ठुलो समस्यामा परेको बताउँदै आइरहेका छन् । यता दैनिक उपभोग्य सामान लगाएत अन्य आवश्यक वस्तुहरुलाई पनि उचित समय तोकेर संञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यलय उदयपुरले जनाएको छ । दैनिक उपभ...
फेरी एक महिलाको क्वारेन्टाइनमैे मृत्यु

फेरी एक महिलाको क्वारेन्टाइनमैे मृत्यु

समाचार
पूणर्पुष्टि, जेष्ठ, २१ नेपालमा क्वारेन्टाइन र आइसोलेसनमा बस्नेहरुको मृत्यु हुनेको क्रम बढ्दो अवस्था छ । यो भन्दा पहिले मात्रै पनि आइसोलेसनमा रहेकी २ बर्षिय बालिका र क्वारेन्टाइनमा रहेका ६ बर्षिय बालकको ज्यान गइसकेको छ । २ बर्षिया बालिकाको भने कोरोना पुष्टि भएको थियो । आज मात्रै डडेलधुराको गन्यापधुरा गाउँपालिकामा रहेको क्वारेन्टाइनमा एक महिलाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका वडा नम्बर-२ की ३० वर्षीया महिलाको मृत्यु भएको स्थानीय प्रहरी चौकीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेका अनुसार उनी आफ्ना श्रीमानसहित ४ दिनअघि भारतबाट फर्केकी थिइन् । मंगलबार राति श्रीमानसँग शौचालय गएकी महिला अचानाक बेहोस भएपछि मृत्यु भएको प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक धनबहादुर बिष्टले जानकारी दिनुभयो । उनको मृत्यु बारे जिल्ला स्वास्थ्य कार्यलयले जानकारी लिरहेका छन् ।...
घुससहित २ जना सहायक वन अधिकृत पक्राउ

घुससहित २ जना सहायक वन अधिकृत पक्राउ

समाचार
पूर्णपुष्टि, जेठ २१ गते ।  ताप्लेजुङका दुई जना सहायक वन अधिकृतलाई २ लाख रुपैयाँ घुस लिएको आरोपमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ घुससहित रङ्गेहात पक्राउ गरिएको हो । उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचनाको अनुसार अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिँदै गर्दा रङ्गेहात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ । नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाण्डौ पठाइने जनाईएको छ । सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमा नै घुस रकमको लेनदेन भएको अख्तियारले जनाएको छ ।...
विप्लवको केन्द्रीय सदस्य उमा पक्राउ

विप्लवको केन्द्रीय सदस्य उमा पक्राउ

समाचार
पूर्णपुष्टि, जेठ २१ गते । नेत्रविक्रम चन्द (विप्लव) समुह नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । भुजेललाई कैलाली प्रहरीले मङ्गलवार जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको हो । गोरखा प्रहरीले भुजेलविरुद्ध यसअघि नै जिल्ला अदालत गोरखामा अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ । त्यही मुद्दाको थप काननी प्रक्रियाको लागि आज जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । गत पुस दोस्रो हप्ता भुजेललाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको थियो । विभिन्न जिल्लामा रहेका मुद्दाको कानुनी प्रक्रियाका क्रममा पछिल्लो पटक कैलाली प्रहरीको नियन्त्रणमा थिईन् ।...