Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

भोलीदेखि गाईघाट केही खुकुलो हुने, विहान ६ देखि ११ बजेसम्म बजार, पसल खुल्ले

भोलीदेखि गाईघाट केही खुकुलो हुने, विहान ६ देखि ११ बजेसम्म बजार, पसल खुल्ले

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ २२ । उदयपुरको सदरमुकाम गाईघाटमा भोलीदेखि विहान ६ देखि ११ बजेसम्म सामाजिक दुरी कायम गर्दै दुध, मासु, तरकारी, खाद्य तथा दैनिक उपभोग्य बस्तुका पसलहरु खुल्न दिने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज भएको एक बैंठकले कोरोना संक्रमण जोखिमकाबीच पनि नागरिकहरुको जनजीवनलाई केही सहज बनाउन होटेल, लज, रेस्टुरेन्ट, पार्टी प्यालेस, पार्लर, सैलुन बाहेकका खाद्य तथा दैनिक उपभोग्यबस्तुहरुको पसल खुल्न दिने निर्णय भएको हो । निर्णयअनुसार जुत्ताचप्पल, कपडा पसल, हार्डवेयर पसलहरु पनि खुल्न पाउनेछन् । सर्बसाधारणले आफुलाई आवश्यक पर्ने कुराहरु विहान ११ बजेसम्ममा खरिदगरी सक्नु पर्ने र ब्यापारीहरुले तोकिएकै समयमा कारोवार गरेर बन्द गर्नुपर्ने जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताउनुभयो । व्यापारीलाई समय पालना गराउने र उपभोक्ताहरुलाई सामाजिक दुरी, मास्क, सेनिटाइजर प्रयोग ज...
आगलागीमा २ जनाको मृत्यु

आगलागीमा २ जनाको मृत्यु

समाचार
सुनसरी, जेठ २२ गते । सुनसरीको धरान उप–महानगरपालिका–१५ सिद्धकाली चोकको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । बिहान सवा ८ बजे अचानक आगलागी हुँदा ८७ बर्षीया धनमाया श्रेष्ठ र ५८ बर्षीया सिता श्रेष्ठको आगोले जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उक्त आगो नेपाल प्रहरी, शशस्त्र प्रहरी र धरान र ईटहरीबाट गएको दमकलको सहयोगमा बिहान पौने १० बजे नियन्त्रणमा आएको थियो । घटनाको थप अनुसन्धान भईरहेको जनाईएको छ । बर्षा याम शुरु भए संगै आगलागीका घटना बढीरहेकोले सबैले सचेत भई आगलागी हुने बस्तुमा बिशेष ध्यान दिनु आम नागरीकहरुमा प्रहरीले अनुरोध गरेकोे छ ।...
अमेरीका प्रवेशमा चीनको जहाजलाई रोक

अमेरीका प्रवेशमा चीनको जहाजलाई रोक

समाचार, संसार
पूर्णपुष्टि, जेठ २२ गते ।  चिनको यात्रुवाहक जहाजलाई अमेरिकाले प्रवेशमा रोक लगाउने भएकोछ । दुई देशबीच तनाव बढ्दै गएकाले ह्वाइटहाउसले जुन १६ तारिखदेखि चीनका यात्रुवाहक जहाजलाई अमेरिका प्रवेशमा रोक लगाउने जनाएको हो । अमेरिकाले समान हिसाबमा एक अर्काका देशमा जहाजलाई उडाउने अनुमति दिनुपर्नेमा चीनले अमेरिकी जहाजको उडान रोकेको अमेरिकी ट्रान्सपोर्ट विभागले आरोप लगाएको संचारमाध्यमहरुले जनाएको छ हङकङको विषयलाई लिएर पछिल्लो समय दुई देशबीच तनाव भएकाले अमेरिकाले चीनका जहाजलाई प्रतिबन्ध लगाएको हुन सक्ने आकलन गरिएको रोयटर्सले जनाएको छ । अमेरिकामा हाल चीनका एअर चाइना, चाइना इस्टर्न, चाइना साउर्दन, हेनान एअर, सिचुवान एअर र सियामेन एअरलाइन्सले उडान गरिरहेका छन् । तर यी जहाजलाई जुन १६ देखि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा छ । अमेरिकाको डेल्टा, युनाइटेड एअरलाइन्स लगायतका एअरलाइन्सले चीनमा उडान अनु...
थप १६ जनामा कोरोना संक्रमण पुष्टि

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २२ गते ।  गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको हो । थप संक्रमितहरु स्याङ्जाको कालिगण्डकी गाउँपालिका घर भई गाउँपालिकाकै क्वरेन्टीनमा बस्दै आएका १८ वर्षका पुरुष, बाग्लुङको निसीखोला गाउँपालिकाकी ३३ वर्षकी महिला र २२ र २९ वर्षका पुरुष, बडिगाड गाउँपालिकाका १६,२०,२१ र २५ वर्षका पुरुष र गल्कोट नगरपालिकाका २०, २२ र २३ वर्षका पुरुष रहेका छन् । त्ययसैगरी म्याग्दीको मंगला गाउँपालिकाका १९ वर्षका पुरुषमा सङ्क्रमण देखिएको छ भने पर्वतको बिहादी गाउँपालिका २४ र २८ वर्षका पुरुष तथा फलेबास नगरपालिकाका २१ वर्षका २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने ३ जना उपचारपछि निको भएका छन् ।...
थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि

थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २१ गते । नेपालमा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको हो । विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा धनकुटाको १ जना, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीको तिरहुतका १ जना, ताप्लेजुङको शान्ति गाउँपालिकाका ३ जना, झापाको बुद्धशान्तिका १ जना, पाँचथर हिलेहाङका १ जना र सुनसरीको भोक्राहाका ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा भएको परीक्षणमा पर्साको विन्ध्यवासिनी, कालिकामाई, सखुवा पर्सौनीका ७ जना, सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखको नौमुलेका १ जना र सल्यानको कुमाखका २ जनामा संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ...
कोरोना संक्रमणबाट थप एकको मृत्यु

कोरोना संक्रमणबाट थप एकको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २१ गते ।  नेपालमा कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक मृत्यस भएको मृतक दोलखाका ७६ वर्षीय पुरुष रहेको जनाईएको छ । उनको स्वास्थ्य अवस्था विग्रिएपछि केही समयपहिले त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको गरिएको थियो । उपचारका क्रममा शल्यक्रियासमेत गरिएको र पछि उहाँमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालले जनाएको छ ।...
गाईघाटमा, जापानबाट आएका एकजनामा आरडिटी पोजेटिभ देखियो

गाईघाटमा, जापानबाट आएका एकजनामा आरडिटी पोजेटिभ देखियो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २१ । गाईघाटमा एकजना स्थानीयको आरडिटि विधिबाट कोरोना परिक्षण गरिदा रिपोर्ट पोजेटिभ आएको छ । आज जिल्ला अस्पतालमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । गाईघाटका स्थानीय उनी तीन महिनाअघि जापानबाट आएको बुझिएको छ । उनको आरडिटी पोजेटिभ देखिएपछि आइसोलेशनमा राखिएको छ । जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको उनलाई पिसिआर स्वाव नमुनासमेत लिएर परिक्षण गरिने जनाइएको छ । उदयपुरको हकमा हालसम्मको आरडिटी परिक्षणमा पोजेटिभ रिपोर्ट आएको यो पहिलो हो । जिल्लामा ६ सय ९१ जनाको आरडिटी प्रविधिबाट कोरोना परिक्षण हुँदा पहिलोपटक आज पोजेटिभ देखिएको हो । आरडिटिमा पोजेटिभ देखिनुलाई नै कारोनाको अत्तिम परिक्षण वा कोरोना संक्रमणको पुष्टिको आधार मानिएको छैन । आरडिटिपछि पिसिआर चेकपछि मात्र त्यसको रिपोर्ट आधारमा संक्रमण भए नभएको पुष्टि ...
आईतबारदेखि त्रियुगा नगर क्षेत्रका बैँकहरु दैनिक १० वटा खुल्ने

आईतबारदेखि त्रियुगा नगर क्षेत्रका बैँकहरु दैनिक १० वटा खुल्ने

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ २१ गते ।  त्रियुगा नगरपाकिला क्षेत्रमा रहेका २० वटा बैँक तथा वित्तिय सस्थाहरुको शाखा आईतबारदेखि दैनिक कम्तिमा १० वटा संचालन हुने भएको छ । त्रियुगा नगरपालिकाले आज सुचना सार्वजनिक गर्दै आगामी जेठ २५ गते अर्थात आईतबारदेखि दैनिक कम्तिमा १० वटा बैँक तथा वित्तिय संस्था संचालन हुने जनाएको हो । शनिबार बाहेका सवै बार कम्तिमा १० वटा बैँक खुल्ने गरी सुचना सार्वजनिक गरिएको छ । जनताका सेवाको हितलाई ध्यानमा राखी त्रियुगा नगर क्षेत्रमा रहेका बैँक तथा वित्तिय क्षेत्रहरुसँगको समन्वयमा नगरपालिकाले समय तालिका तोकेर आज सार्वजनिक गरेको छ । सार्वजनिक भएको तालिका अनुसार राष्ट्रिय बाणिज्य बैँक, ग्लोवल आईएमई बैँक, नेपाल क्रेडिट एण्ड कमर्श बैँक, सनराईज बैँक (शाखा गाईघाट), नेपाल ईन्भेष्टमेन्ट बैँक, माछापुच्छ्रे बैँक, एनएमवी बैँक, नेपाल बैँक, प्रभु बैँक, ज्योती विकास वैँक आईतबार, मंगलबार र व...
गायक प्रेमको “परदेशले मलाइ रुवायो” गित सार्बजनिक

गायक प्रेमको “परदेशले मलाइ रुवायो” गित सार्बजनिक

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, जेठ २१ गते । गायक प्रेम सेन्चुरीको ‘परदेशले मलाई रुवायो’ बोलको गित सार्वजनिक भएको छ । बाध्यताले विदेशीएका नेपाली दाजुभाई दिदी वहिनीको यथार्थ दुःख पिडालाई गायक सेन्चुरीले आफ्नो गित मार्फत प्रस्तुत गरेको छ । यस गितको एरेन्जर बिमल बुढाथोकि गर्नु भएको छ । ठूलो समपना बोकेर विदेश पुगेको नेपालीको यथार्थ कथालाई समेटेको तयार पारीएको गायक सेन्चुरीको गित भर्खरै सार्वजनिक भएको छ । अहिले  अरिकाको न्युयोर्कमा बस्दै आएका गायक सेन्ुचरी करिब दुई दशकदेखि सांगीतिक यात्रामा छन् । गायक सेन्चुरीले गीति एल्बम र फुटकर दर्जनौं गीत बजारमा ल्याईसकेका छन् । परदेशमा दैनिकी कामबाट केहि समय निकालेर संगीत क्षेत्रमा रमाउने गायक सेन्चुरीले अरु नयाँ गीतहरुको तयारी भईरहेको जनाएको छ । उनी अमेरीकामा हुने नेपाली सांगितीक कार्यक्रमहरुमा पनि आफ्नो प्रस्तुती दिने गरेको छ । आफ्नो संगीत कर्मलाई जुनसुकै अवस्थ...
थप १६ जनामा कोरोना संक्रमण पुष्टि

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २१ गते । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या २ सय ७८ पुगेको हो । प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितहरु सल्यानको कुमाख गाउँपालिकाका १९ र २४ वर्षका पुरुष, दैलेखको नौमूले गाउँपालिकाका २५ वर्षीय पुरुष,  नारायण नगरपालिकाका २०, २४, २५, २५ र ३० वर्षका पुरुष तथा दूल्लु नगरपालिकाका १७ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी कालीकोटको महाबै गाउँपालिकाका २२ र २८ वर्षीय पुरुष र ४ महिने बालक, तिलागुफा नगरपालिका, पलाँता गाउँपालिका र शुभकालिका गाउँपालिकाका २१, ४२ र २१ वर्षीय पुरुष र सान्नीत्रिवेणी नगरपालिकाकी २० वर्षीया महिला रह...