Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

जैविक विविधताको संरक्षण गर्न प्रधानमन्त्री ओलीको आग्रह

जैविक विविधताको संरक्षण गर्न प्रधानमन्त्री ओलीको आग्रह

समाचार
पूर्णपुष्टि, जेठ २३ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधताको संरक्षण गर्न सवै निकायलाई आग्रह गर्नुभएको छ । आज विश्व वातातरण दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुदै प्रधानमन्त्रि ओलीले जैविक विविधताको संरक्षण गर्नुका साथै यसको अध्ययन, अनुसन्धान र व्यवस्थापनमा योगदान दिनु हुने व्यक्तिलाई आआफ्नो जिम्मेवारी अझ सशक्त ढङ्गले अघि बढाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । बढ्दो जनसंख्या र विकासको कामका विच वातावरणमैत्री विधि अपनाउनुपर्नेमा प्रधानमन्त्रि ओलीले जोड दिनु भएको छ । उहाँले प्रकृतिलाई जोगाएमा मात्र मानव भविष्य सुरक्षित रहन सक्छ भन्ने विषयलाई आत्मसात् गर्दै कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ  । प्रकृतिको नैसर्गिक व्यवस्था प्रतिकूल रहने मानवीय क्रियाकलापले उत्पन्न हुने रोग र महामारीबाट अहिले संसार प्रभावित बनेको सन्देशमा उल्लेख छ ।...
आज विहान ११ बजेसम्म बजार, पसल खुल्ने

आज विहान ११ बजेसम्म बजार, पसल खुल्ने

समाचार
पूर्णपुष्टि, जेठ २३ गते । उदयपुरको सदरमुकाम गाईघाटमा आज विहान ६ देखि ११ बजेसम्म बजार, पसल खुल्ने भएको छ । सामाजिक दुरी कायम गर्दै दुध, मासु, तरकारी, खाद्य तथा दैनिक उपभोग्य सामानका पसलहरु खुल्ने भएपनि ११ बजेपछि लकडाउन यथावत रहने भएको हो । जिल्ला प्रशासन कार्यालयमा विहिबार बसकेको बैंठकले कोरोना संक्रमण जोखिमकाबीच नागरिकहरुको जनजीवनलाई केही सहज बनाउन विहान बजार पसल खोल्ने निर्णय भएको हो । निर्णयअनुसार जुत्ताचप्पल, कपडा पसल, हार्डवेयर पसलहरु पनि खुल्न पाउनेछन् । पसल खोल्दा गोलो घेरा बनाएर सामाजिक दुरी कयाम गर्नु पर्ने, अनिवार्य माक्स लगाउनु पर्ने र पसल बाहिर सेनिटाईजरको व्यावस्वथा गर्नु पर्ने जनाईएको छ । विहान ११ बजेसम्म बजार, पसल खुलेपनि सवारी साधन संचालनमा यथावत गरिएको छ । जस्तो पायपो तेस्तो सवारी साधनलाई पास दिन नमिल्ने भएकाले सवारी साधन चलाउन नपाईने भएको हो । सवारी साधनसँगै...
रुकुम ह*त्या*काण्ड विरुद्ध उदयपुरमा संयुक्त दलित संघर्ष समिति गठन

रुकुम ह*त्या*काण्ड विरुद्ध उदयपुरमा संयुक्त दलित संघर्ष समिति गठन

समाचार
पूणर्पुष्टि, जेष्ठ, २२ रुकुम हत्याकाण्ड बिरुद्ध उदयपुरमा संयुक्त दलित संघर्ष समिति गठन भएको छ । नेपाल दलित मुक्ति संगठनका केन्द्रिय सदस्य भिम बहादुर विश्वकर्माको संयोजकत्व र दलित संघ उदयपुरका सभापति सुमन परियार सहसंयोजक रहेको ३१ सदस्यीय संघर्ष समिति गठन भएको हो । समितिमा नेकपा, नेपाली कांग्रेस, तथा जिल्लाका विभिन्न राजनितिक पार्टीका दलित जनवर्गिय संगठनहरुका सदस्यहरु आबद्ध रहेका छन् । पश्चिम रुकुम हत्याकाण्डलाई निष्पक्ष छानविन गरी सत्य तथ्य पक्ता लगाई दोषिलाई हदै सम्मको कार्वाही गर्न समितिले माग राखेका छन् । समितिले रुकुम हत्या हत्याकण्डलाई निष्पक्ष छानविन गरी तत्काल दोषिहरुलाई कडा भन्दा कडा कार्वाही नगरे सम्म यसको विरुद्धमा संघर्ष गर्ने बताएका छन् । समितिले मृतकको परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्था गर्नु पर्ने, घाइतेलाई उपचारको व्यवस्था गर्नु पर्ने र उच्च स्तरिय संसदिय छानविन स...
कोराना संक्रमणबाट थप १ जनाको मृत्यु

कोराना संक्रमणबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २२ गते ।  कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको हो । पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु गत जेठ २० गते भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वाब परीक्षण रिपोर्टमा पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।...
थप ३ सय ३४ जनामा कोरोना पुष्टि

थप ३ सय ३४ जनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २२ गते । आज थप ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमतिको संख्या २ हजार ६ सय ३४ पुगेको हो । अहिलेसम्म २ हाजर ४ सय ५० जना पुरुष र १ सय ८४ जना महिला संक्रमित भएका छन् । उक्त संक्रमित मध्ये २ सय ९० जना उपचारपछि निको भएका छन् भने १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
सोलार आयोजनाबाट विद्युत उत्पादन सुरु

सोलार आयोजनाबाट विद्युत उत्पादन सुरु

समाचार
पूर्णपुष्टि, जेठ २२ गते ।  नुवाकोटमा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ग्रिड सोलार आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । २५ मेगावाट जडित क्षमता आयोजनाको बुधबारदेखि १.२५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको हो । आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । दिउँसो घाम लागेका आधारमा १.२५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुने छ । प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत  सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने छ । २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो । आयोजनाको १० मे...
कर्णाली प्रदेशमा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २२ गते ।  कर्णाली प्रदेशमा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ६ जनामा संक्रमण पुष्टि भएको हो । दैलेखको नारायण नगरपालिकाका ६४ जना पुरुष र ५ जना महिला तथा देवलकाँडाका १२ जना, सोतका ९ जना, मानटाकुराका ७ जना, भगनीका ५ जना, साडुका २ जना र बाँसकोटमा एक जना गरी १ सय ५ जना तथा मुगुको खत्याडका एक पुरुषमा गरी १ सय ६ जनामा कोरोना पुष्टि भएको जनाईएको छ । यो सँगै कर्णाली प्रदेशमा २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।...
काेराेना जितेर उदयपुरका सञ्चारकर्मिसहित ४ जना घर फर्कदै

काेराेना जितेर उदयपुरका सञ्चारकर्मिसहित ४ जना घर फर्कदै

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २२ । उदयपुरकाे काेराेना संक्रमित एक सञ्चारकर्मि सहित ४ जना अाज घर फर्कदैछन् । बिराटनगरस्थित काेशि काेराेना हस्पिटलकाे अाईसाेलेशनमा रहेर उपचार गरिरहेका उनिहरुकाे पिसिअार परिक्षण रिपाेर्ट नेगेटिभ अाएपछि घर फर्कने भएका हुन् । उनिहरुलाई अाजै अस्पतालले डिस्चार्ज गरेर जिल्ला पठाउने स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख माेहन सुवेदिले बताउनुभयाे । उनिहरुलाई क्वारेन्टाईन वा हाेम क्वारेन्टाईनमा पठाउने बारेमा छलफल भईरहेकाे त्रियुगा नगरपालिकाका सहायक स्वास्थ्य संयाेजक अवधनमरमयण चाैधरीले बताउनुभयाे । उनिहरुसंगै रहेका एक भारतीय नागरिकलाई भने विराटनगरकै एक क्वारेन्टाईनमा राखिने बताईएकाे छ । उनि उदयपुरकाे भुल्केमा पुष्टि भएका १६ जना जमाति मध्येका एक हुन् । काेराेना काेशि अस्पतालमा उदयपुरका काेराेना संक्रमित ३३ जना मध्ये ६ जना बाँकि रहेकामा अब १ जना मात्र रहेकाे छ । उनि महिला हुन् । द...
कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या ६ हजार भन्दा बढी

कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या ६ हजार भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २२ गते ।  कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट ६ हजार ७५ जनाको मृत्यु भएको । भारतको स्वास्थ्य मन्त्रालयलले जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट २ सय ६० जनाको मृत्यु भएको जनाईएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट ९ हजार ३ सय ४ नयाँ संक्रमित थपिएसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या पनि २ लाख १६ हजार ९ सय १९ पुगेको छ । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा ७४ हजार भन्दा बढी मानिसमा संक्रमण भएको छ भने २ हजार ५ सय ८७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तमिलनाडुमा २५ हजारभन्दा बढीमा संक्रमित मध्ये २ सय८ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा  २३ हजारभन्दा बढी संक्रमित भएका छन् भने ६ सय ६ जनाको मृत्यु भएको छ । गुजरातमा १८ हजारभन्दा बढी संक्रमि...