नहरमा डुबेर १ जनाको मृत्यु
मोरङ, जेठ २३ गते ।
मोरङको ग्रामथान–५ सिमरियाका ६० बर्षीय फौदी चौधरीको नहरमा डुबेर मृत्यु भएको छ ।
हिजो साझँ ६ बजे घर नजिकै रहेको नहरको छेउमा गाई चराउने क्रममा एक्कासी लड्दा नहरमा डुबेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...









