Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

घुस सहित वडाअध्यक्ष पक्राउ

घुस सहित वडाअध्यक्ष पक्राउ

समाचार
पूणर्पुष्टि, जेष्ठ, २४ ३ लाख घुस सहित एक वडा अध्यक्ष पक्राउ परेहका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालकिा वडा नम्बर ७ का वडाध्यक्ष देवेन्द्र पुन शनबिार बहिान ३ लाख घुस सँगै पक्राउ परेको हो । कार्यालयका सूचना अधिकृत सुरेश भुसालले सैनामैना-१० झिमझिमेमा उपभोक्ताबाट रकम लिँदै गर्दा उनलाई पक्राउ गरेको बताए । अख्तियार अनुसन्धान आयोग बुटवल कार्यालयले काठ लिलामीमा सहजीकरण गरिदिने भन्दै उपभोक्ताबाट रकम लिँदै गर्दा उनलाई घूससहित पक्राउ गरेको हो । अभियुक्त पुनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएर बुटवल कार्यालयमा ल्याइएको जनाएको छ ।...
नेपालमा कोरोनाले मर्नेको संख्या १२ पुग्यो

नेपालमा कोरोनाले मर्नेको संख्या १२ पुग्यो

समाचार
पूणर्पुष्टि, जेष्ठ, २४ नेपालमा थप आज कोरोनाले १ जनाको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण बाट मर्नेको संख्या १२ पुगेको छ । डोल्पाका जगदुल्ला गाँउपालिका(३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । उनको २० गते निधन भएको थियो । उनी लामो समयदेखि दमको रोगले पीडित थिए । निधनपछि स्वाब संकलन गरी कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताउनुभयो । उनि जेठ १८ गते नेपालगञ्ज(सुर्खेत(जुम्ला हुँदै डोल्पा पुगेका थिए । डोल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिं रोकायले जानकारी दिए ।...
नेपालमा काेराेना संक्रमित तीन हजारकाे नजिक, ६७ जिल्लामा फैलिसक्याे

नेपालमा काेराेना संक्रमित तीन हजारकाे नजिक, ६७ जिल्लामा फैलिसक्याे

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २४ । शनिबार विहानसम्मकाे अवस्थामा नेपालमा २ हजार ९ सय १२ जना काेराेना संक्रमित पुगेका छन् । नेपालमा ८८ हजार ३ सय ६६ जनाकाे पिसिअार प्रविधिबाट स्वाव परिक्षण गर्दा उक्त परिणाममा संक्रमित देखिएका हुन् । पछिल्लाे समय सरकारले परिक्षणकाे दायरा फराकिलाे पारेसंगै संक्रमित धमाधम देखिन थालेकाे हाे । उदयपुरमा भने गएकाे जेठ २ गतेसम्ममा ३३ जना संक्रमित देखिएकामा थपिएकाे छैन । जसमध्ये ३२ जना निकाे भएर फर्किरहेका छन् भने एक जना मात्र बाँकी रहेकाे जनाइएकाे छ । काेराेना संक्रमित संख्याकाे अाधारमा लामाेसमय पहिलाे स्थानमा रहेकाे उदयपुर हाल १८ अाैं स्थानमा पुगेकाे छ । हालसम्म मर्नेकाे संख्या ११ पुगेकाे छ । निकाे भएर घर फर्कनेकाे संख्या ३ सय ३३ पुगेकाे छ । नेपालकाे ७७ जिल्ला मध्ये हालसम्म ६७ जिल्लामा संक्रमित देखिएका छन् । अहिलेसम्ममा विश्वमा संक्रमितकाे संख्या भने ६८ लाख, ४४ हजार ...
बिहान ११ बजेकाे समयमा देखिएकाे  केहि सहज जनजिवन

बिहान ११ बजेकाे समयमा देखिएकाे केहि सहज जनजिवन

Breaking News 1
पूर्णपुष्टि, जेठ २३ । विहान ६ : ०० देखि ११ : ०० बजेकाे समयमा उदयपुरकाे सदरमुकाम गाईघाटमा देखिएकाे  केहि सहज जनजिवन । प्रशासनले ११ बजेसम्म बजार केहि खुकुलाे पार्दै दुध, तरकारि, खाद्यन्न, जुत्ताचप्पल, कपडा, हार्डवेयर पसलहरु खुल्न दिएकाे थियाे । यस सम्बन्धि फाेटाेफिचर
उदयपुरका एक सञ्चारकर्मी कोरोना जितेर फर्किए

उदयपुरका एक सञ्चारकर्मी कोरोना जितेर फर्किए

समाचार
पूणर्पुष्टि, जेष्ठ, २३ उदयपुरका एक सञ्चारकर्मि कोरोना जितेर १९ दिन पछि हस्पिटल बाट डिस्चार्ज भएर घर फर्किएका छन् । गाईघाट सदरमुकाममा रहेर पत्रकारीता गर्दै आएका राकेश नेपाली १९ दिन पछि कोरोनालाई जितेर कोशि कोरोना हप्पिटल बाट बिहिबार घर फर्किएको हो । बैशाख ३१ गते गरिएको २७ जना पत्रकारहरुको पिसिआर परिक्षणमा नेपालीको भर्ने जेठ २ गेको रिपोर्टमा पोजेटिभ आएको थियो । पोजेटिभ रिपोर्ट आएका नेपालीलाई भोलीपल्ट कोशी कोरोना हस्पिटल लगिएको थियो । हस्पिटलमा उच्च मनोवलका साथ उपचारमा रहेका नेपालीले आफुले कोरोनालाई सजिलै पार लगाएको बताए । उनले अस्पताल वसाइको अनुभव सुनाउँदै आत्तिनु नहुने, लार्पाहि गर्नु नहुने, आफुलाई घम्भीर बनाउन नहुने र स्वास्थ्य वर्धक खान पान, सरसफाईमा ध्यान दिनु पर्ने साथै साथि भाइ आफन्तहरुको प्रत्यक्ष सम्पर्क हौसालाको आवश्यक रहेको बताए । हिजो मात्रै हस्पिटल बाट घर फर्किएको उनि...
आज पनि उदयपुरमा आरडीटी पोजेटिभ देखियो

आज पनि उदयपुरमा आरडीटी पोजेटिभ देखियो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २३ गते । जिल्ला अस्पताल उदयपुरमा आज आरडिटी परिक्षणमा थप १ जनामा पोजेटिभ देखिएको छ । स्थानीय १ पुरुषको आरडिटी परिक्षण हुदा पोजेटिभ देखिएको जिल्ला अस्पताल उदयपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जिवनारायण मन्डलले बताउनुभयो  । उनी सवारी चालक रहेको बताईएको छ । उनको आरडिटी रिर्पोट पोजेटिभ आएसँगै जिल्ला अस्पतालको आईस्योलेसनमा राखिएको छ । आरडिटी परिक्षणबाट पोजेटिभ देखिने उनी दोस्रो व्यक्ति हुन् । आईस्योलेसनमा राखिएका उनको पिसीआर परिक्षण हुने छ । कोरोना परिक्षणमा आरडिटी परिक्षण नै अन्तिम नरहेकाले पिसिआर परिक्षण अनिवार्य गर्ने गरिएको छ । पिसिआर परिक्षणबाट पोजेटिभ देखिए मात्र कोरोना संक्रमित पुष्टि हने छ । २ दिन अघि जापानबाट आएका १ पुरुषको रिर्पोट पनि पोजेटिभ आएको थियो । जिल्ला अस्पतालको आईस्योलेसनमा रहेका उनको आज पिसिआर नमुना स्वाव संकलन लिईएको छ ।...
जोगीदहका विपन्न २० घरपरिवारलाई राहत वितरण

जोगीदहका विपन्न २० घरपरिवारलाई राहत वितरण

समाचार
डिएन चौधरी उदयपुर, जेठ २३ गते ।  उदयपुरको जोगीहदमा एकका लागी एक अभियानले राहत वितरण गरेको छ । त्रियुगा नगरपालिका–१ जोगिदहमा साहरा नेपाल साकोस सेवा केन्द्र गाईघाटको समन्वय र वडा कार्यलय जोगिदहको सहकार्यमा वडा भित्रका अति विपन्न र दैनिक ज्यलामजदुरी गरि खाने २० घरपरिवारलाई राहत वितरण गरेको हो । वडाले पहिचान गरी सिफारी गरेका २० घरपरिवारलाई चामल, दाल, खाने तेल, नुन, हात धुने साबुन र क्यालेण्डर वितरण गरेको साहरा नेपाल साकोस सेवा केन्द्र गाईघाटका शाखा प्रमुख खगेन्द्र श्रेष्ठले बताउनुभयो । राहत प्याकेजमा प्रत्येक घरलाई २५ केजि चामल, २ केजि दाल, १ लिटर तेल, २ केजि नुन,२ वटा साबुन र एक वटा क्यालेन्डर गरेको उहाँले बताउनुभयो । वडाको अति विपन्न घरपरिवारलाई एकका लागी एक अभियानले खाद्यन्न समाग्री वितरण गरेको प्रति १ न. वडाध्यक्ष मनोजकुमार चौधरीले धन्यवाद दिनुभएको छ । वडा कार्यलय वाट पनी राहत को...
थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि

थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २३ गते । आज नेपालमा थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको हो । देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप मोरङ २, पर्सा १, झापा ५, ताप्लेजुङ १, सप्तरी १३, बारा १२, दाङ १५, मुगु १, दैलेख १ सय ५, , खोटाङ ३, दैलेख ८, धनुषा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालको ६८ वटा जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । उक्त संक्रमित मध्ये ३ सय ३३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।...
सवारी दुर्घटनामा राईको मृत्यु

सवारी दुर्घटनामा राईको मृत्यु

समाचार
उदयपुर, जेठ २३ गते । बेलाका नगरपालिका–८ सेतिखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भिमफेदीबाट सेतिखोला तर्फ जाँदै गरेको को २ त ९१५२ नम्बरको ट्याक्टर सेतिखोला पुल छेउमा बिहान पौने १० बजे आफै अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टरमा सवार बेनपा–८ का ३१ बर्षीय ईन्द्रबहादुर राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
भिरबाट लडेर १ जनाको मृत्यु

भिरबाट लडेर १ जनाको मृत्यु

समाचार
ताप्लेजुङ, जेठ २३ गते । ताप्लेजुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सिरिजंघा–४ फुन्द्रुवा बस्ने ३६ बर्षीया खड्गीमाया भट्टराईको भिरबाट लडेर मृत्यु भएको हो । हिजो बिहान ६ बजे घरबाट निगुरे खेतमुनिको भिरतिर घाँस काट्न गएकी खड्गीमाया दिउसो ३ बजेसम्म घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा निगुरे खेतमुनिको भिरमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...