प्रम ओलीको रचना रहेको गीति एल्बम विमोचन
पूर्णपुष्टि, जेठ २५ गते ।
प्रधानमन्त्रीत केपी शर्मा ओली लगायतको रचना रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’ को विमोचन गरिएको छ । मध्यपुरथिमि नगरपालिका–४ कमेरोटारमा सानुकान्छा तामाङ र मुगा कार्कीले गीति एल्बमको विमोचन गर्नुभएका हुन् ।
राष्ट्रिय युवा सङ्घ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा तयार भएको एल्बममा प्रधानमन्त्री ओलीसहित ५ रचनाकारको गीत समावेश गरिएको छ ।
प्रधानमन्त्री ओलीले रचना गर्नुभएको गीत ‘स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिँदैन प्रवासलाई’ गायक शान्तिराम राई र मेलिना राईले आवाज दिएका छन् । त्यस्तै पौडेलको ‘हेर हाम्रो हिमाल हाँसेको हेर्न खोज्यौ सुखी खुशी जनता नाँचेको’ गीतमा बद्री पङ्गेनी र मेलिना राईले आवाज दिएका छन् ।
रचनाकार विपिन किरणको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बोलको गीत र पौडेलको रचना रहेको अर्को गीत ‘मुर्झिएका सपनाहरु ब्युँझायौँ तिमीले’मा भने राज...








