Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

बाँझो जमिन सदुपयोग गर्न निर्देशन

बाँझो जमिन सदुपयोग गर्न निर्देशन

समाचार
पूर्णपुष्टि, जेठ २५ गते ।  स्थानीय तहको आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माण गर्दा बाँझो जग्गालाई पूर्ण रूपमा सदुपयोग गर्ने गरी तय गर्न संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको छ । संघिय सरकारको नीति अनुसार स्थानीय तहभित्रको बाँझो जग्गाको एकीकृत तथ्याङ्क सङ्कलन गरी भूमि बैङ्कको अवधारणा कार्यान्वयन गर्न सबै स्थानीय तहलाई आग्रह गरिएको हो । यस कार्यलाई प्रोत्साहन गर्न कर सहुलियत र कर अनुदान व्यवस्था गर्न सकिने गरी नीति, कार्यक्रम बजेट निर्माण गर्न सबै स्थानीय तहलाई आग्रह गरिएको छ । आगामी वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० भित्र आआफ्नो सभामा पेस गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सबै स्थानीय तह अहिले आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको तयारीमा जुटेका छन् । स्थानीय तहमा बजेट निर्माण गर्दा बहुवर्षे र चालू आर्थिक वर्षका अधुरा योजन...
१ हप्तामा क्वरेण्टीनमा बसेका ६ जनाको मृत्यु

१ हप्तामा क्वरेण्टीनमा बसेका ६ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २५ गते ।  सुदूरपश्चिम प्रदेशमा एक हप्तामा घर फर्किएर क्वरेण्टीनमा बसेका ६ जनाको मृत्यु भएको छ । सुदूरपश्चिमको ४ जिल्लामा ६ जनाको क्वरेण्टीनमा मृत्यु भएको हो । उनीहरुमध्ये  ३ जनाको कोरोना जाँच भएकोमा रिपोर्ट नेगेटिभ आएको छ भने ३ जनाको कोरोना परिक्षण बाँकी नै रहेको जनाईएको छ । आज बिहान डोटीको केआईसिंह गाउँपालिकाको १९ वर्षीय पुरुषको मृत्यु भएको छ । सिताराम आधारभुत विद्यालयको क्वरेण्टीनमा बसेका पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । मृतकको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरेर धनगढी पठाउने तयारी भइरहेको जनाइएको छ । यस्तै बैतडीमा पाटन नगरपालिका–६ भीमदत्त प्राविधिक शिक्षालयको क्वरेण्टीनमा बसेका ३१ वर्षका पुरुषको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । मृतकको स्वाब परिक्षणका लागि धनगढी पठाउने तयारी भईरहेको छ । बैतडीमा यस...
नयाँ पाठ्यपुस्तक विद्यार्थीलाई घरघरमै पु¥याई दिने

नयाँ पाठ्यपुस्तक विद्यार्थीलाई घरघरमै पु¥याई दिने

शिक्षा, समाचार
पूर्णपुष्टि, जेठ २५ गते ।  लकडाउनमा परेका लाखौँ विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराउने भएको छ । स्थानीय तह र विद्यालयको सहयोग तथा समन्वयमा विद्यार्थीलाई घरमै पाठ्यपुस्तक पु¥याइदिने योजना बनाइएको हो । सरकारले ल्याएको यस योजना सफल भए कम्तिमा असार पहिलो हप्ताभित्र विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्नेछ । कोरोना संक्रमणको त्रास कायमै रहेकाले विद्यालय नखुल्ने भएपछि विद्यार्थीलाई घरमै पुस्तक पु¥याउने योजना बनाइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । वैकल्पिक विधिबाट अध्यापन गरिने भए पनि विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्न सकेको अवस्थामा विद्यार्थीको सिकाइ प्रभावकारी हुने यस योजना बनाइएको जनाइएको छ । प्रविधिको पहुँच नपुगे पनि विद्यार्थीको हातमा पुस्तक हुनुपर्ने र यो विद्यार्थीको आवश्यकता भएको जनाईएको छ । सरकारले वैकल्पिक प्रणालीबाट व...
पीसीआर रिपोर्ट नेगेटिभ आए पनि १४ दिन क्वारेन्टीनमा बस्नु पर्नेे

पीसीआर रिपोर्ट नेगेटिभ आए पनि १४ दिन क्वारेन्टीनमा बस्नु पर्नेे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २५ गते ।  रसुवामा शंका लागेका व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि १४ दिन क्वरेन्टीनमा बस्नुपर्ने भएको छ । शंका लागेकाहरुको सुरुमा नै आरटी–पीसीआर गरिने भएकाले उनीहरूलाई रिपोर्ट नेगेटिभ आए पनि क्वरेन्टीनमै राखिने स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । कोरोना संक्रमितमा कोरोनाको लक्षण नदेखिएका कारण रिपोर्ट नेगेटिभ आएपनि १४ दिन क्वरेन्टीन बस्नै पर्ने जीवजीवे ग्रामीण अस्पतालले जनाएको छ । अहिले ४ सय ८७ जनाको आरडीटी परिक्षण गरिएको छ । अहिलेसम्म २७ जनाको स्वाब संकलन गरेर परिक्षणको लागी प्रयोगशाला पठाइएकोमा जसमा २४ जनाको रिपोर्ट आएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।...
एकै दिन साढे ६ हजार नेपाली भित्रियो

एकै दिन साढे ६ हजार नेपाली भित्रियो

समाचार
पूर्णपुष्टि,जेठ २४ गते ।  विभिन्न कामका लागि भारतको विभिन्न शहरमा लकडाउनले खाना र बासको समस्या भई अलपत्र परेका नेपाली नागरिक जेठको शुरुवातदेखि दैनिक नेपाल भित्रिरहेका छन् । हिजोसम्म  ६ हाजार ४ सय ९९ जना सुदूरपश्चिमका दुई नाकाबाट नेपाल भित्रिएका छन् । कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका हुन् । त्यसैगरी उक्त नाकाबाट ५ सय २४ भारतीय नागरिक नेपालबाट बाहिरिएका छन् । कञ्चनपुरको गड्डा चौकी नाकाबाट ९ सय ६ नेपाली भित्रिएका थिए भने १ सय ९९ भारतीय नागरिक बाहिरीएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ । उक्त नाकाबाट प्रबेश गर्नेको संख्या घटे पनि कैलालीको गौरीफन्टा नाकाबाट भित्रिनेको बढेको छ । उक्त नाका बाट सनिबार ५ हजार ५ सय ९३ नेपाली नागरिक भित्रिएका छन भने ३ सय २५ भारतीय नागरिक बाहिरिएको प्रहरीले जनाएको छ । यो संगै सूदूरपश्चिम प्रदेशका विभिन्न न...
चिहान खनेर हड्डी निकाल्ने ३ जना पक्राउ

चिहान खनेर हड्डी निकाल्ने ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेठ २५ गते ।  सोलुखुम्बुमा चिहान खनेर हड्डी निकाल्ने तीन जना पक्राउ परेका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका–४ पाङमोचेमा चिहान खनेर मानिसको हड्डी निकालेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । सोलुदुधकुण्ड नगरपालिका–५ का भिम बहादुर तामाङ, सोताङ गाउँपालिका–८ का टेकमान राई र मोलुङ गाउँपालिका–१ ओखलढुङ्गाका लाङिमा शेर्पा पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरु केहि समयदेखि खुम्बु क्षेत्रमा बस्दै आएको प्रहरीले जनाएको छ । उनीहरुलाई स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले पक्राउ हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
पटका खुवाएर गर्भवती हात्ति मार्ने पक्राउ

पटका खुवाएर गर्भवती हात्ति मार्ने पक्राउ

समाचार
नयाँदिल्ली  पूणर्पुष्टि, जेष्ठ, २५ भारतमा गर्भवती हात्ति मारेको आरोपमा एक जना पक्राउ परेको छ । भारतको केरलामा विष्पोटक पदार्थ (पटेका) खुवाएर हात्ति मारेको अभियोगमा १ लाई पक्राउ गर्नुका साथै अरुलाई पनि सोधपुछ गरिएको छ । घटनामा अन्यको पनि संलग्न हुन सक्ने भन्दै अरु स्थानीयहरुलाई पनि घटना बारे सोधपुछ गरिएको  जनाइएको छ । घटनाबारे प्रहरीले पक्राउ परेका र स्थानीयहरुलाई छानबिन सुरु गरेको केरलाका स्थानीय संञ्चार माध्यमहरुले जनाएको छ । छानवनिका लागि वन वभिागले तीन वटा टोली बनाएको छ । प्रहरीले पनि घटनाको छानवनि गररिहेको छ । केरलाका मुख्यमन्त्री मनिरायी भजियनले अनुसन्धान बाट घटनामा तीनजना संलग्नको पहचिान भइसकेको बताएका छन् । राज्यका वनमन्त्री के राजुका अनुसार प्रहरी र वन विभागका कर्मचारीको संयुक्त टोलीले १ जनालाई  पक्राउ गरी अनुसन्धान गर्दा अन्यको पनि संलग्नता रहेको पाइएको बताएका...
कोरोना संक्रमणबाट सुरक्षित नेपालको ७ जिल्ला

कोरोना संक्रमणबाट सुरक्षित नेपालको ७ जिल्ला

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २५ गते ।  अहिलेसम्म कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट नेपालको ७ जिल्ला सुरक्षित रहेको छ । १ न. प्रदेशको ओखलढुङ्गा र ईलाम, वाग्मती प्रदेशको रसुवा, ५ न. प्रदेशको रोल्पा, गण्डकी प्रदेशको मनाङ र मुस्ताङ र कर्णाली प्रदेशको रुकुम पश्चिमका कोरोना संक्रमण फेला परेको छैन । हिजो एकै दिन कर्णाली प्रदेशको हुम्ला,जाजरकोट, डोल्पा, गण्डकी प्रदेशको गोरखा र कास्कीमा  पहिलो पटक कोरोना संक्रमण पुष्टि भएसँगै नेपालको ७० जिल्लामा संक्रमित भेटिएका छन् । २ न. प्रदेश र सुदूरपश्चिम प्रदेशका सवै जिल्लामा संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो एकै दिन थप ३ सय २३ जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । उक्त संक्रमित मध्ये ३ सय ६५ जना उपचारपछि डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएईसकेको छ ।...
स्थानीय उत्पादन कुहिदा भारतीय उत्पादन गाउँगाउँमा

स्थानीय उत्पादन कुहिदा भारतीय उत्पादन गाउँगाउँमा

समाचार
पूर्णपुष्टि, जेठ २५ गते । स्थानीय उत्पादनले बजार नपाएको बेला भारतबाट आयातित कृषिजन्य वस्तु गाउँगाउँमा पुगेको भन्दै प्रतिनिधि सभाका सदस्यले चिन्ता व्यक्त गर्नुभएको छ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा ‘विनियोजन विधेयक २०७७’ माथि जारी छलफलमा भाग लिँदै सांसदहरुले देशको कृषि उत्पादनलाई बजारीकरण गर्न सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धर्मशीला चापागाईँले नेपाली किसानले उत्पादन गरेको वस्तु बजारमा पुग्दैन तर भारतको उत्पादन कसरी गाउँगाउँमा पुगिरहेको छ भनी प्रश्न गर्नुभयो । उहाँले कृषिको उत्पादन र बजारीकरणमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । पशुपालन र कृषिलाई १२ कक्षासम्म पढ्न पाउने गरी ऐच्छिकरुपमा पाठ्यक्रममा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद चापागाईँले चियालाई सम्बोधन गर्नेगरी बजेट आउनुपर्नेमा त्यसो हुन नसक्दा पूर्वका धेरै...
गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २५ गते । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप ३८ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ थपएिकाहरुमा स्याङ्जाको वालिङ नगरपालिका २९,४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षका पुरुष रहेका छन् भने भीरकोट नगरपालिकाका ४५ वर्षका पुरुष रहेका छन् । उनीहरु पालिकाकै क्वरेन्टीनमा बस्दै आएका छन् । यसैगरी बाग्लुङका बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २१, २९, १६ र १ जना उमेर नखुलेका पुरुष रहेका छन् भने ढोरपाटन नगरपालिकाका १ जना २६ वर्षका पुरुष रहेका छन् । त्यस्तै गोरखाको गण्डकी नगरपालिकाका संक्रमितहरुमा २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ वर्षका पुरुष रहेका छन् । त्यस्तै पालुङटारका १७ वर्षका पुरुष रहेका छन् । त्यस्तै नवलपरासी सुस्तापू...