Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, जेठ २५ गते ।  सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–३ का ३४ वर्षीय रामबहादुर मगरको करेन्ट लागेर मृत्यु भएको हो । अन्न पिस्ने मिल सञ्चालन गर्न आइतबार बिहान ४ बजे  घरबाट निस्किएका मगरलाई ५ बजे मिलमा नै करेन्ट लागेर अचेत भएर ढलिरहेको अवस्थामा आफन्तले फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईते मगरलाई उपचारका लागि सुनकोशी सामुदायिक अस्पताल खुर्कोट पुर्याए पनि ८ बजे अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...
बिरुवा संरक्षण विधेयक पारित

बिरुवा संरक्षण विधेयक पारित

समाचार
पूर्णपुष्टि, जेठ २५ गते । आज बसेको राष्ट्रिय सभाको बैठकले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ । बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले प्रधानमन्त्रीका तर्फबाट कृषिमन्त्री भुसालले राखेको ‘तथ्याङ्क विधेयक, २०७६ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेकोे छ । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी राखेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको छ । बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ‘राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन २०७५/०७६’ ...
आज सुन तोलाको ८७ हाजर नाघ्यो

आज सुन तोलाको ८७ हाजर नाघ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ २५ गते ।  आज सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले बढेर तोलाको ८७ हजार ४ सय पुगेको छ । चैत १० गतेदेखि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गर्न बन्द गरेको थियो । तर आइतबार सार्वजनिक भएको मूल्यअनुसार तोलामा १० हजार ४ सय रुपैयाँले बढेर सुन प्रतितोला ८७ हजार ४ सय पुगेको छ । चैत १० गते सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ रहेको थियो । यस्तै चाँदीको मूल्य पनि ९ सय २५ रुपैयाँ प्रतितोला तोकिएको छ । चाँदी पनि २ सय ५ रुपैयाँ प्रतितोला बढेको जनाएको छ ।...
आज उदयपुरमा फेला परेका ३ जना मध्ये बेलकाका दुइजना दम्पती

आज उदयपुरमा फेला परेका ३ जना मध्ये बेलकाका दुइजना दम्पती

समाचार, स्वास्थ्य
पूर्णपुिष्ट, जेठ २५ गते । आज उदयपुरमा बेलकामा फेला परेका दुई जना कोरोना संक्रमित एक दम्पती भएको बुझिएको छ । उनीहरु भारतबाट घर फर्किए र बेलका नगरपालिका–३ को एक क्वारेन्टाईनमा बस्दै आएको थियो । उनीहरु भारतमा ज्याला मजदुरी गर्ने बुझिएको छ । कोरोनाको कारण लकडाउन भएपछि नेपाल आएको थियो । उनीहरुको स्वव नमुना परिक्षण पठाएकोमा ३६ वर्षीय पुरुष र ३५ वर्षीय महिलाको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरुलाई विराटनगरको कोशी अस्पताल लैजाने तयारी भैरहेको जनाईएको छ । आज बेलका नगरपालिकामा २ र चौदण्डिगढि नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको थियो ।...
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख भन्दा बढी

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २५ गते ।  विश्वका विभिन्न देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । अहिलेसम्म विश्वभर कोरोना सैक्रमणबाट ४ लाख २ हजार भन्दा बढीको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ । अहिलसम्म विश्वका २ सय १३ देश र २ वटा अन्र्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाईरसबाट ६९ लाख ८२ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । उक्त संक्रमित मध्ये ३४ लाख १३ हजार भन्दा बढी उपचारपछि निको भएका छन् । अहिलेसम्म भारतमा २ लाख ४७ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भईसकेका छन् । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय नाघेको छ ।...
३ जिल्लामा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गरिने

३ जिल्लामा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गरिने

समाचार
पूर्णपुष्टि, जेठ २५ गते ।  आगामी आर्थिक वर्ष २०७७÷७८ मा कर्णाली प्रदेशको ३ जिल्लामा ५ सय २० मेगावाट जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । नेपाल सरकारले आगामी आवमा जुम्ला, हुम्ला र डोल्पा जिल्लामा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको हो । जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ घोडामौलामा १० मेगावाटको हिमा जलविद्युत् आयोजनाको सभ्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । आयोजना अध्ययनका लागि नेपाल सरकारले २९ लाख ५ हजार बजेट विनियोजन गरेको छ । त्यसैगरी हुम्लाको १० मेगावाटको दार्म नदी जनविद्युत् आयोजनाका लागि नेपाल सरकारले २ करोड ५ लाख ८ हजार रकम विनियोजन भएको छ । डोल्पाको ५ सय मेगावाट जलविद्युत् आयोजनाका लागि नेपाल सरकारले ५ करोड ५८ लाख ८६ हजार रकम विनियोजन गरेको छ । नेपाल सरकारले देशभर २३ जलविद्युत् आयोजना अ...
अब सबैं बैंक १ बजेसम्म नियमित खुल्ने

अब सबैं बैंक १ बजेसम्म नियमित खुल्ने

समाचार
पूर्णपुष्टि, जेठ २५ । अाजदेखि गाईघाटका सबैं बैंक नियमित खुल्ने भएकाे छ । दिउसाे १ बजेसम्मका लागि सबैं बैंक नियमित खुल्ने भएकाे हाे । बार ताेकेर बैंक खुल्दा अत्याधिक भिडभाड र सेवाग्राहिकाे कामकाे चाप थेग्न नसक्ने अबस्था देखिएपछि नियमित खुलाईएकाे त्रियुगा नगरपालिकाका मेयर बलदेव चाैधरिले बताउनुभयाे । गाईघाटमा २१ वटा बैंक तथा वित्तिय संस्थाका शाखा छन् । अाज प्राय: सबै बैंकमा भिड देखिएकाे छ । भाेलि पर्सिदेखि बैंकमा भिड कमि अाउनसक्ने राष्टिय वाणिज्य बैंक शाखा गाईघाटका प्रबन्धक शिब पाैडेलले बताउनुभयाे ।...
लागुऔषधसहित २ जना पक्राउ

लागुऔषधसहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेठ २५ गते ।  दाङमा लागुऔषध खैरो हिरोईनसहित दुई जना पक्राउ परेका छन् । खैरो हिरोईन १४ ग्राम १० मिलिग्रामसहति बाँके कोहलपुरका श्रीबहादुर रावत र बाँके बैजनाथका सुरज शाही पक्राउ परेको हो । अमेलियाबाट तुल्सीपुर आउँदै गरेको भे २ प २७४ नम्बरको मोटरसाइल तुल्सीपुर उपमहानगरपालिका– १३ दमारगाउँमा रहेको अस्थायी प्रहरी चेकपोष्टले जाँच गर्दा मोटरसाइकलको सिटमुनी र उनीहरुले लगाएको भित्रि वस्त्रमा लुकाइ ल्याएको अवस्थामा खैरो हेरोइन बरामद गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ । लागुऔषध ओसारपसारमा प्रयोग भएका मोटरसाईकल सहति उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।...
बैंकहरुमा अब्यवस्थित भिड, काेराेना सुरक्षा चुनाैति जटिल

बैंकहरुमा अब्यवस्थित भिड, काेराेना सुरक्षा चुनाैति जटिल

समाचार
पूर्णपुष्टि, जेठ २५ । उदयपुरकाे गाईघाटमा बैंकहरु संचालन भईरहदा काेराेना सुरक्षा चुनाैती देखिएकाे छ । बैंकिङ काराेवारमा अाउने सेवाग्राहीलाई सामाजिक दुरि कायम गराउन नसक्दा सुरक्षा चनाैति देखिएकाे हाे । गाईघाटमन २० वटाबढि बैकका शाखाहरु सञ्चालनमा छन् । बैंक अगाडि सर्वसाधारणकाे भिडभाड अब्यवस्थित देखिएका छन् । बैंकहरुलाई काेराेना सुरक्षा र सतर्कता अपनाउन सरकारकाे निर्देशन छ । सेवाग्राहिलाई लाईनमा व्यवस्थित बनाउन, साबुन पानिले हात धुने, सेनिटाईजर राख्न भनेकाे छ । तर, अहिलेकाे अबस्था हेर्दा बैंक र सर्वसनधारण दुबै पक्षले पालना गरेकाे देखिएकाे छैन । बैंकले हातधुने ठाउ र सेनिटाईजर राखिदिएपनि सेवाग्राहिले प्रयाेग गरेका छैनन् । लाईन व्यवस्थापनमा सुरक्षाकर्मि खटिए पनि ब्यवस्थित पार्न सकेका छैनन् । राष्टिय वाणिज्य बैंक, शाखा गाईघाटका प्रबन्धक शिव पाैडेलले बैंकभित्र प्रवेश गर्नुअघि अनिबार्...
उदयपुरमा काेराेना संक्रमित थपियाे, बेलकामा दुई र चाैदण्डिगढीमा एकजना

उदयपुरमा काेराेना संक्रमित थपियाे, बेलकामा दुई र चाैदण्डिगढीमा एकजना

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २५ । उदयपुरमा काेराेना संक्रमित थपिएकाे छ । जिल्लाकाे बेलका नगरपालिकामा २ र चाैदण्डिगढि नगरपालिकामा १ गरि ३ जना थपिएकाेे हुन् । अब उदयपुरमा संक्रमितकाे संख्या ३६ पुगेकाे छ । स्वास्थ्य कार्यालय उदयपुर प्रमुख माेहन सुवेदिले ३ जना थपिएकाे खबरपछि संक्रमितकाे व्यवस्थापनमा लागेकाे बताउनुभयाे । बेलकाका भारतबाट अाई क्वारेन्टाईनमा बसेकामा ३२ वर्षका दुईजनामा संक्रमण देखिएकाे बुझिएकाे छ भने चाैदण्डिकाे स्थानीय १ जना भएकाे बुझिएकाे छ । गत जेठ २ गते संक्रमित ३३ जना पुगेपछि थपिएकाे थिएन । भारतबाट अाउने उदयपुरे नागरिकमा काेराेना संक्रमणकाे अासंका थियाे । गाईघाटकाे माेतिगडा क्वारेन्टाईनकाे ५४ जना भारतबाट अाएकाकाे रिपाेर्ट अाउन बाकि रहेकाे बुझिएकाे छ ।  ...