Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

लिम्चुङबुङ सेरोफेरो -फोटोफिचर

लिम्चुङबुङ सेरोफेरो -फोटोफिचर

मनोरञ्जन
पूर्णपुष्टि, जेठ २५ । उदयपुरकाे लिम्चुङबुङ गाउँपालिका विकट ठाउँमा रहेकाे सानाे गाउँपालिका भएपनि प्राकृतिक हिसावले सुन्दर पालिका हाे । पालिका हराभरा वनपाखा, खाेलानदि, झरनाले सजिसजाउ छ ।  विविध जातजाती, धर्म, संस्कार, संस्कृतिकाे पनि धनि लिम्चुङबुङ गाउँपालिकाले राम्रा, नराम्रा सबैखाले कुराहरूकाे सामना र पहल प्रयास गरिरहेकाे छ । पालिकाकाे हालकाे अवस्थाका केही झलकहरू यी तस्बिरहरूबाट प्रस्तुत छ । दाेवाटेडाँडामा एभरेष्ट भ्यूटप अाफैमा रमणीयस्थल हाे भने त्यहाँबाट मनाेरम हिमश्रृंखला तथा मनाेरमदृष्यहरू अवलाेकन गर्न सकिन्छ । अन्य ठाउँहरू झै यहाँकाे गाउँबस्ती पनि लामाे लकडाउनकाे मारमा छ भने काेराेना संक्रमणकाे उच्च जाेखिममा छन् । स्थानीय सरकार पालिका र पालिकाबासीलाइ काेराेना संक्रमणबाट जाेगाउन लागिपरेकै छ । हालसम्म पालिकामा संक्रमित भेटिएका छैनन्। गतवर्ष वर्षामा प्राकृतिक नाकाबन्दी पर्दा...
विश्वमा कोरोना संक्रमितको संख्याा ७० लाख भन्दा बढी

विश्वमा कोरोना संक्रमितको संख्याा ७० लाख भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २५ गते ।  विश्वका विभिन्न देशमा कोरोना संक्रमितको संख्या ७० लाख नाघेको छ । विश्वको २ सय १३ देश र २ वटा अन्र्तराष्ट्रिय पानी जहाजमा कोरोना भाईरसको संक्रमण फैलिदा ७० लाख ४ हजार ८ सयभन्दा बढी संक्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । अहिलेसम्म विश्वमा कोरोनाबाट ४ लाख भन्दा बढीको मृत्यु भएको छ भने ३४ लाख २६ हजार १ सय ४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म सवै भन्दा बढी कोरोना भाइरसबाट संक्रमित भएको देशको अमेरिकामा २० लाख भन्दा बढी संक्रमित भएका छन् । त्यहाँ कोरोनाको कारण १ लाख १२ हजारभन्दा बढीको मृत्यु भएको छ ।...
काठमाण्डौको सबै शहरमा तार भूमिगत गर्दै

काठमाण्डौको सबै शहरमा तार भूमिगत गर्दै

समाचार
पूर्णपुष्टि, जेठ २५ गते ।  काठमाण्डौँ जिल्लाको सवै सहरी भु–भागमा विजुलीको तार भुमिगत गरिने भएको छ । अहिले दुई वटा मात्रै वितरण केन्द्र अन्तरगतको क्षेत्रमा तार भूमिगत गर्ने काम भइरहे पनि अब काठमाडौंको सबै क्षेत्रमा तार भूमिगत गर्न ठेक्का लगाइने भएको हो । नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौंमा बाँकी ५ वटा वितरण केन्द्रअन्तरगत तार भूमिगत गर्न भारतको एक कम्पनीलाई ठेक्का दिने आशयको सूचना प्रकाशित गरिसकेको छ । सार्वजनिक खरिदको प्रतिस्पर्धामा सबैभन्दा कम रकम कबोल गरेको भारतको एल एन्ड टी कन्स्ट्रक्सनलाई ठेक्का दिन लागिएको हो । यो कम्पनीले काठमाडौंका महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र बाहेकका क्षेत्रमा तार भूमिगत गर्नेछ । कीर्तिपुर, कुलेश्वर, बानेश्वर, बालाजु र जोरपाटी वितरण केन्द्र अन्तरगगतका क्षेत्रमा एलएन्डटीले तार जमिनमुनि बिछ्याउने ठेक्का पाउने निर्देशन...
आज थप १ सय २ जना कोरोना संक्रमित निको भए

आज थप १ सय २ जना कोरोना संक्रमित निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २५ गते ।  आज नेपालमा १ सय २ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा उपचारपछि निको हुनेको संख्या ४ सय ६७ पुगेको हो । १ सय जना पुरुष र २ जना महिला डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३ सय ९९ जना पुरुष र ६८ जना महिला उपचारपछि निको भएका हुन् । १ न. प्रदेशमा ९१ जना,  २ न. प्रदेशमा १ सय ८६ जना, वाग्मती  प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ३ जना, ५ न.  प्रदेशमा १ सय ३३ जना, कर्णाली प्रदेशमा ९ जना र सुदूरपश्चिम प्रदेशमा १३ जना उपचारपछि निको भएका छन् । आज २ सय १३ जनामा कोरोना संक्रमित पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ भने अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।...
सलह : सात वटै प्रदेशलाई तथ्यपत्र पठाइँदै

सलह : सात वटै प्रदेशलाई तथ्यपत्र पठाइँदै

समाचार
पूर्णपुष्टि, जेठ २५ गते । सलह किराको झुन्ड दक्षिण अफ्रिकाबाट मध्यपूर्व र पाकिस्तान हुँदै भारतसम्म आइपुगेपछि नेपालमा पनि आउन सक्ने भन्दै रोकथामको तयारी भइरहेको छ । झुन्डमा आउने यस किराकोबारेमा नेपालको धेरैलाई थाहा नभएकाले आइतबार सातै प्रदेशलाई तथ्यपत्र पठाउने तयारी सरकारले गरेको हो । सलह किरा आइहाले रोकथाम कसरी गर्ने र बालीनालीको सुरक्षा कसरी गर्ने भनेर तथ्यपत्रमा सबै जानकारी उल्लेख गरिएको छ । सातै प्रदेशमा यो पत्र पठाएर कृषि प्राविधिकमार्फत किसानलाई सचेत गराउने तयारी सरकारको छ । तथ्यपत्रमा सलह किराको परिचय, प्रकार, यसको जीवनचक्र र यसले बालीमा पुर्याउने क्षति र रोकथामका उपाय समेटिएको छ । सरकारले सलह किराको रोकथाम र नियन्त्रणका लागि प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंको संयोजकत्वमा प्राविधिक कार्य दल बनाएको छ ।  कीट विज्ञ सम्मिलित यो कार्यदलले...
तत्काल नेपालमा सलहको जोखिम ट¥यो

तत्काल नेपालमा सलहको जोखिम ट¥यो

समाचार
पूर्णपुष्टि, जेठ २५ गते ।  नेपालमा तत्काल सलह किराको जोखिम टरेको छ । झुण्डमा उड्ने सलह किराको समुह विभाजित भएकाले तत्काल सलहको जोखिम टरेको कीट विज्ञले बताएका छन् । अहिले सलहको बहाव भारतकोे दक्षिण पूर्वतिर सर्ने सम्भावना रहेकोले नेपालमा जोखिम तत्काललाई टरेको वरिष्ठ कीट विज्ञ डाक्टर सुनिल अर्यालले बताउनुभयो । नेपालमा मनसुनी गतिविधि सुरु हुन थालेपछि सलहको प्रजननका लागि नेपालको हावापानी उपयुक्त नभएकाले यसको जोखिम टरेको अर्यालले बताउनुभयो । सलह किराललाई फूल पार्न मरुभूमिकै हावापानी चाहिने भएकाले मरुभूमिको जस्तो हावापानी नेपालमा नभएकोले अहिलेको लागि यो संकट टरेको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य कार्यक्रम (एफएओ) ले पनि यस वर्षका लागि नेपालमा सलहको प्रकोप टरेको जानकारी गराएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले...
खुकुरी प्रहारबाट १ को मृत्यु १ जना घाईते

खुकुरी प्रहारबाट १ को मृत्यु १ जना घाईते

समाचार
खोटाङ, जेठ २५ गते । खोटाङको केपिलासगढीमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा बिहान पौने ९ बजेको स्थानीय ३६ बर्षीय शुभराज राईले स्थानिय ६५ बर्षीय डिल्लीराज राई र उनको श्रीमती ६२ बर्षीया सममाया राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउना साथ तत्काल प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई घाईते अवस्थामा फेला पारेको थियो । घाईते दुबै जनालाई उपचारको लागी हेलिकोप्टर मार्फत काठमाण्डौ पठाउने तयारी गर्दै गर्दा डिल्लीराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाईते सममायालाई कैलाश एयरको हेलिकोप्टरद्धारा काठमाण्डौ पठाईएको छ । खुकुरी प्रहार गर्ने शुभराजलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको जिप्रकाले जनाएको छ ।...
थप २ सय १३ जना कोरोना संक्रमण पुष्टि

थप २ सय १३ जना कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २५ गते ।  आज नेपालमा थप २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्य ३ हजार ४ सय ४५ पुगेको हो । आज २ सय ९ जना पुरुष र ४ जना महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये आजसम्म ४ सय ६७ जना उपचारपछि निको भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।
थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुिष्ट, जेठ २५ गते ।  आज कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ६ सय ४१ पुगेको हो । सुर्खेतको प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका २८, सुर्खेतका २० र दैलेखका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालीकोटका तीन जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना तथ्याङ्क हेर्न तल हेर्नुस् :...
मृगको मासुसहित २ जना पक्राउ

मृगको मासुसहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेठ २५ गते ।  चौदण्डिगढीको एक सामुदायीक वनमा जंगली जनावर मार्ने दुई जना पक्राउ परेका छन् । चौदण्डिगढी  नगरपालिका–५ जुटपानीका २८ वर्षीय विरेन तामाङ र मोतिलाल तामाङ पक्राउ परेका हुन् । चौनपा–५ स्थित सगरमाथा सामुदायीक वन क्षेत्रमा सिकार खेली मृग मारेर काटकुट पारी घर ल्याएको भन्ने जानकारी अनुसार ईलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटेका प्रहरी टोली र सव डिभिजन वन कार्यालय सुन्दरपुरबाट खटेका संयुक्त टोलीले मृगको मासुसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई सव डिभिजन वन कार्यालय सुन्दरपुरमा बुझाएको प्रहरीले जनाएको छ ।...