Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

भारतमा कोरोनाको प्रभाव कम भएको ठाउँ खुल्ने

भारतमा कोरोनाको प्रभाव कम भएको ठाउँ खुल्ने

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २६ गते । आजदेखि भारतमा कोरोनाको प्रभाव कम भएको ठाउँमा किनमेल केन्द्र, रेष्टुरेन्ट र धार्मिक स्थल खुल्ने भएको छ । भारत सरकराले लकडाउनका कारण अर्थतन्त्र नै धरापमा पर्ने अवस्था आउन लागेको भन्दै आजदेखि किनमेल केन्द्र, रेष्टुरेन्ट र धार्मिक स्थल खोल्ने निर्णय गरेको हो । व्यक्तिगत दुरी, अनिवार्य मास्क, स्यानिटाइजर र ज्वरो नाप्ने व्यवस्था हुनुपर्ने नियम पालना गरेर यी स्थलहरु खोल्ने निर्णय गरिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेको क्षेत्रमा भने यो नियम लागू नहुने जनाईएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ९ हजार ९ सय ७१ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । अहिले भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघेको मन्त्रालयले जनाएको छ ।...
जनप्रतिनिधि र प्रहरीको सक्रियतामा बालविवाह रोकियो

जनप्रतिनिधि र प्रहरीको सक्रियतामा बालविवाह रोकियो

समाचार
पूर्णपुष्टि, जेठ २६ गते ।  सोलुखुम्बुको लोखिममा तामझामका साथ भईरहेको बालविवाह रोकिएको छ । थुलुङ दूधकोशी गाउँपालिका–९, लोखिममा तामझामका साथ भइरहेको बालविवाह आईतबार जनप्रतिनिध र प्रहरीले रोकेको हो । तामझामका साथ दुलहीको घरमा दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर बालविवाह रोकेको प्रहरीले जनाएको छ । लोखिमका एक १९ वर्षीय युवक र १६ वर्षीया युवतीबीच दुवैको मञ्जुरीमा नै विवाह भइरहेको थियो । प्रहरी र जनप्रतिनिधि बेहुलीको घरैमा पुगेर दुवै पक्षलाई सम्झाइबुझाइ गरेर विवाह रद्द गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा २ मा २० वर्ष नपुगी मञ्जुरीमा नै गरिएको विवाहलाई कानून विपरीत मानिएको छ । उमेर नपुगी भएको विवाह स्वतः रद्द हुनेसमेत उल्लेख गरिएको छ । साथै उपदफा २ मा विवाह गर्ने गराउने व्यक्तिलाई समेत तीन वर्...
दक्षिण एसियाली राष्ट्र मध्ये सवै भन्दा बढी कोरोना प्रभावित देश भारत

दक्षिण एसियाली राष्ट्र मध्ये सवै भन्दा बढी कोरोना प्रभावित देश भारत

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २६ गते । दक्षिण एसियाली देशहरु मध्ये सवै भन्दा बढी कोरोना प्रभावित देश भारत रहेको छ । अहिलेसम्म भारतमा कोरोना भाईरसको संक्रमणबाट २ लाख ५३ हजार ३ सय २९ भन्दा बढी संक्रमित भएका छन् । भारतमा उक्त संक्रमित मध्ये ५ हजार ९ सय ८८ जनाको मृत्यु भएको छ । पछिल्लो केहि हप्तादेखि दक्षिण एसियाली राष्ट्रहरुमा कोरोना भाईरसको प्रकोप तिब्र रुपले फैहेको पाईएको छ । दक्षिण एसियाली देशहरूमध्ये भारत सबैभन्दा बढी प्रभावित देशका रूपमा देखिएको छ । दक्षिण एशियामा दोस्रो बढी प्रभावित देश पाकिस्तान रहेको छ । जनु ९८ हजार ९ सय ४३ जना कोरोना संक्रमित भएका छन् भने २ हजार २ जनाको मृत्यु भईसकेको छ । त्यस्तै बङ्गलादेशमा ६५ हजार ७ सय ६९ जना संक्रमित भएका छन् ८ सय ८८ जनाको मृत्यु भएको छ । त्यस्तै अफगानिस्तानमा २० हजार ३ सय ४२ पुगेको छ भने ३ सय ५७ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालमा अहिलेसम्...
सरकारलाई क्वारेन्टाइन व्यवस्थित गर्न सांसदको ध्यानाकर्षण

सरकारलाई क्वारेन्टाइन व्यवस्थित गर्न सांसदको ध्यानाकर्षण

समाचार
पूर्णपुष्टि, जेठ २६ गते ।  सरकारलाई कोरोनाबाट संक्रमितको परीक्षण र क्वारेन्टाइन व्यवस्थित गर्न राष्ट्रिय सभा बैठकमा सांसदले ध्यानाकर्षण गराउनुभएको छ । आइतबार बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खिमलाल भट्टराईले संक्रमण बढी भएको ठाउँमा क्वारेन्टाइन व्यवस्थित हुन नसकेको भन्दै त्यस्ता ठाउँलाई थप व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । संक्रमितको सख्या बढ्न सक्ने भएको हुँदा पीसीआर परीक्षणको दायरा बढाउन, परीक्षणको रिपोर्ट समयमै आउने व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भेन्टिलेटर थप गर्न पनि सरकारलाई आग्रह गर्नुभयो । राहतको उचित व्यवस्थापनमा लाग्न समग्र जनप्रतिनिधिलाई आह्वान गर्दै उहाँले भोकमरीबाट जनता मर्ने अवस्था आउन नदिन हामी सबै लागौँ भन्नुभयो । यसैगरी उहाँले एसईई र कक्षा ११ र १२ को परीक्षाको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो । उ...
नयाँ सहरको डीपीआर अन्तिम चरणमा

नयाँ सहरको डीपीआर अन्तिम चरणमा

समाचार
पूर्णपुष्टि, जेठ २६ गते । काठमाडौँ उपत्यकाको नयाँ सहरको विस्तृत परियोजना प्रदतिवेदन (डिपिआर) अन्तिम चरणमा पुगेको छ । काठमाण्डाँैको प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्को बैठकमा पठाइएको हो । उपत्यका विकास प्राधिकरण अन्तर्गतको काठमाडौँ उपत्यका भौतिक विकास समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्राधिकरणले जनाएको छ । बैठक समितिका अध्यक्ष सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा बसेको थियो । प्रस्तावित चार नयाँ सहरमध्ये ‘काठमाडौँ इसान’, ‘काठमाडौँ आग्नेय’ र ‘काठमाडौँ उत्तर’को प्रस्तावित स्मार्ट सिटीको तयार डीपीआर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ । ललितपुर महा नगरपालिकाका नगर प्रमुख बैठकमा अनुपस्थित रहनुभएको हुनाले ललितपुर जिल्लामा पर्ने प्रस्तावि...
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २६ गते ।  आईतबार साँझ स्याङजामा एक जना कोरोना संक्रमितको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । कोरोना संक्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको आइसोलेशनमा राखिएका स्याङजा वालिङ नगरपालिका–३ का ६० वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको जानकारी नियमित पत्रकार सम्मेलनमा दिनेछ । नेपालमा अहिलेसम्म ३ हजार ४ सय ४८ जनामा कोरोना पुष्टि भएको छ भने ४ सय ६७ जना उपचारपछि निको भएका छन् ।...
कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २६ गते ।  स्याङ्जाको वालिङका कोरोना भाइरस पोजेटिभ भेटिएका एक जनाको मृत्यु भएको छ । प्रि आईसोलेसनमा रहेका बेला पोखरामा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशकले जनाएको छ । आईतबार साँझ मात्रै वालिङ– ३ का ६० बर्षिय पुरुषमा कोरोना भाइरसको पुष्टि भएको थियो । गत जेठ २१ गते राती भारतबाट वालिङ आउनु भएका पुरुषलाई २२ गते उपचारको लागि पोखरा पठाईएको थियो । उपचारको लागि पोखरा गएका पुरुषको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानामा लिइएको स्वाब परिक्षणमा पीसीआर पोजेटिभ आएको हो । मृगौला, सुगर लगायतका बिभिन्न रोगका बिरामी भएको जानकारी पाए पछि तत्कालै पोखरा पठाईएको वालिङ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । भारतको दिल्लीमा बस्दै आउनु भएका पुरुष सुनौलीसम्म बिभिन्न सवारी साधानमा आएर सुनौलीबाट आफैले गाडी रिजर्भ गरेर आउनु भएको थियो । सुनौलीबाट श्रीमान् श्रीमती मात्रै आएका वालिङ न...
रानीपोखरी पुनर्निर्माण कार्य अन्तिम अवस्थामा

रानीपोखरी पुनर्निर्माण कार्य अन्तिम अवस्थामा

समाचार
पूर्णपुष्टि, जेठ २६ गते । २०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको रानीपोखरी पूननिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कोरोना कारणले लकडाउनको अवस्थामा पनि तीव्र गतिमा काम भइरहेको रानीपोखरी निर्माणको काममध्ये पोखरी निर्माणको काम ९७ प्रतिशत सम्पन्न भएको हो । यो साताभित्र पोखरी निर्माणको काम सम्पन्न हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अहिले पोखरीको पिँधमा बालुवा, कालो माटो र इँटा बिच्छ्याउने कार्य भईरहेको छ । पोखरीको पिँधमा पहिलो तहमा बालुवा छर्ने, दोस्रो तहमा कालो माटो १५ इन्चसम्म राख्ने र तेस्रो तहमा प्रताप मल्लका पालाका ‘महापा’ इँटाले सोलिङको काम भइरहेको छ । ‘महापा’ इँटा भक्तपुरको दक्षिण बराहीबाट मगाइएको छ । पोखरीको पिँधमा सोलिङको काम सम्पन्न भइसकेपछि पोखरी क्षेत्रमा जडान गरिएको बोरिङबाट पानी राखिने काम सुरु गरिने प्राधिकरणले जनाएको...
स्वास्थ्य शाखा प्रमुख मृत फेला

स्वास्थ्य शाखा प्रमुख मृत फेला

समाचार
पूर्णपुष्टि, जेठ २६ गते ।  स्याङ्जाको एक स्वास्थ्य शाखा प्रमुख मृत फेला परेको छ । गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झुण्डिएको अवस्थामा फेला परेको हो । हिजो बिहानबाट सम्पर्कविहीन रहेका स्वास्थ्य शाखा प्रमुख लिलाबल्लभ भण्डारीलाई साँझ घर नजिकै झुण्डिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । मृतक गल्याङ नगरपालिका–२, बटुवाका भण्डारीको शवलाई पोष्टमार्टमका लागि ग्रहौं प्राथमिक अस्पताल वालिङमा राखिएको छ । प्रारम्भिक अनुसन्धानबाट झुण्डिएर आत्महत्या गरेको पाइएको छ भने घटनाको थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।...
भीषण वर्षाले काठमाण्डौका नदी आसपासको बस्ती डुबानमा

भीषण वर्षाले काठमाण्डौका नदी आसपासको बस्ती डुबानमा

समाचार
पूर्णपुष्टि, जेठ २६ गते ।  गतराती परेको भीषण वर्षाले काठमाण्डौँको केही बस्ती डुबानमा परेको छ । वाग्मती, विष्णुमती, बल्खु खोला लगायतका नदी र खोला आसपासका केही बस्ती डुवानमा परेको हो । बागबजार, कुलेश्वर लगायतका ठाउँका बस्तीहरु पनि जलमग्न भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । सोमबार बिहानै वर्षा रोकिएपछि नदीरखोलामा आएको बाढी र बस्तीमा जमेको पानी घट्न थालेको छ ।...