Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

हिंसा अन्त्यका लागि सरकार लागी रहेको : महिला मन्त्री गुरुङ

हिंसा अन्त्यका लागि सरकार लागी रहेको : महिला मन्त्री गुरुङ

समाचार
पूर्णपुष्टि, जेठ २६ गते ।  सबै किसिमका हिंसा अन्त्यका लागि सरकार प्रयासरत रहेको महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताएका छन् । सोमबा बसेको संघीय संसद प्रतिनिधिसभाको बैठकमा मन्त्री गुरुङले समाजमा रहेको कुसंस्कार, कुरीति र अन्धविश्वास अन्त्य गर्नका लागि मन्त्रालयले विशेष प्राथमिकता दिएको बताउनुभयो । महिला, बालबालिका र जेष्ठ नागरिकमाथि हुँदै आएको व्यवहारमा परिवर्तन गर्ने गरी कार्यक्रमहरु तय भएको उहाँले बताउनुभयो । मन्त्री गुरुङ बालबालिकाको राष्ट्रिय रणनीति तयार गर्ने, महिलामाथि हुने लैङ्गिक हिंसा अन्त्यको लागि महिला आर्थिक सशक्तिकरणमा जोड दिने र जेष्ठ नागरिकलाई सक्रिय बनाइ पुस्तान्तरणको रुपमा विकास गर्ने कार्यक्रमहरु आएको बताउनुभयो । अपाङ्गताको क्षेत्रमा पनि फरक क्षमता भएकाहरुको पहिचान गरी परिचयपत्र दिने र सामाजिक सुरक्षाको अनुभूति दिलाउन अपांगतामैत्री वातावरण...
आगामी वर्ष नेपाली झण्डा फहराउँदै २ वटा रेल गुड्ने : मन्त्री नेम्वाङ

आगामी वर्ष नेपाली झण्डा फहराउँदै २ वटा रेल गुड्ने : मन्त्री नेम्वाङ

समाचार
पूर्णपुष्टि, जेठ २६ गते । आगामी वर्षदेखि जनकपुर जयनर नेपाली झण्डा फहराउँदै रेल चल्ने भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री बसन्तकुमार नेम्वाङले बताएका छन् । सोमबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले दुईवटा रेल खरिद प्रक्रिया अघि बढिसकेको बताए । ‘नेपालको झण्डा फहराएर आगामी वर्ष जनकपुर जयनगरका चल्ने कुरा जानकारी गराउन चाहन्छु’ उनले भने । मन्त्री नेम्वाङलाई कांग्रेस सांसद सञ्जयकुमार गौतमले तीन वर्षदेखि सुरुङ मार्ग, रेल मार्ग, जलमार्गको कुरा सुन्दै आएपनि केही उपलब्धी नभएको भन्दै ‘रेलमार्ग र जलमार्गमा कति बजेट छुट्याउनुभएको छ भनी प्रश्न गरेका थिए । जवाफमा मन्त्री नेम्वाङले भने, ‘पूर्व पश्चिम रेलमार्गको डीपीआर सम्पन भएको छ । निर्माण गर्ने बेलामा अपडेट गरिन्छ ।’ उनले चालु आर्थिक वर्षमा रहेका योजनाहरुलाई निरन्तरता दिइएको तर, केहीबा...
बाँके र बर्दियामा थप १९ जनामा संक्रमण पुष्टि

बाँके र बर्दियामा थप १९ जनामा संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २६ गते ।  बाँके र बर्दियामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा बाँकेका १ जना र बर्दियाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेको जानकी गाउँपालिका–४ का २१ वर्षीय पुरुष र बर्दियाको बारबर्दिया नगरपालिकाका २ जना, मधुवन नगरपालिकाका ४ जना, ठाकुरबाबा नगरपालिकाका ३ जना, बासगढी नगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायले यसलाई नियमित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्न बाँकी छ ।...
थप २ जना चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि

थप २ जना चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २६ गते । चितवनमा दुई जना चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिएको नमूना परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । उक्त संक्रमित मध्ये १७ जना चितवनको हो भने तीन जना नवलपरासीको रहेको जनाईएको छ । संक्रमित दुई जना चिकित्सक भरतपुरको एक निजी अस्पतालमा काम गर्ने चिकित्सक भएको जनाइएको छ ।...
कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २६ गते । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतको प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप १६ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमित मध्ये दैलेखका १० जना, सल्यानका ६ जना र सुर्खेतका १ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । दैलेखको गुराँस गाउँपालिका–४ र डुङ्गेश्वर गाउँपालिकाका २÷२ जना पुरुष रहेका छन् भने नारायण नगरपालिका–३, ६, नौमुले गाउँपालिका–१,७, ८ र आठबीस नगरपालिका–७ का १÷१ जना पुरुष रहेको जनाइएको छ । यस्तै सल्यानको बनगाड कुपिण्डे नगरपालिका–२ र ३ वडाका ३ जना पुरुष, कुमाख गाउँपालिका–१ र ३ का २ जना पुरुषमा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । सुर्खेतका संक्रमित बराहताल गउँपालिका–१० का पुरुष भएको जनाईएको छ ।...
लकडाउनमा ७५ किमि कालो पत्रे र २१ वटा पुल निर्माण सम्पन्न

लकडाउनमा ७५ किमि कालो पत्रे र २१ वटा पुल निर्माण सम्पन्न

समाचार
पूर्णपुष्टि, जेठ २६ गते ।  लकडाउनको समयमा सडक विभागले करिब ७५ किलोमिटर भन्दा बढी सडक कालापत्रे गरेको छ । गत चैत ११ देखि लकडाउन भएपछि सुरुआतका केही दिनमा विकास निर्माणका काम रोकिएको थियो । सतर्कता अपनाउँदै सडक निर्माण र मर्मत गर्ने योजना बनाएर विभागले काम थालेको थियो । यसबीचमा विभागले करिब ४० किलोमिटर खण्डको ग्राभलिङको काम पनि गरेको विभागले जनाएको छ  । लकडाउनको अवधिमा करिब ५२ किलोमिटर सडकखण्डमा कालोपत्रे ओभर–ले गर्ने काम पनि भएको विभागले जनाएको छ  । विभागले ‘रोड मार्किङ’ र केही पुलहरु निर्माणको काम समेत जारी राखेको थियो । वर्षमा क्षति पुग्नसक्ने आकलन गरिएका निर्माणाधीन पुलको काम नरोक्ने नीति अन्तरगत लकडाउनको अवधिमा ठेकेदारहरुलाई विभिले विभिन्न किसिमबाट सहजीकरण गरेको जनाईएको छ । लकडाउनपछि अन्तिम चरणमा पुगेका २१ वटा पुलको निर्माण सकिएको छ भने २ सय ४८ पुलमा निरन्तर काम भएको थियो । ...
पर्यटकलाई श्रीलङ्का प्रवेशमा ३ पटक कोरोना परिक्षण गर्नु पर्ने

पर्यटकलाई श्रीलङ्का प्रवेशमा ३ पटक कोरोना परिक्षण गर्नु पर्ने

समाचार, संसार
पूर्णपुष्टि, जेठ २६ गते ।  श्रीलङ्काले कडा मापदण्ड बनाएर कोरोना भाइरसको परीक्षणपछि मात्रै विदेशी पाहुना श्रीलङ्कामा स्वतन्त्रता पूर्वक हिँडडुल गर्न पाउनेछन् । श्रीलङ्काको पर्यटन मन्त्रालयले अगष्ट एकदेखि विदेशी पाहुनाका लागि भ्रमण खुला गरिने जनाएको छ । श्रीलङ्काका लागि बोर्डिङ गरेको ७२ घण्टाअघि कोरोनामुक्त रहेको स्वास्थ्य परीक्षण प्रतिवेदन आवश्यक हुने मन्त्रालयले जनाएको छ । उक्त कागजातपछि पनि विदेशी पाहुनाले श्रीलङ्काली विमानस्थलमा पुग्नेबित्तिकै कोरोना परीक्षण गराउनुपर्नेछ । वर्षको सुरुवातदेखि नै कोरोना भाइरसको संक्रमणले ठप्प नै हुन पुगेको छ । दोस्रो परीक्षण पाँच दिनपछि र दश दिनभन्दा बढी बसाइ अवधि भए तेस्रो परीक्षण गराउनुपर्ने निर्देशिका तयार गरिएको छ । पछिल्लो वर्ष इस्टर पर्वको पूर्वसन्ध्यामा बम विष्फोटमा परेर २ सय ७९ जनाको मृत्यु भएपछि श्रीलङ्काको पर्यटन व्यवसाय शिथिल बन्न पु...
अर्घाखाँचीमा थप ३१ जनामा कोरोना पुष्टि

अर्घाखाँचीमा थप ३१ जनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २६ गते ।  अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न ठाउँबाट घर फर्केर पालिकाको क्वरेन्टीनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनामा संक्रमण पुष्टि भएको जनाईएको छ । यसअघि जिल्लाको शितगंगा नगरपालिकाको ठाडाको ज्योति माविको क्वरेन्टीनमा १ पुरुष र पाणिनी गाउँपालिका–८ पालीको कमला माविमा रहेका दुई जनामा कोरोना देखिएको थियो । उनीहरुको सन्धिखर्कमा रहेको हटारीको आइसोलेसनमा उपचार भइरहेको छ ।...
गण्डकी प्रदेशमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २६ गते ।  आज गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महा नगरपालिकाका ४२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमित पुरुष पोखराको क्वरेन्टीनमा बस्दै आएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा अहिलेसम्म १ सय १५ जनामा संक्रमित पुगेको छ । उक्त संक्रमित मध्ये ३ जना उपचारपछि निको भएका छन् भने १ जनाको मृत्यु भएको छ ।...
श्रीमानको हत्या आरोपमा १ महिला पक्राउ

श्रीमानको हत्या आरोपमा १ महिला पक्राउ

समाचार
पूर्णपुष्टि, जेठ २६ गते ।  आफ्नै श्रीमानको हत्या गरेको आरोपमा सल्यानमा एक महिला पक्राउ परेको छ । त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाको ३६ वर्षिया महिलाले आफ्नै ३८ वर्षीय श्रीमान डिल्ली बहादुर घर्तीको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गतराती राति साढे ८ बजेतिर आफ्नै घरमा काठ चिर्ने फलाम प्रहार गर्दा गम्भीर घाइते भएका डिल्लीको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।...