Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

आइसोलेसन कक्षका १ जनाको मृत्यु

आइसोलेसन कक्षका १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २६ गते । पाल्पाको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत एक जनाको मृत्यु भएकोे छ । गुल्मीको मालिका गाउँपालिका–३ का ६७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने जस्ता समस्या देखिएपछि आइतबार अस्पताल आएका उनको आइसोलेशन कक्षमा उपचमार भइरहेको थियो । उनको पीसीआर परीक्षणको नतिजा भने आउन बाँकी रहेको जनाईएको छ ।...
कोरोना कहर हटेपछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने : मन्त्री भट्टराई

कोरोना कहर हटेपछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने : मन्त्री भट्टराई

समाचार
पूर्णपुष्टि, जेठ २६ गते । कोरोना महामारीको असर कम भएपछि भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएउनुभएको छ । प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले कोरोना महामारीको असर नभएको भए भैरहवा विमानस्थलबाट कतार जान पाउने बताउनुभयो । कोरोनाको असर नभएको भए थुप्रै माननीयज्यूहरु भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा कतार उड्ने सौभाग्य पाउनुहुन्थ्यो । कोरोना स्थिति कम भएको ६ महिनाभित्र भैरहवाबाट विश्वका जुनसुकै ठाउँमा जान सकिने उहाँले बताउनुभयो । त्रिभुवन विमानस्थलको सुदृढिकरणको काम अगाडि बढिरहको छ । त्यस्तै, ५४ वटा विमानस्थलहरुमध्ये ३४ वटा कालोपत्रे भएको र बाँकीको पनि कालोपत्रे, विस्तार र आधुनिकीकरण गर्दै जाने मन्त्रि भट्टराईले बताउनुभयो । बजेटमा पर्यटन व्या...
छिट्टै मेलम्ची खानेपानी आयोजना सम्पन्न हुन्छ : मन्त्री मगर

छिट्टै मेलम्ची खानेपानी आयोजना सम्पन्न हुन्छ : मन्त्री मगर

समाचार
पूर्णपुष्टि, जेठ २६ गते । मेलम्ची खानेपानी आयोजनाको भौतिक पूर्वधारको निर्माण कार्य छिट्टै सम्पन्न  हुने खानेपानी मन्त्री विना मगरले बताएकी छन् । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको मन्त्रालयत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मगरले भौतिक पूर्वाधारको निर्माण सकेर आगामी आर्थिक वर्षमा त्यसको वितरणको कार्यलाई व्यवस्थित गर्ने बताईन् । मेलम्ची खानेपानीका सन्दर्भमा उठाइएका प्रश्नको बिट मार्ने बेला आएको मन्त्रि मगरले बताईन् । खानेपानी मन्त्रालय र नेपाल सरकारले मेलम्ची खानेपानीको बिट छिट्टै मार्दैछौं । हामी मेलम्ची खानेपानीको उद्घाटनको समय सार्वजनिक गर्ने तयारीमा छौं ।” विगत दुई दशकदेखि मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य जारी छ । उपत्यकावासी भने वर्षौंदेखि पर्खिदा पनि  मेलम्चीको पानी नआएपछि निराश छन् ।  तर  अब निराशा अन्त्य हुने मन्त्री मगरको भनाइ छ ।...
१ न. प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

१ न. प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २६ गते । आज १ न. प्रदेशमा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै १ न. प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ७७ पुगेको हो । मोरङमा ९, झापाकामा १० र सुनसरीमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा २/२ जना र धनपालथान गाउँपालिकामा १ महिलासहित ५ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको मेचीनगर नगरपालिकामा १, हल्दीबारी गाउँपालिकामा २, गौरीगञ्ज गाउँपालिकामा ७ जना र सुनसरीको कोसी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको जनाईएको छ । १ न. प्रदेशका संक्रमितहरूको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज गोठगाउँमा उपचार भइरहेको छ । उक्त संक्रमित मध्ये ९० जना उपचारपछि निको भएर घर फर्किएका छ...
पिकअपको ठक्करबाट १ पैदल यात्रीको मृत्यु

पिकअपको ठक्करबाट १ पैदल यात्रीको मृत्यु

समाचार
झापा, जेठ २६ गते । झापाको दमकमा पिकअपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । दमक नगरपालिका–१ को भित्री सडक खण्डमा पिकअप गाडीले ठक्कर दिदा पैदल हिडिरहेका दुर्गाप्रसाद अधिकारीको मृत्यु भएको हो । पैदल यात्री दमक नगरपालिका–१ का ७८ का दुर्गा प्रसाद अधिकारीको मृत्यु भएको  छ । आज पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च ९१७ नम्बरको पिकअपले स्थानीय ७८ वर्षीय अधिकारीलाई दिउँसो पौने ४ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट घाईते भएका अधिकारीको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्कर दिने पिकअप र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
नेपालमा थप ३१४ जनामा कोरोना संक्रमित पुष्टि

नेपालमा थप ३१४ जनामा कोरोना संक्रमित पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २६ गते । आज नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त भएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएको मध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेको छ । आज थप २१ जना उपचार पछि डिस्चार्ज भएका छन् । यो सँग नेपालमा डिस्चार्जको हुनेको संख्या ४ सय ८८ पुगेको छ भने १४ जनाको मृत्यु भएको छ ।...
मोरङमा थप ९ जनामा संक्रमण पुष्टि

मोरङमा थप ९ जनामा संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २६ गते । आज मोरङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा २÷२ जना र धनपालथान गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । लेटाङ नगरपालिकाका ३० र २९ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । संक्रमित पुरुष जेठ ४ गते आएर  क्वारेन्टाइनमा बस्दै आएको नगरले जनाएको छ । धनपालथान गाउँपालिकामा ५ जनामा संक्रमित भारतबाट आएका ३ पुरुष, एक ३० वर्षीय महिला र १२ वर्षीय बालकमा रहेको गाउँपालिकाले जनाएको छ ।...
रौतहटमा थप १० जना कोरोना संक्रमित पुष्टि

रौतहटमा थप १० जना कोरोना संक्रमित पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २६ गते । आज रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको परोहा नगरपालिकामा ५, गढीमाई नगरपालिकामा ४ र इशनाथ नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो । क्वारेन्टिनमा रहेका उनीहरुको स्वाब परीक्षणको नतिजा सोमबार प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । यो सँगै रौतहटमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ । संक्रमण पुष्टि भएका सबै भारत बाट फर्किएर अहिले क्वारेन्टिनमा बसेका रहेका छन् ।...
लकडाउनमा बैंक निक्षेप १ खर्ब २७ अर्ब

लकडाउनमा बैंक निक्षेप १ खर्ब २७ अर्ब

आर्थिक, समाचार
पूर्णपुष्टि,जेठ २६ गते । लकडाउन अवधिभर बैंक तथा वित्तीय संस्थाहरुमा १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । क वर्गका वाणिज्य बैंक, ख वर्गका विकास बैंक र ग वर्गका फाइनान्स कम्पनीले लकडाउन शुरु भएदेखि २४ जेठसम्ममा १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । लकडाउन शुरु भएको दिन ११ चैतमा क, ख र ग वर्गका यि संस्थाहरुमा ३५ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप थियो । २४ जेठसम्म आइपुग्दा यो बढेर ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । २ महिना भन्दा लामो समय भएको लकडाउनमा जम्मा ११ अर्ब रुपैयाँमात्रै ऋण लगानी भएको राष्ट्र बैंकले जनाएको छ । ११ चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको ३२ खर्ब १८ अर्ब रुपैयाँ लगानीमा रहेको थियो । त्यो बढेर २४ जेठमा ३२ खर्ब २९ अर्ब रुपैयाँमात्रै पुगेको छ । लकडाउनमा आर्थिक क्रियाकलापहरु ठप्प भएका कारण बैंकहरुमा ...
भूमि बैँकको अवधारणा कार्यान्वयन  हुन्छ : भूमि मन्त्रि अर्याल

भूमि बैँकको अवधारणा कार्यान्वयन हुन्छ : भूमि मन्त्रि अर्याल

समाचार
पूर्णपुष्टि, जेठ २६ गते । प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै भूमि व्यावस्था मन्त्री पद्मा अर्यालले यसै आर्थिक वर्षदेखि भूमि बैंकको अवधारणा कार्यान्वन गरिने बताएकी छिन् । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा उल्लेखित भूमि बैंकको अवधारणमाथि प्रष्ट पार्दै खेतियोग्य जग्गा अब बाँझो राख्न नदिइने बताएकी छन् । खेती गर्न नसकी बाझो रहेको जग्गा भूमि वैंकमा राखेपछि दोहोरो फाइदा हुनेछ । यो योजना नितान्त नयाँ, मौलिक र सिर्जनशील किसिमबाट अगाडि बढाउन खोजिएको मन्त्रि अर्यालले बताईन् । यसबाट आफूले उपयोग गर्न नसक्ने जग्गा सम्बन्धित जग्गाधनीले भूमि बैंक समक्ष पेश गर्नुपर्ने र भूमि बैंक मार्फत् उक्त जग्गा इच्छुक व्यक्तिले लिई उपयोगमा ल्याउन सक्ने व्यवस्था गरिएको छ । यस कार्यले जग्गाधनीले आफ्नो जग्गा उपभोगमा ल्याउन नसके पनि त्यसबाट केही लाभ प्राप्त गर्ने, उपभोग गर्ने व्यक्तिले जग्गाब...