Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

कोरोना संक्रमणबाट १ जेष्ठ नागरिकको मृत्यु

कोरोना संक्रमणबाट १ जेष्ठ नागरिकको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि जेठ २७ गते ।  कोरोना भाइरसमने संक्रमणबाट एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ । भरतपुर अस्पतालको आईसीयुमा उपचार गराइहेका भरतपुरका एक जेष्ठ नागरिकको मङ्गलबार मृत्यु भएको अस्पतालले जनाएको हो । उहाँको सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । नारायणी सामुदायिक अस्पतालमा उपचार गराइरहेका उनको कोरोना सक्रमण भएपछि भरतपुर अस्पताल सारिएको थियो । लामो समयदेखि मुटुका बिरामी भएको उनलाई निमोनियाको लक्षण देखिएपछि सोमबार कोरोना परीक्षण गरिएको नारायणी सामुदायिक अस्पतालले जनाएको छ । कोरोनाबाट बिरामीको मृत्यु भएसँगै चितवनमा थप सुरक्षा सर्तकता अपनाइएको छ । मृतकका परिवार र उनले भेटेका मानिसको कन्ट्रयाक ट्रेसिङ गर्ने काम शुरु भइसकेको अस्पतालले जनाएको छ ।...
वेवारिसे १ महिलामा कोरोना संक्रमण पुष्टि

वेवारिसे १ महिलामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ गते ।  धादिङमा वेवारिसे एक महिला सहित १७ जनामा कोरोना पुष्टि भएको छ । गजुरी गाउँपालिका–५ घाटबेसी क्षेत्रमा एक महिनादेखि बेवारिसे अवस्थामा रहेकी ३२ वर्षीया एक महिलामा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु लगिएको गजुरी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । बेवारिसे अवस्थामा भेटिएकी महिलालाई नियमित खाना खुवाउने लगायतका कार्य गर्ने मानिसलाई समेत पीसीआर जाँच गर्नका लागि गाउँपालिकाले टेकु पठाएको जनाईएको छ । सडकमा डुलिहिँड्ने बेवारिसे महिलालाई गाउँपालिकाले उद्धार गरेर पठाउन खोज्दा महिला सुरक्षा गृह र मानव सेवा आश्रमले पीसीआर रिपोर्ट माग गरेपछि परीक्षण गरिएको थियो । परीक्षणपछि कोरोनाको लक्षण देखिएकाले उनीसँग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत समस्या भएको छ । मनोसामाजिक समस्या भएकी महिला भएको र अन्य रोगसमेत ...
प्रतिनिधि सभामा संविधान संशोधन विधेयकमाथि छलफल हुँदै

प्रतिनिधि सभामा संविधान संशोधन विधेयकमाथि छलफल हुँदै

समाचार
पूर्णपुष्टि, जेठ २७ गते ।  आज प्रतिनिधि सभामा नेपालको अध्यावधिक नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल हुँदैछ । संसद सचिवालयले सार्वजनिक गरेको मंगलबारको संभावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई सैद्धान्तिक छलफलका लागि पेश गर्नु हुने उल्लेख छ । कानुनमन्त्री तुम्बाहाङफेले लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सरकारले सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी ल्याएको संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने छ । यहि जेठ १९ गते संघीय संसद सचिवालयले सर्वसाधारणको जानकारीका लागि नेपाल राजपत्रमा विधेयक प्रकाशित गरेको थियो । त्यसको सात दिन पुरा भएपछि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल हुन लागेको ह...
ब्राजिललाई कोरोनाको तथ्याङ्क सार्वजनिक गर्न डब्ल्यूएचओको आग्रह

ब्राजिललाई कोरोनाको तथ्याङ्क सार्वजनिक गर्न डब्ल्यूएचओको आग्रह

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ गते । ब्राजिललाई कोरोना सम्बन्धि तथ्याङ्क सार्वजकिन गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आग्रह गरेको छ । कोरोना संक्रमणबाट मृत्यु भएका मृतकको वास्तविक संख्या लुकाइरहेको भन्दै आलोचना भइरहेको बेला ब्राजिल सरकारले कोरोना भाइरसबाट समग्र संक्रमित र मृत्युको तथ्यांक सार्वजनिक गर्न छाडेको छ । शनिबार ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको समग्र मृतक र संक्रमितको तथ्यांक हटाएर पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित र मृतकको तथ्यांक मात्र राखिएको थियो । डब्ल्यूएचओले ब्राजिलको यस कदममा चासो दिँदै तथ्य र पारदर्शिता अपनाउँदै विवरणहरु सार्वजनिक गर्न आग्रह गरेको हो । ब्राजिल कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा दोस्रो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट ६ लाख ९१ हजार ७ सय ५८ जना संक्...
एम्बुलेन्स दुर्घटनामा ५ जना संक्रमित घाइते

एम्बुलेन्स दुर्घटनामा ५ जना संक्रमित घाइते

समाचार
पूर्णपुष्टि, जेठ २७ गते । अर्घाखाँचीमा एम्बुलेन्स दुर्घटना हुदा ५ जना कोरोना संक्रमित घाईते भएका छन् । सन्धिखर्क नगरपालिका – ७ चन्द्रप्रभा माविको क्वारेन्टाईनबाट कोरोना संक्रमित आइसोलेसनमा लिएर आउदै गरेको एम्बुलेन्स गतराति दुर्घटना हुँदा ५जना संक्रमित घाइते भएका हुन्् । सन्धिखर्कबाट संक्रमित लिएर हटारीनेटा आईसोलेसनमा आउँदै गरेका लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाइ सन्धिखर्क हटारीनेटाको आइसोलेसन कक्षमा राखेर उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।...
गाई फर्मका ५ जनाको हत्या

गाई फर्मका ५ जनाको हत्या

समाचार
पूर्णपुष्टि, जेठ २७ गते ।  रुपन्देहीको एक गाई फर्मका ५ जनाको हत्या भएको छ । तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकैको गाई फर्ममा काम गर्ने ५ जनाको हत्या भएको हो । कान्छीबजार नजिकै रहेको कृष्ण पुनको गाई फार्ममा काम गर्ने ६ जना मध्ये ५ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनापछि फार्ममा काम गर्ने झपेन्द्र सिंजाली फरार भएका छन् । घटनास्थलमा प्रहरी टोली पुगेको र थप अनुसन्धान भैरहेको जिप्रका रुपन्देहीले जनाएको छ ।...
सन्धिखर्कका जनप्रतिनिधि सहित ३१ जनामा कोरोना संक्रमण पुष्टि

सन्धिखर्कका जनप्रतिनिधि सहित ३१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ गते ।  सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधि सहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका जनप्रतिनिधिलाई नै कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको नियमित कामकाज प्रभावित हुने भएका छन् । सन्धिखर्क नगरपालिकामा कायर्रत कर्मचारीको आज स्वाव संकलन गरी परिक्षणको लागी पठाइने र पीसीआर रिपोर्ट नआउंदासम्म नगरपालिकामा १० दिनसम्म नियमित कामकाज रोकिने भएको हो । नगरपालिकाका सम्पूर्ण कर्मचारीलाई होम क्वरेण्टीनमा बस्न भनिएको छ । पीसीआर रिपोर्ट नआउंदासम्म कार्यालयको सम्पुर्ण कामकाज तथा सेवा समेत बन्द रहने नगरले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । संक्रमित जनप्रतिनिधि होम क्वरेण्टीन र बाँकीलाई सन्धिखर्क नगरपालिकाको हटारीनेटामा रहेको आइसोलेसन भवनमा राखिएको नगरले जनाएको छ ।...
गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २७ गते ।  गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिस्थानमा गरिएको परीक्षणमा थप २४ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बाग्लुङको बरेङ गाँउपालिकाका २४,२२,१८,२४,१८,४९,२३ र २७ वर्षका पुरुष र निसीखोला गाँउपालिकाका २१,२६ र २७ वर्षका पुरुष रहेका छन् । यसैगरी नवलपरासी, सुस्तापूर्वको बौदीकाली गाँउपालिकाका ४०,१९,३०,१८,२२,२१,१९,२२,४०,२०,१८ र ३० वर्षका पुरुष रहेका छन् । यस्तै म्याग्दीको बेनी नगरपालिकाका ४६ वर्षका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमित सबै जनालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको जनाईएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको छ भने ३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म १ जनाको मृत्यु भएको छ ।...
झडपकाे विषयमा प्रहरी र ब्यापारी प्रतिनिधिबीच छलफल

झडपकाे विषयमा प्रहरी र ब्यापारी प्रतिनिधिबीच छलफल

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ २६ । प्रहरीले गाइघाट बजारमा सर्बसाधारणलाइ लाठी प्रहार गरेको भन्दै गाइघाटका ब्यापारीहरूले गुनासो गरेका छन् । उनीहरूले घरअगाडी बसेका सर्बसाधारणलाइ पनि लाठीचार्ज भएको बताएका छन् । आज साँझ गाइघाटमा राखिएको तरकारी प्रहरीले हटाउने क्रममा व्यापारीहरूसंग झडप परेको थियो । त्यसक्रममा प्रहरीले तरकारी फालिदिनुका साथै लाठी प्रहार गरेको व्यापारीहरूको आरोप छ । प्रहरीले भने लकडाउनको बेला भिडभाड हटाउन र प्रशासनले विहान ११ बजेसम्म मात्र बजार, पसल खोल्ने समय तोकेकाले साँझमा राखिएका तरकारी पसलहरू हटाउदा सामान्य बल प्रयोग गरेर भिड हटाउनु परेको जनाएको छ । कुटपिटको गुनासो आएपछि व्यापारीका प्रतिनिधीहरू र प्रहरी अधिकारीबीच छलफल भएको छ । छलफलका क्रममा व्यापारीहरूले प्रहरी ज्यादती भएको गुनासो राखेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले व्यापारी प्रतिनिधिहरूको गुनासो सुन...
गाइघाटमा प्रहरी र व्यापारीबीच झडप

गाइघाटमा प्रहरी र व्यापारीबीच झडप

समाचार
पूर्णपुष्टि, जेठ २६ । स्थानीय प्रशासनले तोकेको समयभन्दा पछि राखिएका तरकारी हटाउने क्रममा आज प्रहरी र व्यापारीबीच तनाव सिर्जना भएको छ । गाईघाट बजारमा साँझ तनाव भएको हो । विहान ११ बजेसम्म मात्र पसल, बजार खुल्ला गरेकोमा केही तरकारी पसलहरु साँझमा राखेपछि प्रहरीले हटाउदै आएको थियो । त्यसक्रममा प्रहरीले तरकारी फालिदिदै व्यापारी सर्बसाधारणलाई तितरवितर पारेको थियो । प्रहरीले लाठी प्रहारसमेत गरेर सर्बसाधारणलाई समेत कुटपिट गरेको ब्यापारीहरुको आरोप छ । ब्यापारीहरुले केहीबेर भीडभाड गर्दै नाराबाजीसमेत गरेका थिए । त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटले ब्यापारीहरुलाई प्रशासनले तोकेको समय पालना गराउने  भन्दै लकडाउन खुकुलो पार्न अनुरोध गरेको थियो । प्रशासन कार्यालयमा वैठक नै बसेर समय ताेकिएकाे थियाे । व्यापारीहरूलाइ समय पालना गराउने मात्र हैन काेराेना संक्रमणप्रति पूर्ण सतर्कता अपनाउन सामाजिक दुरी...